हलोजुवा र डोकानाम्लाहरुसंग मितेरी लगाउदै
कोइली र न्याउलीहरुको भाखामा मुरली रसाउदै
सेता हिमाल र लालीगुंरासको मोहनीमा रमाउदै
उकाली ओराली र भन्ज्यांहरुमा हुर्केको बाको टोपी
त्यो शिरको टोपी र हाम्रो बाको सम्बन्ध
नइ० र मासुको नाता भन्दा पनि गहिरो
त्यो शिरको टोपी र हाम्रो बाको साईनो
मान्छे र मान्छेको सर्मपन भन्दा गहिरो
बाको शिरको टोपी दुःख र पीडा बेलामा पिन
सधै धैर्य र सहनशिल भएर मुस्कुराईरहे जस्तो
बाको शिरको टोपी सुख र सन्तोषको बेलामा पिन
सधै गम्भी र मौन भएर केहि सोचीरहे जस्तो
उनै सगरमाथा झै उभिएको हाम्रो बाको त्यो टोपी
सधै साहासी र त्यागी देख्छु, हाम्रो बाको त्यो टोपी
कहिलै झुतो बोल्न नजान्ने निष्कपट बाको त्यो टोपी
कसैसंग पनि झुक्न नजान्ने निदर बाको त्यो टोपी
हाम्रो बाको टोपी फाटेर झुत्रा परेको भए पनि
गर्बका साथ सिंगो नेपाली राष्टियता बोकेको छ |
हाम्रो बाको टोपी पुरानो र मयल परेको भए पनि
बाको अन्तरमर्म र पुर्खाको बाख्लो गन्ध बोकेको छ |
हिजो टोपीले जाडो झरी र गर्मी मात्रै सहे झै लाग्थ्यो
आज टोपीले भोग रोग दोष र पिडा खेप्नु परेको छ |
हिजो त्यहि टोपीले आसु र पसिना पो पुछे झै लाग्थ्यो
आज त्यहि टोपीले तातो तातो रगत पो पुछनु परेको छ
(अनेसास जापानद्वारा आयोजित १९५औं भानु जयन्तीमा बाचन भएको रचना)
(स्रोत : Majheri.com)