~चन्द्रमणि अधिकारी~
राष्ट्रियता जातीय पहिचानमा हुन्छ । जातीय पहिचान साँस्कृतिक वैविध्यले गराउँछ । साँस्कृतिक वैविध्य संस्कारनिर्मित हुन्छ । संस्कारमा निजत्व रहन्छ । निजत्वभित्र भाषा, लिपि, धर्म, संस्कार र मिथकीइ प्रवृत्ति पनि हुन्छन् । उपर्युक्त कुरा हाम्रो राष्ट्रियता झल्काउने तङ्खवहरु हुन् । यी सबै कुरा गुम्ने हुन् कि भन्ने भय छ- देश सुब्बालाई ।
साहित्य सिर्जना र वाद प्रयोगका सर्न्दर्भमा देश सुब्बा आदिवासी लिम्बू जातिका वर्तमान प्रतिनिधि हुन्, सचेतक हुन् र पर्ूवाञ्चलका गौरव पनि हुन् । उनी हङकङको डायस्पोरामा धान नाच्तछन्, रोटेपिङमा घुम्छन्, लिङ्गे पिङमा झुल्छन् र टीका थाप्छन् दशैंको – बुज्रुकहरुबाट । अनि खुसी भएर च्याब्रुङ बजाउँछन् । सोल्टिनीहरुसँगसँगै हाक्पारे पनि गाउँछन् – कर्ुर्रर । यी सबै कुरा भएर पनि उनलाई एउटा कुराको भय छ – सुपरिचित आदिवासीको कालक्रमिक पहिचान नहुनाको कारणको भय, आदिवासीको संस्कृति टुट्ने, गुम्ने र पुनः पहिचान नहुने कुराको भय, भाषा र लिपिको यथेष्ट ज्ञान-पहिचान नहुनाको भय र जातीय मिथक नै आदिवासीको संस्कृतिको पर्ूवचेष्टा भएर पनि मिथक-पहिचान र प्रयोगको न्यूनता वा अल्पताको भय । त्यसैले देश सुब्बा ‘आदिवासी’ -२०६४) मार्फ प्रकट हुन्छन् – भय नै भयको महाजाल बोकेर । देश सुब्बाले आफ्नो कृति ‘आदिवासी’ मा उपन्यास र भयवादलाई स्ल्यासले जोडेका छन् । यो प्रयोग हो तर उपन्यासको र भयवादको न मुक्तवितरण हुन्छ न त परिपूरक वितरण नै । अर्थात् देशले आदिवासीमार्फ ‘भयवाद’को सिद्धान्त प्रक्षेपण गरेका छन् । यसरी देश सुब्बा नवीन वादको प्रयोगमा स्वनामधन्य लिम्बू जातिका हालसम्मका अन्तिम तर पर्ूवाञ्चलका चौथा व्यक्तित्व प्रतीत भएका छन्- साहित्यमा वाद प्रयोजनतर्फा । यसअघि, बैरागी काहिँला नूतन चिन्तनमार्ग लिएर उदाएथे क्षैतिजरुपमा, हाङयुङ अज्ञात र मित्रहरुको साहित्यमा अराजकताको कोसेली पस्किएथे अनि धमेन्द्र नेम्बाङ्ग र मित्रहरु मिलेर प्रयोगवादी कवितावाचन-रङ्गवादको प्रारम्भ गरेथे रुँदै, कुद्दै र पछारिदै । र, यस पछिल्लो कालखण्डमा नेपाली साहित्यका र्सजक, पाठक, समालोचकले स्वागतको खादा ओढाएका छन् – देश सुब्बालाई भयवादका निम्ति । स्मरणीय छ- यी चारै व्यक्ति, व्यक्ति नभएर व्यक्तित्व भएका छन् र हाम्रो प्राचीन किराँत संस्कृतिका पृष्ठपोषक लिम्बू जातिभित्रकै यशोगान गरिने गौरव भएका छन् ।
निश्चय नै नेपाली कला र साहित्यका फाँटमा अब खसहरुको एकाधिकार रहेन । खसेतरहरुको सोच, चिन्तन र प्रकटीकरणले पहिचान दिएको छ- जातीय संस्कृति, कला, भेष र सभ्याताको, विकसित मेधाको अनि आदिवासीहरु सुषूप्तावस्थाबाट शनैःशनैः जाग्रत् अवस्थामा आइपुगेको र विचारको नेतृत्व दिएका थिए, दिइरहेको छन् र दिनेछन् भन्ने यथार्थताको । ललितकलाका क्षेत्रमा अब बालकृष्ण सम र रागिनी उपाध्यायहरु मात्र होइन लैनसिंह वाङदेल र योगेन्द्र सुब्बाहरुको नाम पनि त्यत्तिकै सम्मानका साथ आएको छ । राजनीतिका क्षेत्रमा कृष्णप्रसाद भट्टर्राई र रामचन्द्र पौडेलहरु मात्र होइन बलबहादुर र्राई र सुवास नेम्बाङहरु पनि सुपरिचित र प्रशंसनीय भएका छन् । रानुदेवी अधिकारी र मीरा राणाहरु मात्र होइन शारदा सुब्बा, दिपक लिम्बू र राजेश पायल र्राईहरु पनि त्यति नै मात्र होइन अझ बढी सुनिन्छन् साङ्गीतिक क्षेत्रमा । सूचना र प्रविधिका क्षेत्रमा अब रमेशनाथ पाण्डे र विजय पाण्डेहरुको मात्र एकाधिकार रहने – त्यो ठाउँमा अब प्रदीप मेन्याङ्बो, जस बेखर्ची, हर्षसुब्बा र देवान किराँतीहरुको अधिकार जमाइसकेका छन् । त्यसैले देश सुब्बाभित्रको लेखक अमरवाणी बोल्दछ – कालान्तरमा यसले आप्तवाणीको संज्ञा पाउन सक्छ । उनी लेख्छन्- ‘जति नै सुन्दर फूल फूले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउँदैन । सबै जात र रङ्गको फूलले मात्र फूलबारी सुहाउँछ ।’ यहाँ पनि देशलाई एउटा भय नै छ – भयाक्रान्त देखिन्छन् उनी बहु भाषा, बुह भाषी, बहु जातजाति र बहुसंस्कृतिको यस मुलुकमा कुनै जाति, भाषा, वर्ण्र्ाा संस्कृति पछिपर्ने पो हो कि – भनेर ।
“भय” भनेको कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति हो, डर हो र त्रास हो । संसारमा भयमुक्त कोही छैन । र्स्वर्गका राजा इन्द्रलाई अमरावती गुम्ने भय, सत्ताधारीलाई सत्ता गुम्ने भय अनि जोजोसँग जेजे छन् ती प्रत्येकलाई भएका कुराहरु गुम्ने भय अनि आफ्ना अभीष्टहरु पूरा नहोलान् कि भन्ने भय । भय अर्थात् डरलाई लुक्न लुकाउने, छोप्ने वा ढोक्ने ठाउँ कतै छैन । चेहराका रेखाहरुले अनि भाव-भङ्िगमा र कम्पनले प्रकटिन्छ यो । मनोवैज्ञानिक यथार्थताको साँचोमा ढालेर हेरौं- भय कतै पनि लुक्तैन ।
पर्ूर्वीय चिन्तनले हेरौं- मानवदेहधारी जीवात्मासँगसँगै इन्द्रिय, मन, बुद्धि, आत्मा, माया र परमात्मा रहन्छन् । यी तत्वहरुमध्ये भयको स्थान मनमा रहन्छ । मन स्थिर रहँदैन चञ्चल रहन्छ । त्यसैले भय लुक्तैन । भय नलुक्नाले मानिसले पर्ूव र्सतर्कता अपनाउन सक्छ- प्रिकसन लिन सक्छ । भयकै कारण मानिस कुगति, दर्ुगति वा कुमार्ग त्याग गर्छ । भयसँग कार्य कारण सम्बन्ध रहन्छ । उन्नति, प्रगति र विकासका लागि भय सचेतक रहन्छ । मानिस कुनै काम गर्छ, भयकै कारणले, कुनै काम छाड्छ भयकै कारणले र कुनै काम गर्दैन भयकै कारणलेे ।
र् र्सजक देश सुब्बाको नवीनतम कृति ‘आदिवासी’ दर्शन फाँटको वाङ्मय ग्रन्थ हो । यसलाई स्रष्टाद्वारा उपन्यास भनिए पनि अउपन्यास हो यो । विधामिश्रण छ यसमा । यसभित्र दर्शन, चिन्तन र प्रयोगहरुले स्थान ओगटेका छन् । उत्तरआधुनिक लेखनको एउटा सङ्केत हो यो । विधाभञ्जन छ यसमा र केन्द्र भत्काइएको छ अनि यसका सीमा स्तम्भहरुलाई र परिधिहरुलाई केन्द्रको रुप प्रदान गरिएको छ । यसमा जेष्टाल्ट वादको छनक पाइन्छ । हेलियोग्राफको सोच छ । अतः यो नवीन र आधुनिक प्रयोग विषयक चिन्तन हो ।
निसाम जो यसको नायक हो- स्वयम् समाख्याता -न्यारेटर) बनेको छ । लिम्बू जनजातीय संस्कृतिलाई यसको उपजीव्य सामग्रीका रुपमा लिइएको छ । निसाम डराएको छ, भयभीत छ र भयाक्रान्त छ । किन- किनभने नश्लीय द्वन्द्वमा विस्फोटक पदार्थ बोकेर देश गुम्सिइरहेको छ । लेखकलाई लेख्नका लागि विषयवस्तु खोज्न टाढा जानर्ुपर्दर्ैन । यसै जीवनभोगाइबाट यसै जीव्न र जगत्बाट छरिएका कणहरु टिपेर विशेष महत्वका ग्रन्थहरु निर्माण गर्न सक्छन् लेखकहरु । देश सुब्बाले त्यसै गरेका छन् । समष्टिमा देशलाई बोकेर अनि व्यष्टिमा किराँत लिम्बू संस्कृतिभित्र छिरेका छन् उनी- आफ्नो धरोहरको खोजीमा । प्राचीन लिम्बू किराँत संस्कृति, सभ्यता र त्यसको मूल्य-मान्यता एवर्ंर् इयताको खोजीमा ।
यस कृतिलाई आख्यानग्रन्थ त भनिहाल्न मिल्दैन तर न्यून आख्यानीकरणको कृति अवश्य हो यो । यसको महत्ता र विशेषता परिवेश चित्रणमा छ । कालिक परिवेशका रुपमा आदिम युग, पर्ुखाले भोगेका युग र लिम्बू किराँत संस्कृति मौलाएको युगको चित्रण गरिएको छ भने स्थानिक परिवेशका रुपमा आदिमताका गुफा, ओडार, पहरा, लेक, बेसी र खोलाहरु, उकाली-ओरालीहरु समेटिएका छन् । स्थानिक परिवेशमै धामी, झाँक्री र विजुवाहरुको प्रतीकात्मकताको वेष्टन गरेका छन् । र, त वाङ्मय ग्रन्थ भएको छ यो – चिन्तन पक्षको ।
देशको निसाम साइबर कल्चरको छैन । ऊ च्याटिङ जान्दैन । नेट उसको विषय होइन । आइटीभन्दा धेरै टाढा छ ऊ । तर आफ्नो पर्ुखा, पुर्ख्याैली रीति, संस्कार र संस्कृतितर्फफर्किन्छ, घोरिन्छ र घोत्लिन्छ । अनि मुसुक्क हाँस्छ एकपल्ट विजयको शिखरमा पुगेको आफ्नो भाषा, संस्कृति र जातीय वैविध्यलाई सम्भिmएर । अनि फेरि झसङ्ग हुन्छ – भयाक्रान्त हुन्छ ऊ । यत्रो जातीय वैभव कही समाप्त हुने त होइन – यसैले आदिवासीमा देश लेख्छन् – ‘आफ्नो भाषा, संस्कृति, धर्म, इतिहास र परम्पराको संरक्षण गरौं ।’ भनेर ।
देशले यस कृतिमा लिम्बू किराँत संस्कृतिका केन्द्रीयतामा पात्रहरु दौडाएका छन् तर भाषा लिम्बूको छैन नेपाली छ, लिपि सिरिजङ्गा छैन, देवनागरी छ । विमात्री नेपाली भाषी भएर पनि अधिकार जमाएका छन् देशले नेपाली भाषामा । यसरी देश सुब्बा नेपालका सम्पर्ूण्ा जात-जाति, धर्म-संस्कृति, कला-साहित्य अनि भाषा र लिपिको समानान्तर परिचय र प्रयोगका पक्षमा देखिन्छन् ।
देश सुब्बाको मुखपात्र हो निसाम । निसामका माध्यमबाट देशले महत्वपर्ूण्ा कुरा बकाएका छन् । प्राचीन ऐतिहासिक, संग्रहणीय, कलात्मक वस्तुहरुको र त्यस समयको जीवनशैलीको स्मरण गराएका छन्- हारी, सुनका खर्ुर्मी, यायावरहरु र कृषि युगका विविध सामग्रीहरु यसका उदाहरण हुन् । भाषा नेपाली र लिपि देवनागरी अनि विषय लिम्बू किराँत संस्कृतिको जगर्ेना रहेको यस कृतिमा संस्मरणात्मक शैलीको प्रयोग गरिएको छ । यसमा पर्ूवदीप्ति प्रणालीको प्रयोग छ भन्न मिल्दैन किनभने यो त निसामको हंसले अनुभव गरेको विषय हो । ज्ञान, विज्ञान, मनोविज्ञान, दर्शन, संस्कृति र इतिहास अनि चिन्तनको मिश्रण गरिएको घोलक भएको छ यो कृति रंगरहित तर भयले रंगिएका सातैवटा रंग मिसाइएको नवीन रंगको र नवीन स्वादको अझ भनौं इथरमा कोरिएजस्तो । यस कृतिभित्र छिर्न पाठकले देशको कृति ‘अपमान’ लाई बिर्सिनु पर्छ अनि सबै जात जातिलाई हृदयतः सम्मान गर्न सक्नर्ुपर्छ, सिक्नर्ुपर्छ । प्रत्येक नवीन प्रयोग आन्दोलन हुँदै एक दिन वादमा परिणत हुन्छन् भन्ने मान्यतालाई बिर्सनु हुँदैन । ‘व्याक टु नेचर’ को सिद्धान्त अवलम्बन गर्नुपर्छ । हाम्रो अतीत हाम्रो वर्तमानको आधारभूमि हो । तर्सथ अतीतको स्मरण र त्यसका साँस्कृतिक धरोहरहरुको सम्मान गर्दै त्यसलाई कुल्चिएर होइन त्यसमाथि टेकेर नयाँ सम्भावनाको खोजी गर्नुपर्छ भन्ने कुरालाई हृदयङ्गम गर्नर्ैपर्छ । अन्यथा, पाठक विचलित भएर अर्काे भयको सिकार हुनपुग्छ ।
जन्म एउटा भय हो । मृत्यु एउटा भय हो । जन्म र मृत्युका बीचको घटनाक्रम अर्काे भय हो । दिन भय हो । रात भय हो । दिन र रातका चर्याहरु अरु भयहरु हुन् । खोजीमा भय छ । प्राप्तिमा भय छ । शून्यमा पनि भय छ । भय प्रत्येक ग्यापमा र च्यापच्यापमा रहन्छ । त्यसैले ‘भयवादको आवश्यकता, निकास र गन्तव्य हिजो, आज र भोलि’ शर्ीष्ाकको घोषणापत्र वा अवधारणा पत्रमा देश सुब्बा लेख्तछन्- ‘भयको निरुपण निर्भयको अभ्यास हो । भय विहीनता आफैमा एउटा भय हो । भय नहुनु सिर्जनशीलताको समाप्ति हो । हो, भय मानसिक द्वन्द्व हो । यसभित्र मार्क्सको द्वन्द्वात्मकताको सिद्धान्त छ । भय मनोरोग हो । यसभित्र पmायडको स्वप्न सिद्धान्त छ । चेतन, अवचेतन र अचेतनका घटनाहरु घटित हुन्छन् यसमा । पितृरतीग्रन्थी र मातृरतीग्रन्थीहरुभयका मूलहरु हुन् । स्रोत हुन् । आइन्स्टाइन्को भ् . mअद्द समीकरण सूत्र भय नै हो । यसैका परिणामस्वरुप फ्याट म्यान र लिटल ब्वायहरु भय नै थिए । भय नै उत्पादन गरे भयङ्कर । त्यसपछि आइन्स्टाइन स्वयं भयभीत भए । धुरुधुरु रोए- भयले गरेको भयङ्कर विनास देखेर ।
तर पनि समाप्त भएको छैन भय । यो अनादि हो, अन्त्य छैन यसको र अविदित पनि छ यो । भयको व्याख्या पर्ूर्वीय दर्शनमा पाइन्छ । पाश्चात्य चिन्तनमा पाइन्छ । नन वेर्स्र्टन लेखनमा पाइन्छ । परापर्ूवमा ब्रहृमादेखि कृष्णसम्म नै भयको साम्राज्य दियो । कलिकालमा सुकरात र प्लेटो हुँदै नित्से, डेरिडा, रुस्दी, तसलिमा र देश सुब्बासम्म आइपुगेको छ यो । भय सूक्ष्म छ तर विभू छ । भयवादको अवधारणा सन् २००० मा प्रारम्भ भयो । विभिन्न गति र मोड लिदै आएको यसलाई सन् २००८ अगष्ट २ मा धरानमा ल्याइपुर्याए भयवादी चिन्तक देश सुब्बाले । र, आज १३ अगष्टमा हामी प्रत्येक ‘भय’ चिन्न ‘भय’ चिनाउन यसैबारे वाद, विवाद र संवाद गर्न भेला भएका छौं फेरि धरानैमा भयभीत हुँदै । ‘आदिवासी’मा बिम्बहरुको बहुल प्रयोग पाइन्छ । यो देश सुब्बाको कलापक्ष हो । बिम्ब भनेको कुनै वस्तु, व्यक्ति वा घटनादिको मानसचिव हो । देशले आफ्नो मुखपात्र निसामलाई सावाला खोलामा पुर्याएका छन्, सम्दो गाउँहरु घुमाएका छन् । किराँती आदिवासीहरुको दरबारका भग्नावशेषहरुको खोज गराएका छन् । गुफा, गहृवरा र कुनाकन्दराहरुमा छिराएर प्राचीन चित्र र लिपिहरुको पहिचान गराएका छन् । भस्मे फाँड्नु हाम्रो बाध्यता हो । निसामलाई पनि त्यो बाध्यतामा पारेका छन् देशले । र, यसरी आदिवासी वा मानव-इतिहासकै स्थायित्व र प्राचीनताको आधिकारिकता र प्रमाणिकताको अवबोध गराएका छन् । यसो गर्नमा देशले बिम्बहरुकै सहारा लिएका छन् ।
अन्त्यमा, विमात्री नेपाली भाषी स्रष्टा देश सुब्बा द्विभाषी मात्र होइन- प्रकृतिको समेत भाषा बुझ्ने बहुभाषी भएका छन् । केन्द्रभञ्जन गरेर सीमान्त रेखाहरुलाई केन्द्रीकरण गर्दै ग्यापमा फेसो खाँदेर भयको निरुपण गरेका छन् उनले । भय हिजो थियो, आज छ अनि भोलि पनि रहने छ । सबैसँग छ तर भएको चेत कसैलाई छैनः त्यस्तो ‘भय’ लाई टिपेर देशले औपन्यासिकता प्रदान गरेका छन्- प्रतीकहरुका गहना भिराएर, बिम्बहरुले सिँगारेर अनि मिथकहरुको माला पहिर्याएर । र्सजकले उपन्यास भनेको यस अउपन्यासमा विचारको, वादको र कलावैविध्यको संगम रहेको पाइन्छ । देश सुब्बा साँच्चै देश भएर आफ्नो आफूभित्र, आफ्नो चिन्तनभित्र यस देशभित्रका सम्पर्ूण्ा जाति, धर्म, संस्कृति, भाषा, कला, साहित्य, लिपि र संस्कारहरुलाई समाहित गर्न चाहन्छन् । सबैको समानुपातिक विकास भएको सुन्न, देख्न र अनुभव गर्न चाहन्छन् । उनले अघि सारेको यो ‘भयवाद’ साँच्चै नै भयलाग्दो छ । तर त्यसभित्र आत्मीयता, प्रेम, माया, श्रद्धा र सद्भावना घोलिएको महसुस हुन्छ । उनको ‘भय’ नै एउटा बिम्ब भएको छ, जो कायासँगै साया भएर अर्थात् देहसँग छाया भएर रहन्छ । ‘भयवाद’को अवधारणाका लागि र भय केन्द्रिय कृति ‘आदिवासी’का लागि फेरि पनि एकपल्ट शुभकामना, शुभाशंसा र बधाई उर्वर मस्तिष्कमा विचारको खेती गर्ने देश सुब्बालाई ।
अस्तु ।
सर्न्दर्भ-सामग्री
१. थाम्सुहाङ्, प्रकाश -सम्पा.) २०६६, भयवादः वैचारिक चिन्तन, नेपाली साहित्य प्रतिष्ठान, हङकङ ।
२. पोखरेल, बालकृष्ण -निर्देशक) र अरु, २०५५, नेपाली वृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
३. भट्टर्राई, गोविन्दराज, ……………, अर्द्धबेलायती सहरमा भयवाद, कान्तिपुर ।
४. सुब्बा, देश, २०६४, आदिवासी, सृजनशील साहित्य प्रकाशन, हङकङ ।
५. सुब्बा, देश, ………., भयवादको आवश्यकता, विकास र गन्तव्य, हिजो आज र भोलि -अप्रकाशित अवधारणा पत्र)
६. सुब्बा, देश, …………….., भयवाद -अप्रकाशित घोषणा पत्र)
२०६६/०४/२९/०५
उपप्राध्यापक : स्नातकोत्तर शिक्षण कार्यक्रम
त्रि.वि., महेन्द्र बहुमुखी क्याम्पस
धरान, सुनसरी
९८४२०२३७८६
(स्रोत : Dobato)