उहा हुनुहुन्थ्यो – महान एक
होनहार हुनुहुन्थ्यो – नभा ‘नि बिबेक
सानो झगडामा पर्नु भो
हानाहान गर्दा मर्नु भो
मान्नु हुन्थेन कसैको डर
सरकार –
शहीद घोषणा गर |
हो त नि कस्तो बिडम्बना
हानाहानमा पर्नु भो
हानाहान मै मर्नु भो
ठेक्का पट्टाको कुरो थियो
भाग बन्डाको चुरो थियो
अलि झमेलामा पर्नु भो
दुई चार गोली ‘नि भर्नु भो
जेलतिर बसाई सर्नु भो
त्यहाँ ‘नि हानाहानमा पर्नु भो
हानाहान मै मर्नु भो
मान्नु हुन्थेन कानूनको डर
सरकार –
शहीद घोषणा गर |
उहाको योगदानको कुरै नगरौं
पार्टी धान्नुमा ठुलो हात
नेताहरुको सधै साथ
ठेक्कै ठेक्काले पला’को पात
गुंडा भन्ने चोथालेहरुलाई
दिनु हुन्थ्यो उहाले लातका लात
जे गरे’नी उहालाई नलाग्ने बात
सही हुनु हुन्थ्यो हाम्रा सर
सरकार –
शहीद घोषणा गर |
उहाको मृतु मोती सरी छ
उहाको योगदान ज्योति सरी छ
उहा नहुँदा – गारो भा’ छ
पार्टीको एक – होनाहर गा’ छ
पार्टीको श्रोत – सुके झै भा’ छ
हाम्रो श्रोत ‘नि – अरुले खा’ छ
यस्तो मान्छे ‘नि मरेर जांदा
देशले नि बेस्सरी घाटा खा’ छ
शहीद बनाउन अबेर नगर
सरकार –
शहीद घोषणा गर |
पार्टीको गुंडाको लड़ाई नभन्नु
उहाको मृतुलाई सामान्य नठान्नु
नत्र त ‘टायर’ बलि नै रहन्छन्
नेपाल बन्द चलि नै रहन्छन्
जनताका घर जली नै रहन्छन्
रगतका खोला बगि नै बहन्छ्न्
तेसैले हेर है -भं’न्याछू पहिलै
नमानीकन कसैको डर
सरकार –
शहीद घोषणा गर |
प्रकाश नेपाल
डिसेम्बर १९, २०११
(स्रोत : Prakash Nepal’s Webpage)