कथा : छोरीको जिज्ञासा

~अर्जुन जि.सी.~Arjun GC

गृहकार्य सकेपछि आफ्नो ल्यापटप कम्पुटर वन्द गरी अरुणा बुवाको छेउमा वस्दै आफ्नो जिज्ञासा प्रकट गरिन ूबुवा मैले भर्खरै नेटमा २१ औं सताब्दीमा नेपालको इतिहास सरसर्ती हेरेकी थिए त्यति खेर त अहिले भन्दा धेरै फरक रहेछ नि है बुवा ू
दश बर्षे वालिका छोरीको कोमल हात आफ्नो हातमा लिदै नवल भन्छन् ूहो त छोरी त्यति खेर र अहिलेमा धेरै फरक छ । त्यति वेला मान्छे मान्छेमा भेदभाव हुन्थ्यो ठूला वडा भनिने निरङ्कुश तथा सामन्ती शाषकहरुद्वारा जनताहरु सधै शोषित उत्पीडीत दमित हुने गर्दथे हेर छारी !

अहिले जस्तो त्यति खेर मान्छे- मान्छेमा समानता थिएन । मान्छेहरु धनी वर्ग र गरिव वर्गका थिए । धनी बर्गका मान्छेहरु थोरै भए पनि उनीहरुले गरिव वर्गको शोषण गरेर मोजमस्तीको जिन्दगी विताउंथे भने गरिव बर्गका मान्छेहरु जति पसिना वगाए पनि उनीहरुको जिन्दगी निकै कष्टकर र अभाव ग्रस्त हुन्थ्यो । धनी विनाश्रम मोजमस्तीका साथ झन-झन धनी बन्दै जान्थे भने गरिवहरु रातदिनको परिश्रम पश्चात पनि झन-झन उनीहरुको स्थिती दयनिय बन्दै जान्थ्यो । नवल बोलिरहेको वेला विचैमा छोरी अरुणले आर्को जिज्ञासा प्रकट गरिन् ूबुवा ! नेपालमा लामो समय समय राजा-महाराजाहरुले शासन सत्ता चलाए रे ! उनीहरुले नै देश विकास र प्रगतीमा सधैं वाधा पुर् याएरे अनि आर्को कुरा इतिहासको एउटा चर्चित हत्याकाण्ड नारायणहीटी हत्याकाण्डको वारेमा मोटा-माटी रुपमा मैले इतिहासमा हेरेकी थिएं । यसको वारेमा पनि वताइदिनुहोस न है बुवा !ू

हातमा रहेको मोवाइल फोन खेलाउँदै नवल अगाडी भन्न सुरु गर्छन् ूसुन छोरी अहिले हामी २२ औं शताब्दीमा छौं । अहिलेको युग मानव समाज विकास र वैज्ञानिक आविश्कार तथा विकासको सुन्दर युग हो । मान्छेहरुका जिवन सुन्दर सहज र सरल तरिकाले समान रुपमा ब्यतित् हुने गरेका दिनहरुमा हामीहरु छौं । तर अहिले हामी जुन अवस्थामा छौं मान्छेको यो सुन्दर युग निर्माण गर्नको लागि हाम्रा थुप्रै अग्रजहरुले त्याग तपस्या संघर्ष र वलिदान गर्नु भएको छ । यो हामीले कहिल्यै नविस्रने कुरा हो ।

निरङ्कुश शासनका विरुद्ध र देशमा परिवर्तन ल्याई प्रगति-उन्नति तर्फ उन्मुख गराउन हाम्रा धेरै अग्रजहरुले लडाइ-संघर्ष गर्नु परेको थियो । सम्माननिय हाम्रा शहिदहरुले आफ्नो ज्यूज्यान नै देश र जनताको निम्ती अर्पण गर्नु भयो कैयौंको मुक्ति आन्दैलनमा अङ्गभङ्ग भयो कतिले क्रुर यातना सहनु परेको थियो । यसरी हामी संघर्षको इतिहासबाट आजका दिनहरुमा आएका छौं । देश र जनाताको मुक्ति अनि प्रगतीको लागी शहादत प्राप्त गर्ने घाइते र यातना भोगेका सथै संघर्ष गरेका सम्पुर्ण महान अग्रजहरुलाई सम्झेर हाम्रो शिर श्रद्धाले झुक्छ भने ति जनताका वैरीहरुका चरित्र कु-कृत्य सम्झदा हामी उनीहरुलाई घृणाले थुक्ने गर्दछौं । छारी तिमीले राम्रो जिज्ञासा राखेकी छौ । हामी २२ औं सताब्दीका मान्छेले हामीहरु कसरी यो युग यो जीवन र संसारमा आयौं भन्ने वारेमा विगतका इतिहासलाई राम्ररी बुझ्नु जरुरी छ । अहिले नै तिमीलाई सम्पुर्ण कुरा सुनाउन त सम्भव हुने कुरा भएन । तिमीले सम्पुर्ण कुराको जानकारी क्रमश पाउँदै र बुझ्दै जानेछौ । अहिले म तिमीलाई मोटामोटी रुपमा केही कुराहरु मात्र जानकारी गराउँदै छु ।

हो तिमीले भने जस्तै नेपालमा सामन्ती राजतन्त्रले २३९ बर्ष शासन चलायो । राजतन्त्रले देश विकास र उन्नती-प्रगतिमा मात्र होइन जनताहरुलाई दमन शोषणगरी डर त्रास धाक धम्की शक्ति देखाई नोकर वनाएर राख्यौ । सामन्ती राजतन्त्र र एउटै स्थितीमा रहन चाहने अर्थात परिवर्तन नचाहने तत्वहरुले नेपाललाई अन्य देशहरुको तुलनामा वषौं पछाडी धकेले । त्यसैले देश र जनता गरिव हुनुका साथै विकासले गति लिने र जनताले अधिकार पाउने कुरै भएन । फेरी राजतन्त्रको इतिहास र राजा एवं उसको संस्था नै घृणित प्रकारका जाल-झेल षड्यन्त्र र हत्याकण्डले भरिएको छ । एउटै राजा तथा उसका परिवारले धेरै श्रीमतीहरु राख्ने थुप्रै सुसारेहरु राख्ने गर्नुका साथै छाडा र घृणित ढंगले लागु पदार्थ सेवन गरी भोग-विलासमा रमाउने गर्दथे । सत्ता प्राप्तीको निम्ती यिनीहरु वा-आमा छोरा-छोरी दाजु-भाई तथा सम्पूर्ण नाता-गोता जो सुकैलाई सिध्याउन पछाडी पर्दैनथे । कोत पर्व भण्डारखाल पर्व अलौ पर्व आदि हत्याकाण्ड लगायत पछिल्लो हत्याकाण्ड नारायणहिटी हत्याकाण्ड यसका उदाहणहरु हुन ।

तिमीले जिज्ञासा पनि राखेकी छौ नारायणहिटी हत्याकाण्डको बारे्मा वताई दिनुओस् भनेर । सुन छोरी ! म नारायणहिटी हत्याकाण्डको वारेमा मोटामोटी केही कुराहरु छोट्करीमा भन्दै छु । यो विक्रम सम्बत २०५८ साल जेष्ठ १९ गते राती नारायणहिटी नामक राजदरबारमा घटाईएको एउटा ठूलो हत्याकाण्ड हो । त्यति वेलाका राजारानी युवराज लगाएत त्यहाँ राजाविरेन्द्रका सन्तान आफन्त लगाएतका व्यक्तिहरुको समेत हत्या गरियो । त्यतिवेला सत्य-तथ्य लुकाएर षड्यन्त्र मुलक ढंगले हत्या भएर मरिसकेको युवराज दिपेन्द्रले विवाहको निहुँमा त्यौ हत्याकाण्ड मच्याइको भनेर प्रचार-प्रसार र प्रतिवेदन तयार पारियो । तर त्यो झुठ्ठा कुरामा कसैले पनि विश्वास गर्ने कुरै थिएन । राजा विरेन्द्रको माइलो भाई ज्ञानेन्द्रको परिवार वाहेक सबैको हत्या भईसकेको थियो । कान्छो भाई धिरेन्द्रकी श्रीमती बाँचेकी थिइन तर पछि रारातालमा लगेर होलिकोप्टर खसाई उनलाई पनि मारियो ।

त्यति वेला हतियार उठाई मुक्तिको लडाई लडिरहेको माओवादी पार्टीले भने यही समयलाई सदुपयोग गरेर राजतन्त्रको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्दै लैजानु पर्छ भनेको थियो तर त्यति वेलाका ठूला राजनैतिक दल हौं भन्ने कांग्रेस र एमालेहरुले नारायणहिटी हत्याकाण्डको मुख्य डिजाइनर ज्ञानेन्द्रलाई राजगद्दीमा राखी पैसा भेटी चढाएर खुट्टामा ढोग्न पुगे । त्यो हत्यकाण्ड ज्ञानेन्द्रले आफु राजा बन्नको लागि र विरेन्द्र उसकी रानी ऐश्वर्य लगाएत राजपरिवारका अन्य व्यक्तिहरुको नाममा रहेको अथाह सम्पती आफ्नो वनाउनको लागि ज्ञानेन्द्र र उसका सहयोगीद्वारा षड्यन्त्र मुलक ढंगले घटाएको कुरा राजा ज्ञानेन्द्रकै पतन पछि मात्र इतिहासमा लेखियो । राजा भएको केही समय पश्चात निरङ्कुश राजा ज्ञानेन्द्रले संकटकालको नाममा आफ्नो निरङ्कुशताको चरम रुप प्रर्दशन गर् यो । संसदवादी दलका नेताहरुलाई गिरफ्तार गरी थुनामा राख्ने नजरबन्दमा राख्ने साचार माध्यमहरु माथि नियन्त्रण आक्रमण गर्नुका साथै टेलिफोन मोवाइल फोन पनि केही समय सम्म बन्द गरेको थियो । यस पछि त नेपाली जनताहरु माथि पुलिस-सेना लागाएर हत्याआतंङ्क लुतपाट आगजनी वलत्कार गिरफ्तार वेपत्ताको चरम रुप प्रदर्शित भयो । राजा ज्ञानेन्द्रले संसदवादी दलहरुलाई लात हानेर पल्टाए पछि ने।s।पा। माओवादी ले हात दिएर उठायो अनि संसदवादी सातदल र महान जनताको युद्ध लाडिरहेको पार्टी विच १२ बुंदे समझदारी भयो ।

वि।सं। २०६२ को चैत्र २४ गते देखी १२ बुंदे सहमतिको आधारमा महान ऐतिहासिक जनआन्दोलन शुरु भयो । आन्दोलन निकै उत्कर्ण तर्फ अघि बढिरहेको थियो । जनआन्दोलन राजतन्त्रलाई सदाको निम्ती अन्त्य गर्ने विन्दुमा पुग्न थालेको थियो तर दुर्भाग्य वस तिनै सात संसदीय दलहरुले १९ दिनको राती नै राजा संग सम्झौता गरी जनआन्दोलन विचैमा तुहाइ दिए । त्यस आन्दोलनमा कोहीको ज्यान गयो थुप्रै अङ्ग-भङ्ग हुने गरी घाइते भए । त्यस आन्दोलनले निरङ्कुश राजा ज्ञानेन्द्रलाई घुँडा टेक्न वाध्य भने वनायो । ने।s।पा। माओवादीको पहल र विचार-योजनाले नेपाली जनताहरुले राजातन्त्रको अन्त्य गराएरै छाडे । तिमीले प्रचण्डको वारेमा त केही जानेकी छौ नी हौइना त छौरी ू

कौतुहलताले भरिएका आफ्ना नजर बुवाको अनुहारमा दौडाउँदै अरुणा वोलिन् ूहो बुवा ! प्रचण्डको वारेमा केही कुरा बुझेकी छु । नेपाली क्रान्तिको नायक उहाँ नै हो रे ! उहाँमा विशिष्ट नेतृत्व क्षमता नयाँ विचार त्याग-समर्पण साहस लगाएतका विशिष्ट गुणहरु थिए रे ! उहाँ महान व्याक्ति हो भन्ने कुरा मैले बुझेकी छु ।ू
ूहो छोरी ! तिमीले सही कुरा नै बुझेकी छौ । अँ मैले कुरा कहाँ सम्म पुर् याएको थिए रे ! अँ त्यस पछि छोरी ! जव राजतन्त्रको अन्त्य भयो अनि त नेपाल नयाँ युग तर्फ प्रवेश गर् यो । त्यति वेला देखी सुरु भएको परिवर्तनबाट हामीहरु अहिले यहाँ सम्म आएका छौं ।

हेर छोरी ! त्यसरी नेपालका विर-बहादुर जनताहरुले नेपालको प्रगति-उन्नतिको बाधक नेपाली जनतालाई शोषण गर्ने दमन गर्ने शक्तिको आडमा डर-त्रास धम्की दिएर भद्धा शाषन शत्ता चलाएर देशलाई बर्वादी तर्फ घचेटिरहेको नेपाली राजतन्त्र र त्यस्तै जनविरोधी कु-तत्वहरुको अन्त्य गराएरै छाडे । बहादुर नेपाली बहादुर नै हुन । राजतन्त्रका विरुद्धमा नेपालीले थुपै पटक आन्दोलन गरे । आफ्नो ज्यानलाई नै फासीको फन्दामा हासी-हासी लड्काउन तयार भए तर उनी हरु आफ्नो सत्रु सामु कहिल्यै घुडा टेकेनन् । राणहरुले हत्या गरेका शहिदहरुको बारेमा तिमी लाई पक्कै पनि थाहा छ होला । विभिन्न आन्दोलनमा कैयौं बहादुर नेपालीहरुले महान शहादत प्राप्त गरेका छन् । दश बर्ष सम्म चलेको श-सस्त्र जनयुद्ध जो सामन्ती राजतन्त्र र नेपाललाई परिवर्तन गरी अगाडी बढाउनेमा बाधक यथास्थीतीबादी तत्वको विरुद्धमा संचालित थियो । मापनि हजारौं विर नेपाली सन्तानहरुले माहान बलिदान दिएको कुरा पनि तिमीलाई थाहा नै छ ।ू

अरुणाले सही थपी ू हो बुवा ! मैले राणकालका शहिदहरु अनि जनयुद्धको बारेमा अध्यन गर्ने गरेकी छु । मलाई हामी नेपाली यो युग सम्म आउन युख्य जग जनयुद्ध को र ति महान शहिदहरु कुशल नेतृत्व अनि विर जनताहरु हुन भन्ने पनि थाहा छ ।ू

ूअँ छोरी अरुणा ! बाँकी कुराकानी भोली गरौला म आफ्नो काम तिर लाग्छु । तिमी खाजानास्ता गरेर इन्टरनेट खोली अझ राम्रो संग विज्ञान प्रविधी इतिहास साहित्यकला आदि सबैको बारेमा अध्ययन गर अनि समय मिलाएर तिम्रा साथी-संगी मिलेर छलफल गर खेलहरु खेल हुन्छ ।ू

ूहुन्छ बुवा ! भन्दै अरुणा खाजा खान गइन भने उनको बुवा खाजा नास्ता गरेपछि मेसिन लिएर पलफुल टिप्न गए ।

खाना बनाउने बेला भएपछि बुवा आमा र छोरी मिलेर क्षण भरमै खाना तयार पारी खाना खाईसके पछि आमा अफिसको काम गर्ने भएकीले अफिस तर्फ गईन । बुवा फलफुल खेती गर्ने भएकोले अत्याधुनिक औजार लिएर आफ्नो काममा गए अनि छोरी अरुणा आफ्नो सानो ल्यापटप कम्प्यूटर लिएर अध्ययन गर्न साथीहरुको साथ विद्यालय तिर लागिन् ।

२०५७/११/१८
अखिल नेपाल जनसंास्कृतिक महासंघ
प्यूठान

(स्रोत : Radiolisne.org)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.