~डा. ऋषि बस्ताकोटी~
मायाले भरिएँ म, मायामै पोखिएँ ।
कुन साइत के भयो, तिमीमै ठोकिएँ ।
न तिम्ले रोजेको, न मैले खोजेको,
लेखेको त्यही रै’छ, तिमीमै तोकिएँ ।
बिकेन कसैको, टिकेन कसैको,
अब्बल पो मै भएँ, तिमीमै जोखिएँ ।
दाग लाग्ला मायामा, भनेको सुनेथें,
तिमीमै नुहाएँ, तिमीमै चोखिएँ ।
मूलबाटो मायाको मज्जैले हिड्नुछ ,
आऊ बस एकैछिन, तिमीमै रोकिएँ ।
मायाले भरिएँ म, मायामै पोखिएँ ।
कुन साइत के भयो, तिमीमै ठोकिएँ ।
९ फेब्रुवरी, २०१४