ब्यङ्ग्य निबन्ध : निउरी मुन्टी ‘न’

~शेषमणि आचार्य~

एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर बढ्दै गयो, कान्छो छोरो

कहिले उठ्ने कहिले सुत्ने गर्न थाल्यो, खाटका उडुसहरू झन् सक्रिय हुन थाले । सडकमा भुस्याहा कुकुर भुक्न थाले । रातको नीरवता खलबलिन खोज्यो ।

नेपाली वर्णमालामा २०औँ व्यञ्जन वर्णको रूपमा चिनिने यो ‘न’ नेपाली व्याकरणको अर्थमा अलि अलच्छिन छ । यसलाई तपाइँ शब्दको सुरुमा, बीचमा अथवा पुछारमा जहाँ राख्नुहोस्, नकारात्मक सूचना दिनेबाहेक केही गर्दैन । जस्तो नजाऊ, नकाम गर्दैनन् आदि । अर्थ पनि नकारात्मक दिने, लेखाइ र चिनाइमा यो ‘निउरी मुन्टी न’ भनेर चिनिदाँ मलाई असजिलो लागेको हो ।

हामी ‘वीर गोर्खाली’ का सन्तान, हाम्रा पुर्खाले खुकुरीको शानले मात्र संसारलाई थर्काए । वीर बलभद्रका सन्तान कहिल्यै शत्रुका अगाडि शिर निहुर्‍याउन जानिएन, इतिहास यस्तै भन्छ, यस्तो जातिको इतिहास बोकेको मेरो वर्णमाला ससम्मान यो ‘निउरीमुन्टी न’ लाई साथमा राखिरहन्छ । यसैले यसको नाउँ ‘उँभो मुन्टी ‘न’ राख्न पाए हुन्थ्यो भन्ने लागेको हो ।

नेपाली वर्णमालामा यसलाई पहिला चिनाउँदा ‘निउरीमुन्टी’ विशेषण थपिन्छ । यसको अर्थ यतिमा मात्र सीमित भएन, ‘क’ लाई ‘कपुरी क’ भन्दा आपत्ति छैन तर यसलाई त निउरीमुन्टी नै भनियो । लाजले कहिलेकाहीँ अरूको अगाडि शिर निहुर्‍याउनु परे त्यसलाई ‘निउरीमुन्टी’ भनिन्छ, अब यस्तो लज्जास्पद क्रियालाई किन मन पराउने ? मेरो असजिलो यसैमा छ ।

हो, इतिहासमा म मुन्टो उठाउँछु तर मेरो वर्तमान भने मुन्टो निहुर्‍याउनमैै विवश छ । यसरी वर्तमानमा मुन्टै उठाउन नपाएपछि भविष्य पनि मुन्टो निहुर्‍याउनेकै हुने भयो, मलाई यो पच्दै पचेको छैन । यसैले मेरो जोडदार आग्रह छ- ‘निउरीमुन्टी न’ लाई ‘उँभो मुन्टी ‘न’ बनाइदिऊँ । म यस्तै सोचिरहन्छु, सोच्दासोच्दै मेरो मुन्टो अनायासै निहुरिन्छ । हुन त विचार गर्ने हो भने इतिहास पनि सधैँ मुन्टो उठाइरहन पाउने त कहाँ छ र १ नालापानीको किल्लामा ठडिएको मेरो शिर सुगौली सन्धिमा भुइँमै जोतिन पुग्छ । सगरमाथामा तेन्जिङ नोर्गेलाई सम्झेर ठाडो भएको शिर आˆनो नेपालीत्व नै छोड्नु परेको सुन्दा अर्को पटक फेरि निहुरिन पुग्छ । विश्वकै गरिब राष्ट्रहरूको पङ्क्तिमा मेरो देश अगुवा बन्यो भन्ने सुन्दा मेरो मुन्टोलाई कति बटारूँ, म जवाफ पाउन सक्तिनँ, कसैले मेरो मुन्टो एउटा चोकेले अड्याइदिए हुन्थ्यो कि ? म धेरै सोच्दछु, ‘निउरीमुन्टी न’ सँग मेरो राष्ट्रिय स्वभिमानको वैरभाव छ, मेरो अस्तित्वको सङ्ग्राम छ, हामी एउटा युद्ध लड्दैछौँ, जसलाई भनिएको छ- ‘राष्ट्रिय स्वाधीनताको युद्ध’ ।

म पनि आफ्नै किसिमले यो युद्ध लडिरहेको छु । मेरो युद्धको पहिलो प्रहार हुनेछ,- ‘निउरी मुन्टी न’ लाई परास्त गर्नु । मैले सोचेँ, यो कसरी गरूँ, एकदिन मलाई लाग्यो- वर्णमालाबाटै यसलाई सफाया गरिदिऊँ त ? मैले विचार गरेँ- ‘न’ को काम ‘ञ’ बाट पनि गर्न सकिन्छ । जस्तै- अञ्चल, लाञ्छना, झञ्झावात, चञ्चल, जञ्जिर आदि । यहाँ ‘न’ कै उच्चारण गरिएको छ । एकछिन मेरो अनुहार उज्यालो भयो, मैले शिरको ढाकाटोपी मिलाउन लागेँ, मुसुक्क मुस्कुराएँ, मेरा जुँगा ठाडा-ठाडा भए, भित्तामा झुण्ड्याइएको ठूलो ऐनामा मेरो शिर ठाडो देखियो, मैले विजयोत्सव मनाउन खोजँे, अब यो ‘निउरीमुन्टी न’ लाई बदला लिएँ तर एकछिन पछि म झसङ्ग भएँ, एकाएक मेरो शिर लज्जावती झारझैँ झम्र्‍याक-झुम्रुक भयो । मेरो मुस्कान अब अँध्यारो भयो- औँसीको रातझैँ । मैले सम्झेँ- ‘ञ’ ले ‘न’ को ठाउँ लिनै सक्दैन । यो त यति नामर्द रहेछ, झन्डै एकेडेमीको र वसन्त गुरुको शब्दकोशसमेत रित्तै हुनुपरेको । अनि सम्झेँ, ‘न’ को सफाया गर्न त्यति सजिलो छैन, सफाया गरिदिउ”m त एकेडेमीको बृहत् नेपाली शब्दकोशका १३१३ भाइ मूल ‘नकार’ शब्दहरूलाई के गर्ने ? अझ वसन्त गुरुको ‘शब्दसागर’ का ३८१९ ‘नकार’ शब्द नि ? मैले जिब्रो काडेँ, भो बा यो त अनर्थ हुन्छ, भनाइ छ – ‘अति सर्वत्र वर्जयेत् ।’ यो मोरो ‘न’ ले -मेरो हुर्मतै लियो , जे पर्ला-पर्ला, यसलाई सफाया नै गरिदिऊँ, फेरि सोचेँ । अब सबभन्दा पहिला कहाँबाट सुरु गर्ने झट्ट आइहाल्यो एउटा शब्द- ‘नेपाल’ अनि – ‘नमस्ते’ अनि ‘नयाँ’ अनि – नयाँ नेपाल ……..। अरू… अरू । म कसरी तयार होउ”m यसो गर्न Û

नेपालीमा धेरै शब्दहरू अरू भाषाबाट आएका छन् । ती एकाघरका जहान, एउटै मुटुका धड्कन सरी रहेका छन् । एक जना मेरो थकाली साथी छन् , उनलाई मैले भनँे- हेर, अब मैले ‘न’ हटाइदिने भएँ । उनी तर्सिए, रातो मुख लाए, पिटुँलाझैँ गरे, मैले उनको मुद्रा-भाषा बुभ्fm्न सकिनँ, सोधेँ, के भयो ? कुरा त यस्तो रहेछ ।, ‘न’ भनेको त उनको भाषामा ‘नाक’ पो रहेछ, ल भन्नुस् त म यहाँ हाम्रो नाकै गयो भनेर- ‘न’ हटाउन खोज्ने , त्यहाँ त ‘न’ हटाउँदा ‘नाकै हट्ने, को मान्छ ? तैपनि हरेस खाइनँ, ‘पञ्चम’ वर्णका धनी भोट बर्मेली परिवारका साथी भाषाहरूमा ‘न’ को पनि रामै स्थान रहेछ, के गरुँ ?

एकछिन विचार गरेँ, अहिलेको समय भूमण्डलीकरणको समय हो, हामीलाई आˆनो मातृभाषाभन्दा पराइ भाषा प्यारो लाग्छ । हामी एउटा भारतीय भेट्यौं भने जानी नजानी हिन्दी बोल्न खोज्छौँ । अङ्गे्रजी भाषा जान्दै नजानेको कुनै रसियन, प|mेन्च वा स्पेनिस नागरिक भेट्यौं भने पनि छाला हेरेर उसँग टुटेफुटेका अङ्गे्रजी बोल्न थाल्छौँ । मेरो अभियानमा पनि मैले यी मित्र भाषाहरूको साथ लिनै पर्‍यो र मेरो ‘न’ निर्मूल अभियानमा यिनले साथ दिए हुन्थ्यो जस्तो लाग्यो । सोझैं अङ्ग्रेजीका केही शब्द न्यू, न्यूज, गूड मर्निङ, गूड नाइट सम्झेँ …..। एक जना स्विस साथी छन्, उनलाई बाटो हिँड्दाहिँड्दै तानेर सोधेँ- कास्पर्क, तिम्रो भाषा कुन हो, तिमी कति भाषा बोल्दछौ ? उनले मलाई टिपाए- जर्मन भाषामा न्गतयल mयचनभल -गोटोन मोर्गेन) न्यतभल त्बन -गोटेन टयाग)- -बिहान र दिउँसोको नमस्कार) प|mेन्च भाषामा ल्बअजत- नट -ल्ष्नजत० राति । ल्यल

९ल्य० द्ययलवयगच -नमस्ते) इटालियन भाषामा द्यगलनष्यचलय -नमस्ते) , हलेदो भनेर जानेपछि धेरै कोट्याउन उपयुक्त ठानिनँ । फेरि आˆनै देशतर्फ लागेँ नेवारीमा खोजेँ – हाम्रोतिर पानीलाई ‘ना’ पनि भन्दा रहेछन् ः पानीविना हामी कसरी बाँच्न सकिन्छ, अब यति धेरै पहाडी नेवारले पनि पानी माग्नै नपाउनु त भएन । फेरि थकाली जातिका केही थरलाई सम्झेँ-हीराचन, पन्नाचन, ज्वारचन, शेरचन, भट्टचन । मेरो घर नजिकै सुनुवार थरका राई हुनुहुन्छ । मैले गिज्याउँदै सुनुवार राई भाषामा बोलेँ – दायु ओँत पिने -दाई यता आउनुस् त) उहाँले भन्नुभयो- मार्का लिपिचा -किन होला) मैले भने गोहन् के भाषा शब्द दोदेसो छ ? -तपाइँका भाषाका केही शब्द भन्नुस् त) उहाँले भन्दै जानुभो- गोनु –मसँग) ने -नाक) नोफा -कान) भो पुग्यो मैले भने । छिमेकी मगर पूर्णलाई सोधँे- ‘लाफा, इलाकरानी

त ?’ -साथी यता आउनुस् त) उनले भने- ‘हिके आले बाजे ?’ – किन हो बाजे) मैले भने- ‘नाकुँ भाषैं ‘न’ ओ शब्द ले त ?’

-तपाइँका भाषामा ‘न’ का शब्द छन् त? ) ‘हि के आल’ -किन नहुनु) ‘ल सेनी’-ल सुन)- उनले भने- नाकोँ -तपाइँ) नाइँ -तिमी) नब्जा -केटी) नुङ्ले, -नाङलो नौं -तिम्रो) भो पुग्यो मैले भने – आडैका तमु लेख बहादुरलाई सोधँे- ‘ए थु झुई हृयुँद दि ?’ – ए साथी यता हेर त ?) ‘त ले हो काठा ?’ -किन हो काठा)- उनले भने । मैले सोधेँ- ‘हृकिए क्युहिर नल्वे मु वे ?’ -तिम्रो भाषामा ‘न’ का शब्द छन् त ? उनले भने- ‘तले आरे व थेद’ -किन नहुनु सुन) उनले भने- नखु -नाक), न्हपे -कान), नारे -कोदो), नक –कुखुरा), नकु -कुकुर) …..। मेरो इच्छा पूरा हुने छाँट देखिएन , जतासुकै छापिएको नकार Û कहाँ पठाउने यिनलाई ।

म झन्झन् धर्म सङ्कटमा परँे । मेरो भाग्य नै यस्तै रहेछ । पहिलो पल्ट भाग्यलाई धारे हात लगाएँ । बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै । मुन्टो ठाडोपार्न पनि नमिल्ने निहुराउनै पर्ने तर मन मान्दै नमान्ने ।

एकदिन घर अगाडि एउटा दुब्लो, माग्ने आएर एक मुठी चामलको निम्ति हात तेस्र्यायो । मैले उसको हात तेस्र्यार्इलाई सम्मान गरेँ । अनि मैले सोधेँ- ”दाइ, तपाइँको नाउँ के पर्छ नि ? उसले जवाफ दियो -‘बलबहादुर’ मैले मनमनै भने- ”हैन होला यो त निर्बलबहादुर हुनुपर्छ ।”

अर्को दिन अर्को मान्छे उभियो, त्यसलाई पनि सोधेँ । ” भाइ तिम्रो नाउँ के नि Û उसले पनि जवाफ दियो – ‘धनराज’ ऊ एउटा ट्याक्टरमा खलासी थियो ।

मलाई यस्ता धेरै घटना सम्झनामा आउन थाले, एउटा गाउँमा जाडो र कुपोषणको शिकार भएको एक बालकलाई भेटेँ- मैले उसकी आमासँग सोधेँ- “यो बाबुको नाउँ के होला ? उनले भनिन् – ‘पोषराज Û’

यौटा घटना आˆनै आँखा अगाडि घट्यो, एउटी ममतामयी -?) आमाले आˆनै छोरोलाई भकुर्नसम्म भकुरिन््, छोरो बेहोस् भयो, टोलमा हल्ला चल्यो -‘दिलमायाले छोरोलाई भकुरी Û “मैले कान ठाडाठाडा बनाएँ । उनको नाउँ ‘दिलमाया’ अहा Û कति राम्रो नाम Û, किन दिलमाया यसरी- ‘लनिर्दिल-निर्माया ‘भइन् ? ”

मलाई धेरै प्रश्नले औँला ठड्याइरहे । मैले निउरी मुन्टी ‘न’ प्रति यति धेरै गनगन किन गर्नुपर्ने ? कहिलेकाहीँ लाग्छ , यो वर्ण नै नभए मानिसहरू उँभोमुन्टो लगाउन सजिलैसँग पाउँथे कि ? के त्यसो भए सुस्तामा नेपालीहरू शिर ठाडो पार्न सक्नेछन् ? कालापानीमा नेपाली राजनीतिको छिर्के दाउ समाप्त हुन्थ्यो होला ? नेपालीहरूको गरिबीले समृद्धिको शिखरमा चढ्ने शुभसाइत जुराउन पाउँथ्यो होला ? मलाई विश्वास भएन ।

एकछिन मनको घोडालाई वेलगाम छोड्ने विचार गरेँ, सबैको जस्तो नाम , त्यस्तै काम हुन सक्दैन । यसो हेर्छु, अरू पनि कहीँ पाउँदिन, छत्रमान जर्साहेव आफै नाममा छत्रमान भएपछि घाम, पानी, झरी कहिल्यै पनि छाता ओड्न नपर्ने हुनुपर्ने । मेरो टोलमा एउटी राम्री नानी छन्, उनको नाउँ हो, रजनी, रजनीको अर्थ त रात हो तर उनी जूनजस्तीे राम्री, दिनजस्तै उज्याली छन् । तन पनि त्यस्तै, मन पनि त्यस्तै ।

अलि पर छिमेकमा सेते दाइ छन् तर उनको अनुहार कोइलासँग तुलना गर्न सकिन्छ । यस्ता कति छन् कति Û नाम सूर्यमान तर बानी बेहोरा चन्द्रमाभन्दा शीतल । अर्कासँग पनि मेरो सङ्गत छ उनको नाम पर्‍यो- चन्द्रराज तर उनलाई भेट्नुभन्दा अगि म थर्कमान हुन्छु, काम भने तातोतातो आगोभन्दा बढी पोल्ने, सँगै बस्दा तराईको ‘लु’ लाई

बिर्साउने Û कसैको अमृतबहादुर नाम छ, भन्दैमा उसको बानी बेहोरा विषतुल्य भए के गर्ने ? बादर्नीलाई सुन्दरी पनि भनिन्छ, हाम्रो बुझाइमा सुन्दरी राम्री हो नि ? यसकारण मैले अब आफैँ सान्त्वना दिन र लिन थालँे । निहुरी मुन्टी न पनि नाम र काममा फरक भएर आइरओस् ।

मेरो मुन्टो उठाउनु र निहुराउनुमा यो निरीह रोल नं. २० को वर्णको कुनै दोष छैन मैले कति ठाउँमा शिर ठाडो पार्छुभन्दा भन्दै मुन्टो निहुराएको छु । मेरो पुर्खाले वर्माको जङ्गलमा आगो सल्काए, युरोपको सयर पनि गरे, अपि|mकाको मरुभूमिमा नाजीहरूलाई पछारे । लङ्कामा नेपाली बहादुरले विदेशी पोसाक लगाएर अर्काको घरेलु मामिलामा हात हाल्नेको अह्रोटमा खटिएर बन्दुक तेस्र्याएकै हुन् । मैले मेरो वीरता मान्छेको रगत बगाएर चिनाएकै हुँ । मलाई मार्नु र मर्नुमा गौरव छ भन्नुहोला- सबै मार्नु र मर्नु एउटै हुँदैन । निर्धालाई मार्नु र अत्याचारीलाई मार्नुमा कति फरक छ ? मित्रलाई मार्नु र दुश्मनलाई मार्नुमा के भिन्नता छ ? मलाई यस्ता कुराको मतलब छैन । मेरो मुन्टो कहाँ निहुरियो, कहाँ उठ्यो जवाफ इतिहाससँग नै मागुँला । मलाई यति भने थाहा छ, युद्धभूमिमा पुगेपछि पिठ फर्काउन हुन्न, नत्र मुन्टो ठाडो हुन सक्दैन ।

मेरो मुलुक संसारको सबैभन्दा गरिबको पङ््क्तिमा परेको छ भनेर म अब मुन्टो निहुर्‍याउन चाहन्नँ । हुन त मेरो नाकमा एउटा डोरी झुन्ड्याइएको छ, त्यो डोरी हो- मेरो गरिबी, मेरो देशको गरिबी, हाम्रो मान्यताको दुर्दशा Û यी धेरै गरिबीहरूको बीचमा मेरो मुन्टो थिचिएको छ । घायल भएको छ, म जब यसो मुन्टो उठाउन खोज्छु मलाई यिनै डोरीको सुर्कनीले तलतल तानिदिन्छ, म विवश छु ।

म अब अन्तिम युद्ध लड्ने सोचमा छु र घोषणा गर्दैछु, ‘हे मित्र हो, मलाई अब कसैले सगरमाथाको नाउँ नसुनाओ Û बुद्धको यशको बखान नगर । मेरो एक छाक, एक धरो कपडा र एक सास मात्र मलाई थाहा छ । मेरो देश, मेरा पुर्खा, मेरो कथा मैले यसरी आˆनो कल्पनाको वायुपङ्खी घोडालाई बेलगाम छोडेँ तर समय सधैँ यसरी बतासिएर काम बन्दैन । म फेरि सम्हालिएँ ।

मलाई हाम्रा लेखनाथ बाजेको सम्झना यसरी भयो, उनले एक ठाउँमा प्वाक्क कवितामा बोलिदिएछन्- ”तवर्गका अन्तिम वर्ण खाली, पढेर दुइटा बन भाग्यशाली ।” अब यति भए पुग्यो, तवर्गका अन्तिम दुई वर्णहरू हुन् – ध-न , अर्थात् ‘धन’। यहाँ कविले धनमहिमा गाउँदा मेरो ‘निहुरी मुन्टी न’ लाई नलिई सुखै पाएनन् ।

म खोज्दै जान थालेँ, थाकिनँ, यो ‘निउरी मुन्टी न, लाई कसरी उँभो मुन्टो लगाउने बनाउन सकूँ ।

हजार हन्डर ठक्कर खाँदाखाँदै गौतम बुद्धलाई एउटा बोधी वृक्षमुनि बुद्धत्व प्राप्त भयो अरे Û हामी यही विश्वास गर्छौँ । काली भगवतीको प्रसादले कालीदास महाकवि बने अरेँ Û यो पनि सुनाइन्छौँ तर मैले बोधीवृक्षको सहारा पनि लिइनँ, काली भगवतीको आराधना पनि गरिनँ, एउटा सम्झौता गरेँ, सम्झौता ‘निउरी मुन्टी न’ सँग ।

कसरी ? भन्नुहोला मेरो सम्झौता अब १८० डिग्रीको फन्कोमा परिक्रमा गरिरहेछ । म अब ‘निउरी मुन्टी न’ लाई पहिला जसरी सम्झन्थँे, त्यो सम्झाइलाई सर्वप्रथम फिर्ता लिन चाहन्छु । अब मैले यसको परिभाषा बदलेँ । अब नयाँ मान्यता अघि सरेको छ । अर्थात् अब म ‘निउरी मुन्टी न’ भन्नाले यसरी चिनाउन चाहन्छु निउरी मुन्टी- -निहुरी मुन्टी गर्ने काम) न- होइन

-अथवा गर्दिनँ) यो मेरो अन्तिम निष्कर्ष हो ।

अर्थात् न माने होइन, अब निहुरी मुन्टी होइन, त्यसो भए- उँभो मुन्टी मात्र हो ।

यही परिभाषाअनुसार अब कसैले हामीलाई हेप्न खोज्यो भने – ‘न’ भनेर त्यसको प्रतिकार गर्नुपर्‍यो, ठाडो मुन्टो लगाउनु पर्‍यो । कसैले हाम्रो नाकमा सुर्केनी लगाएर हाम्रो गरिबीको विवशताको फाइदा उठाउन खोज्यो भने त्यसलाई नाकै मुनि औँलो ठड्याउँदै -‘न’ भन्न सक्नुपर्‍यो ।

अनि कसैको हप्काइ दप्काइलाई ठाडै ‘न’ भनी उभिन सक्नु पर्‍यो । “तिमीहरू सधैँ निहुरिनै पर्छ, हामीले तिमीलाई सधैँ कोर्रा लाउनै पर्छ, तिमी भिखारी हौँ, तिमीहरूले हामीले जे भन्यो त्यो मान्नैपर्छ” भन्ने शर्त राखी कुनै ठालु उभिन्छ भने अब मेरो ‘निहुरी मुन्टी ‘न’ ले त्यसलाई ‘न’ भनिदिनु पर्छ ।

अनि यसलाई ‘निहुरी मुन्टी न’ भनेर बोलाए पनि कामले यो उभो मुन्टी नै हुनेछ ।

यसकारण- कृष्णप्रसादसँग निक्खरा गोरोपन हुनसक्छ भने ‘निहुरी मन्ुटी न ‘ किन उभो मुन्टी न हुन सक्दैन ? यसलाई निउरी मुन्टी लेखियोस् त के फरक पर्‍यो र ?

त्र दुलेगौंडा-७, तनहुँ

(स्रोत : मधुपर्क जेठ, २०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.