भयवाद लेख : भयानक रस र भयवादका सापेक्षतामा : एक समीक्षा

~उपप्रा. रमेश घिमिरे~

१. विषयप्रवेशः

संस्कृत समालोचना परम्परामा रससिद्धान्तले धेरै चर्चा पाएको छ । ध्वनि सम्प्रदायभित्रकै अध्ययनको विषय हुँदाहुँदै पनि यसले छुट्टै सम्प्रदायका रुपमा विकसिकत हुने अवसर पाएको देखिन्छ । यसभित्र काव्यका सतही कुराभन्दा भित्री गहिरा तत्वहरुको विश्लेषण भएकाले यसको भएको हो । अलङ्कार, रीति, बक्रोक्ति र औचित्य सम्प्रदायमा क्रमशः अलङ्कार, रीति, वक्रोक्ति र औचित्यलाई काव्यका प्रमुख तत्वका रुपमा स्वीकार गरिएको पाइन्छ भने ध्वनि सम्प्रदायमा ध्वनिका तीनोटै प्रकार वस्तु, अलङ्कार र रसको प्रमुखताका साथ चर्चा गर्दै अन्ततः रसकै प्रधानतालाई स्वीकार गरिएको देखिन्छ । रस सम्प्रदायले चाहिँ रसलाई काव्यको काव्यत्व सृजना गर्ने तत्वका रुपमा विश्लेषण गरेको पाइन्छ । रस काव्यकार, पाठक र दर्शकका हृदयभित्र हुने अनुभूति तङ्खव हो । भयानक रस चाहिँ उक्त रसका विभिन्न भेदहरुमध्ये एक हो ।

२. रस ः शब्दार्थ र परिभाषा
‘आस्वादन गर्नु’ भन्ने अर्थको ‘रस’ धातुबाट रस शब्द बन्छ । त्यसैले शब्दको व्युत्पत्तिका आधारमा जुन तङ्खवको आस्वादन हुन्छ, त्यो नै रस हो अथवा मान्छेद्वारा स्वाद लिइने तङ्खव नै रस हो भने अर्थ निस्किन्छ । तर पर्ूर्वीय काव्यशास्त्रको विशाल सर्न्दर्भमा यस शब्दले पारिभाषिक रुपमा मानवजीवनका सम्पर्ूण्ा अनुभूतिलाई समेटेको हुनाले र समग्र जीवनदर्शनकै गहिरो र व्यापक अर्थलाई बोकेको हुनाले ‘रस’ शब्दको सोझो अर्थका सीमाभित्रमात्र ढुक्क पर्न मिल्दैन । रसको परिभाषाका क्रममा आचार्य भरतले ‘विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्तिः’ अथवा स्थायीभावसँग विभाव, र व्यभिचारी भावको संयोगबाट रसको निष्पत्ति हुन्छ भनी रससूत्रको प्रतिपादन गरेका छन् । कालक्रमका हिसाबले भरतभन्दा पछाडिका भट्टलोल्लट, श्रीशङ्कुक, भट्टनायक, अभिनवगुप्तजस्ता जति पनि काव्यशास्त्रीहरुले रससम्बन्धी विचार र विवेचना प्रस्तुत गरेका छन्, ती सबै भरतको यसै रससूत्रमा आधारित छन् । आचार्य मम्मटले रसको परिभाषा यसरी दिएका छन् –
‘लौकिक व्यवहारमा रतिआदि भावका कारण, कार्य र सहकारी कारण रहेका हुन्छन्, जस्तै- नायक र नायिकाआदि आलम्बन कारण एवम् चन्द्रमा, उद्यानआदि उद्दीपन कारण हुन् भने कटाक्ष, मुस्कानआदि रतिका कार्य हुन् । त्यस्तै चिन्ता, हर्ष उत्सुकताआदि स्थायीभाव रतिका सहकारी कारण हुन् । लोकव्यवहारका यिनै कारण, कार्य र सहकारीहरु जब काव्य या नाटकमा प्रयुक्त हुन्छन् तबत ी कारण, कार्य र सहकारीलाई नै क्रमशः विभाव, अनुभाव र व्यभिचारी भाव भनिन्छ भने रतिआदि भावलाई स्थायीभाव भनिन्छ । यिनै विभाव, अनुभाव र व्यभिचारी भावद्वारा अभिव्यक्त भएको स्थायीभाव नै रस हो । -काव्यप्रकाश)
आयार्य विश्वनाथले दिएको परिभाषा यस्तो छ-
‘विभाव, अनुभाव र व्यभिचारी भावद्वारा व्यक्त भएको रतिआदि स्थायीभावले नै सहृदयका लागि रसत्व प्राप्त गर्दछ अर्थात् त्यस्तो स्थायीभावलाई नै रस भनिन्छ ।” -साहित्यदर्पण)

३. मुख्य रससामग्री ः स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारी भाव
रस तङ्खवका लागि अनिवार्य सामग्री हुन् स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारी भाव । मानवजीवन अनुभूति नै अनुभूतिको पुञ्ज हो । प्रतिक्षण गरेका अनुभूतिहरुमध्ये जीवनका मूलभूत अनुभूतिहरु मान्छेका हृदयभित्र संस्कारका रुपमा समेटिएर रहेका हुन्छन् । तिनै अनुभूतिका संस्कारहरु स्थायीभाव हुन् । सुषुप्न अवस्थामा रहेका ती स्थायीभावहरुलाई जगाउने कारणलाई विभाव भनिन्छ । जस्तै- कुनै युवकका हृदयको रति -अनुराग) युवतीका कारणले जाग्दछ भने कुनै युवतीका हृदयको रति -अनुराग) युवकका कारणले जाग्दछ र त्यसका लागि एकान्तस्थल, रातको समयआदिले महत्वपर्ूण्ा भुमिका खेलेका हुन्छन् । यर्सथ युवक र युवती एवम् एकान्तस्थल, रातको समयआदि नै विभाव -क्रमशः आलम्ब्न र उद्दीपन) हुन् । सुषुप्त अवस्थामा रहेको स्थायीभाव त्यसका विभावरुप कारणले जब जाग्दछ तब त्यसको बाहिरी सूचना दिने खालका कटाक्ष, मुस्कानजस्ता शारीरिक प्रतिक्रियाहरु पैदा हुन्छन्, तिनै शारीरिक प्रतिक्रियाहरु अनुभाव हुन् । त्यस्तै स्थायीभावको जागरणका समयमा शङ्का, आवेग धर्ैयजस्ता जे-जति मानसिक तरङ्गहरु अस्थिर रुपमा आउने-जाने गर्छन्, तिनीहरु चाहिँ व्यभिचारी भाव हुन् ।

४. रससूत्रका विभिन्न व्याख्या
क) उत्पत्तिवादः
रससूत्रको उत्पत्तिवादी व्याख्या भट्टलोल्लटले गरेका हुन् । उनको व्याख्या गराइ यस्तो छः ‘कारणरुप नायिकाआदि आलम्बन तथा उद्यानआदि उद्दीपन विभावद्वारा रतिआदि स्थायीभावहरु उत्पन्न हुन्छन् । कटाक्ष, भुजाक्षेपआदि कार्यरुप अनुभावद्वारा रतिआदि उक्त स्थायीभावहरु प्रतीतियोग्य बन्दछन् एवम् निर्वेदआदि सहकारी कारणका रुपमा रहेका व्यभिचारी भावद्वारा ती स्थायीभावहरु परिपुष्ट हुन्छन् । यसरी विभावद्वारा उत्पन्न, अनुभावद्वारा प्रतीतियोग्य र व्यभिचारीभावद्वारा परिपुष्ट भएको स्थायीभाव मुख्य रुपमा रामआदि अनुकार्यमा र रामआदि अनुकार्यको स्वरुपको अनुकरणका कारण नटमा समेत प्रतीयमान हुन्छ । त्यस्तो स्थायीभाव नै रस हो ।’ -काव्यप्रकाश)

ख) अनुमितिवादः
अनुमितिवादी प्रथम व्याख्याकार शक्तुक हुन् । उनको व्याख्या यसप्रकार छ ः ‘यो राम नै हो’, ‘राम यही हो’ यसरी निश्चित भएको सम्यक, ज्ञान, सुरुमा ‘यो राम हो’ भनेर ज्ञान भए पनि भने ‘ए है, यो त राम होइन रहेछ’ भनिने मिथ्याज्ञान, ‘यो राम हो कि होइन होला’ भन्ने संशयज्ञान र ‘यो रामजस्तै छ’ भन्ने खालको सादृश्यज्ञानः यी चार प्रकारको ज्ञानभन्दा भिन्न तरिकाले अथवा चित्रमा घोडाको ज्ञान जसरी हुन्छ त्यस ढङ्ग -चित्रतुरगन्याय) ले नटको ज्ञान हुन्छ । त्यसरी बोध भएको नटद्वारा काव्इको अनुशीलनका बलले, गुरुबाट सिकेका शिक्षाले एवम् बारम्बार गरिएको अभ्यासले प्रस्तुत गरिएका कारण, कार्य तथा सहकारी कारणरुप विभाव, अनुभाव तथा व्यभिचारीभावद्वारा रत्यादि स्थायीभावको अनुमान हुन्छ । यद्यपि ती कारण, कार्य तथा सरकारी कारणहरु कृत्रिम हुन्छन् तथापि यथार्थजस्ता लाग्दछन् । स्थायीभावको अनुमान पनि अरु अनुमानजस्तो हुँदैन, बरु वस्तुसौर्न्दर्यका बलले रसनीय हुन्छ, स्वादिलो हुन्छ । त्यो रसनीय स्थायीभाव सामाजिक वर्गमा नरहेको भए पनि उनीहरुले आफ्नो संस्कारवश त्यस स्थायीभावको आस्वाद लिन्छन्, त्यस्तो आस्वाद्य स्थायीभाव नै रस हो ।’ -काव्यप्रकाश)

ग) भुक्तिवादः
रससू्त्रका भुक्तिवादी व्याख्याकार भट्टनायक हुन् । उनका अनुसार ‘अनुकार्यमा तथा अनुकर्तामा भट्टलोल्ल्टले भनेझैँ रसको न उत्पत्ति हुन्छ न त शक्तुकले भनेझैँ अनुमान हुन्छ । रस आत्मगत अथवा सामाजिकगत रुपमा अभिव्यक्ति पनि हुँदैन । काव्यमा र नाटकमा अभिधा -तथा लक्षणा) भन्दा भिन्न भावकत्व नामक व्यापारद्वारा साधारणीकृत रत्यादि स्थायीभावलाई ब्रहृमानन्दको अनुभूतिसमान भोग वा भोजकत्व नामक व्यापारद्वारा आस्वादित गरिन्छ, भोग गरिन्छ । त्यसरी आस्वादनको वा भुक्तिको विषय बनेको स्थायीभाव नै रस हो ।’ -काव्यप्रकाश)

घ) अभिव्यक्तिवादः
रससूत्रका अभिव्यक्तिवादी व्याख्याकार अभिनवगुप्त हुन् । उनले गरेको रससूत्रको व्याख्या यसप्रकार छ ः ‘लोकव्यवहारमा सामाजिक वर्ग यस नायिकाको यसप्रति रति छ, यस नायकको यसप्रति अनुराग छ भन्ने जस्ता कुराहरुको अनुमान गर्न अभ्यस्त हुन्छन् । काव्यमा वा नाटकमा रतिआदिको अनुमानका लागि नायक-नायिका तथा उद्यानजस्ता कारणहरु, कटाक्ष र मुस्कानजस्ता कार्यहरु एवम् लज्जा, उत्सुकता, आवेग, हर्षस्ता सहकारी कारणहरु लोकव्यवहारमा भन्दा अलग ढंगका बन्दछन्, अलौकिक बन्दछन् । त्यसैले ती कारण, कार्य तथा सहकारी कारणलाई पनि विभाव, अनुभाव तथा व्यभिचारी भाव भनेर अलग नाम दिइन्छ । ती नामहरु अलौकिकताका सूचक हुन् । ती विभाव, अनुभाव तथा व्यभिचारी भावहरु साधारणीकृत रुपमा प्रतीत हुन्छन् अथवा तिनीहरुका विशिष्टताको लोप भएको हुन्छ । सहृदय सामाजिकहरुका हृयदमा वासनाूत्मक रुपमा अवस्थित रत्यादि स्थायीभाव त्यसरी साधारण रुपमा प्रतीत भएका विभाव, अनुभाव र व्यभिचारी भावद्वारा अभिव्यक्त हुन्छ । त्यो स्थायीभाव यद्यपि व्यक्तिविशेषहरुमा रहेको हुन्छ तथापि साधारणीकरणका बलले व्यक्तिको विशिष्टता हराउँछ एवम् त्यो सहृदय वेद्यान्तरसर्म्पर्कशून्य बन्दछ अथवा रसानुभूतिका बेलामा उसले रसास्वादनबाहेक अन्य कुनै पनि विषयवस्तुको बोध गरेको हुँदैन । यसरी विशिष्ट पहिचानलाई गुमाउँदै अन्य सहृदयका साथमा समान रुपमा रही सहृदय सामाजिकले उक्त स्थायीभावलाई चर्वणा गर्दछ, आस्वादन गर्दछ । त्यसरी आस्वादित स्थायीभाव नै रस हो । यो रस आफ्नो आत्मासमान अभिन्न हुँदाहुँदै पनि आस्वादको विषय बनेको हुन्छ, यसको स्वरुप आस्वादमात्र हो, यसको अस्तित्व विभावआदि रहेसम्ममात्र रहन्छ, घटक सामग्रीभन्दा र्सबतको स्वाद जसरी बेग्लै खालको हुन्छ त्यस्तै विभाव, अनुभावआदिभन्दा रसको आस्वाद बेग्लै हुन्छ । आस्वादनका अवसरमा रस साक्षात् प्रतीत भएझैँ, हृदयको अन्तस्तलमा प्रवेश गरिरहेझैँ, समस्त अङ्गहरुलाई आलिङ्गन गरिरहेझैँ अनुभव हुने हुनाले अलौकिक चमत्कारकारी हुन्छ ।’
-काव्यप्रकाश)

५. रससङ्ख्या
माथि प्रस्तुत शास्त्रीय मान्यताका आधारमा के कुरा स्पष्ट हुन पुगेको छ भने विभाव, अनुभाव र व्यभिचारी भावले आ-आफ्नो भूमिकाबाट स्थायीभावलाई व्यक्त गर्दछन्
-अभिव्यक्तिवाद अनुसार), उत्पन्न गर्दछन् -उत्पत्तिवाद अनुसार), अनुमित गराउ”छन्
-अनुमितिवाद अनुसार) या भुक्त गराउ”छन् -भुक्तिवाद अनुसार) । जे भए पनि त्यस्तो स्थायीभाव नै रस हो । त्यसकारण स्थायीभावको सङ्ख्या जति छ, रसको सङ्ख्या पनि त्यति नै हुन्छ । वस्तुतः मानवअनुभूतिका हृदयगत संस्कारहरु नै स्थायीभाव भएकाले यस दुनिया”मा मानवहृदयभित्र कति किसिमका अनुभूतिसंस्कार छन् भनेर गन्न सकिने कुरै होइन । तथापि विभिन्न काव्यशास्त्रीहरुले आफ्नो अनुभव, आफ्ना गाउ”-समाजको अवलोकनआदिका सापेक्षतामा स्थायीभावको र रसको सङ्ख्यालाई निर्धारण गर्ने गरेका छन् । त्यसैले आचार्य भरतका मतमा स्थायीभाव वा रसको सङ्ख्या आठ छ ः रति -शृङ्गार), हास -हास्य), शोक -करुण), क्रोध
-रौद्र), उत्साह -वीर), भय -भयानक), जुगुप्सा -बीभत्स) र विस्मय -अद्भुत) । मम्मट आठ सङख्यामा चित्त बुझाउ”दैनन् र निर्वेद -शान्त) लाई थपेर रससङ्ख्या नौ पुर्‍याउ”छन् । विश्वनाथ उपर्युक्त नौमा वात्सल्य -वत्सल) थपेर उक्त सङ्ख्या दश पुर्‍याउ”छन् । त्यसै गरी गौडीय परम्परामा भक्तिरसलाई पनि गणना गरेका छन् । आधुनिक कतिपय साहित्यहरुमा देशाभिमान -देशभक्ति) लाई पनि गणना गरेको देखिन्छ । यसले अनुभूतिका अनन्तताभित्र देश, काल र परिस्थितिअनुसार नया”नया” रसको गणनाका संभाव्यताको ढोका खोलिदिएको छ ।

६. भयानक रस ः एकरसवाद र भयवादका सापेक्षतामा -निष्कर्ष
मानवजीवनका प्रधान अनुभूतिहरु भनेर ठहर्‍याइएका आठ, नौ, दश या एघार …. रसमध्ये भयानक एउटा रस हो । यसको स्थायीभाव भय-डर) हो । त्रासद वस्तु यसको आलम्बन विभाव र भयानुकूल वातावरण उद्दीपन विभाव हो । थरथरी काम्नु, भाग्नुआदि यसका अनुभाव हुन् भने चिन्ता, ग्लानि, आवेगआदि व्यभिचारी भाव हुन् । यिनै विभाव, अनुभाव र व्यभिचारी भावद्वारा व्यक्त स्थायीभाव भय नै भयानक रस हो । यसरी भयानक रसलाई संस्कृत काव्यशास्त्रले प्रमुखताका साथ गणना गरेको छ भने संस्कृत काव्यशास्त्रमा प्रचलित एकरसवादले प्रत्येक रसको चरम अनुभूति र संवेदनाका आधारमा पृथक् भूमिका र महत्तालाई सङ्केत गरिदिएको छ, हेरौ”ः
क) उत्तररामचरितमा भवभूतिले करुणलाई एकमात्र रसका रुपमा गणना गरेका छन् । उनका अनुसार अरु रसहरु पानीका फोकाजस्ता क्षणिक परिणाममात्र हुन् भने करुण समग्र पानीजस्तो सत्य र नित्य हो ।
ख) भोजराजले शृङ्गारलाई मूल रस मानेका छन् जसअनुसार अन्य रसहरुभन्दा पृथक् र चरम आस्वाद शृङ्गारको हुने भएकाले शृङ्गारमात्र रस हो ।
ग) नारायण पण्डितले सबै रसहरुको सार भनेको चमत्कारमात्र भएकाले सबैतिर अद्भुत रसमात्र रहेको हुन्छ भन्ने एकरसवादी मान्यता प्रस्तुत गरेका छन् ।
घ) अभिनवगुप्तले अरु निमित्तवश उत्पन्न भएका क्षणिक विवर्तमात्र भएकाले ती सबै अन्तमा शान्तमै विलीन हुन पुग्छन्, त्यसैले शान्तमात्र वास्तविक रस हो भनेका छन् ।
यसरी प्रचलित एकरसवादका परम्पराले अरु पनि एकरसवादी भिन्न धारणा र मान्यताहरु जन्मन सक्ने संभाव्यनालाई यस मानवदुनियाका सामुमा स्थापित गरिदिएको छ । यसउसले आज चर्चा भइरहेको भयवादसम्बन्धी जुन नया” चिन्तन र मान्यता छ त्यो पनि तिनै संभावनाहरुको एउटा प्रकटीभूत तथ्य हो भन्ने देखिन्छ जसले पर्ूर्वीय काव्यशास्त्रका भाषामा भन्ने हो भने भय -भयानक रस) लाई मानवजीवनको सर्वोपरि अनुभूतिका रुपमा स्वीकार गर्दछ ।

भयवादः वैचारिक चिन्तन’ विमोचन तथा परिचर्चा समारोह” हरियाली पार्क, धरानमा २०६६ श्रावण २९ गते बिहिवार प्रस्तुत टिप्पणी
उपप्रा. रमेश घिमिरे
प्राचार्य, पिण्डेश्वर विद्यापीठ

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.