लेख : आउनुहोस गजल संवन्धी अनलाइन बहशमा भाग लिऔ

~केशु बिरही~Keshu Birahi_new

आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण्र्ाारिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाले, हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेको वा वर्ण्र्ाागर्न नसकेको विषय वस्तु पनि एउटा शेरले वर्ण्र्ाागर्न सक्छ । त्यसेले उनीहरुका वीचारमा कुनै दम छैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फभने सोच्नै पर्ने वेला आएको छ । गजललाई पाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । गजललाई बहरवाट अलग्याइदै छ । अर्थात गजललाई लयबाट अलग्याइदै छ । गजल गेय विधा हुदा हुदै पनि यसलाई पाठ्य विधाको रुपमा लैजाने काम हुदै छ । यो राम्रो लक्षण होइन । जुन कुराहरुको वारेमा हाीले सोच्नु पर्ने वेला आएको छ । हो । आज यिनै विषयमा आवाज वुलन्द गर्नु पर्ने वेला आएको छ । कलम तिखार्नु पने वेला आएको छ । आज यही विषयमा अधारित भएर बहस छेड्नु पर्ने आस्यकता देखिएको छ । आज मैले त्यही कुरामा आधारित चलाइएको बहसलाई निरन्तरता दिने विचार गरेको छु ।
कमजोरी सवैमा हुन्छ ती कमजोरीलाई हटाएर अघि वड्नु नै आजको आवस्यक्ता हो । आज म गजलको तपाईहरु संग परिभाषा दिन होइन तपाईहरुकै धारणा -विचार) वुझ्ने जमर्कोमा छु । यो मेरो एउटा अभियान नै हो । यसमा तपाईहरुले मलाई सहयोग पुर्याउनु पर्ने हुन्छ । हुनत यही अभियान मैले पहिला देखि नै चलाउदै आएको हु । पहिला यो छापा माध्यममा मात्र सिमित थियो तर आज यसलाई म इन्टरनेट मार्फ अगाडि वढाइरहेको छु । आसा छ तपाईहरुले मेरो यो अभियानलाई सहयोग पुर्याउनु हुने छ ।

यसमा तपाई आफ्नो गजल संवन्धी धारणा राख्न सक्नु हुने छ । तपाईका सवैखाले विचारहरु स्वीकार्य हुने छन । तर सकारात्मक विचारहरुलाई मात्र गजल संवन्धी विभिन्न लेखमा राखिने छ । वाकी सवै धारणाहरु पनि बहस अर्न्तर्गत आउने नै छन । मलाई लाग्छ यसले तपाईलाई आफ्नो धारणा अरु सामु राख्ने अवसर मिल्ने छ । तपाईको धारणा सिद्धहस्त गजलकारहरुका साथै लाखौ पाठकले पनि वुझ्न पाउने छन । यो एउटा बहस पनि हो । यस बहसलाई वुदागत रुपमा प्रस्तुत गरिने छ र पर्ूण्ा भए पछि एउटैमा समायित गरिने छ । सवै सहभागीहरुले पर्ूण्ा लेख -विचार वा बहसको लेख) उपलव्ध गराइने छ । साथै संभव भएमा यो वहसलाई विभिन्न विद्धुतीय तथा छापा मिडिया मार्फ प्रसारण तथा प्रकाशन गराइने छ । बुदागत रुपमा तल हेनुहोस । हुनत यो एउटा जानाकारीका लागि मात्र हो तपाईहरुले पछि पुनः आ-आफ्नो इमेलमा बहसका वुदाहरु पाउनु हुने नै छ । साथै भविष्यमा यही बहसमा आधारित रहेर एउटा कृति पनि प्रकाशन हुने आसा लिएको छु । तर यसको लागि भने पहिला तपाइले मलाई आफ्नो इमेलमा राख्नु पर्ने हुन्छ ।

१ संपर्ूण्ा गजलप्रेमीहरुले आ-आफ्नो धारणा राख्न सक्ने छन । साथै आफूलाई मन परेका अन्य स्थापित श्रस्ठाहरुको विचार पनि पठाउन सकिने छ । तर त्यस्तो धारणा वा विचारको लागि कहाबाट उधृत गरिएको हो त्यो भने उल्लेख गर्न जरुरी हुन्छ ।
२ उत्कृष्ट विचारहरुलाई मुल लेखमा समागित गरिने छ । साथै वाकी सवै विचारहरुलाई पनि बहसमा भने समावेस गरिने छ ।
३ नकारात्मक विचारलाई मुल लेखमा समावेस गरिने छैन ।
४ बहसलाई अलग अलग वुदामा प्रस्तुत गरिने छ । सवै वुदा पुरा भए पछि एउटा मुल लेख वा बहसमा समायोजन गरिने छ । अर्थात सवैलाई एकै ठाउँमा राखिने छ ।
५ यस बहसको मुख्य उदेस्य भनेको नेपाली गजल उत्थान तथा सर्ंवर्धनमा तपाइकै धारणाहरुलाई स्थापित गरी सवै सामु पुर्याउनु नै हो । साथै तपाईको यो धारणा सवै सामु पुर्याउनु नै हो ।
६ यो कार्य पुरा भए पछि विभिन्न वेभ पत्रिकामा राख्नुका साथै छापा तथा विद्धुतीय मिडियामा प्रकाशन तथा प्रसारण गराइने उदेस्य राखिएको छ । साथै विचार पठाउने सवैलाई उपलव्ध गराउने प्रयास गरिने छ ।
-७) बहसमा भाग लिन चाहने संपर्ूण्ा गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखकको इमेल ठेगाना keshubirahi2008@yahoo.com वा मा”>mailto:birahikeshu@gmail.com%20मा पठाउन सक्नु हुने छ । साथै http//www.nepaligazal.com//, http//www.majheri.com//, http//www.sahityghar.com// अथवा http/http://www.srasta.blogspot.com/ मार्फt गएर वा सिधै http://www.dobato.webs.com/ ma गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply to Author मार्फ वा Send Your Comments (Before you do comments, you must join the GROUP then only you can participate) मार्फ पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहशका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फ भने संपर्ूण्ा विचार पनि राखन सक्नु हुनेछ । तर इमेल गर्दा युनिकोर्डमा नलगी -प्रिति फण्टमा लेखेर) पठाउन अनुरोध गरिन्छ ।
-क) तपाईको गजल संवन्धी धारणा वा विचार के रहेको छ ?
…………….. …………… …………………….
…………….. …………… …………………..
-नोटः यहा तपाई गजल संवन्धी आफ्ना विचार वा आफूले वा अरुले लेखेका लेख वा दृष्टिकोणहरु पठाउन सक्नु हुने छ । यस भित्र गजलका तत्वको वारेमा पनि उल्लेख गर्न सक्नु हुने छ ।)
भाव, कल्पना, विम्ब तथा प्रतीक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रुपलाई गजल भनिन्छ जसमा एउटै छन्दमा तीन वा तीन भन्दा वढी शेरहरु हुन्छन । डा. कृष्णहरि बराल पल्लव वर्ष-४,अङ्क -१३
गजल भनेको कोमल र हार्दिक भावको सशक्त रसङििछप्त अभिव्यक्ती हो । यसमा काफिया र लय अनिवार्य तत्वका रुपमा रहन्छन । आधुनिकताका नाममा यी दर्ुइ तत्वलाई विर्सन र विगार्न मिल्दैन । ललिजन रावल पल्लव वर्ष-४,अङ्क -१३
-ख) गजलको उत्पती र विकासको वारेमा के कति जानकारी रहेको छ ?
…………. ………. ………… …………..
…………. ………. ………… …………..
-नोटः तपाई संग त्यस्ता थुप्रै जानाकारी हुन सक्छन जुन अगाडि कहिल्यै वाहिर आउन नसकेका हुन । या कुनै संर्न्दर्भ ग्रन्थ जुन आज सम्म समेटिएका छैनन । तर ग्रन्थको प्रयोग गर्दा लेखक, प्रकाशक। प््रकाशन मिती । अङ्क अनिवार्य रुपमा उल्लेख गर्नु होला ।)
-घ) नेपाली गजलका गुण वा दोशको वारेमा के कती जान्नु हुन्छ ?
…………. ………….. ………… …………..
…………. ………….. ………… …………..
-नोटः यस्ता वुदाहरु म्ौलिक रुपमा पनि निमार्ण्र्ाार्न सक्नुहुन्छ । अरुका पनि राख्न सक्नु हुन्छ । तर अरुका वुदा राख्दा त्यो उल्लेख गर्नु पर्छ ।)
-ङ) नेपाली गजलका चुनौतिहरु के के हुन सक्छन ?
………….. ………….. ……….. ………….
………….. …………. ……….. ………….
-नोटः तपाई वँुदागत रुपाम उल्लेख गर्न सक्नु हुने छ ।
-च) बहर के हो र यो किन आवस्यक छ ?
……………… …………. ………… ……….
……………… …………. ……….. ……….
-नोटः यहा भने आफ्नो धारण राख्न नभुल्नु होला ।
-छ) बहर र र्सजकहरु ………….. ………… ………. …………..
………….. ………… ………. …………..
-नोटः बहरमा कलम चलाउनेहरुको वारेमा के कति जानाकारी छ
यदि जानकारी भए उल्लेख गर्नु होला । साथै बहरमा लेखिएका गजल संग्रहहरु को वारेमा पनि उल्लेख गर्नु नभुल्नु होला ।
-ज) अन्त्यमा बहसमा भाग लिदा कस्तो अनुभव भैरहेको छ । कुनै सुझाव छन कि ?
……….. ……….. ……… ……….
यसमा आफ्नो प्रष्ठ धारणा दिनु होला । यस्को आवस्यकता वा औचित्यको वारेमा पनि लेख्न सक्नु हुने छ ।
नोटः यो एउटा सैधान्तिक बहस मात्र हो तर बहसका अन्य त्यस्ता थुप्रै वुदाहरु छन जुन पछि उपलव्ध गराइने छ ।

नेपाल गजल प्रतिष्ठान
http://www.keshubirahi.com/

(स्रोत : Dobato)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.