बर्षभरिका थकाइहरूलाई पर सारी
आसुँ र सुस्केराहरूलाई बढार्दै
बिगतका बर्षहरू झैं
यो बर्ष पनि दिर्घ विश्वाशका साथ
निलो आकाश लिएर, हामी तमाम दिदी बैनीहरूको
दैलो र आगनहरूमा सौगात बोकेर शुभत्वको सन्केत दिदै
हर्ष र उल्लासका साथ रातो साडी र हरियो पोतेसँग मितेरी लगाउदै
आएकी छौ तीज ।
बिहानको सुर्यको किरण सगै
नयाँ पालुवा र नयाँ घाम सगै
खुशी लिएर हाम्रो झुपडीहरूमा,
हिमाल पहाड र तराइहरूमा, नया सोच र बिचार लि
देशको नयाँ अनुहार फेर्दै आँखामा गुरास फुलाउदै
हातमा सएपत्री र मखमली, मनभरि सुनगाभा फक्राउदै
आएकी छौ तीज ।
मनहरूको बिचको दूरीलाई, भोगाइहरूलाई
आरोह अबरोहहरूलाई सरलसँग सामना गर्न
पवनको संगितमय धुन सगै
हर प्रहर ब्युँझेर खुशीको सुधारको संकेतहरू, गोरेटाहरू
स्पन्दनशील र सुकोमल शैलिमा
हाम्रा आमाहरू र हाम्रा जननीहरू माझ
तिमी कोसेली बनी आँखाभरि गाजल, गालाभरि लाली
हातभरि रङीबिरङी चुरा लगाई
बर्तमान् आएकी छौ तीज ।
तिम्रो आगमनलाई तुलसी-पत्रसहित
सर्बे शान्ति सुखिन
सर्बे शान्ति निरामया ।
उषा गिरी
चारपाने,झापा
हाल,ब्रसेल्स बेल्जियम ।।
(स्रोत : Majheri.com)