१
तिम्रो माया मुटु भित्र अंगालेर बसेकोछु
जेजे दियौ तिम्रै लागि संहालेर बसेकोछु
ईसाराको भरले तिम्लाई हाँसो खुशी दिई
तिम्रा भित्री दु;ख पीडा पगालेर बसेकोछु !!
२
जिन्दगीको दु;ख अब टरेछ की कुन्नि
तिम्ले माया दिँदा बिष झरेछ की कुन्नि
तड्पिएर पोलिरन्थ्यो यो मन मेरो सधैँ
त्यो दिलको शीतल यता सरेछ की कुन्नि !!
३
औंसीको रात नआई जून कसरी उदाउँछ ?
बियोग हुनु संयोग हुन्छ भन्ने नै जनाउँछ !!
धैरेको बाँध नफुटाउँ प्रिय चोखो छ पिरती
भारोषा तिमी नतोड कैले यो दिलले सजाउँछ !!
४
परदेशको जिन्दगीमा घरदेश सम्झि रुन्छ मन
उस्तै उस्तै देख्दा सबै शीतल पनि हुन्छ मन
चाहनाका फूलहरु यो मन भरी फुल्दा पनि
खुशी छर्न खोज्छु तर ,किन आँशु नै चुन्छ मन
५
तिमी विना एक्लो जीवन बाँच्न गाह्रो रैछ
खुसी बिना कसरी खै ? हाँस्न गाह्रो रैछ
तड्पीरन्छ यो मन सधैँ परदेशमा आज
टाढा हुँदा दुई मुटु नि गाँस्न गाह्रो रैछ !
– भरतपुर चितवन
हालः इजरायल
(स्रोत : Globalnewsnepal.co.uk)