चकमन्न रात, उल्लुको उहु–उहु, कुकुरको भुकभुक, चुक घोप्ट्याएजस्तो अध्यारो, साच्चै कहालीलाग्दो यो रात । ऊ अर्थात ‘नर्वदा’ निदाउने हजार प्रयासबाट थकित भैसकी, यता–उता केल्टे फेरेकोफे–यै छ अहँ निद आउन्न । हुन त, आज मात्र होइन केहीदिनदेखीका रातहरु आजकल अनिद्राजनित कल्पनामा रित्तिने गरेका छन् । तर अचम्म ! बेचैनी पनि रमाइलो मिसिएर आएको छ, एउटा मिठो उत्सुकता । एकतमासले मोवाइलमा रमाइरहेका उसका हातहरु र चनाखा कानहरु देख्दा लाग्छ, ऊ
आतुर–आतुर छे केहीको प्रतिक्षामा ।
‘तिमिविनाको जीवन सोच्न पनि सक्दिन म…………………’ उसको मोवाइल बज्यो एउटा मिठो झङ्कार सहित, हतासिदै उसले रिसिभ गरी ।
“हलो ! हलो ! ”
“अँ हेर न निदाएकी छैन , खै केके भएर । ”
“तिमिलाइ सम्झिदै बसिरा नी । अनि तिमी ? ”
“अँ होला ?? ”
“लल म अव पर्खन सक्दिन, छिटो आउ । ”
“हाहा………….हिड्नेवेलामा फोन गर नि । ”
“ओके बाबा आएपछि कुरा गरौला सबैसबै । ”
“अ म पनि सुत्ने ट्राइ गर्छु,, ह्याभ अ नाइस ड्रिम विथ………………हाहाहा ।। ”
एक्लैएक्लै मुस्कुराइ ऊ ।
किरण उसको सबैभन्दा मिल्ने साथी, अनौठो मित्रता उनिहरुको । नचिनेरै नजानेरै पनि एकअर्का सँगसगै भएजस्ता । नर्वदा विकट गाँउकी आशालाग्दि छोरी । उच्चशिक्षाको महत्वकाक्षां बोकेर शहर आएकी । सानोतिनो काम पाइयोस भनेर हजार ठाँउ धाइसकि तर खै,कयौ भोका रात उसले गुजार्नै परेको छ । तर के गर्नु ?बाबुआमाको सपना, आफ्ना सुनौलाको भविष्यको एकमुष्ठरुप सबैको लागि उसले बाँच्नु अनि हाँस्नु परेको छ । उसको साथि किरण…………………उ भन्दा टाढा छ । किरण उसको जीवनमा कसरी आयो, सम्झदैमा अचम्म लाग्छ ।
गाँउबाट आएकी सोझि नर्वदा । शहरको जीवनशैलीमा भिज्न उसलाइ साच्चै धेरै ग्राह्रो भयो । पत्रिका र कितावका पन्नाहरुमा पढेका प्रविधिजस्तै यन्त्रवत शहरीया जीवनशैली । कम्प्युटर र मोवाइलका ‘की’ सँग जोडिएका सवन्धहरु । किस्ताकिस्ताका पुरा गर्नुपर्ने हरेक कुरा… आशु र हाँसोसमेत……..आम्मामा………. उ आत्तिएकी थिइ तर समयसँगै उसलाइ यही कुरा प्यारो लाग्न थालेको छ, विशेष किरणलाइ भेटेपछि ।
सधै साइवरका कुरा गर्ने सहपाठीले एकदिन कर गरेर उसलाइ पनि सँगै लगि । सिक्ने र सिकाउनेक्रम चल्दैथियो कसैले यसलाइ ‘हाइ’ भन्यो । नर्वदाले थाहा पाइ त्यो च्याटिङ रहेछ , एउटा सबन्धको शुरुवात । उसलाइ हाइ भन्ने यसको त्यो अपरिचित साथी किरण नै थियो । थाहा भएन आफैलाइ पनि कति सजिलै ,छिट्टै उनीहरु एकअर्काको यति नजिक पुगे । ऊ आफैंसँग उत्तर छैन , ऊ किन आफैलाइ भन्दा बढि विश्वास (उसलाइ) गर्छे , हरपल हरसमय किन सम्झन्छे ?? तर ऊ……………………………।
विदेशी भूमीमा अध्ययनरत सम्पन्न परिवारको होनाहर युवक किरण । हरकिसिमबाट राम्रो छ ऊ, कल्पना,चाहना र व्यवहारमा पनि । उसका मिठा र गहकिला कुराले नर्वदा नचाहेरै पनि खिचिइदै गएकी छ, चाहनाहरु अनायसै भरिदै गइरहेको छ । झन् हरेक भेटपछि किरणले दोह–याइरहने “नर्वदा तिम्रो लागि म एउटा सप्राइज लिएर आउनेछु ।” भन्ने वाक्यसहितका अन्य हर शब्दशब्द नर्वदाका कानभरी /मनभरी गुन्जिरहन्छन् ।
एकदिन अगाडीमात्र किरणले आफू अब नेपाल आउदै गरेको र सबैभन्दा पहिलो योजना उसैलाइ भेट्ने रहेको भनेर सुनायो । त्यसपछि नर्वदा एकाएक अनेक प्रश्नले घेरिइ, सँगसँगै अदृश्य खुसीमा रमाइ । “तिम्रो लागि भनिएको सप्राइज मेरो खुसिसँग जोडिएको छ……………………” किरणका आवाजहरु कानभरी गुन्जिए, अकारण मस्किइ ऊ एक्लैएक्लै । “भोलिको दिन, उसको अन्जान साथि आउने दिन……………….त्यो क्षण जव उ किरणलाइ भेट्नेछे…….उसले के भन्ला ?? नचिनेरै नजानेरै एकअर्कासँग छिप्न नसकेका दुइ हितैषि….. तर उसले चिन्नै इन्कार गरिदियो भने…..उ त ……..यसो गर्न त सक्दैन होलानी, फेरी के भो र एकपल्ट भेटेर त हेरौ…. कमसेकम एकमौका त हो नि चिन्ने फेरी पछि गाह्रो पर्नसक्छ तिरस्कार सहन अहिले नै त म सक्छु ….” उसले आफ्नो मन दह्रो बनाइ रपनि किनकिन पटक्कै निद्रा परेन । हुन त उसलाइ मनाउन किरणले लामै कसरत गर्नुपरको हो तर खै अहिले लाग्दैछ, किरणभन्दा पनि आतुर, उत्सुक र प्रतिक्षारत छे ऊ आफै, किरणसँग भेटिन ।
समयमा नै उ तयार भएर बसि । किरणले आफूलाइ लिन एयरपोर्टसम्मे आउन कर ग–यो । बर्षौदेखि अनलाइनको दुनियामा हराएका दुइ यात्रि भेट्ने दिन ………पर्खाइका प्रत्येक पलपल उसले सम्हालेर राखेकी छ उसैलाइ सुनाउनको लागि ……ऊ पनि त मान्छे नै हो……आग्रह टार्न सकिन , चाहिने भन्दा बढि नै लालायित बनि उसको पहिलो दर्शनको ………….अनि हाजिर भै त्यो प्रतिक्षालयमा अनौठो सन्त्रास अनि मिठो अनुभुती बोकेर ।
बेलैमा आइपुग्यो किरण । परैबाट हाँस्दै आइरहेको किरणलाइ चिन्नु नर्वदालाइ गाह्रो परेन । भिडभाड र आउने जाने यात्रुहरुको चहलपहल, सबै आफैमा ब्यस्त देखिन्थे । उसले बडो गाह्रोसाग सम्हालेकी थिइ आफूलाइ ………आफूलाइ ‘खुब कठोर मनकी’ दाबी गर्ने उ नर्भस प्रायः थिइ । के गर्नु र भन्नुको अबस्थामा रुमल्लिदा–रुमल्लिदै किरण त उसको अगाडी उभिन आइपुगिसकेछ । मन्दमुस्कान साटासाट भयो………. धेरै पुरानो साथि जस्तै तुरुन्तै एकअर्कासँग खुले दुवैजना ।
नर्वदाले आफूलाइ रोक्नै सकिन , सोधिहाली “खै मेरो सप्राइज ??”
केहि झस्किदै किरणले अनौठो भावले उसको अनुहार पढेजस्तै गरि हे–यो । अनि गम्भिर हाँसो हाँस्दै आखा चिम्लन लगायो ……….मुटुको वेग बढीरहेको थियो,भित्रैदेखी भिन्न अनुभुति भइरहेको थियो, उसका कयौ साथिहरु छन तर किरणसँगको भेट साँच्चै अनौठो ………नर्वदा हेर त मेरो खुसी अटाएको तिम्रो सप्राइज…………….बडो व्यग्रताकासाथ आखा खुल्यो “हेरत मेरी अनु कस्ति छ ? हामी उता सँगै पढ्छौ यसपटक भने भिन्न प्लानकासाथ आएका………….है अनु ! अब हामी पढाइ मात्र हैन हरेक कुरा सँगै गर्नेछौं, पुरा जीवन सँगसँगै विताउनेछौं ।”
सपनामा पनि नसोचेको सप्राइज पाएर नर्वदा अलमल्ल परि, झण्डैझण्डै बेहोशिमा……….बर्बराइ ऊ “किरण मलाइ थाहा थियो तिम्रो सप्राइज जरुर विषेश हुनेछ तर……….तर मैले सोचेकै थिइन की तिमी………” बोल्दाबोल्दै रोकिइ ऊ । किरण टाढाको क्षितिज नियाल्दै थियो । हाँस्नु न रुनुको अकाट्य सप्राइज पाएकी नर्वदाले मनमनै निष्कर्ष निकाली आफूले पलपल गरेर साचेको व्यग्र प्रतिक्षा आफैलाइ बगाउने खहरे भेल पो रहेछ फेरी बोली “तिम्रो खुसी तिम्रो रोजाइ कहिल्यै गलत हुनै सक्दैन किरण……नयाँजीवनको शुभकामना…………. ।”
अनुले परैबाट चाल पाइ, मौनताको भाका फोड्दै दुइजोर आखाहरु अनवरत बग्दै थिए ।।
***************************************************************************
लेखिका का केही कुरा-
नमस्ते
म नजानेरै,लेख्न मन पराउने लहडी भुरा हु । सायद म भाग्यमानी छु, यसैले मेरा प्रशस्तै भूलहरुकावीच पनि लगातार अग्रजहरुबाट/साथीहरुबाट सद्भाव/प्रेरणा बटुलीरहेकी छु । ‘धन्यवाद भन्नु’ हजुरहरुले म प्रति दर्शाउनुभएको प्रेमको अगाडि ‘सारै छोटो शब्द’ होला जस्तो लागेर, मात्र मनन गरिरहेको छु चुपचाप । मलाइ मायाले सिकाउने वस्ति अंकल, समदर्शि दाजु, अशोक दाइ, बलदेव/सान्निध्य/ राज /प्रकाश/ अविरल /सुमन/ बासु/ प्रदिप/रामकृष्ण/भरत/सन्दिप/सङ्गीत/सुदर्शन /तुफान दाजुहरु …..माफ गर्नुहोला सम्पूर्ण नाम उल्लेख गर्न सकिन ……. सबै प्रती सदैव ऋणी रहनेछु । मेरा लहडका अनि रहरका लुला पाइलाबीच हजुरहरुको सहि मार्गनिर्देशन र सम्हालीदिने चोटिलो झापटको अपेक्षा गरिरहेको छु,गरिरहनेछु ।
(यो मेरो कथा लेख्ने प्रयास थियो , कथा बन्यो कि बनेन? भनिदिने पालो हजुरहरुको…….)
**************************************************************************
हालः शंकरदेव क्याम्पस
(स्रोत : Bidhya’s facebook)