कथा : एउटा कथा लेख्नु छ

~ इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~indra k.shrestha sarit

एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो । सुत्दा, उठ्दा, खाँदा, काम गर्दा जत्तिखेर पनि एउटा नवीन कथा लेख्ने हुटहुटीले उसलाई गाँजिरह्यो । आफ्ना मित्रमण्डलीसमक्ष उसले कुरो राख्यो । तर, कस्तो नवीन कथा लेख्ने भनेर समाधान निस्कन सकेन । झन्झनै उसको छटपटी बढिरह्यो ।

आफ्ना पुराना रचनाहरू पल्टायो उसले । साहित्यमा लेखेरै तीसौँ वर्ष बिताएँ भने एउटा कथा लेख्न मलाई किन यो विधि छटपटी ? किन यो महाभारतको पीडा ? ऊ घोरियो । यो विषयमा लेख्छु, त्यो विषयमा लेख्छु भन्दै उसले दर्जनौँ साहित्यिक रचना पढ्यो, समाचारपत्रहरू स्वाट्ट पियो, रेडियोलाई कानैमा टाँस्यो भने टेलिभिजनलाई आँखैमा राख्यो । तर, उफ ! उसले आफूले खोजेजस्तो कथानक कहीँ कतै भेट्टाउन सकेन ।

कथानक खोज्दै उसले जनयुद्ध लडेका साथीहरूसँग पनि छलफल गर्‍यो । तर, लामै छलफल चलाउँदा पनि उसले चाहेजस्तो कथानक र खोजेजस्तो पात्र पाउन सकेन । दिक्क मान्दै ऊ घरितर लाग्यो । भोक लागे पनि भोजन स्वादिलो पटक्कै लागेन उसलाई । दिक्दारीको भावमा शून्य मस्तिष्क लिएर ऊ ओछ्यानमा लम्पसार पर्‍यो ।

निजी पुस्तकालयमा पसेर उसले प्रकाशित भइसकेका आफ्ना रचनाहरू ओल्टाइपल्टाई गर्‍यो । अरे ! मैले के लेखेको रहेनछु त ? सामाजिक, आर्थिक, राजनीतिक प्रत्येक विषयवस्तुमा कलम चलाएकै त छु नि ! विशेषगरी मानिसका चेतन/अचेतन मनका भावनालाई प्रकटीकरण गरेर लेखिएका मेरा रचनाहरू हरेक राष्ट्रियस्तरका पत्रिकामा छापिएकै हुन्, तिनको प्रशंसा पनि भएकै हो । त्यसो भए वैचारिक दृष्टिले परपिक्व, प्रगतिवादी दृष्टिकोणले सटीक र क्रान्तिकारी धारमा अब्बल गणना हुने कस्तो कथा लेखूँ त म ? उसले श्री साहित्यिक पत्रिकाका सम्पादक जलनलाई सझियो । आफूले उक्त पत्रिकालाई दिएको नवीन कथाका बारेमा कुरा गर्न उसले बोलाइरहेको पनि थियो । ऊसँग नै आफ्नो समस्याका बारेमा छलफल गर्नु उपयुक्त नहोला त ?

“जलनजी ! तपाईंलाई मेरो नयाँ कथा कस्तो लाग्यो ?” श्रीको कार्यालयमा पस्दै उसले हेलमेट खोलेर एकातिर राख्यो र जलनतिर दृष्टि केन्द्रित गर्‍यो ।

“सुशान्तजी ! नेपाली साहित्यमा तपाईंको भाषा ंर शैलीको सधैँ प्रशंसा भएकै हो र तपाईंको नयाँ कथाको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । तर, विषयवस्तुका दृष्टिकोणले चाहिँ यो कथा मूलधारको साहित्यिक पत्रिकाका लागि होइन, बरु तपाईंहरूकै प्रगतिवादी खेमाको साहित्यिक पत्रिकाका लागि उपयुक्त हुन सक्छ । त्यसैले श्रीका लागि तपाईंले हिजोका दिनहरूमा लेख्ने माया, प्रेम, यौन, रितरागकै पीरोअमिलो स्वाद भएको कथा पाए म आउने अंकमै छाप्छु । बरु पारश्रिमिकको रकम अग्रिम टक्र्याउँछु,” पहेँला दाँत देखाएर जलनले ङिच्च हाँसो हाँस्दै भन्यो ।

“तपाईंले भनेजस्तो कथा त मैले धेरैअघिदेखि नै लेख्न छाडिसकेँ, जलनजी । म त अचेल चेतना, परविर्तन, देशप्रेम, समानता र प्रगतिका कथाहरू मात्र लेख्छु,” सुशान्तले आफ्नो लेखनको अभीष्ट प्रस्ट पार्दै भन्यो ।

“त्यसो भए मलाई माफ गर्नूस्, सुशान्तजी ! म आफ्नो पत्रिका देशदेखि विदेशसम्म पठाउँछु । त्यो घेरालाई खुम्च्याएर म मेरो पत्रिकालाई एउटा टोल वा समूहमा सीमित पार्न चाहन्नँ,” जलनले उभिएर गरेको नमस्कारलाई सुशान्तले अवाक् भएर हेररिह्यो । केहीबेरपछि केही नबोली खिन्न मनस्थिति लिएर सुशान्त श्रीको कार्यालयबाट बाहिरियो ।

ऊ त्यहाँबाट हान्निएर पीपलबोटमा पुग्यो । त्यहाँ जम्मा भएका भिन्न उमेर समूहका साहित्यिक मित्रमण्डलीले पनि उसका कथाहरू लामो समयदेखि पढ्न नपाएको गुनासो गरे । त्यो गुनासोमा साँच्चिकै चिन्ता थियो वा थियो त्यहाँ केवल व्यंग्यवाण ? उसले त्यतातिर ध्यान दिएन, बरु कारिन्दाले हाकिमसमक्ष स्पष्टीकरण दिएजसरी सुशान्तले भन्यो, “कथा म लेख्न चाहन्छु, लेखिरहेकै पनि छु । तर, मैले लेख्ने विषयवस्तुहरूमा म आफैँ आमूल परविर्तन, समयानुकूल परविर्तन चाहन्छु । दसवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, देशमा भएका राजनीतिक परविर्तन, उथलपुथललाई आत्मसात् गर्दै ममा आएको वैचारिक अनि राजनीतिक परविर्तन आफ्ना कथाहरूमा कथा नै लछप्पै भिज्ने गरी पोख्न चाहन्छु । तर, यस परविर्तनलाई कविताहरूमा अभिव्यक्त गररिहे तापनि मैले मेरा कथाहरूमा भित्र्याउन सकिरहेको छैन । यस परविर्तनलाई आत्मसात् गर्दा मेरो शैली पनि नबिग्रियोस् र राम्रा कथाहरू पनि लेख्न सकूँ, के तिमीहरू मलाई कुनै सझाव दिन सक्छौ ?”

प्रत्युत्तरमा कोही केही नबोलेपछि ऊ घरै फर्कियो र ल्यापटप खोलेर छोटा कविता, गीत र गजलहरू निजी क्षेत्रका साहित्यिक पत्रिपत्रिकाहरूलाई इमेल गर्न थाल्यो । आठ-दसवटा पत्रपत्रिकालाई आफ्ना रचनाहरू इमेल गरसिकेपछि उसले आफ्नो रचनाको फाइल पल्टायो, …हो, कथा लेखन र प्रकाशनमा मात्रै कमी भएको हो, नत्र गीत, गजल, कविता, संस्मरण, लघुकथा त मैले नियमित लेखिरहेकै छु, छापिइरहेकै छन् । अनि, पाठकद्वारा राम्रो प्रितक्रिया पनि पाइरहेकै छु ।

हिजोका दिनहरूमा पनि ऊ आफ्ना रचनाहरूमा गति, प्रगति र चेतनाको कुरा गर्थ्यो, देशलाई माया गर्थ्यो, श्रम गरेर खाने मिहिनेती मान्छेहरूको प्रशंसा गर्थ्यो, देशघातीहरूको सधैँ विरोध गर्थ्यो । तर, उसका ती रचनाहरूको कहिल्यै सही मूल्यांकन भएन । प्रगतिवादी खेमाले प्रगतिशील साहित्यकारका रूपमा उसलाई कहिल्यै स्वीकार गरेन भने बुर्जुवा भनिने साहित्यको मूलधार अर्थात् खेमाले उसलाई सधैँ प्रगतिवादीको बिल्ला भिराइरह्यो । तर, अब उसलाई यो दुईवटा साहित्यिक धाररूपी नाउको यात्रा पटक्कै स्वीकर छैन । किनभने, वैचारिक दृष्टिले आफ्नो दृष्टिकोणमा स्पष्ट भएसरि ऊ प्रगतिवादी लेखनमा पनि आफ्नो परचिय र स्थान खोज्ने क्रममा छ । तर, ऊ डराउँछ जिन्दगी गालेर आर्जन गरेको साहित्यिक परचिय जीवनको यस मोडमा आएर आफैँले आत्मसात् गरेको, स्वविवेकले अंगीकार गरेको राजनीतिक विचारकै कारणले गर्दा सधैँका लागि धूमिल हुने त होइन ?

अल्लारे माया, प्रेम र प्यारका विषयवस्तुलाई उसले आफ्ना रचनाहरूमा ठाउँ नदिएको धेरै भइसक्यो । बुर्जुवा साहित्यिक चहलपहललाई चटक्कै छाडेर नयाँ नेपाल बनाउने जुलुस, हडताल, सभामै ऊ व्यस्त भइरह्यो । नयाँ परिवेश र नयाँ अनुहारमाझ अप्ठ्यारो मान्दै आफ्नो साहित्यिक परचिय दिइरह्यो । तर, सधैँ उसलाई असजिलो अनुभूति भइरह्यो, कतै साथीहरूले मलाई आधा शताब्दी उमेर काटेको बूढो बाटो बिराएर यता आएछ त भन्दैनन् ? हैन भने मूलधारका पत्रिपत्रिकाले उसका रचनालाई सधैँ महत्त्वका साथ ठाउँ दिइरहे । तर, आफ्नो भनेर ऊ जुन घरमा पुग्यो, त्यो घरको साहित्यिक ढोका उसका लागि कहिल्यै खुलेन । उसलाई अब छटपटी मात्र होइन, औडाहा हुन थालिसकेको छ । किनभने यही स्थिति रहिरहने हो भने अब ऊ साहित्यिक शरणार्थी बन्ने दिन टाढा छैन भन्ने सत्यबोधले उसलाई चिमोट्न र लछारपछार पार्न थालिसकेको छ । जलनले भनेजस्तै मेरो यो कथा प्रगतिशील पत्रिकाका लागि उपयुक्त छ भने भोलि नै नयाँ नेपाललाई दिनुपर्ला । यस सोचले उसको छटपटीलाई केही कम गराएको अनुभूति भयो सुशान्तलाई ।

नयाँ नेपालका सम्पादक चूडानन्द विद्रोहीले सुशान्तको कथा सरसर्ती पढिसकेपछि कथा सुशान्तलाई नै फर्काउँदै भन्यो, “हेर्नूस् सुशान्तजी ! तपाईंको भाषा राम्रो छ, शैली राम्रो छ । तर, नयाँ नेपालका लागि प्रगतिवादी दृष्टिकोणमा पनि विशेषत: क्रान्तिकारी धार हुनैपर्ने सन्दर्भमा कथा त्यति उपयुक्त लागेन मलाई ।”

“किन ?” सुशान्तले जिज्ञासा राख्दै भन्यो, “मलाई त यो कथा मैले अहिलेसम्म लेखेका कथाहरूमध्ये वैचारिक दृष्टिकोणले सबैभन्दा अब्बल प्रगतिवादी कथाजस्तो लाग्छ ।”

“हेर्नूस्, भाषा र शैली मात्र राम्रो भएर पुग्दैन । त्यसमा विचार खँदिलो चाहिन्छ । तपाईंको कथामा प्रगतिवादी सोच, चिन्तन र दृष्टिकोणको चेतना साह्रै नै सतही रूपमा आएको छ । त्यसैले यो कथा सुधारोन्मुख कुनै साहित्यिक पत्रिकालाई दिनु भए बेस हुने थियो ।”

“हस् विद्रोहीजी ! सुझावका लागि धन्यवाद,” सुशान्तले उठ्दै भन्यो ।

“नयाँ नेपाललाई सुहाउँदो कुनै रचना भए सम्भिनुहोला,” विद्रोहीले औपचारकिता निर्वाह गर्दै भन्यो ।

“हुन्छ विद्रोहीजी, प्रगतिवादी दृष्टिकोणको समुद्रजस्तो गहिराइ भएको कुनै रचनाको सिर्जना गर्न सकेँ भने यहाँलाई नै टत्रयाउँला नि !”

तनावले सुशान्तको टाउको फुट्लाजस्तो भएको थियो । मोटरबाइक चलाएर घर पुग्न पनि उसलाई हम्मेहम्मे भयो । घर पुगेर सावरमुनि करबि दस मिनेटजति बसेपछि मात्र उसको तातिएको दिमाग अलि शान्त भयो र ऊ स्नानगृहबाट बाहिर आयो । बैठक कक्षमा आएर दुईथरी खेमाबाट दुई फरक ढंगले व्याख्या गरिएको आफ्नो कथालाई सुशान्तले ओल्टाइपल्टाई धेरैपटक पढ्यो । तर, त्यो कथामा उसले कुनै खोट भेटेन । एकथरीले चाहेजस्तो अबउप्रान्त ऊ आफ्नो कथालाई रितरागको चास्नीले भिजाउन चाहँदैन थियो भने अर्कोथरीले चाहेजस्तो ऊ कथामा कागजी जिम्वाल र मुखियारूपी बुख्याँचाहरू अनावश्यक रूपले उपस्थित गराउन पनि चाहँदैन थियो । ऊ समाजबाट विषयवस्तु टपक्क टिपेर समाजलाई नै सन्देश दिन चाहन्थ्यो । हो, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यहाँ उसले चेतनाको गीत गाएकै हुन्थ्यो । कुनै पनि घटना वा चरत्रिलाई मनोगत ढंगले होइन, गुण र दोषका आधारमा हेर्ने थियो । शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार र असमानताको घोर विरोध गर्दै देश र जनताको माया उसले धेरै धेरै शब्द खर्च गर्ने नै थियो । किनभने, प्रगति रुचाउने न्यायका पक्षपाती तर अन्याय सहनै नसक्ने न्यायका हिमायती जुझारु, संघर्षशील र चेतनशील देशप्रेमीहरूको कथा लेख्न उसलाई नआउने कहाँ हो र ? तर, किन यहाँ स्थिति सहज भइरहेको छैन ? किन मेरो लेखन यहाँ भकुण्डो बनिरहेछ ? कतै कुनै ठूलै खेल त भइरहेको छैन यहाँ ? सुशान्तको मनमा प्रश्नको लामै लाम लागे तापनि उत्तर खोज्न भने ऊ असमर्थ रह्यो ।

“किन यतिविधि चिन्तित हुनु भा’को ? एकदिन कसो तपाईंको लेखन र प्रितभाको मूल्यांकन नहोला त ?” श्रीमतीले दिएको सान्त्वनाले पनि उसको मनमा शीतल वर्षा गराउन सकेन । अचानक सुशान्तको मुख उज्यालो भयो । अचानक ठूलै चिट्ठा परेसरि ऊ रमायो । भो, अब म प्रगतिवादी कथानकका लागि तडपिन्नँ । संसारलाई नै स्तब्ध पार्दै राजनीतिको मूलधारको पार्टीको विचारलाई आत्मसात् गर्दै, अंगीकार गर्दै मैले मेरो साहित्यिक प्रशिद्धिलाई चटक्कै छाडेँ, परचियलाई छाडेर आएँ । कार्यक्रमहरूमा अतिथि बन्ने व्यक्ति अहिले सामान्य कार्यकर्ता बनेर पार्टीको पछि लागिरहेछु भने नयाँ कथाका लागि मेरो विगत र आगत नै सबैभन्दा उपयुक्त कथा हुनसक्छ । व्यर्थै किन म नयाँ कथानकका लागि कस्तूरीजस्तो छटपटी रहनू ? उमेरले ५० वर्ष नाघेको व्यक्ति भएर पनि आज म १८ वर्ष ननाघेका तन्नेरीहरूसँगै कुम जोडेर पार्टीका लागि रातो झन्डा बोकेर अहोरात्र खट्न सक्छु र खटिरहेकै छु भने मेरो सम्पूर्ण गतिशील अनि क्रान्तिकारी धारको जीवन नै एउटा पूर्ण प्रगतिवादी कथा होइन र ?

ट्वाल्ल परेर आफूलाई नियालिरहेकी श्रीमतीतिर ध्यान नदिई सुशान्त ल्यापटपका अक्षरहरूमा आफैँलाई उतार्न थाल्यो । सर्वप्रथम त उसले कथाको शीर्षक नै राख्यो : एउटा कथा लेख्नु छ ।

(स्रोत : नेपाल साप्ताहिक ४५५)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.