~दिपक जुग्जाली~
फुलमाया गाँउले परिवेशमा बस्थिन् । उनी ३२ गुण त नभनौँ २८ गुणले चाँही भरिपूर्ण थिइन् । झ्याप्पै हेर्दा सबैको नजरमा पर्ने, मन लोभिदोँ जिउडाल मिलेको कम्मर, त्यसमा अझै उनको जवानीले गर्दा होला गाला पनि त्यस्तै आकर्षित गर्ने खालको राता राता थिए । शीलस्वभावमा पनि उत्तिकै भरिपुर्ण थिइन् भने पढाईमा पनि निकै तेज थिईन् ।
जहिले पनि कक्षामा उनी प्रथम हँुदा फुलमान द्धितीय र फुलमान प्रथम हँुदा उनी द्धितीय हुने गर्थिन् । यसरी नै तिब्र गतिको साथ उनी कक्षा ९ पुगिन् । उनी कक्षा ९ मा पुग्दा उनीमा विस्तारै जवानी पनि चढ्दै गयो । उनलाई दुनियाले राम्री केटी भनेर तारिफ गर्न थाले । उनलाई जब उनको जवानी शुरु भो तब देखि तन्नेरीहरू आँखा लगाउनका साथै प्रेम प्रस्ताव पनि राख्न थाले । तर उनमा धेरै पढेर भविष्यमा राम्रो काम गर्ने सोच भएकोले उनले कहिल्यै पनि ती प्रेम प्रस्तावहरू स्वीकार गरिनन् । उनी सधैं पढाईको बारेमा मात्र सोच्थिन् । फुलमान र उनी बिच निकै प्रतिस्प्रधा हुने भएकोले उनको मनमा सधै कसरी फुलमानलाई जित्ने भनेर एकदम मेहेनेत गर्थिन् । पढाईमा मात्र प्रतिस्पर्धा नभएर उनीहरू बिच एक अर्कामा निकै सहयोगको भवना पनि राख्दथे । ती दुईजना भेट भए पछि पढाईको बारेमा निकै छलफल गर्दै, साथमा आ–आफ्ना दुःख सुखका कुराहरू समेत एक–अर्कामा आदन प्रदान पनि गर्थे । उनीहरू भावनात्मक साथीको रुपमा प्रस्तुत भईसकेका थिए । यसरी समय बित्दै जादा एस. एल.सी. परिक्षा दिने समय पनि आउन लागेको थियो ।
जुन दिन कक्षा १० का विद्याथीलाई स्कुलले बिदाई कार्यक्रम गरेको थियो । त्यसमा रमाईलो साथ स्कुललाई विदाई पनि गरे अनि अन्तिममा घर जाने बेला उनीहरूको बाटो एउटै र मिल्ने साथी भएको कारण सँगै गए । त्यही क्रममा फुलमानले मौका छोपी फुलमायालाई प्रेम प्रस्ताव राख्यो । तर फुलमाया केही प्रतिक्रिया नदिई अकमक्क परिन् । अन्तिममा “मलाई माफ गर यसको निर्णय तत्काल दिन सक्दिन त्यसैले म केही दिन पछि तिम्रो प्रस्तावको प्रतिक्रिया दिने छु” भनिन् । फुलमाया घर पुगी खाना खाएर फुलमानको प्रस्तावको कारण उनी नपढी सुत्ने तर्फ लागिन् । बिस्तारामा पल्टिएर मनमा अनेक कुराहरू खेलाउन थालिन् । “फुलमानबाट म प्रति यस्तो सोचाई होला भनेर सोचेकी पनि थिईन, आज अचानक प्रस्ताव राख्यो । ओहो के गर्ने होला ? के उत्तर दिने होला ? प्रस्ताव स्वीकार गरुँ कि अस्वीकार ? कस्तो दोढारमा परे ।” यस्तै–यस्तै कुराहरू खेलाउँदै मध्य रातले छोयो । तर उनको मिठो निद्रालाई फुलमानको प्रस्तावले भटाभुङ्ग पारी छट्पटीमा परिणत गरिदिएकोले उनी छट्पटिईन्थिन् भने उता फुलमान पनि “मैले प्रस्ताव त राखेँ तर खोई मेरो मायालाई कसरी लिन्छिन् । मेरो प्रस्तावलाई स्वीकार गरिदिए त सायद मेरा जिन्दगीका सबै भन्दा खुसीको क्षण त्यही हुने थियो” ईत्यादी कुराहरूले छट्पटीदै मोबईलमा घडी हेर्छ रातको एक बजेको थियो । उसलाई निन्द्रा नलागेकोले फुलमायालाई फोन डायल गर्यो । टुर्र टुर्र फोनको घण्टी गयो तर उ आफै दिउँसो प्रस्तावको कुरा सम्झेर कतै अस्वीकार पो गर्ने हो कि भनेर झस्कियो । फुलमाया भने फोनको घण्टी बजेको सुनेर मोवाईल हेरिन् । फुलमानको फोन देखेर “हरे मैले के भन्ने होला पक्कै दिउँसोको कुरा सोध्नलाई फोन गरेको होला” भनी मोवाईलाई तुलु तुलु हेरी रहिन् फोन भने उठाइनन् । फुलमायाले फोन नउठाए पछि फेरी फुलमानको मनमा अर्को आँधी बेहरी चल्न थाल्यो । किन फोन नउठाएकी होली फोन उठाइहाल्थी आज किन उठाइनन् ? कतै मैले प्रस्ताव राखेकोमा रिसाएकी त होइन ? सुतेको भए पनि घण्टी बजेर उठ्नु पर्ने भनी अनेक कुरा खेलाउँदै निदाउन तर्फ लाग्यो । यसै गरी समयहरू बित्ने क्रममा फुलमायाले फुलमानको प्रस्तावलाई स्वीकार गरिन् ।
त्यसपछि ती दुई जनाले अब हामी सँगै बाच्ने, सँगै मर्ने , यो जिन्दगीमा जस्तो सुकै बाधाहरू आए पनि कहिल्यै नछुट्टिने बाचा कसमहरू खाए । जुन दिन फुलमायाले प्रस्ताव स्वीकार गरिन् त्यो दिनदेखि ती दुईजना हरेक दिन फोन गरागर गर्थे भने कहिलेकाँही भेटघाट पनि गर्थे । यसै क्रममा एस. एल. सी को नतिजा पनि आयो । दुबैजना प्रथम श्रेणीमा उत्तीर्ण पनि भए । जसमा खुसीका साथ ती दुई जनाले धेरै पढेर आत्मानिरर्भर भएर मात्र बिहे गर्ने , यस्तो गर्ने, उस्तो गर्ने भनेर मिठा-मिठा सपनाहरू बुने । यसै क्रममा फुलमान पढ्नको लागी सदरमुकाम गयो फुलमाया भने आर्थिक स्थिती कमजोर भएका कारण गाँउमै पढ्यो । तर उनीहरू जति टाढा भए पनि एक अर्कालाई एकदमै माया गर्थे । अब फुलमान फुलमाया विना र फुलमाया फुलमान विना बाँच्न सक्दैन उ नभए म किन बाँच्ने भन्नेसम्म एक–अर्कामा गाढा माया बसेको थियो ।
तर दुर्भाग्यबस भनौँ या भगवानको खेल भनौँ गाउँमा भने फुलमायाको आमा बुवालाई अर्कै केटा (बलमान) फुलमायालाई माग्न आएछ । उनको बुवा आमाले स्वीकार गरेछन् । र त्यो केटाको पक्ष र फुलमायाको बुवा आमा बिच कुरा मिलाई फुलमायालाई एक्लो पारी एक्कासी उनले थाहा नै नपाएको उनलाई फकाउन आए । फुलमायाले आफ्नो सबै यर्थाथ कुराहरू भने दश औँला जोडी बिन्ती गर्दै अस्वीकार गरिन् तर ती बलमानले हिड जसरी भए पनि मसँगै विहे गर्नु पर्छ भन्दै बिचरीलाई उनको केही कुरा नसुनी लछार–पछार पार्दै त्यो पारीको गाँउमा पुराए । बलमानको घरमा भने बिहेको लागी धुमधामका साथ तयारी गर्दै रहेछन् । बलमानको परिवार उसको आफन्तहरू खुसी भएका थिए भने विचरी फुलमाया हरक्षण फुलमानलाई सम्झिन्छीन् । फुलमानसँग बोलेको, चलेको , बाचा गरेको इत्यादी क्षणहरू सम्झिदै भक्कानो छोड्दै रुन्थिन् । उनको बिहे भने धुमधामका साथ नौमती बाजा बजाउदै खर्चालु तरिकाले भएको थियो तर उनी भने फुलमानलाई सम्झिदै रुँनु बाहेक अरु केहि गर्न सकिनन् ।
उता फुलमानले भने किन फोन अफ छ के कारणले होला ? किन यस्तो विष्ठुरी भएको होलिन् भन्दै अनेक मनमा कुरा खेलाउदै फोन डायल गर्छ, सधैं “ माफ गर्नु होला तपाईले डायल गर्नु भएको नम्बर अफ गरीएको छ“ भन्छ । अन्तिममा केही नलागे पछि फुलमायाको साथी राधालाई फोन गर्यो । राधा तिमीलाई फुलमायाको बारेमा केही थाहा छ ? कति दिन भो किन होला फोन नै लाग्दैन भनेर सोध्यो । राधाले ऐ तिमीलाई थाहा छैन र ? फुलमायाले त पारी गाँउको बलमानसँग विहे गरिन् नि त भन्यो फुलमानले त्यो कुरा सुने पछि पूरा उसलाई सिस्नो पानी लगाए जस्तो भयो । उ पागलसरी भयो । हामीले गरेको बाचा तोडी गयौँ, सारा सपनाहरू फोडी गयौँ, तिमी त निष्ठुरी रैछेउ प्रिय भन्दै एक्लै उ पागलसरी हुदै फुलमायाको मायालाई रक्सी र चुरोटमा परिणत गर्न थाल्यो । भने फुलमाया पनि उसैको यादमा टोलाई रहन्थीन् । फुलमानले के गर्दै होला ? मैले विहे गरेको थाहा पाएको होला कि थाहा पाएन हाला ? मैले के गरे यस्तो अरु नभए पनि उसलाई भन्नै पर्छ एक कल फोन गरेर भन्दै मोवाईल खोल्दा फुलमानको म्यासेजहरू तन्न आउँछ । तर उनले केही नहेरी फोन डायल गर्छ फोन टुर्र टुर्र गयो, फुलमान विचरा झसङ्ग हुदै फोन उठाउँछ र फुलमायाले सरी फुलमान मलाई माफ गरिदेउ मैले हाम्रो बाचा पुरा सकिन मैले कति बिन्ती गरे मेरो कुरा कसैले सुनेनन् । त्यसैले म अर्कैसँग जर्बजस्ती विहे गर्न बाध्य भएँ । तर पनि म मेरो श्रीमानलाई होईन माया त तिमीलाई नै गर्छु फुलमान भन्दा बित्तिकै फुलमानले फोन काटेर अफ गर्यो ।
बेलुकी साँझ पर्यो । तर फुलमान खाना नखाई सुत्ने भनि बिस्तारमा पल्टियो अनि मनमा अनेक कुराहरू खेलाउन थाल्यो । जिन्दगीमा सोचे जस्तो नहुदो रैछ, खोजेको र राजेको नपाईदो रैछ फुलमायाले मलाई आधी बाटोमै साथ छोडी दियो । यस्तो गर्नु थियो भने सारा बाचा कसमहरू किन खानु इत्यादी कुराहरू मनमा उथुलपुथल पार्दै अन्तिममा के सोच्छ भने , होईन यो दुनियाँ संसारमा केटी त्यो मात्रै छैन म के भाको यस्तो ? बरु उसँग सम्पर्क हुनु पर्छ । मलाई यसरी बिच बाटोमा लिएर अलमल पार्नेलाई त्यसको परिणाम देखाउनु पर्छ भन्दै मोवाईल अन गर्यो ।
अनि भोलीपल्त फेरी फुलमायाले फोन गरिन्, त्यसपछि फुलमायाले सबै आफ्नो कहानीहरू बिहे कसरी भयो ? र आफु आफ्नो विहेमा सन्तुष्टि नभएको कुरा जनाउँछिन । फुलमानले यस्तो कुरा सुने पछि त्यस्तो हो भने तिम्रो लागी म के गर्नु पर्यो ? म जे गर्न पनि तयार छु । यदि तिमीले चाहान्छौ भने तिमी र म त्यो ठाँउबाट भागेर अन्तै कतै जान पनि तयार छु भन्छ । यस्तो कुरा सुने पछि फुलमाया भित्र भित्रै खुसी हुदै त्यो कुरालाई सहमती जनाइन्, अनि ती दुई जनाले भाग्ने योजना तयार पारेर भागी पनि हाले ।
फुलमायाको घरमा भने बुहारी कता गई ? श्रीमती कता गईन् ? भनेर हल्लि र खल्लि मच्चियो अनि यो कुरा गाँउ भरी फैलियो । र रमेशले देखेको रै छ, फुलमानसँग जादै थियो भने पछि फेरी गाँउ भरी फुलमान र फुलमाया भागेर गएको कुराको चर्चा परिचर्चा चल्यो । फुलमाया गाँउले परिवेशमा हुर्किएकी केटी त्यो शहरको रंगी चंङ्गी ठाँउमा फुलमानसँग खुसीकासाथ दुईचार दिन त बितायो तर फुलमान भने सोच्न थाल्यो यो केटी त अर्कैको बुढी भैसकेको केटी हो । त्यसैले मैले यसलाई छोडी जानु पर्छ । यस्तै सोच्दै फुलमायालाई राती एक्लै छोडेर जान्छ । बिहान उठ्दा फुलमाया एक्लै थिईन् । मेरो फुलमान मलाई नभनी कति छिटो उठेर के गर्न कता गयो होला भनी सोच्छिन् । तर फोन पनि लागेन, दुई चार दिन बित्दासम्म पनि नआए पछि मलाई छोडेर गयो भन्दै निश्चित गर्दै रुन्छिन्, चिच्याउँछिन्, कराउछिन् , वेहोस हुन्छिन । तर के गर्ने विचरी घना जङ्गलको विचमा गएर अलमलिए सरी उनको जिन्दगीको बिचमा पुगेर एक्लै अलमल पर्दै जिन्दगी बिताउन बाध्य हुन्छिन् ।
– दिपक जुग्जाली
बिम – ३, काउरा, म्याग्दी
djdeepakjugjali@yahoo.com
नोट ः यस कथामा कथाका पात्रहरू काल्पनिक हुन्, त्यसैले जो कसैको नामसँग मेल खान गएमा अन्यथा नलिनु होला
(स्रोत : Bimamyagdi.com )