ए.. है …झिलीमिली
देउसी रे…
ए..है…तिहारै आयो
देउसी रे…
ए..है…दाजु र भाइको
देउसी रे…
ए….है….याद आयो
देउसी रे…
ए….है…मन रोयो
देउसी रे…
हे….हे… लठ्ठो छैन लिंगे पिङ् खेल्नलाई
दाजु छैनन् भाइ टिका लाउनलाई
हे…हे….देउसी खेलाऊ साथी हो भाइको तिहारैमा
सप्तरंगी टिका छैन दाइको निधारैमा
माला ऊनूँ भने ओईली जाला
टिका भिजाऊँ भने सुकी जाला
दाजु र भाइहरूको सम्झनामा
आँसु झारूँ भने शराब लाग्ला
(स्रोत : Majheri.com)