भयवाद लेख : आदिवासी : देश सुब्बा र भयवाद

~चन्द्रमणि अधिकारी~

राष्ट्रियता जातीय पहिचानमा हुन्छ । जातीय पहिचान साँस्कृतिक वैविध्यले गराउँछ । साँस्कृतिक वैविध्य संस्कारनिर्मित हुन्छ । संस्कारमा निजत्व रहन्छ । निजत्वभित्र भाषा, लिपि, धर्म, संस्कार र मिथकीइ प्रवृत्ति पनि हुन्छन् । उपर्युक्त कुरा हाम्रो राष्ट्रियता झल्काउने तङ्खवहरु हुन् । यी सबै कुरा गुम्ने हुन् कि भन्ने भय छ- देश सुब्बालाई ।

साहित्य सिर्जना र वाद प्रयोगका सर्न्दर्भमा देश सुब्बा आदिवासी लिम्बू जातिका वर्तमान प्रतिनिधि हुन्, सचेतक हुन् र पर्ूवाञ्चलका गौरव पनि हुन् । उनी हङकङको डायस्पोरामा धान नाच्तछन्, रोटेपिङमा घुम्छन्, लिङ्गे पिङमा झुल्छन् र टीका थाप्छन् दशैंको – बुज्रुकहरुबाट । अनि खुसी भएर च्याब्रुङ बजाउँछन् । सोल्टिनीहरुसँगसँगै हाक्पारे पनि गाउँछन् – कर्ुर्रर । यी सबै कुरा भएर पनि उनलाई एउटा कुराको भय छ – सुपरिचित आदिवासीको कालक्रमिक पहिचान नहुनाको कारणको भय, आदिवासीको संस्कृति टुट्ने, गुम्ने र पुनः पहिचान नहुने कुराको भय, भाषा र लिपिको यथेष्ट ज्ञान-पहिचान नहुनाको भय र जातीय मिथक नै आदिवासीको संस्कृतिको पर्ूवचेष्टा भएर पनि मिथक-पहिचान र प्रयोगको न्यूनता वा अल्पताको भय । त्यसैले देश सुब्बा ‘आदिवासी’ -२०६४) मार्फ प्रकट हुन्छन् – भय नै भयको महाजाल बोकेर । देश सुब्बाले आफ्नो कृति ‘आदिवासी’ मा उपन्यास र भयवादलाई स्ल्यासले जोडेका छन् । यो प्रयोग हो तर उपन्यासको र भयवादको न मुक्तवितरण हुन्छ न त परिपूरक वितरण नै । अर्थात् देशले आदिवासीमार्फ ‘भयवाद’को सिद्धान्त प्रक्षेपण गरेका छन् । यसरी देश सुब्बा नवीन वादको प्रयोगमा स्वनामधन्य लिम्बू जातिका हालसम्मका अन्तिम तर पर्ूवाञ्चलका चौथा व्यक्तित्व प्रतीत भएका छन्- साहित्यमा वाद प्रयोजनतर्फा । यसअघि, बैरागी काहिँला नूतन चिन्तनमार्ग लिएर उदाएथे क्षैतिजरुपमा, हाङयुङ अज्ञात र मित्रहरुको साहित्यमा अराजकताको कोसेली पस्किएथे अनि धमेन्द्र नेम्बाङ्ग र मित्रहरु मिलेर प्रयोगवादी कवितावाचन-रङ्गवादको प्रारम्भ गरेथे रुँदै, कुद्दै र पछारिदै । र, यस पछिल्लो कालखण्डमा नेपाली साहित्यका र्सजक, पाठक, समालोचकले स्वागतको खादा ओढाएका छन् – देश सुब्बालाई भयवादका निम्ति । स्मरणीय छ- यी चारै व्यक्ति, व्यक्ति नभएर व्यक्तित्व भएका छन् र हाम्रो प्राचीन किराँत संस्कृतिका पृष्ठपोषक लिम्बू जातिभित्रकै यशोगान गरिने गौरव भएका छन् ।

निश्चय नै नेपाली कला र साहित्यका फाँटमा अब खसहरुको एकाधिकार रहेन । खसेतरहरुको सोच, चिन्तन र प्रकटीकरणले पहिचान दिएको छ- जातीय संस्कृति, कला, भेष र सभ्याताको, विकसित मेधाको अनि आदिवासीहरु सुषूप्तावस्थाबाट शनैःशनैः जाग्रत् अवस्थामा आइपुगेको र विचारको नेतृत्व दिएका थिए, दिइरहेको छन् र दिनेछन् भन्ने यथार्थताको । ललितकलाका क्षेत्रमा अब बालकृष्ण सम र रागिनी उपाध्यायहरु मात्र होइन लैनसिंह वाङदेल र योगेन्द्र सुब्बाहरुको नाम पनि त्यत्तिकै सम्मानका साथ आएको छ । राजनीतिका क्षेत्रमा कृष्णप्रसाद भट्टर्राई र रामचन्द्र पौडेलहरु मात्र होइन बलबहादुर र्राई र सुवास नेम्बाङहरु पनि सुपरिचित र प्रशंसनीय भएका छन् । रानुदेवी अधिकारी र मीरा राणाहरु मात्र होइन शारदा सुब्बा, दिपक लिम्बू र राजेश पायल र्राईहरु पनि त्यति नै मात्र होइन अझ बढी सुनिन्छन् साङ्गीतिक क्षेत्रमा । सूचना र प्रविधिका क्षेत्रमा अब रमेशनाथ पाण्डे र विजय पाण्डेहरुको मात्र एकाधिकार रहने – त्यो ठाउँमा अब प्रदीप मेन्याङ्बो, जस बेखर्ची, हर्षसुब्बा र देवान किराँतीहरुको अधिकार जमाइसकेका छन् । त्यसैले देश सुब्बाभित्रको लेखक अमरवाणी बोल्दछ – कालान्तरमा यसले आप्तवाणीको संज्ञा पाउन सक्छ । उनी लेख्छन्- ‘जति नै सुन्दर फूल फूले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउँदैन । सबै जात र रङ्गको फूलले मात्र फूलबारी सुहाउँछ ।’ यहाँ पनि देशलाई एउटा भय नै छ – भयाक्रान्त देखिन्छन् उनी बहु भाषा, बुह भाषी, बहु जातजाति र बहुसंस्कृतिको यस मुलुकमा कुनै जाति, भाषा, वर्ण्र्ाा संस्कृति पछिपर्ने पो हो कि – भनेर ।

“भय” भनेको कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति हो, डर हो र त्रास हो । संसारमा भयमुक्त कोही छैन । र्स्वर्गका राजा इन्द्रलाई अमरावती गुम्ने भय, सत्ताधारीलाई सत्ता गुम्ने भय अनि जोजोसँग जेजे छन् ती प्रत्येकलाई भएका कुराहरु गुम्ने भय अनि आफ्ना अभीष्टहरु पूरा नहोलान् कि भन्ने भय । भय अर्थात् डरलाई लुक्न लुकाउने, छोप्ने वा ढोक्ने ठाउँ कतै छैन । चेहराका रेखाहरुले अनि भाव-भङ्िगमा र कम्पनले प्रकटिन्छ यो । मनोवैज्ञानिक यथार्थताको साँचोमा ढालेर हेरौं- भय कतै पनि लुक्तैन ।

पर्ूर्वीय चिन्तनले हेरौं- मानवदेहधारी जीवात्मासँगसँगै इन्द्रिय, मन, बुद्धि, आत्मा, माया र परमात्मा रहन्छन् । यी तत्वहरुमध्ये भयको स्थान मनमा रहन्छ । मन स्थिर रहँदैन चञ्चल रहन्छ । त्यसैले भय लुक्तैन । भय नलुक्नाले मानिसले पर्ूव र्सतर्कता अपनाउन सक्छ- प्रिकसन लिन सक्छ । भयकै कारण मानिस कुगति, दर्ुगति वा कुमार्ग त्याग गर्छ । भयसँग कार्य कारण सम्बन्ध रहन्छ । उन्नति, प्रगति र विकासका लागि भय सचेतक रहन्छ । मानिस कुनै काम गर्छ, भयकै कारणले, कुनै काम छाड्छ भयकै कारणले र कुनै काम गर्दैन भयकै कारणलेे ।
र् र्सजक देश सुब्बाको नवीनतम कृति ‘आदिवासी’ दर्शन फाँटको वाङ्मय ग्रन्थ हो । यसलाई स्रष्टाद्वारा उपन्यास भनिए पनि अउपन्यास हो यो । विधामिश्रण छ यसमा । यसभित्र दर्शन, चिन्तन र प्रयोगहरुले स्थान ओगटेका छन् । उत्तरआधुनिक लेखनको एउटा सङ्केत हो यो । विधाभञ्जन छ यसमा र केन्द्र भत्काइएको छ अनि यसका सीमा स्तम्भहरुलाई र परिधिहरुलाई केन्द्रको रुप प्रदान गरिएको छ । यसमा जेष्टाल्ट वादको छनक पाइन्छ । हेलियोग्राफको सोच छ । अतः यो नवीन र आधुनिक प्रयोग विषयक चिन्तन हो ।

निसाम जो यसको नायक हो- स्वयम् समाख्याता -न्यारेटर) बनेको छ । लिम्बू जनजातीय संस्कृतिलाई यसको उपजीव्य सामग्रीका रुपमा लिइएको छ । निसाम डराएको छ, भयभीत छ र भयाक्रान्त छ । किन- किनभने नश्लीय द्वन्द्वमा विस्फोटक पदार्थ बोकेर देश गुम्सिइरहेको छ । लेखकलाई लेख्नका लागि विषयवस्तु खोज्न टाढा जानर्ुपर्दर्ैन । यसै जीवनभोगाइबाट यसै जीव्न र जगत्बाट छरिएका कणहरु टिपेर विशेष महत्वका ग्रन्थहरु निर्माण गर्न सक्छन् लेखकहरु । देश सुब्बाले त्यसै गरेका छन् । समष्टिमा देशलाई बोकेर अनि व्यष्टिमा किराँत लिम्बू संस्कृतिभित्र छिरेका छन् उनी- आफ्नो धरोहरको खोजीमा । प्राचीन लिम्बू किराँत संस्कृति, सभ्यता र त्यसको मूल्य-मान्यता एवर्ंर् इयताको खोजीमा ।

यस कृतिलाई आख्यानग्रन्थ त भनिहाल्न मिल्दैन तर न्यून आख्यानीकरणको कृति अवश्य हो यो । यसको महत्ता र विशेषता परिवेश चित्रणमा छ । कालिक परिवेशका रुपमा आदिम युग, पर्ुखाले भोगेका युग र लिम्बू किराँत संस्कृति मौलाएको युगको चित्रण गरिएको छ भने स्थानिक परिवेशका रुपमा आदिमताका गुफा, ओडार, पहरा, लेक, बेसी र खोलाहरु, उकाली-ओरालीहरु समेटिएका छन् । स्थानिक परिवेशमै धामी, झाँक्री र विजुवाहरुको प्रतीकात्मकताको वेष्टन गरेका छन् । र, त वाङ्मय ग्रन्थ भएको छ यो – चिन्तन पक्षको ।
देशको निसाम साइबर कल्चरको छैन । ऊ च्याटिङ जान्दैन । नेट उसको विषय होइन । आइटीभन्दा धेरै टाढा छ ऊ । तर आफ्नो पर्ुखा, पुर्ख्याैली रीति, संस्कार र संस्कृतितर्फफर्किन्छ, घोरिन्छ र घोत्लिन्छ । अनि मुसुक्क हाँस्छ एकपल्ट विजयको शिखरमा पुगेको आफ्नो भाषा, संस्कृति र जातीय वैविध्यलाई सम्भिmएर । अनि फेरि झसङ्ग हुन्छ – भयाक्रान्त हुन्छ ऊ । यत्रो जातीय वैभव कही समाप्त हुने त होइन – यसैले आदिवासीमा देश लेख्छन् – ‘आफ्नो भाषा, संस्कृति, धर्म, इतिहास र परम्पराको संरक्षण गरौं ।’ भनेर ।
देशले यस कृतिमा लिम्बू किराँत संस्कृतिका केन्द्रीयतामा पात्रहरु दौडाएका छन् तर भाषा लिम्बूको छैन नेपाली छ, लिपि सिरिजङ्गा छैन, देवनागरी छ । विमात्री नेपाली भाषी भएर पनि अधिकार जमाएका छन् देशले नेपाली भाषामा । यसरी देश सुब्बा नेपालका सम्पर्ूण्ा जात-जाति, धर्म-संस्कृति, कला-साहित्य अनि भाषा र लिपिको समानान्तर परिचय र प्रयोगका पक्षमा देखिन्छन् ।
देश सुब्बाको मुखपात्र हो निसाम । निसामका माध्यमबाट देशले महत्वपर्ूण्ा कुरा बकाएका छन् । प्राचीन ऐतिहासिक, संग्रहणीय, कलात्मक वस्तुहरुको र त्यस समयको जीवनशैलीको स्मरण गराएका छन्- हारी, सुनका खर्ुर्मी, यायावरहरु र कृषि युगका विविध सामग्रीहरु यसका उदाहरण हुन् । भाषा नेपाली र लिपि देवनागरी अनि विषय लिम्बू किराँत संस्कृतिको जगर्ेना रहेको यस कृतिमा संस्मरणात्मक शैलीको प्रयोग गरिएको छ । यसमा पर्ूवदीप्ति प्रणालीको प्रयोग छ भन्न मिल्दैन किनभने यो त निसामको हंसले अनुभव गरेको विषय हो । ज्ञान, विज्ञान, मनोविज्ञान, दर्शन, संस्कृति र इतिहास अनि चिन्तनको मिश्रण गरिएको घोलक भएको छ यो कृति रंगरहित तर भयले रंगिएका सातैवटा रंग मिसाइएको नवीन रंगको र नवीन स्वादको अझ भनौं इथरमा कोरिएजस्तो । यस कृतिभित्र छिर्न पाठकले देशको कृति ‘अपमान’ लाई बिर्सिनु पर्छ अनि सबै जात जातिलाई हृदयतः सम्मान गर्न सक्नर्ुपर्छ, सिक्नर्ुपर्छ । प्रत्येक नवीन प्रयोग आन्दोलन हुँदै एक दिन वादमा परिणत हुन्छन् भन्ने मान्यतालाई बिर्सनु हुँदैन । ‘व्याक टु नेचर’ को सिद्धान्त अवलम्बन गर्नुपर्छ । हाम्रो अतीत हाम्रो वर्तमानको आधारभूमि हो । तर्सथ अतीतको स्मरण र त्यसका साँस्कृतिक धरोहरहरुको सम्मान गर्दै त्यसलाई कुल्चिएर होइन त्यसमाथि टेकेर नयाँ सम्भावनाको खोजी गर्नुपर्छ भन्ने कुरालाई हृदयङ्गम गर्नर्ैपर्छ । अन्यथा, पाठक विचलित भएर अर्काे भयको सिकार हुनपुग्छ ।

जन्म एउटा भय हो । मृत्यु एउटा भय हो । जन्म र मृत्युका बीचको घटनाक्रम अर्काे भय हो । दिन भय हो । रात भय हो । दिन र रातका चर्याहरु अरु भयहरु हुन् । खोजीमा भय छ । प्राप्तिमा भय छ । शून्यमा पनि भय छ । भय प्रत्येक ग्यापमा र च्यापच्यापमा रहन्छ । त्यसैले ‘भयवादको आवश्यकता, निकास र गन्तव्य हिजो, आज र भोलि’ शर्ीष्ाकको घोषणापत्र वा अवधारणा पत्रमा देश सुब्बा लेख्तछन्- ‘भयको निरुपण निर्भयको अभ्यास हो । भय विहीनता आफैमा एउटा भय हो । भय नहुनु सिर्जनशीलताको समाप्ति हो । हो, भय मानसिक द्वन्द्व हो । यसभित्र मार्क्सको द्वन्द्वात्मकताको सिद्धान्त छ । भय मनोरोग हो । यसभित्र पmायडको स्वप्न सिद्धान्त छ । चेतन, अवचेतन र अचेतनका घटनाहरु घटित हुन्छन् यसमा । पितृरतीग्रन्थी र मातृरतीग्रन्थीहरुभयका मूलहरु हुन् । स्रोत हुन् । आइन्स्टाइन्को भ् . mअद्द समीकरण सूत्र भय नै हो । यसैका परिणामस्वरुप फ्याट म्यान र लिटल ब्वायहरु भय नै थिए । भय नै उत्पादन गरे भयङ्कर । त्यसपछि आइन्स्टाइन स्वयं भयभीत भए । धुरुधुरु रोए- भयले गरेको भयङ्कर विनास देखेर ।

तर पनि समाप्त भएको छैन भय । यो अनादि हो, अन्त्य छैन यसको र अविदित पनि छ यो । भयको व्याख्या पर्ूर्वीय दर्शनमा पाइन्छ । पाश्चात्य चिन्तनमा पाइन्छ । नन वेर्स्र्टन लेखनमा पाइन्छ । परापर्ूवमा ब्रहृमादेखि कृष्णसम्म नै भयको साम्राज्य दियो । कलिकालमा सुकरात र प्लेटो हुँदै नित्से, डेरिडा, रुस्दी, तसलिमा र देश सुब्बासम्म आइपुगेको छ यो । भय सूक्ष्म छ तर विभू छ । भयवादको अवधारणा सन् २००० मा प्रारम्भ भयो । विभिन्न गति र मोड लिदै आएको यसलाई सन् २००८ अगष्ट २ मा धरानमा ल्याइपुर्‍याए भयवादी चिन्तक देश सुब्बाले । र, आज १३ अगष्टमा हामी प्रत्येक ‘भय’ चिन्न ‘भय’ चिनाउन यसैबारे वाद, विवाद र संवाद गर्न भेला भएका छौं फेरि धरानैमा भयभीत हुँदै । ‘आदिवासी’मा बिम्बहरुको बहुल प्रयोग पाइन्छ । यो देश सुब्बाको कलापक्ष हो । बिम्ब भनेको कुनै वस्तु, व्यक्ति वा घटनादिको मानसचिव हो । देशले आफ्नो मुखपात्र निसामलाई सावाला खोलामा पुर्‍याएका छन्, सम्दो गाउँहरु घुमाएका छन् । किराँती आदिवासीहरुको दरबारका भग्नावशेषहरुको खोज गराएका छन् । गुफा, गहृवरा र कुनाकन्दराहरुमा छिराएर प्राचीन चित्र र लिपिहरुको पहिचान गराएका छन् । भस्मे फाँड्नु हाम्रो बाध्यता हो । निसामलाई पनि त्यो बाध्यतामा पारेका छन् देशले । र, यसरी आदिवासी वा मानव-इतिहासकै स्थायित्व र प्राचीनताको आधिकारिकता र प्रमाणिकताको अवबोध गराएका छन् । यसो गर्नमा देशले बिम्बहरुकै सहारा लिएका छन् ।

अन्त्यमा, विमात्री नेपाली भाषी स्रष्टा देश सुब्बा द्विभाषी मात्र होइन- प्रकृतिको समेत भाषा बुझ्ने बहुभाषी भएका छन् । केन्द्रभञ्जन गरेर सीमान्त रेखाहरुलाई केन्द्रीकरण गर्दै ग्यापमा फेसो खाँदेर भयको निरुपण गरेका छन् उनले । भय हिजो थियो, आज छ अनि भोलि पनि रहने छ । सबैसँग छ तर भएको चेत कसैलाई छैनः त्यस्तो ‘भय’ लाई टिपेर देशले औपन्यासिकता प्रदान गरेका छन्- प्रतीकहरुका गहना भिराएर, बिम्बहरुले सिँगारेर अनि मिथकहरुको माला पहिर्‍याएर । र्सजकले उपन्यास भनेको यस अउपन्यासमा विचारको, वादको र कलावैविध्यको संगम रहेको पाइन्छ । देश सुब्बा साँच्चै देश भएर आफ्नो आफूभित्र, आफ्नो चिन्तनभित्र यस देशभित्रका सम्पर्ूण्ा जाति, धर्म, संस्कृति, भाषा, कला, साहित्य, लिपि र संस्कारहरुलाई समाहित गर्न चाहन्छन् । सबैको समानुपातिक विकास भएको सुन्न, देख्न र अनुभव गर्न चाहन्छन् । उनले अघि सारेको यो ‘भयवाद’ साँच्चै नै भयलाग्दो छ । तर त्यसभित्र आत्मीयता, प्रेम, माया, श्रद्धा र सद्भावना घोलिएको महसुस हुन्छ । उनको ‘भय’ नै एउटा बिम्ब भएको छ, जो कायासँगै साया भएर अर्थात् देहसँग छाया भएर रहन्छ । ‘भयवाद’को अवधारणाका लागि र भय केन्द्रिय कृति ‘आदिवासी’का लागि फेरि पनि एकपल्ट शुभकामना, शुभाशंसा र बधाई उर्वर मस्तिष्कमा विचारको खेती गर्ने देश सुब्बालाई ।

अस्तु ।

सर्न्दर्भ-सामग्री
१. थाम्सुहाङ्, प्रकाश -सम्पा.) २०६६, भयवादः वैचारिक चिन्तन, नेपाली साहित्य प्रतिष्ठान, हङकङ ।
२. पोखरेल, बालकृष्ण -निर्देशक) र अरु, २०५५, नेपाली वृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
३. भट्टर्राई, गोविन्दराज, ……………, अर्द्धबेलायती सहरमा भयवाद, कान्तिपुर ।
४. सुब्बा, देश, २०६४, आदिवासी, सृजनशील साहित्य प्रकाशन, हङकङ ।
५. सुब्बा, देश, ………., भयवादको आवश्यकता, विकास र गन्तव्य, हिजो आज र भोलि -अप्रकाशित अवधारणा पत्र)
६. सुब्बा, देश, …………….., भयवाद -अप्रकाशित घोषणा पत्र)

२०६६/०४/२९/०५
उपप्राध्यापक : स्नातकोत्तर शिक्षण कार्यक्रम
त्रि.वि., महेन्द्र बहुमुखी क्याम्पस
धरान, सुनसरी
९८४२०२३७८६

(स्रोत : Dobato)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.