लेख : विचारान्तर परिप्रेक्षमा-उत्तरवर्ती

~थाम्सुहाङ् पुष्प सुब्बा~

विचारान्तरले यौटा विचार जन्म्यो – उत्तरवर्ती । यसलाई लीलाले भ्रम ठान्छ, सिर्जनशील अराजकताले सशक्त विचार रंगले दुबै ठान्छ । तेस्तै उत्तराधुनिक खेमाका केही समालोचक र टिप्पणीकारहरु पनि आ-आपmनै सुविधाको विचार राख्दछन् । काठमाण्डौको मोफसलभन्दा टाढा सुदूर पूर्बमा यौटा विचार हुर्केको पक्ष स्वीकारेरै पनि प्रकारान्तरमा गाभ्छन् उत्तरवर्तीलाई इश्वर वल्लभ । बहुल्ता चाहानु र वैश्विककरण अमान्य हुनुले आफैमा अन्तर्विरोध देख्छन् डा गोविन्दराज भट्टर्राई – उत्तरवर्ती विचारमा । म देख्छु – वैचारिक अन्तरले स्वयं बोधता र जातीय स्व-पहिचानको अस्तित्वबोध -उत्तरवर्तीभित्र । देख्नु र वैचारिक चिन्तनको पृथकिकृत तकाजाभित्र त्तेसैले उत्तरवर्ती विचारलाई घोषणा र लेखनगत पनि पर्गेल्नु पर्ने हुन्छ । तर लेखनगतताभित्र जातीय मिथकहरुको र राष्ट्रिय भाषाको यथेष्ट प्रयोगका कारण पर्गेल्नु त्तेति सजिलो भने लागेको छैन । र नै, भन्दै आएको छु – ‘त्तेति विध्न अनेक प्रकारान्तर र विचारान्तरका बहु-केन्द्रीयताहरुको निर्माण नेपाली साहित्यभित्र भैसकेर पनि सम्मानजनक नेपाली राष्ट्रिय साहित्यको मर्दकेन्द्र निर्माण हुन सकेको छैन ।’
बा”की, वैचारिक अन्तरताको पर्रि्रेक्ष्यमा उत्तरवर्ती समिप पुग्न र्सवप्रथम त उत्तरवर्ती विन्दू समूहको घोषणा पत्रतिरै उन्मुख हुनपर्छ – जस्लाई राष्ट्रियताको तोलमोल गर्ने एकाधिकारवादीहरुको मर्द केन्द्रभित्रै दमित अवस्थामा राखिंदा वैचारिक उत्खनन्बाट अझै नया” र सशक्तरुपमा उजागर गरिएको विचार ठान्दछन्- पान्थरेली उत्तरवर्तीहरु ।

घोषणापत्र –
१ तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
२. समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।
३. स्व-स्वायत्तता र आत्म-निर्णयको अधिकारको दावी ।
४. बहुलवादी नेपाली साहित्यमा नया” अस्तित्वको दावी ।
५. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दावी ।
६. उत्तर आधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोज ।
७. सत्ताशक्ति निर्मित इतिहासको अस्वीकार ।

उपर्युक्त घोषणहरुको आधारमा आफ्नो वैचारिक अभिव्यक्ति राख्नुपर्दा स्थानिक र राष्ट्रियभन्दा बाहिर विश्वकै तोलमोल गर्नुपर्ने अवस्था उपस्थित छ । तर तेश्रो आयाम यताका साहित्य सर्न्दर्भका वैचारिक प्रकारान्तरमा उत्तरवर्ती विचार भने विविध सम्मिश्रति विचारान्तर सहित स्वयं वोधताको विन्दूमा उजागरित देखिन्छ । तेसैले अन्तर आ”कडालाई छाडेर वैश्विककरण र बहुलताबारे केही भन्नुपर्दा आजको सताब्दीले पनि एक विश्व, एक राष्ट्र, एक भाषा र संस्कृतिलाई मान्यता नदिएर बहु-राष्ट्र, भाषा र संस्कृतिलाई नै मुखरित गरिरहेको अवस्था छ । तेसैले एकल सत्ताबादी वैश्विककरणबाट विश्वमा अटाउन खोजिएको सम्पूण मानव अवस्थितिलाई आ-आफ्नै राष्ट्रियता, र्सार्वभौम सत्ताको लक्ष्मण रेखाले छुट्याएको छ । र नै, बहुल्ता छ । त्तेसै कारण एक्कल विश्व र बहु-राष्ट्रको परिभाषामा पनि अन्तर भएकोले मौलिक स्व-अस्तित्वको उत्तरवर्ती रोजाइ वर्तमान युगको प्रतिनिधि हो ।

नेपालको ऐतिहासिक काल-खण्डहरुमा समग्रताबादी खेलहरु आउ”दा अनेकन युद्ध, सन्धि र सम्झौताहरु नभएका, नतोडिएका र आन्तरिक उपनिवेशले समग्रताको घा”टी ननिमोठेको पनि होइन । अतः इतिहासगत तायदातीले निरिह बन्न पुगेका समग्रताका पक्षधरहरुमा युगले चेतनाभर्दा समग्रताबादी र्सार्वभौमिक सत्यबाट आफूलाई अलग पाउनु व्यवहारिक र चेतनाबोध दुवै हो । र , यै प्रत्यक्ष व्यवहारगत चेतनाले स्वयं बोधताको पक्ष उजागर गरिसके पछि आफैलाई स्वतन्त्र ठ्मयाउ”दा वेदखल रहित स्वेच्छाले आत्म-निर्णयको स्वायत्त अधिकार दावी गर्नुले उत्तरवर्ती विचार स्थानिक एवं सामाजिक धरातलमा निर्भयता पूर्बक उभेको ठहर लाग्छ । अझै नेपालको साहित्यिक रंगभूमिमा युगौं अगावै हुर्केका र वर्तमानको मध्यवर्ती वा सीमान्तवर्ती सम्मै फस्टिएका राष्ट्रिय साहित्यहरु एक्कल नेपाली नामधारी साहित्यको सत्ताभित्रै लोप गराइनाले समानान्तर विकसित साहित्यको अभावमा नेपाली साहित्य अपाङ्ग ठहरिने विचारलाई पनि समग्रता एवं बहुल्तामूखि ठान्नै पर्छ । तेसैले उत्तरवर्ती विचार बहु-केन्द्रीयताको निर्माण र नेपाली साहित्यको आधुनिकोत्तर मार्ग-चित्रको हैसियतमा उजागर भएको ठान्नु लज्जाजनक ठहरिदैन । कारण, यसभित्र स्व-अस्तित्वबोधता छ र परिवेशजन्य स्थानिक, सामाजिक, सांस्कृतिक, राजनैतिक एवं राष्ट्रिय साहित्य प्रतिको उत्तर चिन्तन भेटिन्छ ।

उत्तर आधुनिक नेपाली साहित्यको सर्न्दर्भमा त्यसो त र्सवप्रथम ‘लीला’ को दावी छ -पर्ूर्वीय सैद्धान्तिक परम्पराका बारे । तर त्तेस्लाई आत्मसात गर्दा नेपाली साहित्यको प्रारम्भ वा संस्कृत साहित्यको योगी, ऋषि र भक्तिवादतिरै उन्मूख हुनु पर्ला । कारण ‘लीला’मा आएकोलेखन धर्म-प्रायः पुरातनकै विनिर्माणीकरण र आधुनिक नेपाली साहित्य लेखनको पनि विनिर्माणीय-अवस्थामा बा”चेको देखिन्छ । यो स्पष्ट उल्लेख गरिसकिएकोछ – स्वयं अबोधताका कारण पूर्वीय सैद्धान्तिक मूल्य र मान्यताको ठोस् निष्कर्शको अभावमा अर्काकै नक्कल र देखासिकिमा रमाउन हामी व्यस्त छौं । जहा” यथार्थ, मुर्त र संज्ञानका पक्षहरु जीवन बा”च्नको लागि अबलम्बन गरिन्छ, त, ती सबै अतियथार्थमा भ्रम मात्तै मान्ने हो भने मानवीय अस्तित्वको मूल्य र मान्यताको आवश्यकता किन – यही प्रश्न वित्थोल्दा क्षणभंगुर जीवनको र्सार्थकताका निमित्त पनि पूर्वीय चिन्तनको सैद्धान्तिक परम्परामा मौलिक लखेनगत सिद्धान्त प्रतिपादन हुनु पर्‍यो । अतः यी अवधारणाहरुको आशावादी चिन्तनभित्र पराभौतिक, अमुर्त र उत्तर संज्ञानका पक्षहरु मात्तै ल्याइनु भएन-कारण यस्बाट उपदेश रहितको युगबोधीय र समाज सापेक्ष लेखन धर्म फस्टाउन सक्दैन । त्तेसैले उत्तरवर्ती विचारमा जीवनको मूल्य र मान्यताका लागि आन्दोलित चिन्तनको प्रारम्भ भएको हुन सक्छ । तर यसबारे अरु वढि विचारविमर्श बढाउन अहिलेका हकमा हतार गरेको ठहरिन्छ । यस्का अतिरिक्त मानवीय सत्ता, सभ्यता, संस्कृतिको इतिहास प्रतेक क्षणहरुसंगै आफै निर्माण भएर आउने क्रममा भत्किनु र लोप हुनुको कारक तत्वहरु पनि संगसंगै आएका हुन्छन् । जहा” यौटा सभ्यता र संस्कृतिको अनिच्छापूर्बक विनास गरिन्छ, त्यहा” मौलिक टुसो उत्जीवितै रहेको हुन्छ । त्यो पुन : र पुनः टुसिन्छ, पल्हाउ”छ र झा”गिन्छ- तर स्वेच्छाले वर्जित बस्तु सदाका लागि लोप भएर जान्छ । त्तेसैले स्वतःस्फूर्त निर्मित ऐतिहासिक पृष्ठभूमिको मौलिक टुसोको पुनरावृतिका लागि तेस्को सम्यक् संरक्षण एवं परिपालनद्वारा स्व-अस्तित्वको मौलिक चिनारी उत्जीवित राख्न सत्ता शक्तिको कारक तत्वद्वारा निर्मित इतिहासलाई अस्वीकार गरिनु पनि स्वीकार्य पक्ष नै देखिन्छ । अत ः उपर्युक्त विचारविर्मशको मन्थनद्वारा उत्तरवर्ती विचारलाई केलाउ”दा हालसम्मका लागि दृष्टिकोणीय निष्कर्षे देखापर्छ भने –

क. उत्तरवर्ती विचार र्सव सत्तावादको विरुद्ध बहुल्ताको उद्घोषक ।
ख. कुण्ठाग्रस्त समग्रताको विरुद्ध स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको सम्वाहक ।
ग. नेपाली राष्ट्रिय साहित्यको निर्माणका पक्षधर र उत्तर आधुनिक नेपाली साहित्य लेखनमा पूर्वीय सैद्धान्तिक चिन्तनको अनुसन्धाता ।
घ. उत्तर आधुनिक साहित्य लेखनमा नया” अस्तित्वको सम्वाहक र स्वनिर्मित इतिहासको पक्षधर ।
ङ. स्थानिक र सामाजिक पर्रि्रेक्षमा स्व-पहिचानको आधार स्तम्भ ।

सालाखालामा अहिलेसम्म उत्तरवर्ती वैचारिक आन्दोलनमा आफ्नो दृष्टिकोणले आ”केको पक्ष त्तेती नै हो । अतः उत्तरवर्तीबारे जहा”-जोबाट जे दृष्टिकोण अथवा वैचारिक अभिव्यक्तिहरु आए-आइरहेका छन्, त, ती सबै वैचारिक अन्तर दृष्टिका अभिव्यक्ति भएकाले अझै विचारविमर्श भइरहनु आवश्यक देखिन्छ । यस्का अतिरिक्त विविध सांकेतिक प्रयोगहरु सहित बहुल्ताभित्र स्व-अस्तित्वको दावी उत्तरवर्ती लेखनमा प्रचुरमात्रामा आएको माथिनै जिकिर उठाइएकोले यहा” केही उत्तरवर्ती साधकहरु वा चिन्तकहरुको लेखन प्रकरणमा पाइने विचारान्तरका अंशहरु प्रयुक्तहुन स्वभाविक लाग्छ ।

क.युगौं दमित स्व-पहिचानको उद्घोष गर्दै भवानी तावा ले लेखेका छन् –
यतिका साल भैसक्यो
चोमेन्* नपाएका [*उपकार – पूजा श्र लिम्बू ]
यी सुकुम्बासी बन्न विवश पारिएका हातहरु
………………….
योद्धा भएर पौंठेजोरी खेल्न तयार छन्
……………
मेरो आन्द्रामा ताम्भुङजाको* काइलागेको छ । [*कन्दमूल- बनभोज > लिम्बू ]
मेरो अनुहार कुल्चने हिम्मत नगर
मेरो रगत भक्भक् उम्लको छ
मेरो इतिहास फेरि यो भूमिमा हा”स्दै छ।
(चिनारीबाट)

ख. स्व-स्वायत्तताको मोहमा डुबेर सगुन सुसारा ले लेखेका छन् –
चेब्जुले चलाको -राज्य
बाजेले चलाको – देश
बाउले चलाको – मुलुक
जा”डले मातेर कहिल्यै
कोङकुयुक्माको* आख”ा देख्नु परेन [*काकाकुल – चील > राइ वान्ताव ]
त्यसैर
म स्व-स्वायत्तताको – प्रतीक †
म स्व-स्वायत्तताको – अंश †
म स्व-स्वायत्तताको – भाग †
म स्व-स्वायत्तताको – तथ्य †
(वर्जित गैंडाहरु र माउवा चेप्पाको निस्सीमताबाट )

ग.समग्रताबादी र्सार्वभौमिक सत्यको दमितताबाट उन्मुक्तिको गर्वबोधका हकमा राज माङ्लाक ले लेखकाछन् –
कति न्यानो निलिबसेको समय यी दिनहरु
भत्भती हत्केलाहरुले छाती छेकेर मनमा
………………
युमा – को* स्वर – [*बजू – गृहदेवी > लिम्बू ]
“लाजे !¯ झयालखाना धुजाधुजा च्यात्नु ….।” [*सम्बोधनमा -नानी > लिम्बू ]
मैले सुनें
हजुरआमाको – चौतारमा / उभिएर
भन्छु ः त्यो क्षण मेरो मुक्ति,
यो क्षण मेरो व्रि्रोह,
तिहाँ क्षण मेरो गर्व,
(अस्तित्वको हिरासत तोडेर ः वर्तमानबाट )

बस † प्रस्तुत उद्धरणहरुबाट वैचारिक घोषणा र लेखन धर्मको तालमेल स्पष्ट हुने भएकोले बा”की उत्तरवर्ती विचारहरुलाई यहा” समावेश गरिएन । चुडान्तमा उत्तरवर्ती विचार र्सवसत्तावादको विरुद्ध स्व-अस्तित्वको उक्त चिन्तनका हकमा पान्थरेली युवाहरुबाट ल्याइएको मौलिक पक्षको आन्दोलन भएकोले यस्को निरन्तरता सम्मै विचारविमर्श भैरहनु पर्छ । अहिले नै किनारा लगाउन अर्समर्थ छु ।

०६४।११।१७
विर्तामोड, झापा

(स्रोत : Dobato)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.