‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् ।
‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन
। यस्ता रोगमा के के जाति रोगका लक्षण देखिन्छन् भन्ने सुनेर आएको हुँ ।’ रोगी आफ्नो रोगलाई राम्ररी हेरियोस् भन्ने आग्रहयुक्त बोली एकै सासमा तुर्याउँछन् ।
रोगीलाई आफ्नो अलि नजिक डाक्तै डाक्टर हल्कै तरिकाले हेर्छन् र भन्छन् ‘देखिँदैन त ?’
‘इ ! याँनेर डाक्टर साहेब !’ रोगीले रातै ठाउँमा देखाउँछ ।
‘खै, मैले त देख्तै देखिनँ।’ डाक्टरको उपेक्षित जस्तो जवाफ हुन्छ ।
यस घाउका बारेमा शङ्का भएपछि ‘ दुइटा प्राइवेट क्लिनिकमा यसको उपचार गराएँ तर ठिक भएन । त्यसैले यहाँ आएको हुँ ।’ यसभन्दा अघिको उपचारको स्थिति अवगत गराउँछन् रोगी ।
त्यसपछि डाक्टर प्रसन्न हुँदै भन्छन् ‘ए ! उसो भए मेरो पनि प्राइवेटमै आउनुस् न !’
(स्रोत : Ramesh Mohan’s Blog)