ग्योफा-९, प्लेत्तीपला, रामेछापमा नभएर मैले बेलायती सन्तमायालाई नेपाल उपत्यकामा प्रत्येक फोल श्याँदर र सालिवा श्याँदरमा भेट्ने गर्थें । त्यतिखेर उनी र मेरो वीचको दूरी ओल्लो किराँतको लिखु खोला पश्चिम रामेछाप र पर्ूव ओखलढुङगा थियो । सन्तमायाले बेलायततिर पखेटा पि+mजाएपछि र मैले डोएचलान्डतिर पखेटा पि+mजाएपछि हामी वीचको दूरी अहिले लिखु खोला नभएर इङलिश च्यानल छ । उनी उत्तर म दख्खिन । उनको र मेरो उत्तर-दख्खिन न्यु इअर २००९, फार्नबरामा भेटघाट नभइन्जेल मलाई उनको नाम ‘सन्तमाया क्याबाचा हो’ -तस्वीरमा बाँया) भन्ने धरी थाहा थिएन । कतिसम्म थाहा थियो भने उनी केएसडब्ल्युएस, युकेको होमपेजमा सजिएकी छन् । त्यति नै । तर बेलायती नै भई सकिन् भन्ने थाहा थिएन ।
कतिचाहिँ हो भने श्याँदरमा उनी सोलीभरि श्याँदर सिली बोकेर माङहिम-हात्तीवन र नखीपोट धाउँथिन् प्रत्येक साल दर्ुइचोटी । उनमा ग्योफा-९, प्लेत्तीपलाको साँस्कृतिक पुनर्जागरण हुन्थ्यो सोलीभरि हात्तीवन र नखीपोट वीचको दूरीमा र्।र् इ.१९९० यतादेखिको नेपाल नागरिक लोकमा साँस्कृतिक जनचेतना व्युँतिएपछि नेपाल उपत्यकाको सवै गल्ली र चोकहरुमा उनी जर्ुर्मुराइ रहेकी हुन्थिन् । मुस्काइ रहेकी हुन्थिन् । हामी वीचको यसरी हरेक वर्षदर्ुइचोटी मुस्काउने तालिका बाहेक चिनापर्ची नै थिएन ।
न्यु इअर २००९, १ जनवरीको विहिवारे साँझले हामीलाई होम दसुचाको परिवारसँगै राम्रै चिनापर्ची गरी विगत सम्झने अवसर दियो । यो मौका मिल्नु पनि संयोग नै थियो । हामी किराँती-कोँइच कवि ‘फुर्कुन’ र उनको परिवारका साथ सीमाको घरतिर हुँइकीरहेका थियौं । उनको पूरा ४ परिवार संख्या बाहेकको म पाचौंचाहिँ आमन्त्रित सदस्यभित्र पर्दिन थिएँ । फोर्डको मुलायम गतिसँगै कविको मोबाइल बज्यो । त्यो मोबाइलको खबरले फोर्ड सीमाको नभएर होम दसुचा र पार्वता -तस्वीर दाँया) को घरदैलोमा रोकियो । यसको अर्थ थियो मैले सन्तमायासँग अब चिनाजानी नगरी हुँदैन ।
चिनाजानीको अर्थ थियो सन्तमाया किराँती बहुलसंस्कृतिको सम्वाहक थिइन । दूत थिइन । सोलीभरि श्याँदर सिली बोक्तै माङहिम-हात्तीवन र नखीपोट धाएर किराँती संस्कृतिको जगर्ेनामा लागीपरेकी माहिर भूमिपुत्री थिइन् । उही हाराहारीमा सीमा पनि थिइन् । उनी पनि बेलायती भई सकिन् भन्ने कुरामा म एकदमै बेखबर थिएँ । पछि जमर्नी फर्केर विमला चेलीसँग हटमेल च्याटमा सोध्दा सन्तमाया जस्तै सीमा पनि सोलीभरि श्याँदर सिली बोक्तै माङहिम-हात्तीवन र नखीपोट धाएर किराँती संस्कृतिको जगर्ेनामा लागेकी उही तवामा र खियामा चेली थिइन । म माइति हेछाकुप्पा भने यिनी चेलीको बारेमा बेखबर नै थिएँ । अझै बेखबर छु । किनभने हामीले त्यो साँझ फार्नबरामा भेट हुनु निसिपमा लेखिएको रहेनछ क्यारे । सन्तमायाको जस्तो सीमाले जन्मेर सुघेँको पहिलो माटोको ठेगाना समेत मलाई थाहा छैन । उनको थरीचिनारी पनि थाहा छैन । कतिचाहिँ थाहा छ भने सीमा पनि उही सन्तमाया जस्तै सोलीभरि श्याँदर सिली बोक्तै माङहिम-हात्तीवन र नखीपोट धाउँथिन् ।
म हेछाकुप्पा भने सोलीभरिको श्याँदर सिलीमा गुइँदुवा-ग्लुल्मा “ढोल-भmयाम्टा” ठोकेर चक्कर काट्न नसक्ने पाराको छु । दर्शनशास्त्री पmेडरिक नित्सेले भनेको अपोलोनियानिज्म र डायोनियानिज्मको अवधारणमा मचाहिँ डायोनियानिज्मतिर बढीढल्केको छु र गुइँदुवा-ग्लुल्माको तालमा नाचेको त्यति हेक्का छैन । मैले आपmनो पहाडको गुन्दरी बजारमा पनि कहिल्यै त्यसो गरिन । बरु किताब र पत्रपत्रिकाको सूचनामा नै वढी रुची भएकोले सन्तमायासँग मुस्कान साट्ने कामसम्म हुन्थ्यो । तर अब त्यो मुस्कान पनि दर्ुलभ भएछ किनभने सन्तमाया बेलायती भई सकिछन् । एकोहोरो केही समय यता मलाईर् इमेलमा श्याँदर सिलीको निमन्त्रणा आईरहेछ । आखिर श्याँदर के हो त –
श्याँदर श्यील -सिली) भनेको किराँती अनादी-आदिवासी जातिले साँस्कृतिक परम्परा अनुसार गर्ने प्रकृति वा भूमिको पूजा-अचर्ना हो । यो वर्षो दर्ुइ मासमा विभाजन गरी मनाइन्छ । त्यसमा फोल श्याँदर पहिलो हो । यसको ठ्याक्कै नेपाली अनुवाद उभौली वा वैशाखे पूणिर्मा हुन्छ । यो बुद्ध जयन्तीको दिनमै पर्दछ । दोस्रो सालिवा श्याँदर हो । यसको पनि ठ्याक्कै नेपाली अनुवाद उधौली वा मंसिरे पूणिर्मा हुन्छ । कतिपयले भूलवस ‘चन्डी’ पनि भन्ने गरेका छन् । किराँती संस्कृतिमा हिन्दूवाद हावी हुँदै गएपछि ‘चन्डी’ भनिएको हो । जुन ओल्लोदेखि पल्लो किराँतसम्म बोलिने सत्ताइसै किराँती भाषाहरुमा पाइने मौलिक शब्द भने होइन । सालिवा श्याँदरमा मूलतः घरभित्र वाली हुल्ने काम हुन्छ भने फोल श्याँदरमा भूमिमा रोपिएको वालीनालीको “प्रचुरता होस्” र “सहकाल होस्” भन्ने कामना गरिन्छ ।
विशेष गरेर सो मानव कामना पूरा होस् भन्ने उद्देश्यले श्याँदर सिली नाचिने हो । यसरी प्रकृतिमै रहेका हरेक जीवजन्तु, चराचुरुङगी, पर्ुखाहरुको कार्यकलाप आदिको सिको गरेर गुइँदुवा-ग्लुल्माको तालमा नाच्दा धर्ती वा माटो खुशी भई प्रशस्तै अन्नवाली उब्जनी हुने किराँती अनादी-आदिवासी संस्कृतिभित्रको अनेकमध्ये एक लोकविश्वास हो । किराँती-कोँइच -सुनुवार/मुखिया) श्याँदर सिलीका प्रकारहरुमा काश्ये, चिँकुम, दोविनी, सरो दोविनी, मेश्येदोःतेक, सुरोदोःतेक, सुरोचोःतेक, जसीब्लुकुम, हाहाहाँसल, दुमोहेःतेक, पिदार, किल्लो, चुर्मु, दुमा, बुल्फे, सलाकु, लाँःकादुले आम्दुले ग्लुम्तेक आदि छन् । सबै किराँती भाषीहरुको ओल्लो, माझ र पल्लो किराँतसम्म २६१ भन्दा बढी नाचका प्रकारहरु पाइन्छन् । तीमध्ये पल्लो किराँत क्षेत्रमा किराँती-याक्थुङहरुमा नाचिने धान नाच पनि एक प्रख्यात नाच हो ।
यसमा ओल्लो, माझ र पल्लो किराँत गरी तीनै किराँत क्षेत्रहरुमा प्रकृतिको सिको गर्दै भूमिको आरधना गर्ने काम नै हुन्छ । कतै कतै देखिने गरेको शिलामा वापा आदिको बली प्रथा पनि हिन्दूवादसँगकै सर्म्पर्कको उपज हो । भूमि वा माटोलाई किराँती आदिवासी ज्ञानमा जीवन मानिन्छ । किनभने माटो जीवनको आधार हो । क्षेत्रगत रुपमा ढुङगालाई पनि जीवनको प्रतीकको रुपमा मानिएको छ । त्यसैले किराँती संस्कृतिमा हुइलुङ वा चुप्लुलाई प्राथमिकता दिइन्छ । तर माटो र ढुङगा एक अर्काका पूरक हुन् किराँती लोकविश्वासमा । त्यही विश्वासलाई निरन्तरता दिंदै श्याँदर सिली नाचिने हो ।
साँस्कृतिक महत्वको यो श्याँदरको विभिन्न क्षेत्रगत नामहरु छन् । उँधो खोला हतुवा र आम्चोकको सिक्तेल खोलाको दक्षिणतिर श्याँदरलाई साकेन्वा भनिन्छ । उँभोखोला दिल्पा र छिनामखुङको सिक्तेल खोलाको उत्तरतिर साकेवा भनिन्छ । माझ किराँत साप्सु खोला र सुनकोशीतिर साकेला भनिन्छ । सोही श्याँदरलाई ओल्लो किराँत सोलुखुम्बुतिर किराँती-थुलुङ र खालिङ भाषी वीच तोश नामले चिनिन्छ । किराँती-नेवाहाङहरु साक्खेवा र दुमीहरु साखेल नामले पनि पुकार्दछन् । तीनै किराँत क्षेत्रहरुमा क्षेत्रिय तथा भाषिक रंगहरु फरक फरक हुन सक्दछन् । जति रंग फरक भए पनि एउटै उद्देश्य भनेको भूमि तथा शीलाको आरधना नै हो । न्हाःशो, नोछुङ, नाक्शो, गुइँदुवा-ग्लुल्मा, लिब्ला आदिको साथमा नाचिने श्याँदर खासगरेर भूमि पूजा नै हो ।
नेपालको वर्तमान सिमानाभित्रको बहुलसंस्कृतिको एक पाटो श्याँदरलाई सन्तमाया र सीमाले आपmनो माटो ग्योफामा थाँती राखेर बेलायतीमा रुपान्तरण भई सकेका छन् । र पनि श्याँदरको निम्तो इमेल आउने क्रम जारी नै छ । विश्वभूमन्डलको नागरिकको रुपमा ग्योफाको सुगन्ध सन्तमायाले आपmनो सास रहेसम्म त फार्नबराभरि नै फैलाउलिन् भन्ने आशा छ । तर सर्ुता कहाँ लागीरहेछ भने सन्तमायापछिको पुस्ताले श्याँदर नाच्ने हो वा होइन – विश्वभूमन्डलीकरणको लप्कासँगै सन्तमाया, सीमा र श्याँदर त विम्ब मात्रै हुन् । विभिन्न बहानामा नेपालको मानवीय, भाषिक तथा साँस्कृतिक सम्पदाहरु नेपाल र संसारैबाट भयावह रुपले विलय हुँदै जाने क्रममा छन् ।
अहिलेलाई बेलायती सन्तमाया, सीमा र श्याँदरलाई मेरो ल्यापटप संसारको एक स्त्रिmनभरिको मुस्कान इङलिश च्यानलको बाटो लेखी पठाएको छु । फेरि पनि यो जुनीमा हामी लिखुको सुसेली वारीपारी मुस्काउन पाउने छौं भन्ने आशा झिनिदै गएको छ । किनकि वीचमा लिखु होइन इङलिश च्यानल छ । बेलायती सन्तमाया, सीमा र श्याँदर उत्तर हेछाकुप्पा दख्खिन ।
२०६५ साल चैत २० गते, विहिवार -२ अप्रिल २००९)
पोष्ट-डक रिर्सच फेलो, लाइप्चिस विश्वविद्यालय, जर्मनी
kiranti.rapachalal@gmail.com
(स्रोत : Dobato)