व्यङ्ग्य : स्वच्छ छविको कवि

~अनिल कोइराला~

बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न मन लाग्छ । कैले कर्मचारी बनेर काठमाडौँमा घरबारी जोड्न मन लाग्छ । कैले हार खाएर सधैँ बेरोजगार बस्न मन लाग्छ । कैले दिमागको बोझ अलि कम हुन्छ र घरजम गर्न मन लाग्छ । कैले रोगी हुन मन लाग्छ त कैले जोगी हुन मन लाग्छ । कैले स्वच्छछविको हुन मन लाग्छ तर अहिले भने धुरन्धर कवि हुन मन लागिरहेछ । “थुइक्क बजिया ! केही सिप नलागेर अब कवि बन्ने जङ् चल्यो -”

चल्यो भनेपछि चल्यो । मलाई जङ् चलेपछि सबैलाई दङ् पार्दिन्छु । के गर्ने त – यो संसारमा कवि बन्नभन्दा सजिलो अरू केही देख्नुभा’छ – कति सजिलो छ । जे लेख्दिए पनि हुन्छ । बुझे ठीकै भयो, नबुझे झन् खतरनाक कवि ! आफैले पनि नबुझ्ने खत्तम कविता लेख्न सके त झन् उत्तम । बुझ्नेले बुझीखाऊ, नबुझ्नेले कानेगुजी खाऊ भन्थ्यो मेरो साथी पिलन्धरप्रसादले, त्यस्तै हो । दर्ुइलाइन एउटाको सार्‍यो, दर्ुइलाइन अर्काकोबाट । कविता तयार । त्यसो गर्दाखेरी त झन् काइदाको कविता बन्दोरहेछ रिमिक्स । यो रिमिक्सको जमानामा त्योभन्दा काइदा के हुन्छ – काइदा जाने पो फाइदा हुन्छ । धुरन्धर कवि हुन स्वच्छछवि भएर मात्र हुन्छ त – भ्रष्टाचार गर्न जानेन भने के नेता – भनेझैँ चोर्न जानेन भने के कवि – तर सुरुसुरुमा त मैले पनि कहाँ चोर्न जानेँ त – आफैले प्रयास गरेँ यसरी-

मैले त त्रि्रो नाम जप्न थालिसकेँ
के तिमीले मेरो नाम सुनेकी छ्यौ –
मैले त तिमीलाई मन पराइसकेँ
के तिमीले मलाई चिनेकी छ्यौ –

वाह ! वाह ! भनेको खै त – कविता सुनेपछि वाह ! वाह ! भन्नर्ुपर्छ भन्ने थाहा छैन – कमसेकम वाह ! वाह ! भए पनि पाइन्छ भनेर त मलाई पनि कवि बन्ने जङ् चलेको । थाहा छ – अस्ति एउटा कवि सम्मेलनमा हुत्तिएँ म पनि आफैले लेखेको कविता बोकेर । वरिष्ठवरिष्ठ कविहरू विशिष्ट आसनमा थिए । हामी झारेझुरे कविहरू अघिल्लोपट्ट िबेन्चीमा लस्करै । कार्यव|mम शुभारम्भ भयो । कविता वाचन आरम्भ हुनुभन्दा पहिले सञ्चालक पत्नी प्रमुख अतिथि बनिन् । सभापति आफै पति महोदय ब्ाने । लगभग एकदर्जनको उल्लेख्य सहभागिता रहेको कार्यव|mममा जब कविता वाचन गर्नेको सङ्ख्या आठ भयो, पालैपालो कविता पाठ भयो । कसैको घोकेजस्तो, कसैको खोकेजस्तो, कसैको व्यथा पोखेजस्तो, कसैको कथा ठोकेजस्तो । अनौठाअनौठा कविताहरू सुन्न पाइयो । एकजना वरिष्ठ कविज्यूले त ठ्याक्कै मेरै कविता पो सुनाइदिए गाँठे !

हे नेता हो !
तिमीहरू अरबौँ लुट्नसक्ने भएछौ
त्यसैले त,
करोडौँको धरौटीमा
हाँसीहाँसी छुट्नसक्ने भएछौ ।
बरु तिमीहरू भेँडा, बोका, बाँदर, गोरु
घोडा, कुकुर, गधा आदि भैदिएको भए
धेरै जाती हुन्थ्यो
तर तिमीहरू त यो देशका नेता भइदियौ ।

कानको जाली नै फुट्ला जस्तै गरी ताली बज्यो । मेरो भने कन्पारो रन्किएर आयो । उत्तिखेरै कविजीको कठालो समात्न पुगेको त विचरा कविजी नीलो-कालो भैहाले । यो कविता कहाँबाट ल्याएको – मेरो मुखबाट शब्दहरू हाम्फालीहाले । डरले काँप्दै कविजी बोले- “क्षमा हजुर ! यो कविता त मैले एउटा पत्रिकामा पढेको । प्रभावित भएर अनुशरण गरेको ।” अनुशरण गरेको हो कि सम्पर्ूण्ा रूपमा ग्रहण गरेको – चोर कविजीको चिउँडो तत्कालै फोर्न मन लागे पनि आफूलाई सम्हालेँ । के गर्ने ! वरिष्ठ कवि परे हाम्रै देशका । पछि कुरो बुझ्दैजाँदा आफूले लेख्न नभ्याएर एउटा पत्रिकाबाट मेरै कवितालाई काटकुट, छाँटछुँट-गर्दिएछन् । त्यो घटनापछि त्यहाँ उपस्थित अन्य सात-आठजना वरिष्ट कविजीहरूले आ-आफ्ना कविता वाचन गर्नै मानेनन् । खै किन हो छ कुन्नि ! आफूले भने रिसको झोँकमै भए पनि एउटा कविता दन्काइहालेँ । कविता लेख्यो, सुनाउने ठाउँ नपाएर कस्तो आपत् । मौका प्ााएको बेलामा नसुनाउने त कुरै आएन । सुनाएँ यसरी-दर्ुइमा दर्ुइ वर्षपढिसक्यो

फेरि त्यहीँ बास होलाजस्तो छ ।
तर
मिससँग मेरो भेट भैरहन्छ अचेल
त्यसैले छोरो यसपालि
प्ाास होलाजस्तो छ ।

तररर तालीको आवाजले मेरो रिस पनि परपर भाग्दै गयो । विचरा कविजीमाथि पनि दया लाग्दै गयो । के गर्ने – यस्तै रहेछ यहाँको चलन । मैले अझै धमिलो सम्झन्छु । मेरो बुबाले उहिले जमानामा एउटा कविता हुर्‍याउनु भएको थियो राष्ट्रिय साहित्यिक पत्रिकामा । प्रकाशित भैहाल्छ कि भन्ने आसमा । उहिलेको कुरा खुइले । तर अहिले आएर त्यही कविता अर्कैको नाममा र्सलक्कै त्यही पत्रिकामा । त्यही कविताले गर्दा उनी पनि वरिष्ट कविजी बनिसके । कुनै दिन कवि सम्मेलनमा भेट भयो भने गेटमै उछिट्टएिका दाँत सेट गर्दिने विचार थियो तर के गर्ने – हरेक क्षेत्रमा चण्डाल नभैकन मालामाल हुन नसकिँदो रहेछ । त्यसैले अचेल त मैले पनि यसो कापीमा कोरकार गर्‍याजस्तो गर्छर्ुु अन्त्यमा दर्ुइचार पुस्तक पल्टाएर चोरचार गर्‍याजस्तो गर्छर्ुु कविता तयार । मौका पाउनासाथ ठूलठूलो स्वरमा चिच्याइदियो, खेल खत्तम । त्यसैले त म पनि अचेल वरिष्टतिर गनिन थालेको छु नि ! साहित्यिक कार्यक्रम भयो कि निम्तो आइहाल्छ । निम्तो आयो कि कविता गैहाल्छ-

खाना खान बस्या त दालै छैन
सुत्ने बेलासम्म पनि बोलचालै छैन
भोलि श्रीमतीको माइत जाने छेकछन्द छ
कारण सानै भए पनि बोलचाल बन्द छ ।

आज कस्तो मुड चलिरहेको छ । कविता सुनाउन नपाएर एकदिन मैले मेरा मित्र पिलन्धरप्रसादलाई दिनभरि एउटा होटलमा मासु चिउरा ख्वाउँदै कविता सुनाउँदै गर्नुपर्‍यो भन्या । कमसेकम आज सित्तैमा सुनाउन पाउँदा त दर्ुइ चारवटा सुनाउनु परिहाल्यो नि ! होइन त – फेरि झर्को नमानीकन अर्को सुन्नुस् ।

छोरीकी आमासँग भेट हुनै हँुदैन
कहिले चिनी हुँदैन, कहिले दाल हुँदैन
त कहिले नुनै हुँदैन
बिहेभन्दा पहिलेको जस्तो
हँसिलो मुहार देख्न रहर लाग्छ
अनुहारमा हेर्‍यो कि मुखबाट
आवश्यकता झर्ला कि भन्ने डर लाग्छ ।

कस्तो लाग्यो त – वरिष्ट कविको जस्तो लाग्यो कि लागेन – चोरचार गरेरै भए पनि कवि बनेर सम्मान पत्र र कदर पत्रहरूको खातैखात बनाउने विचार छ । दर्ुइछाक खान नपुगे के भो त – त्यसै बनिन्छ कवि ! धन दौलत र पारिवारिक सुख सबै त्याग गर्न सक्नर्ुपर्छ । एउटा कुरो त भुसुक्कै बिर्सिएछु । सङ्गत गुनाको फल । सङ्गत गर्नु ठूलाबडाको । त्यसै भन्थे बूढापाकाले । त्यसैले त मैले ठूलठूला कवि साहित्यकारहरूको सङ्गत गरेँ चोर्न सिके । ठूलाको सङ्गत गरेपछि कुरै अर्कै हुँदोरहेछ । अन्त्यमा भर्खरै कोरकार गरेको अनि लास्टमा चोरचार गरेको एउटा कविता सुनाएर म बिदा हुन चाहान्छु । ए, एउटो कुरो ! आज मैले यहाँ तपाईंलाई सुनाएका जति पनि कविताहरू छन् नि ! यी सब कविताहरू मैले अनिल कोइरालाद्वारा लिखित “दिक्क लागेर त हो नि !” नामक कवितासङ्ग्रहबाट चोरचार पारेको हुँ है ! यति भन्दिएपछि चोरेको मानिँदैन रे क्या ! ल अब सुन्नुस् ताजा कविता-

गुरु भवदेवको मृत्युले
शोक परेको ठहर्दै
हेडसरले बिदाको घोषण गर्नुहुन्छ र भक्तसरलाई “म्यारिज”को सङ्केत गर्नुहुन्छ ।
सधैँ भागेर जाने कृष्णे आज
शोकमा खुसी हुँदै जान्छ ।

(स्रोत : Lekali.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.