जीब्राँ’ फूली, नाकाँ’ मुन्द्री
ओठाँ’ बुलाकी, नाइटाँ’ ढुङ्ग्री
पाखुराँ’ काम्रो, कम्मराँ’ दाम्लो
घाटीमा घण्टी, बगलीमा डण्ठी
हाम्री माईली कस्ती कस्ती !
झलक्क हेर्दा झाक्रिनी जस्ती !
झोलामा सुल्फा
उडाउँछे झिल्का
नशामा रम्छे हल्का फूल्का
तारे बिल्ला,काँडे पेटी
कठैवरी ! त्यो नेपाली केटी
फिला पुठ्ठा जीउभरी बुट्टा
टाटूका टाटा पाटैपाटा
हाम्री माईली कस्ती कस्ती !
ठ््याक्कै,टाटे पाङ्ग्रे बहूरुपी जस्ती !
एकपाटो ठ््याम्मै मुडुलो पारिछे
अर्काे पाटो टाउकाँ’ जटा बाटिछे
आँखै ट्वाँ, पार्ने उदाङ्गो छाती
चुल्ठी बाँधेका हिप्पी साथी
मादलुको, धिन्ताङ धिन्ताङ–
”हेट” गर्छु भन्छे,
डाङ्डाङ् डुङ्डुङ् बजेपछि,
बुर्कुसी मार्न थाल्छे ।
हाम्री माईली कस्ती कस्ती !
झट्ट हेर्दा, ठ््याम्मै वनमान्छे जस्ती
जिउभरी साङ्ला, खुट्टाँ’ पाङ्ग्रा
भालूका जस्ता हातका नङ्ग्रा
पहिरन पोशाक हाङ्ग्रा भाङ्ग्रा
”रकपप्”मा कम्मर भाँच्छे
”नाइट क्लव”मा रातभरी नाच्छे
हाम्री माईली “अम्रिकाने“ भईछे
नेपालीपनलाई पोलेर खाईछे
भट््याई नसक्नु, माईलीको नालिबेली
“अम्रिकाने“ पंक भईछे, त्यो हाम्री चेली !
हाल– बोस्टन, अमेरिका
अप्रिल,२००५
(स्रोत : Pardesh.com)