बीरे छुट्टी आयो, सम्झना सित विहेपनी भयो, नयाँ नौलो गृरस्थी संसारको थालनी। सम्झनाको भित्रिमनमा आफ्ना दौंतरीहरू भन्दा धेरै सुनचाँदीले टलक्कै हुने चाहनाको बिरूवा बिस्तारै बोट हुन थालेछ। बीरेले पुगिसरी आएको सुनका गहना दिएकै भएपनि सम्झनाको धोको भने मेटिएको रहेनछ। पारिवारिक स्थर भने दुवैको घर चल्दो हो, मिहनत परिश्रम गर्दा राम्रै पुगि सरी आएको, तर त्यो मिहनेतको क्रम टुट्नु भने आर्थिक
अभाव भोग्नुपर्ने। परिवार पनि तीन सन्तान दुई माऊ पाँच जना दुवै तिर, खेति किसान, गाई बाख्रा हाँस कुखुरा बारी बिरूवा, साधारण ग्रामीण जीवन । बीरे स्यानो तिनो नयाँ नयाँ जागिरे, खरको पाकघर, टिन चेपेर बनाएको मुलघर। आफ्नो समानको सुरक्षा, जतन जगडा नभए चोर डाकाको पनि रमरमी परिवेश॥
* ***
बीरेको छुट्टी सकिन लाग्यो, धेरै दिनबाट मनमा उम्रिएको सुनको बोटको कुरा बीरे सित गर्ने आज ठानिछन सम्झनाले। खानपान सकियो, ओछ्यान लाग्ये, सम्झनाको रुञ्चे स्वर चिसा आँखा, वित्यास परेछ बीरेलाई- सोध्यो- के भयो सानु?? सुँकसुक र घुँकघुँकको बिचमा सम्झनाका शब्दहरू- सवै साथीहरूको लटराम्मै सुनका गहना छन-
कस्ता राम्रा नेकलेस,चेइन, परिपरिका नाक-कानफूली, मेरै चाँही भाग्गे खोटी…ह्वाँ ह्वाँ…रूवाईको स्वर बदलियो।।
बीरे:- अरे यो अचानक तिमीलाई के भयो- म त के विमारीपो भएछ जस्तो लागेको त बेकारको गलवादीपो गर्छेऊ त, कुरा के हो !हेर- नाक कान गलो रित्तो छैन्।
अरूपनी जोडिएला गहना कमनी गर्न सकिएछ भने। बर्षको एउटा केही न केही त पक्कै दिन्छु यति नै भने- ल चुपलाग अब, तेत्तिकै लागी यत्रो तमास गर्दै रुन्छन !!
सम्झनाको रुवाई रोकिएन बरू बढदै गयो…आफ्ना साथी संगिनीहरूको नाम र गहनाको हिसाप सुनाउने क्रम साथमा चल्यो।
बीरे: होइन अरुको सित तुलना गरेर गुजारा चल्दैन, हाम्रो आफ्नै अवस्था अनुशारको व्यवस्था पो गर्नू पर्छ त। गहनाको भन्दा हतार त हामीलाई एउटा स्थायी र सुरक्षित पक्काघर बनाउनुको खाँचो छ । दैनन्दिन आईपर्ने सवै खर्च चल्दै, अलेली गर्दै सञ्चय गरेर नै त त्यो कामहरू गर्नु पर्छ। अच्छामे मान्छेलाई बिचार गर त उनिहरू एकदमै गरिव भएपनी घर बनाउने कामचाँही थाली हाल्छन- तेसोहुनू दिघो बसोबासोको लक्षण हो तर हाम्रो खाली बसैँ हिँडने आदत, सँधै अस्थायी बसोबासो अनि मानसिकता पनि बनेको हो। सुन किनेर गहना लगाउँदा हाम्रो समस्या समाधान हुदैन बरू बढछ, कुराचाहीँ बुझ्ने प्रयास गरन्।
फरक परेन सुनको बोट पालेकी नयाँ बेहुली सम्झनालाई बीरेको कुराले कुनै फरकै परेन- सुनपनी त आपद विपदको बेला बेचेर कामलाग्ने सम्पति नै हो भन्दै सुँकसुक र घुँकघुँक रोकिनूको साटो बढ्दै गयो सम्झनाको। बीरेलाई झन्का छुट्न थाल्यो। बिरक्तिबोध गर्दै चुपलागेर मनमनै धेरै कुरा गम्दै ढल्किएको छ- निन्द्रा त के लगोस र !
अर्थहिन बिनाकामको अबुझ रुवाईले बीरेको सपना चुर भएझैं रिसले चुर हुदैँ भन्छ-पोई मर्दापनी स्वास्नी यसरी रूदैननहोला- जसरी यो मध्य रातसम्म रूदैंछेऊ। अब
एकदम चुपलाग हँ नत्र चुरा फुटाएर, पोते चुडाँएर अहिलेनै लखेट्छु॥फरक परेन, सोझो साधाराण केटा बीरेले कुरा अनुसार कै कामगर्यो- दुई हात समातेर आपसमै ठोकेर सवै काँचका चुरा झर्याम झुरूम पार्यो, एकखाले लड्डीनै पर्यो अनि चुडाउँन आँटेको पोते चाहीं जोगाउन सफल भइन सम्झना।रुवाईको स्वर त थामीयो तर शब्द संग्राम तब हस्त सग्रांममा बद्लियो। खाट पलङको अभावले बाँस र चिमले बनिएको चाङ्बाट बीरेले खँदारो भूइँमा सम्झनालाई।
फेरिपनी सम्झनाको बिचारमा सुधार नआएपछि मध्येराती घरबाट बाहिर निकाली छोडदिएर, दैलो थुनेर सुत्यो बीरे॥ निन्द्रा र के लागोस बीरेलाई पनी- उल्टै चिन्ता पर्यो- यस्ता मूर्खको के ठिक कतै इनार तिर हामफालेर गुल्टिनेपो हो कि !! तेसै हुदाँ पनी झन झमेलैत बढछ।ससुरालीमा सबै कुरा बताँऊकी !! होइन-बिचारा उनिहरूलाई चिन्तामा पार्नु गलत हो- अबत मैलेनै यसलाई सुधार्नु पर्छ-
बिचरा ती सिधा-साधा सासु-ससुराले सिकाएर गरेकी त होइन नी यो मूर्खले नौटंकी। चकमन्न छ- कता गई होला–!होइन, खोज्नु पर्छ, बीरे उठ्यो खोज्यो,ग्वालीमा बाख्रापाठाको चाङ सास थुनेर बसेझैं चुपचाप बसेकी सम्झनालाई समातेर धकेल्दै लगेर ओछ्यानमा पुर्याई छोडेर आफू चुपचाप सुत्यो। रुवाई बन्ध भयो। अरूकेही दिन छुट्टी रहेपनी बीरे भोलीपल्ट बिहानै सम्झना मस्त निदाई रहेको बेला उठेर ठिक ठाक भएर आमा बाऊलाई सुटुक्क कुरा बुझाई राखेर,”सताउँछु टाडा रहेर आँफै आउँछ तिम्रो चेतना प्रिय सम्झना” गुन्गुनाउदैं कर्तव्य तिर बाटो लाग्छ।बस स्टेसनमा गाडी पर्खिएर बसिरहेको थियो।
यता सम्झनाको निन्द्रा खुलेछ – सुमुसुमू बस स्टेसन पुगेर बीरेको पाखुरामा समातेर हिन्नु घर, छिटो हिन्नु- बाऊले बोलाउनू भएको- छिटो हिन्नू भन्दै तान्दै गरेको देखिन्थो।मान्छेहरूले देखेर के सोच्दै होलान भन्ने सोच्दै लजाए झैं ‘हात छोड न हौ’ भन्दै सम्झनाको पछि-पछि घरतिर फर्किदै थिए- बीरे सुन माया सम्झाना ।
(मानौ कथाको अन्तमा मधुर धुन बज्दै थियो दर्शक पाठकको मनमा: नजाऊ न मलाई छोडी दिल तोडी मेरो झिल्के मायालू-जान्न म तिम्लाई छोडी दिल तोडी मुखमोडी मेरी च्यान्टी मायालू)(BGB मौलिकरचना 13-08-2014 @1130 hrs)
तेजपुर , आसाम
(स्रोत : Bogiraam Bhandari’s Facebook)