कथा : बिषालु गर्ल फ्रेन्ड

~सुरेशजङ्ग शाह~Suresh Jung Shah

हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा भोलि अर्को सँग …। तिमीलाई नाटक गर्न अति नै आउने रहेछ ….जहिले फोन गरेपनि फोन नगर्नु म भाइ कहाँ छु. भन्थ्यौ । त्यो त बहाना रहेछ ….। कहिले पाप गरे भनेर हात भित्तामा बजाथ्र्यो ।

अब त टाउको नै बजार्नुपर्ने हो, मेरै अगाडि अर्कोसँग लडबदिँदा शब्दमा वार्तालाप गर्दा प्रत्यक्ष थाहा पाएँ, तिमी त मेरी होइन अर्कैकी रहिछ्यौं । सुनेको थिएं, संगत गुनाको फल भनेर, तिम्रो साथी जस्तै तिमी रहिछ्यौ फरक यत्ति हो उनी देखाउँछिन् तिमी लुकाउँछ्यौं ।

तिम्रो फोन धेरै व्यस्त हुन्थ्यो । मलाई त केवल courtsey call मात्रै गर्दथ्र्यो । केवल आधा मिनेटको कति रुखो व्यवहार, कठै म विचरा तिम्रो मायाको अन्धोभक्त । तिम्रो छुट्टी कहिले हो ?, तिमीलाई भेट्न सकिन्छ ?, म तिमी कहाँ आउँ ?, भन्नसम्म पनि डराइ डराइ सोध्ने गर्दथें, त्यसै माथि पनि झर्केर रिसाएर मिल्दैन वा हुन्न भन्ने ठाडो जवाफ दिन्थ्यो । म चुपचाप सहन्थ्ये । तर हेर म तिमीलाई कति धेरै माया गर्छु । मैले खाने प्रत्येक मीठो गाँसमा तिमीलाई सम्झन्छु । मैले देख्ने प्रत्येक सौन्दर्यमा तिमीलाई सम्झन्छु । फेसन चलेका प्रत्येक लुगा र गहनामा तिमीलाई सम्झन्छु । मैले हेर्ने प्रत्येक दृश्यमा तिमीलाई पाउँछु । मेरो प्रत्येक रहरहरुमा तिमी छ्यौं, मन, मुटु, कवितामा, गीतमा तिमी छ्यौं, साँझ तिमी छ्यौं, रातमा तिमी, बिहानीमा सँगै उदाउँछ्यौं । छातीभरि बस्छ्यौं । अब भन त तिमी मेरो लागि कति प्यारी छ्यौं ? मेरो अर्थमा म त एक भरोसा हो । सुख हो… खुशी हो… समपर्ण हो …. विश्वास हो, त्याग हो, अनि बाँचुन्जेलको मुटुको नाता हो । तर खोइ ? तिम्रो लागि त मायाँ त एक उपहास भएछ, हाँसो भएछ, ठट्टा भएछ, सस्तो बजारको विकाउको वस्तु भएछ त्यसैले मुखैमा लात हानेर पछार्‍यौं । छातिमै लात हानेर पछार्‍यौं ।

तिमीलाई फेरि पनि धन्यवाद । तिम्रो मोबाइलमा अक्सर आइरहने I love you, will you marry me ? तिमी विरामी भएछौं, रातभरि सुत्न सकिन भोलि बिहानै भेट्न आउँछु ल…. ? thank you for giving me nice time my love. आदि आदि थुप्रै text message हरु देख्दा मेरो मन कति दुख्थ्यो, मुटुको व्यथा बन्थ्यो तै पनि मेरो आवाज दबेकै हुन्थ्यो । तिम्रो आवाज उँचो, बहाना पनि कति कति ? कहिलेकाहिँ तिमीले I love you भन्ने गर्दथ्र्यौ । कस्तो सतही लाग्थ्यो बिग्रेको गुन्द्रुकजस्तो, तै पनि म मख्ख नै पर्थे । मैले चिनेको कोमल मन कतिखेर कठोर भएर कसैसँग साटिइसकेको रहेछ र तिम्रो I love you को कुरा त मेरो मुटु काट्ने छुरा पो भइसकेछ । मेरो मुटु छिया छिया बनायौ ।

त्यसैले म बाँचेर पनि मरेको छुं …..। सायद यही नै मेरो अन्तिम यात्राको कात्रो हुने होला । मलाईथाहा छ, म मरेको खबरले तिमीलाई खुशी दिनेछ । तर पनि प्रिय सक्छौं भने तिम्रो पोल्टोमा घोप्टो परेर एक चोटी धक् फेरेर रुन देउ मलाई, अनि सक्छौं भने त्यही पहिलाको स्निग्द मइन बत्तीको सिकाजस्तो कोमल मुस्कान मुस्काइ देउ । धित मरुन्जेल हेर्ने चाहना छ मलाई सायद म बाँचुन्जेल यी मेरा पूरा नहुने चाहनाहरु होलान् । मैले मन पराएको मन, माया र मुस्कान त तिमीले K.B.N.D.R. आदि आदि नामसंग जोडिएका तिम्रा प्रेमिहरुसँग सारी सकेको छौं । म कस्तो अभागी, मैले तिमीलाई मेरो जीवनको सबैभन्दा प्रिय सौन्दर्य ठानेर सकेजति मुटुभित्र साँचेको माया सुम्पणे प्रयत्न गरें ….. तर पनि तिम्रो अगाडि हारेँ …। तिम्रो हृदयभित्र कतै कोमल मन छ भने कुनै दिन मेरो पवित्र समर्पित मायाको हेक्का गर्ने छौं ….। त्यत्तिबेला म मरिसकेको हुनेछु र तिम्रो जवानी ढल्कीसकेको हुनेछ ….। फेरि पनि प्रिय तिमीलाई शुभकामना ……।

पत्र लेख्दा लेख्दै एलेक्स भक्कानिएर रुन थाल्यो । उसका आँखा वरिपरी इलियाको हँसिलो मुहार झल्किरहेको थियो । कानभरि उनको मधुर आवाज गुन्जीरहेको थियो । मनभरि इलियासँग बिताएका प्रत्येक क्षणहरु घुमफिर गरेको ठाउँहरु, सडक र गल्लीहरु एकपछि अर्को गर्दै सिनेमाको पर्दामा देखिने चलिचित्रका सिनहरुझैं घुमिफिरी झल्किरहेका थिए । इलियाले यसरी आफुलाई बीच बाटोमै अरु कसैसंग लागेर छोडलिन् भनेर सपनामा पनि सोचेको थिएन ।

जीवनमा इलिया जस्ती मायालु भेटेकोमा गर्व गर्दथ्र्यो एलेक्स । उनको आनिवानी, अंगप्रत्यगं रुपडौल सबका सब मन पर्दथ्र्यो एलेक्सलाई र उनको सौन्दर्यको मुक्त कण्ठले प्रशंसा गर्दथ्र्यो र उनलाई पाएकोमा भगवानलाई धेरै पटक धन्यवाद दिन्थ्यो …. तर आज उनै इलियाले लात हानी आँशुको सागरमा डुबाएको दुःखले झुकेको शीर चिरिएको छाती, फुटेको मुटु र टुहुरिएको मन बोकेर पनि उनै इलियालाई पत्र लेख्दा लेख्दै उसको गह भरिएर आयो । आँशुका बलिन्द्र धारामा डुबिरहेको मनले विछोडको बेदना थाम्न सकेन । इलिया ….. इलिया….. इलिया …. भनेर आवेगमा चिच्यायो एलेक्स र एकाएक इलियालाई लेखेको प्रेमपत्रका सबै पन्नाहरु धर्धरी च्याद्दै टुक्रा टुक्रा पारेर भुँइभरि छरिदियो । छरिएका प्रत्येक टुक्राहरुमा एलेक्सलेृ इलियाको सुन्दर मुहार झल्किरहेको देख्यो र आफ्नो मुटु टुक्रा टुक्रा भएर छरपस्ट भईरहेको पायो ।

यतिबेला रातिको ३ बजिरहेको थियो । एक्कासी ड्याम्म गोली चल्यो । भित्ताभरि रातो रगत छरपस्ट छल्किन पुग्यो । एलेक्सको हातबाट खुत्रुक्क इलियाको तस्बिर खस्यो । तप तप आलो रगत इलियाको तस्बिरमाथि तप्किरहेको थियो । एकछिन्मा रगतको आहाल बढ्दै गयो त्यही रगतको आहालमाथि तैरिरहेको इलियाको तस्बिर मुस्कुराइरहेको थियो ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.