~हरि प्रसाद खनाल~
“ छेपारोकोझैं रुप फेर्ने राराको बानी छ
१६७ मि. गहिरो खाडलमा कञ्चन पानी छ
राम्रा छन् फेवा , रुपा , बुलबुल र घोडाघोडी पनि
तर सौन्दर्यमा त रारा तालहरुको रानी छ ।’’
यस्तै बयानहरु अनेकौं सुनियो राराको बारेमा, एक पटक नहेर्दासम्म चित्तै बुझेन । भन्छन् नि सुनेको पोखरा भन्दा देखेको पोखरा राम्रो । त्यसकारण पनि रारा नपुग्दासम्म रारा कस्तो होला ! भन्ने कौतुहलताले सताइनैरहनेभयो र
हामी सात जना साथीहरु – अमृत दाहाल, सुजन अधिकारी, भीम प्रसाद आले, अनिल भट्टराई, उमेश वास्तोला, सुजन बराल र हरिप्रसाद खनाल भएर रारा जाने निधो ग¥यौं ।
२०६८ असोज २३ गते हामीले पोखरा– सुर्खेतको लागि टिकट लियौं र दिनको १ः३० बजे पोखराबाट यात्रा सुरु ग¥यौं । जानु थियो पश्चिम तर बस मोडियो पूर्व । मुग्लिन – नारायणगढ हु‘दै जाने रहेछ बस । तनहु‘को जामुने तिर पुग्दा बाटो छेउको पसाउन लागेको धान देखेर हामी रमाउ‘दै थियौँ । साथी सुजन मस्त निन्द्रामा थिए । यसैवीच भ्mवाट्ट प्यारो साथी दिलको याद आयो । जाने इच्छा हु‘दा हु‘दै पनि घरको कार्यव्यस्तताले जान नपाएको विचरा ऊ हामीलाई बसपार्कसम्म छोड्न आएको थियो । ल उसको नाममा यौटा मुक्तक किन नलेख्नु © यही सोचेर घोरिए‘, मुक्तक पनि फुरिहाल्यो ः
“यता खेतमा धान डोलाइरहेछ
उता हामीलाई राराले बोलाइरहेछ
कुन्नी किन हो जान नपाउने भो रे दिल बहादुर
विचरा एक्लै भ्mयालमा बसेर टोलाइरहेछ’’
हामी घरि मुक्तक, घरि चुट्किला त घरि फन्टुस गफ गर्दै बसको यात्रा रमाइलोस‘ग गरिरहेका थियौं, नारायणगढ पुगेपछि खाजा खाने निर्णय भो र खाइयो तरकारी र समोसा । समोसा भन्दापनि समस्या थियो त्यो । डबल मह‘गो, खल्तीलाई पनि पेटलाई पनि । खैर जे होस, दुर्गन्धित शौचालयमा बोझ कम गराएर नारायणीपुलमा तस्विर खिच्न पनि भ्याइयो । झमक्क सॉझ परेको थियो, नारायणगढबाट बल्ल बस पश्चिम मोडियो । बाहिर चकमन्न थियो बसभित्र गीत बजिरहेको थियो । गफ गर्ने जोश कसैसँग थिएन । रातको करिब १०.०० बजेतिर सुनवलमा पुगेर खाना खायौं । पहाडको चिसो पानी खाने बानी परेको हामीलाई सुनवलको पानी खान बलै गर्नुपर्ने थियो । मिठो त थिएन खाना तर भोकले होला थपेरै खाइयो । त्यसपछि फेरि बसमा यात्रा भयो रातभर । कहाँ के भो पत्तो भएन , भोलिपल्ट बिहान ६ः३० मा सुर्खेत उत्रियौं । छेउकै चिया पसलमा गएर बिहानको नित्यकर्म सकाइवरी चिया खाएर फेरि चढ्यौं सुर्खेत– कालिकोट जाने बसमा । करिब ८ः३० मा सुर्खेतबाट बस छुट्यो । साँगुरो बाटो कतै कालो पत्र , कतै धुलो त कतै चट्टान , बाटो निकै डर लाग्दो थियो तै पनि उमेश, अमृत, सुजन र मैले त छतमा बसेर यात्रा गर्ने हिम्मत ग¥यौं । अरु स्थानिय साथीहरु पनि थिए बसको छतमा । निकै मिठो बोली अनि सहयोगी भावना भएका उनीहरु ठाउँहरुको जानकारी दिइरहेका थिए हामीलाई । पात्लेखोला पुगेपछि खाना खाने कुरा भयो । एकजना दाइले मृगकै मासु खुवाउँछु भनेर गफ लगाउनु भयो तर “हात्ती आयो हात्ती आयो फुस्सा” भने झैं अन्त्यमा सकिइ सक्यो भन्नुभयो । सायद मृग मारेकै होइन होला © हुन त खान पाइएन मारेको भए पनि नमारेको भएपनि हामीलाई के © तर कॉक्रो चैं मज्जाले खाइयो । ५० रुपियॉमा यौटा किनियो, त्यो भन्दा ठूलो कॉक्रो भातस‘ग सलादको रुपमा सित्तैमा खाइयो । त्यसपछि पुनः हाम्रो यात्रा सुरु भयो । कतै पक्की बाटो, कतै अजङ्गको भीर, कतै कर्णाली तीर, कतै धुलै धुलो त कतै हिलो, यस्तै थियो बाटो । यै बाटोको नाममा फेरी पूm¥यो मुक्तक ः
“उ‘भो हेरु‘ भने अजङ्गको छ दरबारे भीर
उ‘धो हेरु‘ भने शालीन तर डरलाग्ने कर्णाली तीर
फर्कदॉ आप्mनै खुट्टामा हो या साथीको कॉधमा
यात्रा भर मनमा थ्यो यै यौटा पीर’’
त्यो दरबारे भीर देख्दा त सॉच्चै मुटुमा ४४० भोल्टको झट्का लाग्थ्यो, एकपटक मन सिरिङ्ग हुन्थ्यो । तर पनि यात्रा हो रमाइलो भई हाल्छ बिस्तारै सुर्जे नारायण लुक्न थाले । साथीहरु सिटमै झुल्न थाले । म पनि निदाएछु ।
बाटो सारै अप्ठेरो थियो, त्यही माथि ठाडो उकालो झमक्क साझ पनि परिसकेको थियो । निकै जोखिमपूर्ण यात्रा पश्चात हामी ठीक ९ः३० बजे कालिकोट जिल्लाको सदरमुकाम मान्मा पुगियो र ठीक ९ः३५ मा बत्ति काटियो । अभागी …. कुन्नी के …. कुन्नी के भनेझैं दुःखम् सुखम् गरेर २ दिनसम्म लगातारको यात्रा पछि बस्ने ठाउ‘ खोज्न प¥यो अ‘ध्यारोमा । इन्जिनियरहरुको समूह पो, चाहिने कुरा सबै झोलामै थियो । टर्च झिक्यौं, वरपर सोधपुछ ग¥यौं र लाग्यौं ह्वाइट हाउस तर्पm । अलि नाम चलेको होटल त्यही रहेछ । होटलमा पुगेर नुवाइ धुवाइ गरेर खाना खाइयो र दुई दिनको थकाइ मार्न छिरियो सिरक मुनी । हामीेले कालिकोट र जुम्लाका विद्यालय तथा क्याम्पसका लागि भनेर आफ्ना झोला भन्दा पनि ग¥हौँ किताबका विटा बोकेर ल्याएका थियौ । भोलीपल्ट बिहानै उठेर सरर् कालिकोट सदरमुकाम मान्मा बजारको एक चक्कर लगायौँ । सानो कार्यक्रम गरेर पुस्तक हस्तान्तरण गर्ने मन थियो, समय अभाव त्यही माथि विदाको समय थियोे । ति किताब तथा अन्य सन्दर्भ सामाग्री हामीले तिला कर्णाली बहुमुखी क्याम्पस तथा अर्को एउटा उच्च मा.वि. लाई सुम्पनका लागि चिठी पत्र सहित त्यहीको स्थानिय प्रतिनिधिलाई जिम्मा लगायौँ । कालिकोट बाट कालिकोट र जुम्लाको सीमानामा पर्ने नाग्मा बजार सम्मको बस सेवा अवरुद्ध भएको रहेछ । यत्रो ८५ किलोमिटर दूरी हामीले पैदल तय गर्न पर्ने भयो । त्यही पनि हामीले हिम्मत हारेनौ ।
हिड्ने तरखर गर्दा पल्लो कोठामा बास बस्नु भएका सन्तोष दाइस‘ग परिचय भयो । नेपाली सेनामा कार्यरत वहॉ दशैं विदा सकाएर कार्यस्थल जुम्ला हि‘ड्नु भएको । अबको यात्रा पैदल जानुपर्ने थियो । नयॉ ठाउ‘मा गाइडको काम त सन्तोष दाइले नै पो गर्नु भयो । “हामीलाई के खाज्छस् कानो ऑखा” भने जस्तै भो , साह्रै रमाइलो मान्छे वहॉ । गफ गर्दै हि‘ड्यौं । आठ जनाको समूह ३ वटा उपसमूहमा विभाजित हुन पुगिएछ । पहिलो समूहमा खुद म स्वयं, उमेश र सन्तोष दाई थियौं, दोस्रोमा सुजन बराल र अमृत अनि तेस्रोमा अनिल, सुजन अधिकारी र भिम थिए ।
पिलिमा पुगेर खाना खाने निधो ग¥यौं । म र सन्तोष दाइ पहिले पुग्यौं र खाना बनाउन लगायौं । करिब एक डेढ घण्टाको अन्तरालमा साथीहरु पनि लखतरान पर्दै आए । सबै मिलेरस‘गै खाना खायौं र केही समय आराम गरी फेरि लम्क्यौं नाग्मा तर्फ । तर त्यस दिन हामी नाग्मा पुग्न सकिएन वालिघाटमा पुगेर बास बस्यौं त्यो दिन, माछास‘ग भात खान काइदै भयो । थकाई त कति लागेको थियो कति, खाना खाएपछि गफ गर्ने फुर्सद पनि भएन, सुतिहाल्यौं । पूर्व निर्धारित योजना अनुसार भोलिपल्ट ४ बजे विहानै उठेर लाइट बाल्दै अगाडी बड्यौं । बाटोमा स्यालको पञ्जा हो या बाघको पञ्जा हो थाहा भएन तर पञ्जा चैं देख्यौं । मनमा सा¥है डर पनि लागेको थियो, किनकी सन्तोष दाइले बाघको पञ्जा हो भन्नु भएको थियो र पञ्जा ठूला भएकोले स्यालको नभइ बाघकै हुनुपर्छ भन्ने अड्कल काटेको थिए‘ मैले पनि । जे होस् डराई डराई हि‘डियो । बाटोमा चिया खाजा खॉदै भोक, थकाई मार्दै करिब ११ बजे पुगियो नाग्मा बजार ।
यौटा होटलमा खाना बनाउन लगाई झोला विसाइयो । खाना खाएपछि उमेश, अमृत र सन्तोष दाइ जुम्ला खलङ्गाको गाडी चढे हामी त्यहीं बस्यौं । फर्कदा सकभर हवाई जहाजमा फर्कने सल्लाह अनुसार हवाई टिकटको बारेमा बुझ् भनेर अमृत र उमेश त्यस तर्फ हिडेका हुन । अन्त्यमा हातमा लाग्यो सुन्ना .. । सन्तोष दाइ भने आप्mनो गडमा जानुभयो । वहॉको सम्पर्क नम्बर लिएका छौं । कहिले काही फोनमा गफ पनि गर्छौं । त्यो दिन आराम गर्ने मात्र भयो दिउ‘सो तिला कर्णालीको तीर तीर गइयो । साथीहरुको खुट्टामा औंलाभन्दा ठेला धेरै थिए मैले पनि रमाइलो गर्न पानीमा १० मिनेट खुट्टा राख सब चैट हुन्छ भने र उनीहरुले पनि पत्याएर चिसो पानीमा खुट्टा डुवाए । ठेउला २० को १९ पनि भएन । मलाई गाली पो गर्न थाले । होटलमा फर्कियौ. साझँ खाना खाइवरी गफ गाफ ग¥यौं र सुत्यौं । भोलिपल्ट बिहानको खाना पनि त्यहीं खाइयो । यस बिचमा मेरो काम भनेको फेरी मुक्तक लेख्ने नै भयो ः
“कालिकोटको सब होटलमा भात थियो गिलो
जुम्ला पुग्दा भयो हामीलाई एक दिन ढिलो
नहिँडेको भन्न मिल्दैन साथीहरुलाई
हिँडाइले शरिरका अङ्गहरु भएका थिए थिलो थिलो ’’
भोलि पल्ट उमेश र अमृत जुम्ला बाट बिहानको बस चढेर करिव १० बजे नाग्मा आइपुगे । हवाई टिकट सुनिश्चित भएनछ, झिनो आश मात्र लिएर आए । खाना खाएपछि बस चढ्यौं गोठज्युला (सि‘जा) जान भनेर । १० मिनेट गुडेपछि हिलोमा गाडी फ‘स्यो । अनेक कोशिस गर्दा पनि क्यै सीप लागेन, छेउमै बसेर जमाइयो दहलमारा । लगभग ३–४ घण्टा पछि स्वराज ट्रिपरमा डोरी बॉधेर बसलाई हिलोबाट निकाले । अति बल्ल सबैको अनुहारमा चमक देखियो पूर्णिमाको जुन जस्तै । त‘ ऑट म पु¥याउ‘छु भनेजस्तै बसमा भेट भयो स्थानीय कलाकार प्रकाश । उनीस‘ग दोहोरी पनि खेलियो । गाउ‘दै नाच्दै बसमा रमाइलो यात्रा गरियो । अन्य साथीहरुस‘ग पनि गफगाफ गरियो । पोखराबाट पोको पारेर लगेको मकै बस भरिकालाई बॉडेर खाइयो । उही त उही पुरानो दुई भने झैं आप्mनो दिमागमा अर्को मुक्तक फुरिहाल्यो ः
“उकाली ओराली बाटो छेउको स्याउबारी
स्थानीय मार्सीको भात सिमीको दाल र आलुको तरकारी
पाण्डवको वनवासस्थल भनु या शिव जालन्धरको युद्धस्थल
यही हो कर्णाली अञ्चल सिजा– जुम्ला को चिनारी’’
करिव ५ बजे तिर आचार्यलिपी पुगेर बस बदल्यौं गोठीज्युला जानका लागि । करिब १० बजेतिर अन्ततः गोठीज्युला पुगेपछि प्रकाशले होटल खोजी हामीलाई खाना र बासको प्रबन्ध मिलाए । क्यामरा र मोबाइल पनि आप्mनै घर लगेर चार्ज गरिदिए । गा. वि. स. सचिवका छोरा रहेछन् । रातभरीमा हामीले निधो नै ग¥यौं की प्रकाशका बाबालाई अनुरोध गरी प्रकाशलाई पनि रारा लिएर जाने । भोलिपल्ट अर्थात ५ औं दिन बिहानै पुग्यौं गा. वि. स. सचिवको घर । धान काट्न तयार हुनुुभएपनि हाम्रो कुरो काट्न चैं सक्नुभएन । हाम्रो माग पुरा भो । खुशी भएर हामी लाग्यौं रारातर्फ । अलि पर रुखमा लटरम्म स्याउ फलेको देखेर मुखमा ¥याल चुहिन थाल्यो । पॉच रुपैयॉ गोटाका दरले, आफैंं रुखमा चढेर स्याउ टिपी कुमर्न थाल्यौं ।
स्याउ कुमर्दै उकालो चढ्यौं । “ घनघस्याको उकालो काट्दा’’ भन्ने यात्रासंमरण याद आयो मलाई तर त्यहॉ चिचिला दाना सुन्तला थिए हाम्रो हातमा राता रसिला स्याउ थिए । अनेक प्रकारका गफ गर्दै घरि उकालो घरि ओरालो, कतै गाउ‘ त कतै जङ्गलको बाटो हु‘दै हामी अगाडी बढिरह्यौं । लगातारको हि‘डाइले लखतरान भएको जीउ अनि रारा हेर्ने जोशिलो मन, स‘गस‘गै यात्रा गर्दै थिए ।
करिब दिनको १ बजे ठाउ‘मा पुगेर खाना खाने निधो ग¥यौं । त्यत्रो बाटोमा यौटा मात्र होटल, त्यै पनि पर्खाल र बार नभएको, भिरालो जग्गामा माथी काठ तेर्साएर ओतिने ठाउ‘ बनाएको । आफैं टेन्ट मुनि सुत्दा रहेछन् । खाना खाएर केही बेर आराम गरी टोली लम्क्यो चुचेमारातर्पm ।
ओखरपाटाको उकालोले तालु सुकाइसकेको थियो, चुच्चा भएको चुच्चेमाराको ठाडो उकालोले फेरि चुनौती दियो । पहिले जस्तो मकैको डॉठले अब लट्ठीको काम नदिने पक्का भएपछि कम्मरमा बॉधेकाु खुकुरी निकालेर काटें २–३ वटा भोजपत्रका हॉगा । नयॉ लट्ठीस‘ग नयॉ पूmर्ति निकालेर, रारा राष्ट्रिय निकुञ्जको बफरजोनको बाटो हुँदै उकालो चढ्यौं । त्यस ठाउँ वरपरका दृश्य, वनश्पति तथा वातावरण निकै मनमोहक थियो । डाँडाको ठीक चुचुरामा जुम्ला र मुगुको सिमाना रहेछ । माथि निस्केर ५ मिनेट तेर्सो हि‘डेपछि अन्ततः राराको एक झलक देख्न पाइयो ।
त्यो दृश्य कस्तो भने हजार जिब्रो भएको शेष नागले पनि त्यो सौन्दर्य वर्णन गर्न सक्दैनन् । ठोकेरै भनिदिए‘ल। नत्र खै कसैले त्यसको वर्णन गरेको सुनेको छैन अहिलेसम्म । त्यही‘बाट हामफालौं झैं हतार भयो रारा पुग्न । ओरालो बाटो, रातपनि पर्दै गयो, दौडेर झ¥यौं बनको बाटो, करिब ८ बजे मुर्मा पुगेर बास बस्यौं । भोलिपल्ट साथीहरु उठेपछि जडिबुटीको चिया खाइयो सातु मिसाएर । खाना खान आउ‘छौं भनेर रारा हेर्न निस्कियौं । राराको सौन्दर्य कस्तो भने (…. एक पटक पुग्नै पर्ने ठाउ‘ छ । काशी नगएर क्यै हु‘दैन तर रारा जानुपर्छ ।) केही बेर अवलोकन गरी खाना खान फेरि मुर्मा फक्र्यौ । खाना खाएपछि प्रकाश गाउ‘का साथी भेटेकोले आएकै बाटो फर्किए तर हामी झोला बोकेर रारा छेउमै रहेको एक मात्र होटल ‘‘डॉफे” मा शरण लिन पुग्यौं ।
डुङ्गामा सयर गरेर तथा ताल वरपर घुमघाम गरी दिन विताइयो । भोलिपल्ट बिहानै निकुञ्ज अधिकृतलाई भेटेर हाम्रो भ्रमणको औचित्य प्रष्ट पार्दै यौटा सिफारिस लिएर पुग्यौं समरजित गुल्म । नेपाली सेनाका जवानहरुले ¥याप्mटमा आधाघण्टा जति रारा सयर गराए । चार बजे दिउ‘सो झोला बोकेर रारालाई बाई बाई ग¥यौं । फर्कंदा अर्को बाटो गए धेरै ठाउ‘ घुमिन्छ भन्ने सोचेर ताल्चा विमान स्थल हुँदै जुम्ला सदरमुकाम पुग्ने निधो ग¥यौं ।
ताल्चा पुगेपछि जहाज चढेर नेपालगञ्ज फर्कने सपना बोकेर हात्तीभन्दा बढी लम्केर हि‘ड्यौं । माथिबाट यौटा जहाज देख्यौं । हौसिएर दौडँदै ओरालो झ¥यौं । पछि थाहा भयो विग्रेको रहेछ । त्यसपछि होटलहरु खोज्यौं । साहु भेटेनौं, पाहुनाहरुले भने ‘‘हामी बसेको १ हप्ता बढी भयो, पर्सि पालो परेको छ” त्यहॉ बसेर फाइदा देखिएन । अगाडी बढ्ने निधो ग¥यौं । सॉझ परिसकेको थियो जति हिडे पनि गाउ‘ आएन । अँध्यारो भैसक्यो । मन आत्तिन थाल्यो । ताल्चा नबसेर हिँड्नु गलत निर्णय गरिएछ भन्दै अगाडी बढिरहयौं । अन्त्यमा ८ः३० बजेतिर पिना पुग्यौं । यौटा घरमा बास मागेर बस्यौं । मानिस ठूलो मनले हुन्छ , धनले होइन , हार्दिकताका साथ अतिथि देवो भव ः भनेर गरिएको स्वागत एकदम खुशी भएर स्वीका¥यौं । खाना खाएर म्याट ओछ्याई स्लिपिङ्ग ब्यागमा छि¥यौं । भोलिपल्ट बिहान उठेर बिदा भई टोली अगाडी बढ्यो जुम्ला खलङ्गा तर्फ ।
दिनभर र साँझ ८ बजेसम्म हिँडेर बल्ल तल्ल पुग्यौं डाँफे लेकमा अवस्थित खालि भन्ने ठाउँमा । राति डाँफे लेकको उकालो चढ्दै गर्दा वनमा रेड पाण्डा (ह्याव्रे) देख्ने अवसर मिल्यो । रातको निष्पट अन्धकारमा टर्च लाइटले फोकस गरी हेर्दा लजालु स्वभावको मानिने पाण्डा भुतुक्क भएर बसिरह्यो । हामीले त्यसलाई निकै बेर आश्चर्यसँग हेरीरह्यौँ । त्यस दिन खालिमा बास बसेर अर्को दिन बिहानै हामी ओरालो झ¥यौ. । बादलले खलङ्गा पुरै ढाकेको थियो । एकछिन आकाशमा भए जस्तो लाग्यो । खलङ्गा पनि आइयो । सुजन र म अरु साथीहरु भन्दा २ घण्टा अगाडी झरेका थियौं । सिधै एयरपोर्ट पुग्यौं , जहाज पाउने कुनै सम्भावना नदेखेपछि बसपार्क नजिकै विपना होटलमा गएर साथीहरुलाई पख्र्याैं । खाना खाएर त्यही आराम ग¥यौं । पुस्तकहरु अरु पनि बाँकी थिए ति पनि खलङ्गाका क्याम्पस र उच्च मा . वि. लाई हस्तान्तरण ग¥यौं । जहाज टिकटका लागि निकै पहल ग¥यौं इन्जिनियरहरुको टोलिका लागि भनेर । गाडी नचलेकोले हिँड्ने जोश थिएन । तीन दिन कु¥यौं आशा देखिएन । भाग्यवस गाडी चल्ने जस्तो कुरा भयो । नेपालगञ्जको लागि बसको टिकट काट्यौं । बसमा भेट भयो च्याखुरा सोल्टी । अरु पनि थिए, दुईजना प्रहरीमा सेवारत र अन्य यात्रु पनि । गाडीमा गाउ‘दै, गप्फिदै र हॉस्दै यात्रा ग¥यौं । घुम्दै फिर्दै रुम्झाटार भनेझैं फेरि नाग्मा आइयो । आउ‘दा हि‘डेको बाटो अब फर्कंदा गाडीमा जान पाइने भइयो । खुशी लाग्यो, हि‘ड्नु परेन । तर सॉगुरो अनि भिरको बाटो निकै अप्ठेरो थियो । केही वर्ष अघि चर्चित गीत
“झल्को लाली ओठको” २
बाटो खुल्यो मोटर चल्यो
जुम्ला कालीकोटको ……’’
यही बाटो खुलेपछि लेखेको हुनुपर्छ भन्ने अनुमान लगाए‘ । बाटोमा भैलो खेल्नेले गाडी रोके । दशैंको चतुर्दशीमा हि‘डेको हामी तिहार लाग्दासम्म कालीकोटमै छौं जस्तो लाग्यो । घरको याद आयो । अचानक कता कता हराए जस्तो भान भयो । तीन दिन तीन रातसम्म कतै गाडी धकेल्दै कतै राती टर्च बालेर ढुङ्गा बोकेर बाटो मिलाउ‘दै त कतै च्याखुरा सोल्टीस‘ग हॉस्दै यौटै बसमा यात्रा ग¥यौं । यात्राको १४ औं दिन सम्म मा सबैको एऋइ बनेको मेरो फोन गाडी भित्रैबाट हरायो । यो यात्राक्रममा बिजुली चार्ज गर्न नपाएर साथीहरुको मोबाइल अफ भैसक्दा पनि आफ्नो यो प्यारो ल्यपष्ब ज्ञद्दज्ञण् मोडेल कहिले अफ भएन । यसले मेरो पुरा साथ दिएको थियो तर ………………… ! निकै दुःख लाग्यो यसलाई गुमाउनु पर्दा ।
लगातार तिन दिनको बस यात्रा पछि २०६८ साल कार्तिक ५ गते सॉझ कोहलपुर आएर बास बस्यौं । भोलिपल्ट नेपालगञ्ज गयौं, घुमघाम ग¥यौं । छिमेकी राष्ट्र भारतको सिमा तिर गयौं । रारा निकुञ्जको जङ्गलमा रातमा पनि नलागेको विरानोपन सिमा पार गरेपछि लाग्यो । उराठलाग्दो भयो फर्किहाल्यौं । १ बजे पोखराको बसमा चढेर अन्ततः १६ औं दिनको बिहान ७ बजे पृथ्वीचोक बसपार्कमा ओर्लियौं । यसरी हामीले १६ दिन लागाएर गरेको रमाइलो अनि जोखिम यात्राको वर्णन गरेको छु । लेखेका भन्दा नलेखेका कुरा धेरै छन् । हाम्रो भ्रमण टोलिले त रारा एकपटक हैन, दुई पटक होइन एक्काईस पटक जान पर्ने ठाउँ भनेर ठहर गरेको छ । आफैंले हेरेर आउनहोुस्, किनकी लेखेको रारा भन्दा देखेको रारा कति हो कति राम्रो ।
यसप्रकार हामीले १६ दिनको यात्रामा थुप्रै अनुभूतिहरु सगाल्ने मौका पायौ । कर्णाली अञ्चलको सामाजिक–साँस्कृतिक ऐतिहासिक र प्राकृतिक पक्षहरुसँग नजिकबाट परिचित भएजस्तो भयो । हामीले देखे भोगेको काठमाडौँ–पोखरामात्र नेपाल रहेनछ । नेपाल त पश्चिम कर्णाली पनि रहेछ, जहाँ अति चरम भौगोलिक विषमता अनि त्यसबाट सिर्जित गरिबी, अशिक्षा, भोक, बेरोजगारी र अनेकौ समस्याले जरो गाडेर बसेका रहेछन् । यी विकट पहाडी जिल्लाको मानिसहरुको सामाजिक आर्थिक उत्थान बिना नयाँ नेपालको सपना देख्नु व्यर्थै रहेछ । अपार प्राकृतिक स्रोत र साधनका बावजुत पनि ती स्थानहरु विकास निर्माणमा निकै पछि परिरहेछन् । यसतर्फ सम्बन्धित निकायको शिघ्र ध्यान केन्द्रित हुन आवश्यक छ ।
जे होस् सङ्घषपूर्ण भएपनि, साहसका साथ हामीले पोखरा–सुर्खेत – कालिकोट– मुगु– जुम्ला सम्मको यात्रा तय ग¥यौँ । यस यात्राका क्रममा हामीले कर्णाली अञ्चलको समग्र परिवेश अनि राराको सौन्दर्यको स्वाद त पायौँ नै । निकै दुख गरेर सङ्कलन गरी लगेका करिब डेढ – दुईसय पुस्तक कालिकोट तथा जुम्लाका विद्यालय तथा क्याम्पसहरुलाई उपहार स्वरुप प्रदान गरेर आउन पाउँदा मनमा वेग्लै सन्तोष पनि छायो । साथै नेपाल पर्यटन वर्ष –२०११ को अवसरमा रारा पुगेर आउनु एउटा सार्थक उपलब्धी साबित भयो ।
कलेज जीवनमा यस्तो साहसिक ज्ञान र मनोरञ्जनले भरिपूर्ण भ्रमण हामी सबै भ्रमण टोलीका लागि सायद जीवनकै अविष्मरणीय क्षण हो । यस्तो अभूतपूर्ण यात्राको परिकल्पना गर्ने मित्रद्धय अमृत दाहाल र सुजन अधिकारीलाई धन्यवाद अनि बधाई यात्रा टोलिका मित्रहरु भीम प्रसाद आले, अनिल भट्टराई, उमेश वास्तोला र सुजन बराललाई जल्ले यस भ्रमणलाई पूर्ण सफल एंव सार्थक तुल्याए ।
(स्रोत : Satyakura.com)