यो कस्तो भीड हो ? जन्ती हुन कि मलामी ?
भिक्षुहरु दिदैं छन अङ्गुलिमारलाई सलामी ।
रात नाङ्गै नाच्छन, कोइ आए करङ्ग भाच्छन् ।
प्रात गेरु वस्त्रमा जप्छन बुद्धम शरणम् गच्छामी।
मुर्दा शान्ती छ शहर अचेल चकमन्न छ गाउंघर
आँधीबेरी मात्र होइन आउंदैछ बिध्वंशको सुनामी ।
साइन बोर्ड झिक, गुण्टा कस र भाग ए “सुशिले”
भलादमीहरु आउँदैछन पोत्न नाम माथि बदनामी।
08-20-09
(स्रोत : Sajha)