अाञ्चलिक कथा : बा

~गुरूदत्त ज्ञवाली~Gurudatta Gyawali

“आज त पश्चिमबाट घाम झुल्केछन् नि, होइन के अचम्म देख्नु परेको हो ?” खेत जोतेर आएको छोरालाई बाले बेस्सरी उडाए । छोरो काम नगर्ने मान्छे होइन । उसको आफ्नै संसार छ । युवक हो, बाउको भन्दा युगै फरक छ, हा“स्ने–खेल्ने साथी फरक छन्, पढ्ने–लेख्ने शैली फरक छ । कहा“को सत्तरी काटेका बाउ र कहा“को भर्खरको जुंगाको रेखी बसेको भने पनि हुने बीस बाईसे छोरो । बाले बेलामा बिहे गरेनन् कि केटी पाएनन् ।

पैंतालीसको छेउ–छाउमा बिहे गरे, आफु भन्दा धेरै कान्छीसंग । कस्सो मुलुकी ऐनले समातेन, तै दुलही नानीको चिना सच्याएछन् । आमा–छोराको उमेर जम्मा अठाह्र बर्षको अन्तर छ । पचास काट्नै लाग्दा छोरो जन्म्यो । समयको पनि त धेरै भिन्नता छ बाउ छोरामा । बाउको पालामाजस्तो लख्रक्क जांगे हल्लाएर खाली खुट्टा स्कूल जाने समय कहा“ छ र अहिले ? बाउले छोरालाई आफुले भोगेको उमेरको अवस्था खोज्दा हुन् ।

छोरोको रातभर इण्टरनेट चलाएर बस्ने उमेर हो, त्यसैले बिहान अलि अबेरसम्म सुत्दो हो, कम्प्युटरको युग छ, संसारका कुरा हेर्छ वा पढ्छ होला । मनोरञ्जनमा पनि भुल्छ होला । उहिलेको जस्तो रातभर न रोदीमा भुल्ने आजको समय छ न त खैंजेडी ठटाएर भजनमा रात काट्ने समय छ । अहिले त टिभीमा फिल्म हेर्ने, कम्प्युटरमा गेम खेल्ने जस्ता कुरामा समय बित्छ । पढ्ने कुरा त छंदै छ । घर बाहिर हु“दापनि त्यस्तै हो । कस्सो छोराले तास खेल्न सिकेको छैन, जथाभावी खान पनि सिकेको छैन । गफ गर्न भने सिपालु हो केटो । गफमा भुल्न सक्छ तर उडन्ते गफ गरेर आकाश–पाताल जोडेको पनि थाहा छैन । र अरु लप्पन–छप्पनमा कसैले कुरा काटेको त सुनिएकै छैन । खेल्दो हो, पहिले डण्डी–बियो, घुच्ची, कपर्दी, सात ढुङ्गे, ढाडे जस्ता खेल खेल्थे भने आज फूटबल, भलिबल अथवा यस्तै खेल हुन्छन् । छोरो अबेर सम्म सुतेको देखेभने बाउको बर्बन्नी तात्छ । छक्काल सम्म सुत्ने, हराउने मतिको, नामर्द, पानी मरुवा, खानको काल यस्तै के–के भन्छन् के–के । छोरो खुरुक्क उठ्छ र गोरु नारेर जोत्न जान्छ । उसले कामको मेलो सबै सक्छ । घा“स–दाउराको समय पनि पहिलेको जस्तो छैन । जे गर्नु पर्ने हो त्यो धन्दा आफै गर्छ, बाले अह्राउन–सिकाउन पर्दैन । छोरो ज्ञानी छ भन्नु पर्छ ।

एक दिन काटेर राखेको घा“स भकारामा हालिदियो छोराले, बाउले सातो काढे । जान्ने भएर ख्वास्स घा“स हाल्न मो¥यो मैले दिउसो हालम्ला भनेको थिए“ भनेर पड्के । भोलिपल्ट पनि त्यस्तै भयो । लौ तनि बाले भनेकै मान्नु प¥यो भनेर चुप्प लागेर बसेको थियो, त्यो दिन पनि सातो काढे । थपक्क कोखिलामुनि हात राखेर बस्छ सैतानको छोरो, काटेर राखेको घा“स पनि भकारामा राखे हुति छैन ? भनेर झपारे । त्यसको भोलिपल्ट त छोराले सोध्यो बिचरा । ए बा भैंसीलाई घा“स हालु ? बाउले का“चै खालान् जस्तो गरेर तेरो अक्किल छैन कतिबेला घा“स हाल्ने र कति बेला कु“डो–फा“डो दिने भनेर हप्काए ।

खेतमा तोरी छर्ने बेला भएको थियो । पहिले जस्तो बालीघरे हली हुन्नन् अचेल । मजदुरीमा हली खोज्ने हो, त्यो पनि भनेको बेलामा पाइन्नन् । ज्याला उस्तै महंगो, तीन पहर खान दिनै प¥यो । त्यसो त छोराले जोत्न सिकेको थियो पार लगाउन सक्थ्यो वा सक्थेन । बाहुनको संस्कार, हलो जोत्न हुन्न भन्ने हो पहिलेको । अचेल त्यस्तो त छैन तर बाउले अनौं समाउने आ“ट गरेका छैनन् । छोराले त्यो मर्म बुझेछ र गोरु नारेर जोत्न गयो । उसले त्यो दिनको मेलो पार लगायो । उसैले तोरी छ¥यो । बाउ कता गएका थिए, पहिले मेसो पाएनछन् । घर आउ“दा छोराले आफैले जोतेर तोरी समेत छरेको थाहा पाए । नबोलेर चुप्प बसेको भए पनि हुने थियो । प्याच्च बोले, पश्चिामबाट घाम झुल्क्यो भनेर । उनी धेरै बोले । पढ्न–उर्न छैन हलो जोतेर क्याकन पौरख देखाउने हुन्छ, गाडी चलाउने बेलामा हलो जोत्न सिक्छ, अरुका छोरा कह“ं पुगे मेरो छोरो हली भएको छ इत्यादि । छोरो भने बोल्दै बोलेन । बुढेसकालको एउटो छोरो, पुल्पुलिएको हुनुपर्ने हो हिसाबले ।

सा“ंझ झमक्क भयो । दुईटी छोरी स्कूल पढेर घरमा आए । आमालाई घरको धन्दाले ठिक्क छ । बाउले काम त निकै गर्छन् । बोल्दैनन् खुरु–खुरु गर्छन् । छोरा–छोरीलाई पनि अह्राएको थाहा छैन । काम गरेको देखेमा यस्तो गर्ने भनेर झपार्ने र नगरेको देखेमा नगर्ने भनेर गनगन गर्न भने छोड्रदैनन् । आमालाई बुढाको बानी यस्तै हो भन्ने परेकोले जवाफ फर्काएको थाहा छैन । तुलनामा छोरीहरुलाई खासै थर्काएको थाहा छैन तर काममा रेख लगाउन छोड्दैनन् । त्यो दिन उनीहरुले घरमा दाइलाई देखेनन् र आमासंग सोधे । आमाले कतै खेल्न गए होला आउला भनेर टिमालिन् । छोरो राती अबेरसम्म आएन । गाउ“भर खोजे पत्तो लागेन । दाइ नआउञ्जेल बहिनीहरुले भात खान मानेनन् । छोरीहरुले नखाएपछि आमाको मुखमा पनि गास गएन । बाले खुरु–खुरु भात खाए र माथिल्लो तलाको कोठामा गएर सुते । छोरो त्यो रात घरमै आएन ।

गुल्मी ग्वादीको कोलौदी भन्ने गाउ“ उनीहरुको पुरानो घर हो । बेचेर नँैक्ट्टी झरेको पनि धेरै भयो । नया“ कटानबाट नौकट्टी भएको भन्छन्, जंगल फांडेर बस्ती बसेको शुरुमा । त्यही नौकट्टीमा शंकरनगर पर्छ । अहिले नौकट्टी भन्ने ठाउं छैन । बाको बिहे भएको र छोरो जन्मेको कोलौदीमै हो । बिहे हुनुभन्दा पहिले उनी पश्चिम मधेशतिर थिए । मधेशमै धेरै बर्ष बिताए । सुनिन्थ्यो उतै जग्गा–जमिन र घर–जम थियो । त्यस्तो रहेनछ । पछि घरमै फर्के । बिहेको हिसाबले उमेर घर्केको थियो । चौतारा पण्डितकी छोरी कलिलै उमेकी थिइन्, के देखे कुन्नि ? बुढै भए पनि कुरो मिलेछ बिहे गरे । बिहेपछि पनि २÷४ बर्ष कसला काटे, अरु त के नै काट्नु थियो र ? दुलही नानी माइतै दगुरेर हैरान पार्थिन् । कोलौदीले ठूला–बडा मान्छे बस्नेको ठाउ“ हो भन्ने कुराको चर्चा पाएको छ । सुर्बाल लगाउने ठाउ“ भनौं न । उनको छोरो पनि जन्म्यो । श्रीमती वा महिलाहरुको को भरमा घर चल्ने पुरानो हैकमी चलन । नोकर–चाकर कसैले राख्थे तर पहिले जस्तो थिएन । छोरो जन्मेकै बर्ष ठूलो अनिकाल प¥यो । बारीका मकै सबै हावाले ढाल्यो, खासै स्याहार्नै परेन । बेलटारीको खेत खडेरीले गर्दा के भन्ने धान त कड्करी मात्र । सुर्बाल लगाउने बानीले जे पाइ काम गर्न पनि भएन । उनलाई फसाद प¥यो । कोलौदी, त्यहा“ जाने बाटो संझदा बिकट जस्तो हो तर गाउ“मा पुगेर हेर्दा रमाइलो ठाउ“ पनि हो । त्यस ठाउ“ले ठूला–बडा मान्छे जन्माएको छ । मन्त्रालयका सचिव देखि डाक्टर आदि बनेको ठाउ“ं हो । त्यसैको हावाले कमजोर मान्छेलाई पनि छोएको थियो । कोलौदी घर हो भनेपछि त्यसै पनि नमस्ते पाइने । बालाई त्यसको हावाले छोएको थियो तर घरभित्रको हालत भने त्यस्तै–त्यस्तै थियो । धोक्रो बोक्न लाज मान्नु पर्ने सामाजिक अवस्था थियो । पैसाले सबै काम गराउन त्यस्तो पैसाको पौल पनि थिएन । घरमा अन्नको गेडो सकियो । छिमेकमा लौ त नि, भन्ने ठाउ“ थिएन । उनी आत्तिए । ठूलो ग्वादीका ठकुरी बाबुसाहेबले उपहार दिएको किर्पेट थियो घरमा । बाबुसाहेब आर्मीका मान्छे, एउटा किर्पेट दिएका रहेछन् । एक दिन त्यही किर्पेट र नाम्लो झोलामा राखे । उनले घरमा श्रीमतीलाई भोलि आउ“छु भन्दै गास टिपेर बेसाहा खोज्न हिंडे । जानु त कहा“ं थियो र ? जेठीभाउजुको माइत गए अम्लाबास । अम्लाबास पश्चिम पाल्पामा पर्छ ।

उनले जेठी भाउजुलाई निकै आदर गर्थे । उनका सन्तान थिएनन् । आइ परेमा ेनले देवरलाई सहयोग गर्थिन् । त्यसैले भाउजुका माइतीले पनि उनलाई आइपरेमा हेरचाह गर्ने गर्थे । भाउजु बिधवा थिइन् । सांझपख अम्लाबास पुगेर सबै मर्म बताए । सांझको भात खाएर दश पाथी मकै र दुई पाथी चामल गरेर बाह्र पाथीको धोक्रो बोकेर फर्के । बालाई रातारात घरमा पुग्नु थियो । बाटोमा कसैले देख्यो भने सात पुस्ताको इज्जत जान्छ भन्ने डर थियो । अंधेरी रात, हातमा लाइट पनि छैन, भारी बोक्ने खासै अभ्यास पनि थिएन । घरमा यसो घा“स काट्नु र लख्रा–लुख्रु काम गर्नु भुगोलको हिसाबले सामान्य थियो । उनी राता–रात जसो–तसो रिडी झरे, बजार सुनसान थियो । तेर्सै कालीगण्डकीको किनार–किनार तालदवाईं पुगे । तालखोलो र गण्डकीको संगम । त्यस क्षेत्रको तीर्थस्नान गर्ने ठाउ“ र मसानघाट पनि हो । जनबोलीमा उपल्लोगन्नै भन्छन्, रिडीलाई तल्लोगन्नै । झसङ्ग डराए मसानघाटमा पुग्दा । समय बिहानपखको तीन बजेको हुंदो हो । सास रोकेर त्यहा“बाट उकालो चढे । उकालो पनि नाके उकालो छ । बेल्टारी पुग्नै लाग्दा घुद्रुम्मै लोटेछन् । घु“डामा घाउ लागेको थियो र सुर्बाल पनि च्यातिएछ । एकैछिन लामो सास फेरेर संभालिदै फेरि उकालो लागे र माथि राम्चे पुगेर भारी बिसाए । त्यसबेला पारी कालीपारका कुखुरा बास्न थालेका थिए र समय बिहानको चार बजेको अनुमान हुन्थ्यो । सुइ….य लामो सास तानेर थकाई मरेको अनुभुति गरेपछि बल्ल मधेशी गम्छाले पसिना पुछे अनि ६ फुलीबाला लाइटर खित्रिक्क पारेर चुरोट सल्काए । त्यसबेला नेपाली चुरोट आइसकेको थियो बजारमा,त्यो भन्दा पहिले भारतीय बेटमार चुरोट खान्थे । चुरोटको बट्टा र लाईटर कमिजको बगलको खल्तिमा राखेपछि छाति फुलाएर चुरोटको सर्को ताने । धुवा“ नाक र मुखबाट फुरुर्र फाल्दा बिगतका पीडा समेत उडाए जस्तो लाग्थ्यो । नजानिदो उज्यालोमा धुवा“को मुस्लो आकाशतिर सोझिंदै गर्दा मास्तिर छेस्रेक–छुस्रुक आवाज आयो । बाघ लाग्ने ठाउ“ पनि हो । उनी झसङ्ग भए र किर्पेटको आड लिएर लपक्क परे । आवाज नजिकै आयो । यसो चोर आ“खाले हेरेको एउटा मान्छेको आकृति नजिकै आयो । आकृति पल्पाल्नी भाउजुको जस्तै थियो । ‘लौ मारिन्’ उनी आत्तिए । बाघभन्दा पनि ठुलो डरलाग्दो बस्तु आए जस्तो लाग्यो । पल्पाल्नी भाउजु नै रहिछन् । एकाबिहानै उपल्लो गन्नै नुहाउन हिंडेकी । त्यो उनको नित्यकर्म थियो ।

उनले आ“खा चिम्रिक्क पारेर मुख फाल्दै भनिन्, ‘धनपति नानै…., मेरी आ“….बै…., के देख्नु परेको हो यो ? कूलकै इज्जत गयो नि बरै…।’ पल्पाल्नी भाउजुले कुरो बुझिन् । त्यो भारी वा त्यो नाटक जसको कारणले गर्नुपरेको थियो उनैले देखिन् । बेसाहा खोज्नु, राता–रात बोकेर ल्याउनु, लोटेर घाइते हुनु, सुर्बाल फाट्नु, के–के भयो के–के । सबै उदाङ्ग भयो । भाउजुले देखे मात्र त के हुन्थ्यो र ? सात गाउ“मा हल्ला हुने भयो । ती भाउजुको माइत पाल्पा भएकोले पल्पाल्नी भन्ने गर्छन् । पल्पाल्नी भाउजुले सानो कुरा पाइन् भने उडाएर बोल्ने बानी पनि हो । भन्न त मेरै घरमा आएको भए पनि त दिने थिए“ भनिन् तर उनको घरबाट जोगीले पनि भिक्षा लगेको थाहा पाइएको छैन । ती भाउजुको घर पनि कोलौदी नै हो तर साख्खै भाउजु होइनन् । र आर्थिक अवस्था भने हिङ बा“धेको टालो मात्र हो भाउजुको पनि । धनपति रहेछ बाको नाम । चुप्प लागे, चु“ आखर पनि बोलेनन् र भारी बोकेर उकालो लागे । उता त्यो हल्ला दिनभरमा उनको ससुराली चौतारा, थोर्गा, ग्वादी, सर्बत्र भयो । सिख्रेको बाटो चउरको कुलैकुल उनी कोलौदीतर्फ लागे । ढाबखोलामा पुग्दा धिर्जेको काइ“लाले देख्यो, फिस्स हा“स्यो र भन्यो, ‘के गरेको हो बराजु, हामी थिएनौ र ?’ उसले संस्कारगत आदरका साथ सद्भाव नै प्रकट ग¥यो । उ आरनकोलागि गोल पोल्न भनेर झरेका रहेछ । ढाबखर्के भाउजुले नै देखेपछि अरुको देखाईको अर्थ त थिएन । तै काइंलाले ज्याला पाए मैले त बोक्थें नि भन्यो र एक माना मकै दिने सर्तमा भारी कोलौदीसम्म पु¥याइदियो । घर पुगेपछि धनपति बा तीन दिनसम्म ज्वरो आएर सुते ।

चोट पनि कस्तो हो कुन्नि ? त्यसै चोटले धनपतिले त्यसै बर्ष हो वा अर्को बर्ष हो, कोलौदीको सबै जेथा सिरीखुरी पारेर बेचे । एक आखर पिताम्बरसंग सोधेका थिए । पिताम्बर उनका मन मिल्ने छिमेकी हुन् नाताले भाइ । एकपटक धनपतीको छोरो सिकिस्त बिरामी भएछ । पिताम्बरले आयुर्वेकि स्वास्थ्य चौकी रिडीमा काम गर्थे । त्यसै अनुभवको आधारमा उनको छोरालाई उपचार गरेका, ट्वाक्कै भएको थियो । त्यसै गुनले उनीहरुको मेल अलि राम्रो थियो । त्यो बेला जग्गा सजिलै बिक्थ्यो पनि । मधेशतिर बसाइ सर्नेहरुको चाप थोरै थियो । धेरैले उतै पाखो–पखेरो जोड्थे । मधेश झर्नु त जमिन्दारहरु बाहेक ब्यवहार बिग्रेकाहरु र सामाजिक मर्यादामा किचिक्क परेकाहरु मात्र हो भन्ने मान्यता थियो यद्यपि कतिपय ठूला–बडा भनिनेहरुले भित्र–भित्र ८÷१० बिघा जग्गामा पैसा फालेको थिए तर भन्दैनथे । धनपतिले गजक्कै दाम पारेछन् । र दुधे बालक सहित श्रीमतीलाई लिएर नौकट्टी झरे । नौकट्टी पनि जानेर पुगेका होइनन्, भेंडाबारीका घर्ती त्यतै छन् भन्ने थाहा थियो र गए । घर्तीहरुसंग भने संपर्क भएन । समाजको न गरीखाने न मरीजाने संस्कार, यसो गरे पनि हुन्न उसो गरे पनि हुन्न जस्तो बाध्यात्मक अवस्था, यी दुईटा कुराले उनको मनमा अस्थिरता उत्पन्न हुने हुंदा छोरालाई गाली गर्दा रहेछन् । मन भने कोमल हो बाको । यसरी नौकट्टी भने पनि शंकरनगर अहिलेको तिलोत्तमा कलेजको नजिकै सस्तैमा दस का खेत र एउटो ठांटी घरसहित लिएर बसेका । पछि दुइटी छोरी पनि जन्मे । शुरुका बर्षमा धेरै दुःख पाए । जंगलको नजिक, चोरको डर उस्तै । कहिले खेतीको बेलामा गोरु मर्ने, कहिले छोरा–छोरी बिरामी हुने, कहिले आफै निस्लोट हुन्थे कामको चापले । श्रीमती पनि स्वस्थ त होइनन् तै काम–धन्दा रोकिन्नथ्यो । जग्गा बेचेका थिएनन् तर ऋण बढेको थियो । नगद आम्दानीको स्रोत खासै थिएन । त्यसैले पनि मन बाउंडिएको हुन सक्थ्यो । तै छोरा–छोरी पढाउने बिषयमा सानो मन गराएनन् । नजिक राम्रा स्कूल थिएनन् । बुटवलतिरै पढाए । दुईटी छोरी र छोरालाई राम्ररी पढाउनु भनेको लरतरो कुरो होइन । छोराले स्नातकोत्तर पढेको छ, रिजल्ट आएको छैन । योग्यता अनुसारको जागिर खोजेको मेसो मिलेको थाहा छैन ।

छोराले आफ्रनो बिषयमा सोंच्नु त छंदैछ, त्यसमा बाउको गनगने स्वभावले त्यो दिन अलि मन दुखेछ, हैरान भएर साथीको घरमा मन टिमाल्न भनेर गयो । साथीको घर सुनवल हो । त्यहा“ पुगेको मात्र के थियो साथीका बाबु–छोराको भुर्तालो झगडा चलेको रहेछ । झगडाको बिषय खासै ठूलो थिएन । छोराले त्यो दिन रहरले एउटो मुठो घांस काटेछ, त“लाई के नपुग्दो थियो र घांस काट्न गइस् ? यसै कुरामा हल्ली–खल्ली भयो । घांस काट्दा हात काट्न सक्छ, हात काट्यो भने लेख्न–पढ्न मिल्दैन र पढाईमा फेल भइन्छ भन्ने एउटा तर्क थियो । त्यस्तै सानो काम गरेर इज्जत जान्छ भन्ने अर्को मान्यता थियो, जमिन्दारी प्रथाको पुरानो मुसे गन्ध थियो क्यार ? साथीको बाले त्यही गन्ध ओकलेका थिए । छोरालाई ती सबै कुराले छुन्नथ्यो तर त्यसको झमेला ब्यहोर्नु पर्दथ्यो । त्यो देखेर उ फनक्क फक्र्यो र परासी पुग्यो ।

परासीमा उसका माइला बा बस्थे । माइला बा भने बैंसको रंगमा छिमेकमा सिंदुरेबाट दिदीलाई भेट्न आएकी साली पर्ने नानीलाई एक्कै पटक ‘आहा… कति राम्री रैचन् भगाएर लैजाने जस्ती’ भनेका थिए । साली नानीले पनि ‘लौ लैजानुस् हिम्मत भए’ भनेर मजाकमै के भनेकी थिइन् त्यो कुरा त सा“च्चै भयो । दाजुको बिहे नहु“दै कन्या केटी भगाएर लैजानु परम्परा बिरोधी कुरा हुन्थ्यो त्यो बेला । त्यसरी भगाएर हिंडेका उतै रमाए । के ताल परेछ कुन्नि ? पैसा पनि कमाएछन् । घरको अंश खोज्न पनि गएनन् । उसले त्यहा“ पुगेर माइला बालाई टपक्क ढोग्यो । ‘कताबाट बाटो बिराइस् धुर्बे ?’ माइलाबाले ठाडो मिजासले तर मायालु तरिकाले सोधे । छोराको नाम ध्रुव रहेछ । घरमा नामले बोलाएको सुनिएको थिएन । बाउले माया गर्दा बाबु भन्थे नत्र केटा भन्थे । आमाले बाबु भन्थिन् । स्कूल कलेजमा के भन्थे वा के नाम थियो छिमेकीले मेसो पाएका थिएनन् । सबैको बाबु । बाबु दाइ, बाबु भाइ, बाबु अंकल यस्तै । यस्तो अन्यत्र पनि देखिएको छ ।

माइलाबाका तीन भाइ छोरा हुन् । जेठा चाहिं छुट्टिएर त्रिबेणी गएर बसेकाछन् । तीनै भाइ ध्रुबभन्दा जेठा हुन् । माइलाबाले कुनैबेला त्रिबेणीमा पनि दुई बिघा खेत किनेर फालेका रहेछन् त्यो जेठालाई अंश भएको छ । जेठो छोरा कहिेलेकाहीं भेट्न आउंदा बा–आमालाई पाहुर लिएर आउंछन् तर बाले रेख नलगाएको बेला हुन्न । त्यो दिन पनि जेठाले एक किलो मिश्री लिएर आएका बाले घोत लिएर आएको छ भनेछन् । त्यसभन्दा पहिले राम्रो स्वीटर ल्याइदिएका, बाले लगाउनुहुन्छ भनेर । कसैको जडेउरी चाहिन्न भनेर सामुन्नेमै फालेछन् । तै छोरो फर्केपछि लगाएछन् । दशैंमा पैसा राखेर ढोग्दा भिखारी हुं र ? भन्थे । रित्तै आउंदा लख्रक्क आउ“छ भन्ने बानी छ माइलाबाको पनि । माइलाबाले ध्रुबका कुरा सुने तर खुरुक्क लाहुर जाने सल्लाह दिए । उनकै अरु छोराहरुको पनि खासै डण्डी बसेको थिएन । माइला बाले सुको चुहाउन्नन्, न पढ्ने कुरामा सहयोग भयो न इलम गर्ने कुरामा भन्ने छोराहरुको आरोप हो । तै आइ ए नपढेका कोही थिएनन् । त्यो घरको रडाको भिन्दै खालको थियो । माइलाबाले राम्ररी पढाउन नचाहेका होइनन् । छोराहरु नै तराइ–मधेशको किसानी संस्कारमा अल्झेर पढ्ने कुरामा ध्यान दिएनन् । सांच्चै भन्ने हो भने माइलाबालाई पनि छोराहरु संगै बसे हुन्थ्यो भन्ने चाहना हो । ठूला छोरो त्रिबेणी गएर बसेको पटक्कै चित्त बुझेको छैन, त्यसैले जे पाहुर ल्याए पनि सन्तुष्ट हुन्नन् । सम्पत्ति त फालाफल छ माइलाबाको । बाउलाई गर्नु पर्ने पुरानो खालको आदर खोज्छन् तर छोराहरुले नबुझेर हो वा नसकेर हो ताल मिलेको छैन । ध्रुवले सोंच्यो, यो भन्दा त मेरै बा ठिक हुनुहुन्छ ।

छोरो घरमा नआएको दिनको रातभर धनपति बालाई निद्रा लागेन । राती जुरुक्क उठे र हातमा लाइट लिएर एक्लै छोरो खोज्न हिंडे । कसैसंग गुनासो पोख्ने र सहयोग माग्ने बानी बाको पनि छैन । कसैले बाटोमा सोध्यो भने पनि त्यसै डुल्न हिंडेको हो भन्ने खालका हुन् । कता जाने खोज्न ? बुटवलको राजमार्ग चौराहासम्म त पुगे छा“ट आएन । बस स्टप नजिकैको चिया पसलेले देखेछन् र, कता हो बाजे, छोरालाई पनि आज दिउसो यतै देख्थें तपाईं पनि यतै के आंट्नु भा छ र ?’ भनेपछि छोरो सुनवलतिर गएको मेसो पाए । उनको अनुमान थियो माइलाबाकहा“ गयो होला भन्ने, ठिकै हो । बुढा एकैछिन् घोरिए र घरतिर फर्के । तबसम्म उज्यालो हुनै आंटेको थियो । उनी घरबाट निस्केको र फर्केको अरु कसैले थाहा पाएनन् । बाले छोराको र आफ्नो स्वभावको समीक्षा गरे । ठिकै त छ मेरो छोरो, भन्ने त लाग्यो मैले बढी भनें कि ? भन्ने सोंचेनन् । सा“च्चै भन्ने हो भने उनलाई पछिल्लो समयमा ऋणले गा“जेको थियो । घरमा कसैलाई भनेका पनि थिएनन् ऋण–धनको बिषयमा । भनेर पो के हुन्थ्यो र ? त्यस झमेलाले पनि बाको मन बटारिंदो हो र पनि बानी हो, बा सोझिएनन् ।

ध्रुव बिहानै घरमा आयो र लुसुक्क घरभित्र पस्यो । आमासंग के–के कुरा भए थाहा भएन, बाले परैबाट चिच्याएर ‘कहां मो¥योथिस्’ सम्म भने । त्यो कुरो त्यत्तिकै हरायो । दिउसो ध्रुवको एम ए को रिजल्ट आएको खबर आयो, पास भएछ । धनपति बाको खुशीको सीमा रहेन । हातको काम च्यात्त छोडेर छिमेकमा गए र ‘हाम्रो केटालाई देखेनौ ?’ भनेर सोधे । उनलाई कुरो निकाल्ने बहाना चाहिएको थियो छोरो त घरमै थियो । पास भएको कुरो पनि छोराले नै भनेर थाहा भएको थियो । बाले अरुसंग केटो पास भयो रे त्यही भन्छु भनेर खोजेको, भेटिएन भने । पास भएको हल्ला गाउंभरि भयो । त्यो गाउंमा त्यो बेलामा त्यत्तिको पढेको युवक त्यही मात्र थियो । सुन्ने मान्छे सबै खुशी नै भए । दिनभर त्यो घर रमाइलो रह्यो । रमाइलो त बालाई झन् लागेको थियो तर कसैले छोरो पास भएछ बधाइ छ बा, भन्दा त्यही जाबो एम ए पढेर के हुन्छ र भनेर जवाफ फर्काउंथे । सफा मन भएका बाले मन र मुख उस्तै कहिल्यै गराएनन् । समाजमा कसैको कुरो पनि काट्ने होइनन् । त्यस्तो स्वभाव घर भित्र मात्र हो । बाहिर त रसिलै हुन् बुढा ।

धनपती बाको बृद्धभत्ता खाने उमेर हो । बुढा टाठा भएर हो नत्र प्वांख बस्ने उमेर पनि हो तर पनि कसैले बुढो भन्यो भने झनक्क हुन्थे । ध्रुवले ए बा अब त बुढो हुनु भयो किन गनगन गर्नुहुन्छ मैले गर्छु नि भनेर के भनेको थियो बाले त कांचै खालान् झैं गरे । लौ त बुढा भनेर उ फेरि हिंड्यो । यसपटक भने जागिर खान जान्छु भनेरै काठमाण्डौ पुग्यो । पैसाको हकमा धनपतिले कहिल्यै छ भनेनन् तर कुनै काम भने रोकिन्नथ्यो । ऋण–धन गरेर पार लगाएका हुन्थे । छोरो काठमाण्डौ जान गाडी भारा मागेको थियो, छैन भने तर चौराहाको चियापसलेसंग मागेर लैजानु भने । उनको बानी थियो सिधै नदिने । चौराहाको चियापसलेलाई सांझपख गएर तिरेछन् । संयोगले ध्रुव त्यहीं थियो गाडीको मेसो नमिलेर बसेको । बाले छोरालाई देखेनन् छोराले देख्यो । उसको मनमा बाप्रति शंका उत्पन्न भयो । मलाई किन पत्याउनु भएन बाले भन्ने भएछ । बाको नियत भन्दा पनि नियन्त्रण थियो पैसाको बारेमा । छोराले कुरो बुझेन कि बाले कुरो बुझेनन् । बाउ–छोराको अबिश्वांसको दूरी चौडा भयो । ध्ुव काठमाण्डो गयो ।

अर्गली अधिकारीकी छोरी पार्बती काठमाण्डौको बानेश्वरमा डेरा गरेर पढ्न बसेकी थिइन् । । संयोगले ध्रुबको डेरा पनि त्यसै घरमा भएछ । कोलौदेलीको काठमाण्डौमा पनि बोली बिक्छ भन्ने छ । आफन्तरुको सहयोगमा राम्रै प्रोजेक्टमा जागिर मिलेछ ध्रुबलाई । राम्रो भनेको दामकै कुरो हो । थोरै समयमै उसको रवाफ फेरियो । केटो त भलाद्मी देखिन थाल्यो । त्यो भलाद्मीपनमा पार्बतीको नजर परेको हो वा ध्रुवको नजर उता परेको हो, दुबै आपसमा लहसिन थाले तर बोलचाल भएको थिएन । क्याम्पस र जागिर एकैतिर थियो, संगै जान्थे र संगै फर्कन्थे । बोल–चाल नभएपछि कसको घर कहा“ भन्ने पनि थाहा थिएन । एक जनाले ढिलो गरेमा पर्खन्थे पनि तर पनि बोल्दैन्थे । दुबैजनाको मुख फोर्ने हिम्मत भएन । यस्तो धेरै सम्म चल्यो । पार्बतीको स्नातकको पढाई पूरा भएछ अर्थात पढेर सकिएछ । जुन दिन उनी क्याम्पस जानु परेन त्यो दिन अबेर सम्म उनी कोठाबाट बाहिर ननिस्कंदा पनि ध्रुबले पर्खन छोडेन । त्यो दिन मात्र उसले मुख फो¥यो वा कोठैमा गएर सोध्यो, ‘आज क्याम्पस छैन र ?’ कुरो कुल्याउन बेर हो, अब त घाट पाएपछि बग्न थाल्यो । पार्बतीको आग्रहले दुबैजना कोठामा बसेर गफ गरे । त्यसो त समाज पहिलेको जस्तो सांघुरो पनि छैन । । त्यो दिन खुलेरै रमाइला कुरा गरे । बश, उनीहरुको जीवन कथा शुरु भयो । त्यो दिन ध्रुब अफिस गएन ।
ध्रुब र पार्बतीको संबन्धको लहरो झांगियो । अन्ततः त्यो कोठा छोडेर धुम्बाराहीतिर गएर बसे । त्यसको लगत्तै दुकानदारको सिंदुर बिक्यो, चुरा–पोते बिके । पशुपतिका पण्डितले भेटी पाए, कोलौदीतिरबाट काठमाण्डौ बस्ने गरेका दाजु–भाइले मुख मिठ्याए । उनीहरुका दिन फरक ढंगले बित्न थाले । पार्बती स्नातक पास पनि भइन् । दुबैजनाको रहर लाग्दो जागिर र रहरै लाग्दो जीवन दगुर्न थाल्यो । उनीहरुको बिबाहको कुरो अर्गलीको माइती घरमा पुग्यो । माइतीको हैसियत पहिले राम्रो हो । उनले छोरीको खबर पाएपछि एक आखर ‘लौ मारिछ’ सम्म भनेको थाहा पाइयो ।

। उपाध्यायले छोरी लगेको अर्गलीतिर पच्दैन भन्थे । पछि कसरी साम्य भयो कुन्नि ?

धनपति बालाई भने छोराको बिहेको खबरले एक धक्का हान्यो । बुढेसकालको एउटै छोरो, घरमै धुमधामले बिहे गरिदिउंला भन्ने रहर त गयो नै, पैसा कमाउला भन्ने आशा पनि खुत्रुक्कै भयो । अर्गलीकी केटी भन्ने बित्तिकै बुढा सिरिंगिए । अर्गलीमा उपाध्याय बाहुन हुन्नन् वा छैनन् । जैसी केटी बिहे ग¥यो भन्ने भयो । हुन पनि त्यही हो । बुढा अलिदिन त बतुराए । अरु समाजले भने खासै त्यस कुरामा ध्यान दिएन । युग धनपति बाको भन्दा फरक भइसकेको छ । त्यसो त बा त्यस्तो कर्मकाण्डी वा अति परम्पराबादी होइनन् र पनि संस्कार मान्छन् । उनलाई अझ नरमाइलो लागेको भनेको ती सबै कुराको थिति कोलौदीबाटै बिग्रेको हो भन्ने छ ।उनकै माइला दाजुको घाउले बेला–बेलामा चसक्क पोल्ने गर्छ जबकि माइला दाइले खासै बेजाय“ गरेका होइनन् । हुन पनि कोलौदीमा त्यस्ता घटना अरु धेरै भएका छन् । त्यो कुरो धनपति बालाई चित्त बुझेको थिएन । घरकै सिन्की बिग्रेपछि अरुको सिन्कीका के कुरा काट्ने ? बाको मन जाडोमा सर्प गुडुल्किए झै गुडुल्कियो । समाजमा यस्सो टाउको देखाउंछन् र फेरि लुकाउंछन् ।

धनपति बाले अलि दिन त छोराले के खबर पठाउला भन्ने आशामा पर्खे । बिहे गरेको आवेगमा छोराको भरोशाबाट बिमुख हुंदै गए । छोरो सिद्धियो भन्ने भयो र घर ब्यवहार मिलाउने धन्दामा लागे । उपाय त के थियो र अरु ? खेत बेचे । पुरानो घर भत्काएर राम्रै घर बनाएका थिए, त्यो पनि बेचे । सस्तैमा फाले बुढाले । र जोगीकुटीको पानी टंकी नजिकै सानो चिटिक्कको घर किनेर बसे । त्यसै बीचमा छोरीहरुको बिहे–दान पनि गराइदिए, छोरालाई नै खबर गरेनन् अरु दाजु–भाइको त कुरै छोड्नुस् । संयोग भन्नुपर्छ, पढे–लेखेका छोरी हुनाले राम्रो बर पाए र लगभग दुबै छोरी बिदेश जाने मौका पाए, अर्थात ज्वाइंहरुले लिएर गए । उमेरले चौरासीको सर्जाम जुटाउने बेला हो बाको । रोग खासै छैन, सिटामोल खाएको संझना छैन भन्छन् तर श्रीमती उनी भन्दा धेरै कान्छी भएर पनि बुढी जस्ती छन् । बुढा–बुढी निर्बाहमूखी जीवन धानेर बस्न थालेपनि सानो चोटले त्यस्तो निर्णय गरेका होइनन् । तै बुढा बहुलाएनन् । थोरै नगद बचाएको हुनाले खाने–लाउने कुराको समस्या भने थिएन । अरु पैसा ऋण तिरेर सकियो । ब्याजै ब्याजले ऋण भुसुक्कै भएको रहेछ । तै ऋणमुक्त भए । बानी उस्तै छ । छोरा–बुहारीलाई घरमा बोलाउने कुरामा मन सोझिएको छैन । छोराले पनि बाको डरले सास काढ्न सकेको छैन । बाले बोलाउनु हुन्छ र घर जाउंला भन्ने छ ।

ध्रुवका दम्पति बस्ने धुम्बाराहीको घर धनगढीका मल्ल ठकुरीको हो । तल भाडामै पसल छ माथि मल्ल पररिवार बस्छन् र सिरानतलामा ध्रुव । अरु भाडामा बस्ने कोही छैनन् । ध्रुबलाई, अर्गली अधिकारीकी छोरी हो रे, धान्न सकिने हो कि होइन भन्ने कुराको मनमा चस्को पर्न थाल्यो । अर्गलीका अधिकारी भनेपछि ठुलै मान्छे हुन् भन्ने परेछ । हुन पनि अर्गलीको बाटो हिंड्दा त्यहां साना मान्छे बस्छन् जस्तो लाग्दैन । यथार्थ त्यस्तो होइन । पार्बतीले पनि कोलौदीको हल्ला ठुलै सुनेकी छन् । उनकाबाले कोलौदीको इज्जत फाल्ने पो हुन् कि भन्ने डर छ मनमा । भएन भनेर काठमाण्डौमा भएका दाजु–भाइहरुको स्तर हेर्दा होच केरे भन्ने लाग्यो । दुबै जनाको अड्कल ठिकै हो । मेरा बाबै भनेर निच्छिम् पनि होइनन् दुबैतिर र सातै जानु पर्ने कुरो पनि होइन । फरक कति हो भने समय फेरिएको छ, पुरानो मान्यता कतै पनि छैन । यस्ता कुरा कहिले खुलेर गर्थे भने कहिले शंकाको घेरामा राख्थे ती दम्पतिले पनि ।

मल्ल परिवारसंग पनि हेलमेल हुन थालेछ । परिवारका सदस्यकै हैसियतमा रहन थाले । मल्लका दम्पतिले सत्तरी काटेका थिए तर बलिया थिए । उनका तीन भाइ छोराहरु बिदेशमा थिए । सबै बुहारीहरु त्यही घरमै बस्थे । मिलेका थिए भन्नु पर्छ । मल्ल दम्पतिको कथा पनि बिचित्रको रहेछ । छोरा–बुहारी र छोरीहरुको ब्यवस्थापनमा मल्ल बुढाले जमिन्दारी बेचेर सकेका रहेछन् । छोराहरुले धेरै पढेर ठकुरी खानदानको नाक राख्न त सकेनन् । हुन त नैनीताल राखेर पढाएका हुन् । पढाईको मेलो टिप्न सकेनन् कि के भयो । पछि बिदेश गएर काम पाए । तीनै भाइ लन्दनमा छन् । तीन भाइ छोरा र तीनै बहिनी छोरीहरुको बिहा–दान सम्मको ठकुरी रवाफले खर्च गर्दा बुढाको ढाड सेकिएको थियो । साठी बिघा जग्गा त्यसै सकिएको होइन । भन्न त ठकुरी बिग्¥यो मोजले भन्छन् । ब्यवहार हेर्दा खासै मोज गरेर सम्पति उडाएको जस्तो लागेन । उनी कैलालीका राजा हुन् । हैसियत जेसुके भए पनि ठकुरीलाई राजा भन्ने चलन हो त्यता । इस्यो र उस्यो भनेर पनि बोल्नु पर्ने ठकुरीहरुको भाषै हो, त्यसलाई मेराबाबै भन्नु पर्ने होइन । काठमाण्डौमा बस्न थालेपछि कैलालीतिरका मान्छेले बाहेक कसैले राजा भन्दैनन् । मल्ल बाबुसाहेब, उनका सन्तानको उत्थानको निमित्त झण्डै मरेका मान्छे हुन् । सन्तानको उन्नति भयो भने आफ्नो जीवन त्यसै पनि सफल हुन्छ । छोरा–छोरीले कमाउलान् र खाउंला भन्नुभन्दा पनि उनीहरुको समाजमा नाम चलोस् र कसैले फलानाका छोरा–छोरी भनेर प्रशंसा गरेको देख्न वा सुन्न पाइयोस्, त्यो भएन भने असल सन्तानका बाउ–आमा भन्ने सुन्न पाइयोस् त्यही सन्तानको कमाइ हो भन्ने उनको भनाइ रहन्थ्यो । त्यस कुराले ध्रुबका आ“खा खुले । रमाइलो कुरो त धनपति बा उनको बिबाह हुनु भन्दा पहिले पश्चिम तराइमा बसेका, मल्ल बाबुसाहेबसंग संगत भएको रहेछ । त्यो कुरा पनि ध्रुबलाई थाहा भयो । त्यो जमाना बाले पाएको दुःखको बारेमा बाउप्रतिको उसको मन झनै गरुंगो भएर आयो । पार्बतीको तर्फबाट ध्ुबको विचारधारा बारेमा कुनै अवरोध थिएन, कुनै दम्भ पनि थिएन । यौवनको माला योग्य बरको हातबाट पहिरेकी मात्र हुन् । कुनै सभ्यताको लक्ष्मणरेखा नाघेकोजस्तो लागेको छैन । हो, संस्कार मिचेकी हुन् । मिचेकी पनि होइनन् ओध्रेको संस्कारमा लिपपोत गरेकी हुन् । मल्ल बाबुसाहेबको मुल्यांकन हो यो । उनले त्यस्तो कुरा गर्दै गर्दा उनका तीनवटै बुहारीहरु अदबका साथ नजिकै बसेर सुनिरहेका थिए । त्यो परिवारमा बुहारीहरु त्यसरी संगै बसेर कुरा सुनेको पहिलो अवसर थियो । तीनवटै बुहारीका आ“खा रसाए । पार्बतीले पनि असल संरक्षक पाएको अनुभव गरिन् बाबुसाहेबको संगतलाई । र ससुरा बाको बारेमा जे सुनिन् राम्रो कुरा सुनिन् ।

मल्ल बाबुसाहेब आफुभने पढे–लेखेका मान्छे हुन् । त्यो भन्दा पनि देश बुझेका मान्छे हुन् । नेपालका हरेक जिल्लामा घुमेका मान्छे, हरेक संस्कृतिको अध्ययन गरेका मान्छे । कुनै मान्छेका कुरा सुनेपछि त्यो जिल्लाको चलनै त्यस्तै हो भनेर भन्दथे । ध्रुबलाई तिम्रो गुल्मीतिरको बोल्ने भाषा–शैली नै त्यस्तै हो भन्दथे । यस्तो काम नगर्ने मान्छे, मरे हुन्छ, यति पढ्न नसक्ने मान्छे फालहालेर मरे हुन्छ भन्ने जस्ता कुरा धेरै बाउहरुले छोरालाई भन्ने गरेका उदाहरण बताए । कमजोर छोरो घर छोडेर भागेको र कोही त सांच्चै आत्महत्या गरेको उदाहरण पनि बताए । ती कुरा सुनेपछि ध्रुबको मन झन फेरियो । उसका दम्पति घरमा जाने निधो गरे र बालाई खबर पठाए । यसपालि धनपति बा बिरामी परेका थिए । उनलाई छोराको स्नेहयुक्त चिन्ता थियो । घरमा आए पनि हुंदो हो भन्ने लागेको थियो तर आफैले आइज भन्न सकेका थिएनन् । छोराको खबरले बरर्र आंशु झारे । धनपति बा रोएको आजै हो । आमाका त कुरै भएन, त्यस बिषयमा यसपटक चर्चा गरिएन । सांच्चै भन्ने हो भने बाको मनभित्रको पितृत्व जब्बर भएको हो, हुन सक्छ पितृसत्तात्मक आत्मा जब्बर भएको हो । बाको भुमिकामा त चुकेका छैनन् । बाटो बिराएर सन्तानको बिचल्ली पनि त पारेका छैनन् । काउलो पारेर सन्तानलाई कुलतमा त फसाएका छैनन् । बाका आंशु टप्केको ठाउंको भिजेको धरतिको भाषा हो यो । बाले उनका आंशु श्रीमतीलाई पनि देखाएनन् । बा छोराप्रतिको मधुरो भरोशाको दिन गन्दै बसे ।

आज धनपति बाको घर अलिकति उज्यालो छ । छोरा–बुहारी आजै टुपुक्क आएछन् । बुहारीको स्वभाव, मर्यादा, भाषा तथा रुप देखेर दंग परे । उनको मनमा उन्मत्त हर्ष खेलेको छ र घरको लच्छिन खुलेको देखेका छन् । बोल्न भने धेरै बोलेका छैनन् । छोराले खुट्टामा टपक्क ढोग गर्दा आशिर्बाद भने । त्यसपछि उनको अनुहार रोएको हो वा हांसेको हो मेसो पाइएन । अनुहारमा हांसोको मुद्रा पनि थियो र रोदनको मुद्रा पनि । रोदन भित्रबाट ‘एकैछिन कुरा गरे । धेरै कुरा सोधे । टाउकोमै हात राखेर आशिर्बाद दिए । जगतमा नाम उंचो राखे ।’ बाले छोरा–बुहारीलाई दिएको आशिर्बाद । मल्ल बाबुसाहेबले पनि त्यसै भनेका थिए । ध्रुबदे मल्ल बाबुसाहेबका कुरा बालाई पनि सुनाए । त्यसले बालाई बिगतको संझना गरायो र झनै गंभीर भए ।

ध्रुबको बिदा एक महिनाको थियो । त्यो बिचमा घरको ब्यवहार सबै मिलाए । धेरै कुरा बालाई सोधेनन् पनि । अब भने बाले हैकम खोजेका थिएनन् बरु हैसियत खोजेका हुन सक्थे । बाउको हैसियत । छोराले कुनै काम पनि सोधेन भन्ने गुनासो थियो । छोराको मनमा भने अब बालाई भारी बोकाउनु हुन्न भन्ने थियो । फेरि पनि त्यहां समझदारी हुन सकेन । बाउ–छोराको पन्ध्र दिनको संगै बसाईमा दोहोरो गफ हुन सकेको थिएन । एक दिन त धनपति बा बाउंठिएर घरै छोडेर जान्छु सम्म भनेका थिए । बुढा झोंकी हुन्, फुत्त निस्कंन पनि सक्थे तर त्यसको कुनै निकास थिएन, कुनै बिकल्प पनि थिएन । एक प्रकारको जिद्धि मात्र थियो । छोराले पत्याएन शायद, वास्ता गरेन । बुढा त झन बितर्किए । त्यस कुराको मर्म बुहारीले बुझिन् र ससुरा बालाई भरोशा दिएर संझाइन् । मनमा अगाध माया हुंदा–हुंदै पनि बाउ–छोरामा त्यत्रो अवधि सम्म हुन नसकेको सामिप्यता बुहारीले तोडिन् । बाको आंशु पुछिन् । उनी अब ध्रुबसंगै काठमाण्डौ नगएर भएपनि ससुरा बाको अंतिम दमसम्म सेवा गर्ने बचन दिएकी हुनाले धनपति बाको मन फनक्कै मोडिएको हो । उनले छोरालाई ध्रुब… भनेर बोलाए । उसले सुनेन र फेरि ए बाबु… भनेर बोलाए । छोरो आउंदासम्म हर्षाश्रुको घुट्को बाको घा“टीमा आएर किक्लिक्क अड्क्यो । पानी.. भने । बुहारीले पानी खुवाइन् । छोराले बा… बा… भनेर बोलायो । एकै छिनमा घरमा रुवाबासी भयो, मैरो लिपे । छोराले बालाई समातेर मैरामा सार्दै गर्दा धनपतिबाको होश फर्केछ, छोराको हात चरप्प समाते । धेरै बेर सम्म छोड्दै छोडेनन् ।

१९ माघ ०७०

(स्रोत : Gurudattagyawali.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.