~संकलक – ‘राप्रप’~
प्रिया आर्याकी सबै भन्दा मिल्ने सखा थिइन्। उनीहरू “होम् वक्” सकेर खेल्न जाने गर्थे । कहीलेकाँही फूलबारीमा बसेर आफूले सुनेका कथा एकले अर्कालाई सुनाउने गर्थे । आज कथा सुनाउने पालो प्रियाको थियो। प्रिया आर्यालाई कथा भन्न थालिन् -आर्या तिमीले अस्तिको शनीबार कारहरू पक्की पुलबाट जुधेर तल नदीमा खसेको र धेरै मानिसहरू मरेको कथा सुनायौ ।
आज म तिमीलाई मेरी आमाले हिजो बेलुकी सुत्ने बेलामा भनेको धैर्यवान बोकाहरूको कथा सुनाउँछु । यो कथा पनि पुल र नदीसंग गाँसिएको छ । तर मानिसको कथा नभएर पशुको कथा हो । आर्याले सोधिन् -प्रिया! धैर्यवान भनेको के हो ? हिजो आमाले बताएको अर्थ प्रियाले बताइन् -धैर्यवान भनेको धैर्य धारण गर्ने,धैर्य राख्ने भनेको अरे !
त्यसपछि आर्याले भनिन् -ए बुझें !ल कथा शुरू गर !प्रियाले कथा अब शुरू गरिन् :
एका देशमा एउटा गहीरो नदी थियो अरे!नदीको वारी पारी घाँसै घाँसको चरन भएको घारी थियो अरे। त्यहाँ गाई भैंसी,भेडा भाख्रा चराउन ल्याइन्थे अरे!त्यो नदी वार पार गर्ने पक्की पुल नभएर एउटा रुख तेर्छ्याएर एक जना मात्र मुस्किलले हिंड्न मिल्ने फड्के पुल राखिएको थियो अरे!एक दिन नदी वारी पारी बाख्राहरू चरिरहेका थिए अरे!चर्दै त्यो पुल नेर पुग्दा संयोगबस,वारी पारीबाट एक एक ओटा बोकाहरू त्यो काठे साँगुरो पुलमा चढेर पुलको बीचतिर अगाडि बढेछन् । यो देखेर ती बोकाका गोठालाहरू अब हाम्रा बोकाहरू नदीमा झरेर खस्ने भए भनेर ठूलो चिन्ता मान्न थालेछन् । हेर्दा हेर्दै ती दुइटै बोकाहरू पुलको बीचमा पुगेछन् । कहिल्यै नभेटेका र नचिनेका हुँदा छक्क परेर हेराहेर गरेछन् । तल हेर्दा हरीयो नदीको पानी देखेछन्,अगाडि जानेबाटो पनि छैन,पछाडि फर्कने अवस्था पनि छैन । यत्तिकैमा यता गोठालाहरू अब जुधेर तल पानीमा खस्ने भए भनेर शोच्न थालेछन् । तर उता बोकाहरूले अचम्म लाग्दो उपाय शोचेछन् ।
यत्तिकैमा एउटा बोकोधैर्य गरी अर्को बोकोलाई पहिला बाटो दिनु पर्यो भनी शोचेर घुँडा मारेर पुल माथी बसिदिएछ र अर्कोले होशियारीका साथ त्यो बोकोको पिठ्यूँमा चढेर पारीतिर लागेछ। अब बाटो खाली भएपछी अर्को बोको पनि उठेर होशियारीकासाथ पारीतिर अगाडि बढी पुल तरेछ। यी बोकाहरूको धैर्यता र बुध्दी देखेर दुबै तिरका गोठालाहरू भने हामी मानिसले पनि नशोचेको उपाय यी बोकाहरूले निकालेर आफ्नो उदेश्य पूरागरेको भन्दै दंग परेछन् । धैर्यवान -ज्ञानी बोकाको कथा सकियो ।
(स्रोत : Nepaleselsc.com)