~ज्योति जंगल~
देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेर पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु अलिपछि वेहोसीबाट व्यूँझनु र म किन वेहोश थिएँ त्यो खोज्दै जानु र त्यसका कारणहरू छरपष्ट पारिदिनु यस उपन्यासको गहनता हो ।
विषय वस्तु सरल छ, शैली रोचक छ, तर गहिरो गरी अल्भिmएको उनको खोज आदिवासीय संस्कृतिको लुप्तताको अहँम् प्रश्न बोकेर भयको बाटो हिँड्छ । सामाजिक संरचनाको शक्ति र त्यसको प्रभावको सेपमा पहेँलिएर कति आदिवासीहरू, रुपान्तरित भए, कति आफूलाई ओसमा जोगाइरहे र कति पलायन भए । उपन्यासकारले कुनै जाती विशेषलाई नलिए पनि पहाडी खोला, ओडार, रूख जस्ता परिवेशीय वर्ण् नेपालका पहाडी क्षेत्रका आदिवासीको मात्र झल्को यहाँ पाइन्छ । वास्तवमा आदिवासी मौलिकता संसारका हरेक क्षेत्रहरूमा जन्मिएका छन् न कि भौगोलिक विविधता त्यहाँ हावी हुन्छ ।
समाजको बर्णत्श्या, समाजको शक्ति सन्तुलन र भूगोलले कोरेको राष्ट्रिय एकताभित्र कैयौँ आदिवासीका शब्दहरू, त्यसै त्यसै हराउनुको पीडा उनको भयमा मिलनसार भएर उभिएको छ । ती शब्दहरू नेपालको परिवेशमा हाल पहिचान खोज्दैछन् । तिनको संरक्षण र विकासको बलियो आधारतय गरेर व्यापक परिस्कार र पुनस्थापनाको वास्तविक आवश्यक छ । तर आदिवासी चेतना विरोध र सतही अधिकार प्राप्तिको भूमरीमा अल्मलिएको देखेर नायक भयभीत भएको छ । कसरी पहिचान लोप भए ती कार्यहरू समेत उपन्यासकारले इमान्दारपूवक राखिदिएका छन् कि एउटा योद्धाले आफ्ना कमजोरीहरू, स्वीकार्न सक्नुपर्छ । तर योद्धाहरू नै विकृत छन् त्यो नायकले राम्ररी देख्छ र त्यसको प्रत्रि्रश्नबाटै उपन्यास शुरु हुन्छ ।
विलक्षण नायकको खोजी चेतना, मस्तिष्क, मनोविज्ञान, अवचेतना, युद्ध, भय, पीडा सबै तत्वहरू खोतल्छ । लोभलाग्दो गरी मृत्युबोधको भय, दिग्दारी, अवचेतनको भ्रम, मनोवैज्ञानिक रोगको द्विविधा र सामाजिक मनोविज्ञानको चर्चा राखिएको छ । भयको उपचारमा प्रयोग गरिएका धामी, झाँक्री र वनमान्छेको प्रतिकसम्म लेखिएको छ ।
मान्छेको मनको आकार खोतलिएको छ । मनको दुलो, मनको वेग, मनको युद्ध र मनको जीत, भोगाइका सम्पर्ूण्ा आयामहरूमा कसरी चल्छ – ती सब अध्ययन गरिसक्दा पनि भयको तानावुनालाई पराजित गर्न नसक्ने अँध्यारो छायाँले नायकलाई सधैँ पछ्याउँछ । विद्यार्थी नायकको तर्कशीलताले अध्ययन सम्पूणा अपूणाता प्राप्त किन गर्छ – उत्तर छैन भन्छ ऊ र निस्किन्छ जंगलतिर ।
अँध्यारोमा नजानू, राती नहिँड्नू, जंगल, ओडार, ताल चौताराहरू नदीहरू, शून्यताहरू, विरुद्धको नियामक वाक्यहरू त भयसँग पो प्रतिस्पर्धा गर्दछन् । हरेक समस्या, दुःख, चिन्ताहरू भयका स्रोतहरू हुन् । आधुनिक जगतको भौतिकता, रफ्तार र प्रतिस्पर्धामा हराएका आत्माका आवाजहरूलाई उधिनेर आदिम मान्छे, संस्कृति, सभ्यता र प्रकृतिमा लगेर जोडिएको छ । भयमिश्रति आत्माको छायाँसँग नायक डराउँदै हिँड्छ । ऊ यायावरसँग घुम्छ, ओडारको मान्छेसँग मिसिन्छ तर छायाँसँग छुटकारा पाउँदैन ।
अन्त्यमा ऊ आफ्नो उपचारमा आदिम रूखहरूलाई साक्षी राख्छ, त्यो रूखलाई देवता बनाउँछ, पूजा गर्छ, चाल भर्छ, प्राण भर्छ र त्यही रूखलाई रोग जिम्मा लगाएर निको हुन्छ । अनि थाहा पाउँछ उसको रोग त केवल भय पो हुन्छ ।
प्रकृतिको अपार शान्तिलाई मान्छेले साधनहरूको अत्याधिक दोहन गरेर कुरुप बनाइसकेको छ । तर आदिवासीहरू, प्रकृति हुन्, प्रकृतिझैँ स्वच्छ, शान्त र निस्कलङ्क छन् । ती अझै कुरुप भएसकेका छैनन् । त्यसैले तिनको संस्कृति तिनकै पारामा जोगाउनुपर्छ भन्ने खोजको यस उपन्यासले भयवादलाई माध्यम मात्रै बनाएको हो कि – जस्तो लाग्छ ।
यथार्थसँग जोडेर सिध्याएको नायकको यायावर जिन्दगीसँगै कल्पनाको राम्रो प्रस्तुति हो । भयको रोगबाट ग्रस्त भएको छ । मुक्तिको खोजीमा हिँडेको नायक खुद यायावर बनेको छ र अन्त्यमा पुनः आफ्नो पारिवारिक यथार्थमा फर्किन्छ । यसको अर्को अर्थ अब आदिवासीय शैलीमा मान्छे जिउन सक्दैन, तर त्यसको संस्कृति पहिचान गरी संरक्षण गर्नु सामाजिक जरुरत हो भन्ने मात्र मैले अर्थ लगाएकीले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छु ।
जे होस् उपन्यासले नयाँपन दिएको छ । व्रि्रोह, लैंगिक कोकोहोलो, सामाजिक दर्ुघटनाको दर्दनाक स्क्यान्, शोक र द्वन्दले थाकेको नेपाली उपन्यासको पाठकले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छ ।
कसैले नकार्न सक्दैन कि जीवन भयमय छैन । तर यसले भय, चेतना र सहनशीलतामा निर्भर रहन्छ भनेर निचोड दिएको छ । उपन्यासको शक्तिशाली भन्न मैले यसैलाई लेखेको छु । यो पंक्तिले सबैलाई भयमुक्त हुन सिकाएको छ, सहनशील हुन सुझाएको छ र चेतनाशील हुन झक्झकाएको छ ।
उपन्यासमा नयाँ मिठास दिएर भयको प्रयोग गर्दै भय मुक्तिको उपाय समेत बोकेको र चर्चित विषयवस्तु, त्यसले भोगेको इतिहास, त्यसले समेटेको संसार र वर्तमान पीडाका आयामहरू पनि खोताल्न सक्ने यस उपन्यासको लेखकलाई आदिम आदिवासीय शुभकामना ।
(२०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
(स्रोत : Dobato)