बिचरा “खाइ न पाई छालाको टोपी लाइ” कति नै के–के पाइन्छ, होइन्छ भनेर गएको बिना कसुर बिजोगले मुर्न परेछ, आज किन मारियो उसलाई ? के दोष थियो उसको ?
“ऊ” महा गरिब थियो, गरिबीका कारण त्यस माहोलमा प्रविष्ट भयो, सायद यस प्रवेशमा सुख देखेका थिए तर… , माहोलभित्र पनि कैयौं चोटी पीडा भोगीसके, यद्यपि त्यस्तो पीडा कहिल्यै भोगेका थिएन । हातखुट्टा बाधिएर, आखामा कालो पट्टी कस्सिएर बिना सहारा, बिना आहारा शिशिरका ठण्डीमा एक रात होइन धेरै रात ठिङ्ग्रीएको थियो । गरीबी, अशिक्षा र दरिद्रका कारण खै के के कारबाही भोग्नु भोगी सकेको थियो । सायद ढुंगा हुन्छन् मनहरु, स्वार्थ हुने सबैको, हा धेरै थरिका मान्छे, विविध पहिचानले चिनिने मान्छे, कोही निधारमा खत भएको, कोही दात भाचिएका खोंडो भएको, हात चुट्टिएर डुडो भएको, खुट्टा भाच्चिएको, कोही दिमागमा चोट परेर पागल भएको । कहा यति मात्र हो र ? एउटै सहारा, एउटै आशा, सबका सब मरेर,मारेर विधवा भएको, बेसहारा भएको, टुहरा भएको, राडी भएको, मूले भएको इत्यादि–इत्यादि । यी सारा सब नेपाली । यसैभित्रका ‘ऊ’ एउटा मान्छे, जसमा “ऊ” धेरै थरिका मान्छे मध्ये एउटा आखा फुटिएर कानोको पहिचानले चिनिने ।
मसग भेट्दा “यो बहादुरीकासाथ लडेको युद्ध मोर्चाका चिनो” भनेर भन्थे । ऊ आज कब्जामा पर्यो । कब्जामा पर्दा बँच्ने आशा त निसन्देह थिएन तर “सास भएसम्म आश रहन्छ” के भनौं ठीक उल्टो भयो । पक्रियो, अंगालो हालियो र रिभल्बरका नाल निधारमा सोझाइयो अनि बटन थिचियो । रिभल्बरका चट्का आवाजसगै भुइंमा पछारियो, सायद उले एया बा आमा भने । भौतिक शरीर पीडामा सल्बलाउन थाल्यो, छटपटाउन थाल्यो । सायद प्राण जान उसलाई सकस परिरहेको छ । यस्तै क्रमको बीस तीस मिनेट पछाडी चल्मलाउन छाड्यो, यतिखेर भने पखेर उडीसकेको भान भयो । “ऊ” अब निर्जिव भयो, ढुंगा भयो । एकैछन पस्चात, खै के जोशमा, के जंगमा “हत्यारा” तात्तियो र ननस्टप ८,९ गोली भटटट मृत शरीरमा बर्सायो । र भन्यो, “साला राडीको छोरा हामीलाई दुःख दिन्छस ।”
यो त शरीरको करोडौं कोषहरुमध्ये एक कोष बराबर मात्र हो । हजारौं निष्ठूरता, निर्दयीता, निर्ममतापूर्ण क्रोध सारा नझरले हेरिसकेको छ, अकल्पनीनय पीडाका अनुभव र यातना भोगिसकेको छ । अब कति भोग्नुपर्ने हो त्यो भविष्य वा ज्योतिषीलाई हेराउनु वा हुर्नु पर्ला, १०४ वर्षे राणा शासन खतम गरियो, २०१७ साल आयो, २०३६ साल आयो । त्यो सँगसंगै, आयो नेताको भाषण र आश्वासनमा स्वार्गका क्राहरु, सफल र सामान्य जीवनका कथा र योजनाहरु । यस्तै २०४७ साल आयो । तीस वर्षे पञ्चायती शासन व्यवस्थालाई थुक्दै घ्रिणा गर्दै बलिया तर्क गुलिया भाषण र राजनीति अस्त्र प्रयोग गर्दै नेपालमा प्रजातन्त्रको उदय भयो । नेताहरु सत्तामा पुगे, सत्ता सम्हाले जसले पूर्ण प्रजातन्त्र आएको अनुभव ग¥यो तर जनताले प्रजातन्त्रको “प” पनि अनुभव गर्न पाएनन् बरु परपर पर्पराउन थाल्यो विष भएर । “धन देखेपछि महादेवका पनि तीन नेत्र” नेता राज सम्हाल्दै रहे र जनताका रसहरु संगाल्दै रहे, स्वार्थका ढुकुटी भर्दै रहे जसले महिनामा नै महल ठहरिए, हात्ती छाप चप्पल पटपटाउ“दै हिंड्ने नेता लाखौं पर्ने पजेरोका मालिक भए ।
आफ्ना सारा औंकात बिर्से, जनताहरुसग गरेको प्रण बिर्से । जसले गरीब गरीबै भईरह्यो, गरीब माना र मुट्ठीका लागि भौंतारीरह्यो धनपति रातारात अरबौंपति भए । अन्याय, अत्याचार बढ्दै रह्यो । हक, अधिकार, न्याय निसाफ नगदनारायणले किन्दै रहे, पीडित गरीब, महिला दलित पिसिदैं रहे, वर्गका दुरीहरु गुणत्मक तवरले बढ्दै रह्यो । भोतिक एवं माविय विकास राहतका सितो पनित गरिब र सर्वहारा वर्गले उपभोग गर्न पाएनन् । जसको परिणाम आजको अशान्तपूर्ण नेपाल हो । आज सार नेपालीले भोगिरहनु परेको तीतो पीडादायिक दर्द हो, शान्ति जर्जर भयो बुद्धका आस्था जापान, चीन, हङकङ, मंगोलिया, कोरिया जस्ता मुलुकमा धरोहर बनि रहन्छ तर नेपालमा बुद्धका सन्देशमाथि थुक्दै रहे किल्च“दै रहे । आज जताततै विषालु तीखा–तीखा का“डाहरु रहेका छन् जताततै का“चका टुक्राहरु घोचिएर, रोपिएर रेटिएर रगताम्मे अवस्थामा छन् । प्रत्येक पल हर बस्तीबस्तीबाट दयनिय क्रन्दन, रोदन, आमाका विलाप, विधुवा अनि टुहुराका गुहार लहर–लहरमा सुसाई रहेका छन् ।
अनुनयका प्रतिध्वनी मौन चिच्याई रहेका छन् र भनिरहेछ – हामीहरु निर्दोषी हौं, निर्दोष छौं । हामी शान्ति चाहन्छौं, हामी शान्तिले बा“च्न चाहन्छौं र बुद्धका आस्थामा रम्न चाहन्छौं तर सुनिदिने कोही छैन र सुनेर चिन्ता गर्ने धेर छन् तर चिन्तन गर्ने कोही छैन । कसैलाई कसैमाथि भरोसा छैन । चासो र वास्ता छैन, नेताहरु कुर्सी बाकेर घुरीरहेका छन् । ब्युझाए जटिल चाल र जाल बुन्छन् खाली आफ्नै स्वार्थका लागि आफ्नै सुखका लागि । जितका अर्थहिन गोटी चाल्द, देशलाई अझ जटिल समस्या मुलक परिस्थितिमा होम्दै छन् । सत्ताधचारी, राम्ररी बुझ्नुपर्ने हो “देशको राजनीति चेस बोर्डका खेलका होइन” भनेर यद्यपि कसैलाई चिन्ता छैन देश विग्रिएको नेपाल र नेपालीको दुःख पाएको अनि अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको…… ।
आज देशका नेता महाभारतको युद्धमाझैं एक पक्षलाई “राक्षस” र अर्कोपक्षलाई देवको पंक्तिमा उभ्याएर निर्दयीता र निर्ममतापूर्ण ‘ताण्डव’ तुमुलघोषका साथ मच्चाइरहेछ, नेपाली–नेपाली नै मारिरहेछ । शान्ति स्थापना, जनतालाई सुरक्षा र राहतका नाममा देशलाई हतियारै हतियारले कुसज्जित पार्दैछ । अरबों खर्च गरि हात हतियार दिनानुदिन भित्रयाउन मस्त छन् । देशका गरीब जनता एकमुठी खान नपाएर भोकभोकै छटपटिरहेका छन् । भरिहरको छन् । आतंक आतंककारीका नामा क्षणक्षण यिनै गरिब नेपाली मारिदैछन् ÷मरिदैछ तर सबै यसैमा पर्णता भने छैन, छ भने त्यो गलत मार्ग हुन सक्छ । मार्ग के हो त ? यो त मार्ग नरहेको माटो ढुंगामाथि टेकेपछि बन्दछ तर मार्गको औचित्य र आवश्यकता नै नभएको ठाउ“मा मार्ग बने त्यसले सुलभता भन्दा बढी पीडा दिन्छ ।
किन दिमागमा गु÷कु छन् ? सोच्नुपर्ने, नेपाली नरहे नेपालको राजनीति किन ? कुनै अर्थ छ र ? नेपाली बिना राजनीतिक अस्तित्व रहन्छ र ? के का लागि राजनीति ? कस्का लागि राजनीति ? नेपाली–नेपाली मारेर विजयको उल्लास मनाउने जीतको स्वास फेर्ने राजनीति ……….?
थुक्क नेताहरु …………………†
ए, हजुर मलाई किन यसी अनुहारभरी थुकिदिनु भएको ?
झल्यास्स बिउ“भघmे, काल्पनिक यथार्थतामा घोरिएको रहेछु म र यसो हेर्छु त उही सुकुम्बासी माइला मेरो अगाडि पो रहेछ । अनुहारभरि थुकका छिटा बोक िमालइ नै झुकेर टुलुटुलु हेरिरहेको रहेछ । उल्टै साफ हकारी दिए“ “मैले थुक्ने बेला किन अगाडी आउनु प¥या त ……….?
ऊ गुनगुनाउ“दै अनुहारका थुक थोक्रो दौराका फोरोले पुछेर फरक्क फर्केर गयो ……… । मलाई फर्केर हेर्नृ आ“टसम्म गरेन । म भने (ऊ गएको दिशा ट्वालट्वाल्ती हेरिरहे“ ।
June 13, 2010
(स्रोत : रचनाकारको ब्लगबाट सभार )