कथा : यस्तो पनि हुन्छ ?

~निराजन प्रभात~Nirajan Prabhat

म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।

“ए!दाइ पो बस्नुस् न”
“होइन भाइ धेरै पत्रहरु छन् म जान्छु तिम्रो एक पत्र थियो त्यसैले आएको।लौ लेउँ पत्र।” दाइले मलाइ पत्र दिनुभयो अनि बिदा हुनुभयो।
पत्र हेर्दै म पून कोठा भित्र पसे।पत्र सरुको थियो।मेरो मन त्यसै त्यसै फुरुङ्ग भयो।
किताबलाइ साइड लगाएँ,सिरानीलाइ च्याँपेर खामलाइ च्याते।खाम भित्र दुई वटा पन्ना थियो छुट्टा छुट्टै स्टिज पिनले कैद गरेको।मैले तिम्रो लागी केवल तिम्रो लागी लेखिएको पत्र पहिले खोले।
जती जती पत्र पढदै गएँ उति उति मेरो मुटुको चाल तिब्र हुन थाल्यो।म निस्सार हुदै गएँ।प्राण बिहिन जीव भएँ म।म जड बने।
आँसु परेलीको ढक्कन खोलेर,गालाको बाटो गरेर बग्न थाले खहरेको भेल झै।मैले ति आँसुलाइ रोक्ने कुनै चेस्ठा गरिन।बीना रोक ठोक बग्न दिएँ कतै ति पीडा पखालिन्छ कि भनेर तर सबै व्यर्थ थियो।

मनलाइ थुम्थुमियाउँदै फेरी अर्को पत्र खोले-त्यो मैलेनै सरुलाई पठाएको पत्र थियो।जुन पत्र मैले प्रथम पटक उनिलाई पठाएँको थिएँ,उनको मायाको स्वागत गर्दै।तर आज त्यो सबै फजुल फगत भए।केबल आँसुको निशानी भएँ।
पत्र यसरी बग्दै थियो स्वेत पानामा

एकान्त कोठा
रातको १० बजे
टुक्कीको मधुरो प्रकास
किराको एकोहोरो आवाज
मन भरी तिमी प्रती माया
मात्र तिम्रो यादमा

******************************************************************

पत्र मात्र लेखेको होइन मैले तिमीलाई,
मुटुपनि साँचेकोछु।
अरुको निम्ती नसोच मलाई,
आजै बाट तिम्रो निम्ती बाँचेकोछु।।
**********************************************************************

मेरी दिलकी रानी!!
युगौ युग सम्मको कुसुम स्मृतीको मैदानमा यस पत्र मार्फत अशेष अशेष स्मृतीहरु साथै तिम्रो मायारुपी पत्रलाई यो हृदयबाटै स्विकार गरेको जानकरी सर्वजकिन गरे।आज बाटै मैले तिमीलाई सारा कुरा समर्पण गरे।मैले आफुलाई यसरी समर्पित गर्दा आफ्नो हृदयमा खात लागेको हर्ष-उमङ्गको व्यख्या गर्ने क्षमता र त्यस भाषाको उल्लेख गर्ने सामर्थ्य यो निष्प्राण लेखनिमा कहाँ छ र!युगन्तर माया पाउँने आशाले तिम्रो हात थाम्ने अठोट गरे।परिवेश र बाध्यताका लहरले संसारिक मनोरञ्जनका हरेक स्वरुप एक से एक विलिन भएका यहाँ लाखै दृष्टान्टहरु नभएका पनि कहाँ हो र,तर हाम्रो माया यस्तो दृष्टान्टमा नपरोस् आग्रह।

‘सरु’ माया नाटक होइन,यो हृदयको उपासना हो,पूजा हो अनि जीवनलाई सुन्दर बनाउँने कसी हो,त्यसैले सदा सदा माया गरीरहनु कहिले पनि घात-प्रतिघातको खेल नखेल्ल्नु ल।अहिले म कति खुशी छु,यो खुशी जेवन भर रहिरहोस् ल।

तिम्रो उन्नती प्रगतीको कामना गर्दै बिदा
तिम्रो प्रेमी/दाषी
काले

आँसुको खहरेले पत्र सबै भिजिसकेको रहेछ म अचेत मानवलाइ पछि पो ज्ञान भयो।च्याँतिन लागेको पत्रलाइ एक पटक छातीको नजिक राखेर बिचारे।खोइ त्यो पत्र पनि म जस्तै धड्कन बिहिननै पाएँ।
धेरै खोजे मनलाई ट्याकमा ल्याउन अह असफल मात्र असफल प्राय भएँ।यो मन पनि गजबकै हुने रहेछ।कसले बुझ्ला यो मनलाई,कसको ल्याकत मनको चाला बुझ्ने??

भोली मेरो परीक्षा थियो अग्रेजीको एक त म यो बिषयमा कमजोर झन् यो घटनाले के होला मेरो स्तिथि?म झन् प्रताडित भएँ।मलाइ लाग्न थाल्यो यो मेरो लक्ष्यको हत्या हो,मारिदै छ मेरो लक्ष्य मेरो भविष्य।सुखम जती खुशी हुन्छ नि मन दु:खमा त्यसको चार गुणा प्रताडित।सोचे एक पटक जीवन पनि कुनै चलचित्रको कथा जस्तो हुनु नि।जसलाइ काट्न पनि मिल्ने पछाडी फर्काउन पनि मिल्ने तर त्यो केवल मेरो भवना त थियो।
फेरी सबै घटनालाइ भुल्दै किताब पल्टाएँ अह मन छैन पढ्न,किताबलाई बुझ्न नै परीक्षाको लागी तयारी हुन।अझै आँसु रोकिएकै थिएनन् यसलाइ मैले रोक्के कुचेष्टा पनि गरीन किन किन आज धेरै रुन मन थियो,उनलाई सम्झेर अनि ति अतितलाइ सम्झेर।
अतित अब मेरो दिमागमा झल्झली आउन थाल्यो फिल्मको पर्दा झै दिमागको खण्डहरमा।

“काले तिमी मलाइ कति माया गर्छौ?”सरुले प्रश्न गरिन
“खोइ यार मलाई पनि थाहा छैन कति गर्छु,अनि मैले कहिले तौलिन पनि चाहिन मायालाइ।”
सरु प्रफुल्ल भइन क्यारे हाँसिन “काले तिमी यदी मेरो जीवनम नआएको भए के हुने थियो?”उनले पुन प्रश्न गरिन्।
उनको केशरासी सुम्सुमाउदै भने “काली यो कस्तो प्रश्न हो?यदी यो धरतीमा घाम नभएको भए के हुने थियो के तिमी अनुमान गर्न सक्छौ?”मेरो प्रतीप्रश्नले उनि केहि मौन भइन।
आठ कक्षा पढ्दा देखिको हाम्रो प्रेम आज सम्म बीना रोकठोक चल्दै थियो।हाम्रो माया एक उदाहरणनै थियो माया गर्नेहरुलाई।चार वर्ष लामो हाम्रो प्रेम केवल ३,४ जनालाई मात्र थाहा थियो।हामी अरुको अगाडी प्रेमी-प्रेमीका कम साथि ज्यादा थियौ।

समयको प्रवाहमा बहदै बहदै जीवनरुपी रथलाई गती दिदै हजारौ आरोह-अवरोहलाई पन्छाउदै अतितका दिनहरुबाट पाठ सिक्दै ,कती पटक भक्कानिएर रुदै ,कती पटक मायाको मीठास अनुभव गर्दै दिनहरु पात्रोको पान्ना जस्तै पल्टिदै पल्टिदै गए सरुको साथ पाएँ पछि मेरो जीवनमा आशातित प्रगती हुदै गए।

सरु मेरो जीवनमा एक बहर बनेर आएकि थिइन।मैले लेखेका शब्द शब्दमा उनि जीवन खोज्ने प्रयास गर्थिन।हाम्रो भेट सधै सधै भए पनि दिनम एक दुई वटा पत्रको आदानप्रदान हुन्थियो।पत्रमा शब्दको ज्यान भर्नुको मज्जानै अलग हुन्थियो।सरु सधै भन्ने गर्थिन”काले तिमी पत्रमा अनि सायरीमा शरिरको ज्वरो लेख्छौँ।” तर जवाफमा भन्थे” होइन सरु म शरिरको ज्वरो लेख्दिन,सुन्दर शब्दमात्र लेख्छु।मेरो शब्द मेरो भावना पक्कै बिरामी हुन सक्दैन।वास्तबमा तिमीनै मेरो गजल अनि पत्रको खानी हौ।सरु मेरो हृदय विशाल छ जती माया दिन सक्छौ देउ म सबै मायालाइ कैद गर्न सक्ने छु”

समाजको नियम कानुन कहिलै हाम्रो मायाले मिचेन साँच्चै भन्ने हो भने हाम्रो माया एक वासना थिएन।एक भवरा अनि फूल बिचको कहानी थिएन।उनिलाई चोट लाग्दा मलाई चोट लाग्थियो त्यो होइन तर उनको पिडामा यो मुटु पक्कै छटपट गर्थियो पिडालेनै होला सायद।मायामा एक अदभुतको शक्ती थियो,नत्र एक छिन भेट नहुदा त्यसै त्यसै यो मन खिन्न हुने थिएन होला,दर्सनको अभिलाशा पलाउने थिएन होला??

उनि आफ्नो मामाको घरमा बसेर पढ्ने मामा माइजुको प्यारी भान्जी,उनको घर दार्जिलिंगमा थियो /सायद भगवानलाई हाम्रो भेट गराउनु थियो त्यसैले उनीलाई नेपाल ल्याए पढने बहानामा /एस एल सी दिए पछी उनि पुन दार्जिलिंग जाने भइन /त्यो दिन कहाँ भुल्छु दिन दिन उनि सँग अन्तिम पटक भेट भएको थियो/कुरा गर्ने रहर हुदा हुदै बिछोड हुने पीडाले उनि पनि चुप म पनि चुप /मौन भाषामा आँखाको ईशारामा मात्र केहि समय कुरा गरेर उनीलाई मैले बिदा गरेको थिएँ /सोचेको थिइन त्यो भेटनै हाम्रो अन्तिम भेट हुने छ भनेर /

किरिङ् किरिङ् किरिङ् किरिङ् किरिङ् किरिङ् टेलीफोनको आवाजले म झसङ्ग भएँ।फोन उठाएँ”हजुर को बोल्नु भो होला?”

“बाबु म ममी” उता बाट आवाज आयो।
“ए!ममी भन्नुस् किन कल गर्नुभएको?”मैले प्रस्न गरे
“बाबु आज मामा हाम्रोमा आउदै हुनुहुन्छ रे बजार गएर मासु ल्याउ है”ममीले भन्नु भयो

“हुन्छ हुन्छ ममी”-मैले फोन राखे

अब बजार जान तयार भएँ।तर मनमा अझै कुरा खेल्दै थियो।आखिर किन सरुले अर्को बिवाह गर्न लागिन?यो पत्र त धेरै पहिले लेखिएको रहेछ आज सम्ममा त उनको बिवाह पनि भयो होला?खुईईईया लामो सुस्केरा लिएँ।हे!भगवान आखिर किन त मलाइ मात्र यसरी घरी घरी परीक्षा लिन्छस् किन मेरो धर्यताको फाइदा लुट्छस्??आवेगमा आउनु हानिकारक आफैलाइ छ त्यो मैले राम्रो सँग बुझेको छु त्यसैले आफुले आफुलाई काबुमा राख्ने असफल प्रयास गरे।फेरी सोचे मैले जीवन नामको एउटा अदृष्य भोगाइमा हजारौ मोडहरु पार गर्नु मानविय धर्म रहेछ।जीवनका आरोह-अवरोहलाई नाप्ने,जोख्ने र तौतने यन्त्रहरु छैनन्,डोकामा भर्नेनै हो भने मेरो कुण्ठा हर्ष भन्दा चुली हुन्छ।जीवनका पानाहरु सेकेन्ड,मिनेट,घण्टा,दिन,हप्ता,महिना अनि वर्ष हुदै खुस्किदै जान्छन्,खुस्किनु के थियो बुढो हुनु अनि अझै पीडासँग अभयस्त हुनु त थियो।

बजार जानु भन्दा पहिला पून: त्यो पत्र पढ्न मन लाग्यो अन्तिम पटक किन कि अहिले सम्म म पत्रका शब्द सँग सहमत हुन सकेको थिइन।मेरो पून पढ्ने जमर्को सफल हुन सकेन।आँसुको खहरेले कलमबाट ओकलिएका शब्दलाई पखालिसकेको थियो।मैले सोचे यसरीनै वास्तविकता पनि पखालिए हुने नि।त्यो पत्र मेरो जीवनका खुशीलाई बगाउँने भेल भएर आएको थियो।मलाइ आजै उनलाई भेट्ने रहर जाग्यो तर त्यो सम्भव थिएन।म झापामा उनि दार्जिलिङ्ग दुरीले पनि पोल्दो रहेछ आज फेरी एक पटक थाहा भयो।सरु म सँगै जीउने अनि मर्ने वाचा खाएकि थियौ कसरी आज तिमी अरुको सिन्दुर बन्यौ?सरु तिमी मेरो आत्मा थियौ,धड्कन थियौ जसले मलाइ माया गर्न सिकायो उसले आज मेरो साथ छोड्यो।कसरी सम्हाल्नु मैले मलाइ?

ग्यारेजबाट बाइक निकाले अनि बजार जान लागे।अझै मेरो दिमागमा बिचारको ज्वारभाटा चल्दै थियो।७०,८० को गतीमा हुइकियाए मैले बाइकलाइ।

एक्कासि मेरो अगाडी एक स्कुले बच्चा देख्दा मेरो सातो पुत्लो गयो।धेरै प्रयास गरे बाइकलाई रोक्के तर सबै फेल भयो।बाइकले त्यो बच्चालाइ हान्यो।बच्चा २,३ फिट पर गएर पछारियो।ममी उसको मुखबाट निस्किएको त्यो शब्दनै अन्तिम शब्द थियो।बाइकले मान्छे हान्यो एक कान ,दुई कान मैदान हुदै धेरै मान्छे भेला भए।कसरी कुदाएको होला बाइक के बाबुको पैसा छ भन्दैमा अर्काको ज्यान लिन पाइन्छ?यसलाइ छोड्नु हुन्न यस्तै यस्तै हल्लाहरु मेरो कानमा गुञ्जिन थाले।म एक जड भएर उभिएको थिएँ निशब्द।

कसैले मेरो टाउँकोमा हान्यो।एक दुई हुदै मलाई धेरैले प्रहार गरे तर पनि मैले केहि प्रतिवाद गरिन।मेरो टाउँको चट्चट गर्दै थियो,मैले मेरो टाउँको छामे रगत बग्दै थियो मेरो टाउँको बाट म पनि बिहोस् भएँछु।

होस् मा आउँदा मैले आफुलाई हस्पिटलको बेडमा पाएँ।मेरो वरीपरी बाबा ममी अनि प्रहरी अंकलहरु हुनुहुन्थियो।दुई तीन दिनको उपचार पछि मलाई अनुसन्धानको लागी प्रहरी हिरासतमा राखियो।बाबाको सोर्स अनि हजुरबाबाको पैसाले म कैद मुक्त भएँ,मलाइ धरौटिमा रिहा गरियो ।म त कैद मुक्त भएँ तर मेरो मनको ज्वारभाटा??

सपनीमा पनि मलाई सधै त्यो बालकले ममी ममी भनेर तर्साई रहयो।मैले आफुलाई समाल्न सकिन।के गर्ने के नगर्ने मैले सोच्न सकिन।यसरी बाँच्नुको के मुल्य के आधार?धेरै धेरै गम खाएँ।धेरै समय सोचे पछि मैले आफुलाई आफैले फासिदिने बिचार गरे।त्यो समयमा म आफै जर्ज आफै वकिल अनि आफै अपराधि बने।लुगा राख्ने दराज पछाडीको डोरीलाई फेन झुन्डियाउँने ठाउँमा बाँधे।

किरिङ्ग्
किरिङ्ग्
किरिङ्ग्
किरिङ्ग्
किरिङ्ग् फोनको घण्टीले म पून झसङ्ग बने।फोन उठाएँ।
“हजुर”
“सरी यार आइम भेरी भेरी सरी”कुनै केटाको श्वर थियो।
“हजुरको बोल्नु भएको?आखिर किन सरी भन्दै हुनुहुन्छ?”
“म ज्वती बोल्दैछु,तिम्रो कलेजको साथि क्या”उसले जवाफ दियो
“ए!ए!ज्वती तिमी पो अनि आज कता बाट सम्झियौ मलाई?अनि के हो बोल्न पाएको छैन सरी सरी भन्छौ के हो तिम्रो पारा?”
“म अपराधि हो तिम्रो मैले सोचेको पनि थिइन यस्तो होला भनेर मेरो सानो मजाकले कसैको ज्यान पनि लिन सक्छ।”उ सुकसुक गर्न थाल्यो
कस्तो मजाक आखिर के भएको हो मलाई भन यार।मैले कर गरे

मित्र त्यो पत्र सरुको होइन मैले लेखेको थिएँ।मैले तिमीहरुको गोप्य प्रेमको रहस्य थाहा पाएँ पछि मैले सानो योजना बनाएँ।अनि सरु बनेर मैले पत्र पनि लेखे।”

“उसो भए त्यो मैले सरुलाई लेखेको प्रथम पत्र कहाँ बाट आयो त?”

“मैले तिम्रो डायरीबाट सारेर तिम्रो जस्तै अक्षर बनाएर लेख्या हो त्यो पत्र।”

ह!म छाँगा बाट खसे जस्तो भएँ,ज्वती यो तिमीले के गरेको?हेर तिम्रो मजाकले आज के भो।”

हो मलाइ थाहा छ के भो भनेर।घटनाले यसरी मोड लियो कि मैले सत्य ओकल्नै पाइन।आखिरमा म तिमीलाई एप्रील फुल बनाउन चाहान्थे।

“एप्रील फुल?मैले पात्रो हेरे हे!”भगवान मैले टाउँकोमा हात राखे।

“मित्र पिल्ज मलाई माफ गर है”यती भनेर उसले फोन राख्यो।

म खाँबो बनेर उभिरहे।अनि सोचे यस्तो पनि हुन्छ ??

समाप्त

चन्द्रगढी-२ झापा नेपाल
हाल-दोहा कतार

(स्रोत : Shabda Sarathi)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.