निबन्ध : हाँसोका पर्राहरू

~जया राई~Jaya Rai

बिहान काममा निस्कँदा न्याप्चुन रोडमा हाम्रो फ्ल्याट पछाडिको कमर्सियल वेरहाउसमा आउने कुनै कार, लामो लरी अथवा बदमास वाइट भ्यानहरूको चेपमा पर्नुपरेन । पल्लो घरकी श्रीलंकामूलकी आमाछोरी पनि सधैं स्कुल जाने, तिनीहरूलाई भेटिनँ । अर्की दुई जना छोरी लिएर कार–पार्कमा सधैं आउने जमैकन अग्ली, काली त्यो पनि

भेटिनँ । यसको मतलब म आज घरबाट चाँडै निस्कें– काममा जान ।

दुई जना डेन्टिस्ट– मिस्टर मल्डे र मिसेज रमया नबोलेको पनि करिब दुई महिना भयो होला । यी दुईको व्यवहार देखेर पनि दिक्क लाग्छ । कति धेरै असहमतिका बुँदा पनि । यिनीहरूको व्यवहार देख्दा त धेरै पहिला हाम्री बजैले भनेको याद आउँछ– मान्छेको मन नमिल्नु र घरको भान्सा नमिल्नु एकै हो । वास्तवमा काम गर्ने ठाउँको थोरै अशान्तिले सबलाई डिस्टब ! आज मिसेज रमयाको काम गर्ने दिन, सोमबार र बुधबार त हो, यो काममा आउने । आउन त बिहीबार पनि आउँछे, बिहीबार त मेरो डे–अफ ! मैले यिनको पेलाइमा पर्नुपर्दैन । मलाई यो दिन हाई–सञ्चो हुन्छ ।

आज बिहानको सेसन अति बिजी भयो, सास फेर्ने फुर्सद पनि मिलेन । बिहान दुई जना बिरामीको अगाडिको दाँत खोलेको, सन्जोग पनि कस्तो ? दुवै जनाको त्यही दाँत, दाहिनेपट्टिको माथिल्लो दोस्रो । बिहानको पहिलो, ९ बजेको बिरामीको रुटक्यानल ट्रिटमेन्ट थियो । मिस्टर मल्डेको काम कति धेरै क्रस–इन्फेक्सन हुन्छ । काम लतरपतर गर्छ । उसले बिहानै मेरो मुड खराब गरायो । पहिलो बिरामीलाई तीनपटक ‘इन–आउट’ गरायो । तीनपटकमा हरेक चोटि त्यो बिरामीका लागि चलाएको उपकरण सफा त गर्ने हो तर कसरी क्लिनिकल्ली सफा गर्न सम्भव हुन्छ ? वास्तवमा भन्ने हो भने डाक्टर–डेन्टिस्टहरू नै हुन् सरुवा बिमारका संवाहक ! मेरो एक साथीे भन्थ्यो– ‘डाक्टर भनेका लाइसनप्राप्त ज्यानमारा हुन् ।’ कुनै बेला लाग्छ, वास्तवमा यस्तै हुन् पनि !

आज लन्च ब्रेक जानुअघि क्रिसमस पार्टी खान जाने टुंगो भएछ । अबको दुई सातामा बिहीबारको दिन तय भएको मिस्टर केले मलाई भन्यो । भरे सोनालले पनि भनी । मिसेज रमया पनि त्यही कुरा मलाई जानकारी गराउँदै थिई । वास्तवमा त्यो एउटा कुरा तीन जनाले भन्दा तेस्रो चोटिमा त नौलो लागेन ।
आज ज्वाना फ्लु लागेर ग्रस्त छे । त्यस्तो बिमारी व्यक्ति सर्जरीमा काममा नआउनुपर्ने ! अरूलाई सर्छ, नाक चिमोटेर रातो भएको छ । म्याकडोनल बूढोजस्तो !
लन्च ब्रेकमा म घर आउँदा मिस्टर मल्डे पनि सँगै आउँछ । उसको डेली टेलिग्राफ किन्न न्युज एजेन्टमा तर ऊ ‘टिक ओयल’ पनि किन्नु छ भन्दै हार्डवेयर सपमा पहिला छिर्यो । म ‘सी यु एट टु मिस्टर मल्डे’ भन्दै बिदा हुन्छु ।

खाना खान्छु, दिदीलाई मेरिल्यान्ड फोन गर्न पनि भ्याउँछु तर आज उनको काम छ, बिहानै गइसकिन् ।

लन्चबाट फर्किंदा सधैं पिनार रोडमा भेटिने पेट्रोल स्टेनमा काम गर्ने बुढियालाई भेटिनँ आज । कुनै बेला स्टेसननजिकै र कुनै बेला वर सर्जरीनजिक ट्राफिक लाइटनिर भेटिन्छे । ऊ भन्छे– ‘ला ! आज म ढिलो भै छु !’ म उनलाई हाँसोमा हाँसो मिलाउँदै ‘हो ! हो ! चाँडो गर’ भन्छु वा कुनै बेला हाँस्दै कस्तो छ ? आरामै हुनुहुन्छ ? भन्दै भेट हँुदाका औपचारिकताका कुरा हुन्छ । ऊ यसरी नै बाटोमा हिँड्दा चिनिएकी दोबाटे साथी हो । नबोले पनि दस मिनेटको बाटामा ऊजस्तै सधैं भेटिने मुखले नबोल्ने तर आँखाले मात्र बोल्ने साथीहरू पनि धेरै छन् । तिनका बारेमा पनि धेरै कुरा छन् लेख्न !

लन्च ब्रेकपछि सोमबारको दिन म मिसेज रमयासँग काम गर्ने । पहिलो बिरामी एक जना दम्पती खाली चेकअप क्लिनिङ ! साढे ३ बजेको एक जना अफगानी महिला, जो थोरै अंग्रेजी बोल्छे, बोलेका कुरा पनि सही हो कि होइन भनेर डेन्टिस्ट शंका गर्ने । डेन्टिस्ट सोध्छे– तिम्रो कोही अंग्रेजी बोल्ने मान्छे छ ?
तिम्रो लोग्ने छ भन्ने प्रश्नको उत्तरमा ‘छ’ भन्छे ।
खोइ त ?
बाहिर कारमा छ ।
जाऊ, लिएर आऊ ।
ऊ बाहिर लिन गई । ऊ अग्ली भए पनि मोटाएर डल्लो भएकी, भुँडीको वरिपरि बोसो थुप्रेको थसुल्ली तर राम्री, तरुनी, गोरी त्यस्तै बिस–बाइस वर्षकी अफगानी महिला !

ऊ स्टुडेन्ट रे ! अंग्रेजी पढ्दै छे रे हेरो कलेजमा । ऊ वेनिफिट खाँदै छे, इनकम सपोर्ट रे ! अरू पनि मेडिकेसन लिँदै छे रे ! ती मेडिकेसन के–के हुन् ? र के के–का लागि हुन् भनेर उसले भन्न सकेन । ऊभन्दा पनि मोटो, करिब पैंतीस वर्षको लोग्नेले भनेका कुरा यस्तै हुन्, उसको स्वास्नीको बारेमा ।
तिमी किन आएको त ? उ भन्छ मेरो पनि अपोइन्टमेन्ट छ नि त ! किन त के समस्या भयो ? ऊ भन्छ, प्रायः मेरा यी यहाँ दुख्छ, भन्दै सबै गिजा तल–माथि अगाडि–पछाडि देखाउँछ ।

मिसेज रमया भन्छे– भो गम (गिजा) नछौ । आऊ, बस कुर्सीमा, आज सामान्य चेकअप मात्रै हो । तिम्रो दाँतको एक्स–रे लिन्छु, तिम्रो मेडिकल हिस्ट्री थाहा भएन, त्यो नभै हँुदैन । अब अर्को अपोइन्टमेन्ट बनाउनुपर्छ, अर्कोपटक आउँदा साथमा अंग्रेजी बोल्न जान्ने मान्छे लिएर आउनू, के–के दबाई खाँदै छौ, त्यो सबै जानकारी गराउनुपर्छ, कागज देखाऊ ।

यी बिमारी हेर्दा मिसेज रमयाको रिसको पारो चढेर सय डिग्रीभन्दा माथि पुगेको छ । मलाई रिसेप्सनिस्टलाई बोलाउन लगाई । तीनपटक जाँदा पनि घरी फोनमा, घरी अरू बिरामीसँग डिल गरिरहेकी हुन्छे । पाँच मिनेटपछि ढोकाभित्र आई र बिरामीलाई भनी– ‘तिमीलाई भनेकै हो अंगे्रजी जान्ने मानिस लिएर आउनू, भनेको होइन र !’ अरू त म पनि जान्दिनँ, जान्ने त डेन्टिस्ट हो नि ! त्यति भनेर रिसेप्सनिस्ट फर्की डेक्समा । त्यो अध्याय त्यही सकियो । बिमारी फर्की उपचार नै नभई, भाषाको कारणले ।

आज मलाई आराम भयो । त्यति बिजी पनि भएन जति मिस्टर मल्डेकोमा हुन्छ । आज भारती पेलानमा परी । भारतीले भनेकी, उसले स्कुलमा फुल–टाइम काम पाई रे । खुसी लाग्यो । उसले भर्खरै दिएको इन्टरभ्यु पास गरिछ । यो भारती भन्ने जीवको कथा–व्यथा पनि धेरै छ । पछि लेखौंला ! यसको बारेमा लेख्न छुट्टै समय चाहिन्छ ।

ज्वाना टाउको समातेर बसेकी छ । अहिले दिनको साढे ४ बजिसकेको छ । मिस्टर के उसलाई भन्छ– ‘जाऊ घर तर डिस्को जाने हैन है !’ भन्दै ठट्टा गर्छ । ज्वाना नाक देखाउँदै भन्छे– ‘यस्तो रातो नाक ! क्रिसमस फादरको जस्तै भाछ कसरी बाहिर जानु ?’ सबैलाई हँसाउँदै ऊ बिदा भई ।
आज तीनवटै सर्जरीको चाँडै काम सकियो ।
मिसेज रमया गइसकिन् । हामी सबै जाने तयारीमा छौंं ।
पौने ५ बजेको छ । फोनको घन्टी बज्यो ।
रिसेप्सनिस्टले ‘डेन्टल सर्जरी हाउ क्यान आई हेल्प यु ?’ भन्दै फोन उठाई ।
केही क्षणमै गुज्रातीमा बोल्न थाली– ‘दाँत दुखेको छ त बिहान पो फोन गर्नुपर्छ । अहिले ५ बज्न लाग्यो । हामी हिँड्न लाग्यौं ।’
उताबाट वृद्धा बोली– ‘दाँत अहिले दुख्दै छ त म कसरी बिहान फोन गरौं ? अहिले दुखेर पो फोन गरेको । बेलुका दाँत दुख्ला भनेर बिहानै म के जानौं ।’
हामी सबै घर जान तयार भएकाहरू, बूढीआमाको कुरा सुनेर डल्लो परी हाँसोका पर्राहरूमा रुमलिन्छौं ………..।

(स्रोत : Puleso.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

1 Response to निबन्ध : हाँसोका पर्राहरू

  1. bishnu says:

    अनुस्वार लेखन र उच्चारण विधि
    कं  ं
    अनुनासिक वर्ण अनुस्वार वर्णक
    अ + ङ्  अ + ं (अनुस्वार ) अं ( अङ्), क + ङ्  क + ं ( अनुस्वार ) कं ( कङ् ) l अनुनासिक अक्षर : 
    कं खं गं घं ङं चं छं जं झं ञं टं ठं डं ढं णं तं थं दं धं नं पं फं बं भं मं यं रं लं वं शं षं सं हं क्षं त्रं ज्ञं
    स्पर्स वर्णका अर्ध अनुनासिक वर्ण आ – आफ्नै वर्गका अघि हुँदा अनुसार उच्चारण हुँदछ ।
    (स्पर्स वर्ण क देखि म सम्मका २५ अक्षर, अनुनासिक अक्षर  ङ ञ ण न म ) l
    क वर्गका पाँच अक्षर  ‘ क ख ग घ ङ ’ (अर्ध ङ अनुनासिक वर्ण ) कण्ठ्य उच्चारण । क वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध ङ ( ङ् ) वर्ण अघि, ‘ क ख ग घ ङ ‘ वर्ण पछि हुँदछ ।
    जस्तै  अङ्क,पङ्खा, गङ्गा, उलङ्घन, टङ्ङ ( अंक, पंखा, गंगा, उल्लंघन, टंङ ) आदि
    च वर्गका पाँच अक्षर  ‘ च छ ज झ ञ ’ (अर्ध ञ अनुनासिक वर्ण ) तालव्य उच्चारण । च वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध ञ ( ञ् ) वर्ण अघि, ‘ च छ ज झ ञ ‘वर्ण पछि हुँदछ ।
    जस्तै  अञ्चल, हुञ्छ, जनरञ्जन, झञ्झट ( अंचल , हुंछ , जनरंजन , झंझट ) आदि ।

    ट वर्गका पाँच अक्षर  ‘ ट ठ ड ढ ण ‘ ( अर्ध ण अनुनासिक वर्ण ) मुर्धन्य उच्चारण । ट वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध ण ( ण् )वर्ण अघि, ‘ ट ठ ड ढ ण ’ वर्ण पछि हुँदछ ।
    जस्तै  कण्टक , कण्ठ , डण्ड , ( कंटक , कंठ , डंड ) आदि ।
    त वर्गका पाँच अक्षर  ‘ त थ द ध न ‘ (अर्ध न अनुनासिक वर्ण ) दन्त्य उच्चारण ।
    त वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध न ( न् ) वर्ण अघि, ‘ त थ द ध न ’ वर्ण पछि हुँदछ ।
    जस्तै  सन्त , पन्थ , कन्द , अन्ध, अन्न ( संत , पंथ , कंद, अंध , अंन ) आदि ) ।
    प वर्गका पाँच अक्षर  ‘ प फ ब भ म ‘ (अर्ध म अनुनासिक वर्ण ) ओषठ्य उच्चारण ।
    प वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध म ( म् ) वर्ण अघि , ‘ प फ ब भ म’ वर्ण पछि हुँदछ ।
    जस्तै  कम्प , पम्फा , गुम्बा , सम्भव , टम्म ( कंप , पंफा , गुंबा , संभव , टंम ) आदि ।
    अंतस्थ वर्णका चार अक्षर  ’ य र ल व ‘ (अर्ध म अनुनासिक वर्ण ) ।
    अंतस्थ वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म ( म् ) वर्ण अघि, ‘ य र ल व ‘ वर्ण पछि हुँदछ ।
    जस्तै  सम्यम, सम्रक्षण , सम्लाप, सम्वहन, (संयम, संरक्षण, संलाप, संवहन ) आदि ।
    उष्म वर्णका तिन अक्षर  ‘श ष स’तालव्य ‘श ’मुर्धन्य‘ष’ दन्त्य ‘ स ‘(अर्ध म अनुनासिक वर्ण ) उष्म वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म (म् ) वर्ण अघि र श ष स वर्ण पछि हुँदछ ।
    जस्तै  वम्श , कम्स , सम्सार ( वंश , कंस , संसार ) आदि ।
    प्राण वर्ण एक अक्षर  ‘ ह ‘ (अर्ध म अनुनासिक वर्ण ) प्राण वर्ण, अनुस्वार उच्चारण हुँदा
    ( अर्ध म ) म् वर्ण अघि , ह वर्ण पछि । जस्तै  सम्हार , सिम्ह (संहार, सिंह ) आदि ।

    चन्द्र बिन्दु उच्चारण र लेखन विधि )
    चन्द्र बिन्दु  ँ लेखन र उच्चारण विधि
    अ + ञ्  अ + ँ अँ ( उच्चारण अञ् )
    क + ञ्  ञ क + ँ कँ ( उच्चारण कञ् )
    चन्द्र बिन्दु  ँ अक्षर : 
    कँ खँ गँ घँ ङँ चँ छँ जँ झँ ञँ टँ ठँ डँ ढँ णँ तँ थँ दँ धँ नँ
    पँ फँ बँ भँ मँ यँ रँ लँ वँ शँ षँ सँ हँ क्षँ त्रँ ज्ञँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.