~थाम्सुहाङ् पुष्प सुब्बा~
विचारान्तरले यौटा विचार जन्म्यो – उत्तरवर्ती । यसलाई लीलाले भ्रम ठान्छ, सिर्जनशील अराजकताले सशक्त विचार रंगले दुबै ठान्छ । तेस्तै उत्तराधुनिक खेमाका केही समालोचक र टिप्पणीकारहरु पनि आ-आपmनै सुविधाको विचार राख्दछन् । काठमाण्डौको मोफसलभन्दा टाढा सुदूर पूर्बमा यौटा विचार हुर्केको पक्ष स्वीकारेरै पनि प्रकारान्तरमा गाभ्छन् उत्तरवर्तीलाई इश्वर वल्लभ । बहुल्ता चाहानु र वैश्विककरण अमान्य हुनुले आफैमा अन्तर्विरोध देख्छन् डा गोविन्दराज भट्टर्राई – उत्तरवर्ती विचारमा । म देख्छु – वैचारिक अन्तरले स्वयं बोधता र जातीय स्व-पहिचानको अस्तित्वबोध -उत्तरवर्तीभित्र । देख्नु र वैचारिक चिन्तनको पृथकिकृत तकाजाभित्र त्तेसैले उत्तरवर्ती विचारलाई घोषणा र लेखनगत पनि पर्गेल्नु पर्ने हुन्छ । तर लेखनगतताभित्र जातीय मिथकहरुको र राष्ट्रिय भाषाको यथेष्ट प्रयोगका कारण पर्गेल्नु त्तेति सजिलो भने लागेको छैन । र नै, भन्दै आएको छु – ‘त्तेति विध्न अनेक प्रकारान्तर र विचारान्तरका बहु-केन्द्रीयताहरुको निर्माण नेपाली साहित्यभित्र भैसकेर पनि सम्मानजनक नेपाली राष्ट्रिय साहित्यको मर्दकेन्द्र निर्माण हुन सकेको छैन ।’
बा”की, वैचारिक अन्तरताको पर्रि्रेक्ष्यमा उत्तरवर्ती समिप पुग्न र्सवप्रथम त उत्तरवर्ती विन्दू समूहको घोषणा पत्रतिरै उन्मुख हुनपर्छ – जस्लाई राष्ट्रियताको तोलमोल गर्ने एकाधिकारवादीहरुको मर्द केन्द्रभित्रै दमित अवस्थामा राखिंदा वैचारिक उत्खनन्बाट अझै नया” र सशक्तरुपमा उजागर गरिएको विचार ठान्दछन्- पान्थरेली उत्तरवर्तीहरु ।
घोषणापत्र –
१ तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
२. समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।
३. स्व-स्वायत्तता र आत्म-निर्णयको अधिकारको दावी ।
४. बहुलवादी नेपाली साहित्यमा नया” अस्तित्वको दावी ।
५. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दावी ।
६. उत्तर आधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोज ।
७. सत्ताशक्ति निर्मित इतिहासको अस्वीकार ।
उपर्युक्त घोषणहरुको आधारमा आफ्नो वैचारिक अभिव्यक्ति राख्नुपर्दा स्थानिक र राष्ट्रियभन्दा बाहिर विश्वकै तोलमोल गर्नुपर्ने अवस्था उपस्थित छ । तर तेश्रो आयाम यताका साहित्य सर्न्दर्भका वैचारिक प्रकारान्तरमा उत्तरवर्ती विचार भने विविध सम्मिश्रति विचारान्तर सहित स्वयं वोधताको विन्दूमा उजागरित देखिन्छ । तेसैले अन्तर आ”कडालाई छाडेर वैश्विककरण र बहुलताबारे केही भन्नुपर्दा आजको सताब्दीले पनि एक विश्व, एक राष्ट्र, एक भाषा र संस्कृतिलाई मान्यता नदिएर बहु-राष्ट्र, भाषा र संस्कृतिलाई नै मुखरित गरिरहेको अवस्था छ । तेसैले एकल सत्ताबादी वैश्विककरणबाट विश्वमा अटाउन खोजिएको सम्पूण मानव अवस्थितिलाई आ-आफ्नै राष्ट्रियता, र्सार्वभौम सत्ताको लक्ष्मण रेखाले छुट्याएको छ । र नै, बहुल्ता छ । त्तेसै कारण एक्कल विश्व र बहु-राष्ट्रको परिभाषामा पनि अन्तर भएकोले मौलिक स्व-अस्तित्वको उत्तरवर्ती रोजाइ वर्तमान युगको प्रतिनिधि हो ।
नेपालको ऐतिहासिक काल-खण्डहरुमा समग्रताबादी खेलहरु आउ”दा अनेकन युद्ध, सन्धि र सम्झौताहरु नभएका, नतोडिएका र आन्तरिक उपनिवेशले समग्रताको घा”टी ननिमोठेको पनि होइन । अतः इतिहासगत तायदातीले निरिह बन्न पुगेका समग्रताका पक्षधरहरुमा युगले चेतनाभर्दा समग्रताबादी र्सार्वभौमिक सत्यबाट आफूलाई अलग पाउनु व्यवहारिक र चेतनाबोध दुवै हो । र , यै प्रत्यक्ष व्यवहारगत चेतनाले स्वयं बोधताको पक्ष उजागर गरिसके पछि आफैलाई स्वतन्त्र ठ्मयाउ”दा वेदखल रहित स्वेच्छाले आत्म-निर्णयको स्वायत्त अधिकार दावी गर्नुले उत्तरवर्ती विचार स्थानिक एवं सामाजिक धरातलमा निर्भयता पूर्बक उभेको ठहर लाग्छ । अझै नेपालको साहित्यिक रंगभूमिमा युगौं अगावै हुर्केका र वर्तमानको मध्यवर्ती वा सीमान्तवर्ती सम्मै फस्टिएका राष्ट्रिय साहित्यहरु एक्कल नेपाली नामधारी साहित्यको सत्ताभित्रै लोप गराइनाले समानान्तर विकसित साहित्यको अभावमा नेपाली साहित्य अपाङ्ग ठहरिने विचारलाई पनि समग्रता एवं बहुल्तामूखि ठान्नै पर्छ । तेसैले उत्तरवर्ती विचार बहु-केन्द्रीयताको निर्माण र नेपाली साहित्यको आधुनिकोत्तर मार्ग-चित्रको हैसियतमा उजागर भएको ठान्नु लज्जाजनक ठहरिदैन । कारण, यसभित्र स्व-अस्तित्वबोधता छ र परिवेशजन्य स्थानिक, सामाजिक, सांस्कृतिक, राजनैतिक एवं राष्ट्रिय साहित्य प्रतिको उत्तर चिन्तन भेटिन्छ ।
उत्तर आधुनिक नेपाली साहित्यको सर्न्दर्भमा त्यसो त र्सवप्रथम ‘लीला’ को दावी छ -पर्ूर्वीय सैद्धान्तिक परम्पराका बारे । तर त्तेस्लाई आत्मसात गर्दा नेपाली साहित्यको प्रारम्भ वा संस्कृत साहित्यको योगी, ऋषि र भक्तिवादतिरै उन्मूख हुनु पर्ला । कारण ‘लीला’मा आएकोलेखन धर्म-प्रायः पुरातनकै विनिर्माणीकरण र आधुनिक नेपाली साहित्य लेखनको पनि विनिर्माणीय-अवस्थामा बा”चेको देखिन्छ । यो स्पष्ट उल्लेख गरिसकिएकोछ – स्वयं अबोधताका कारण पूर्वीय सैद्धान्तिक मूल्य र मान्यताको ठोस् निष्कर्शको अभावमा अर्काकै नक्कल र देखासिकिमा रमाउन हामी व्यस्त छौं । जहा” यथार्थ, मुर्त र संज्ञानका पक्षहरु जीवन बा”च्नको लागि अबलम्बन गरिन्छ, त, ती सबै अतियथार्थमा भ्रम मात्तै मान्ने हो भने मानवीय अस्तित्वको मूल्य र मान्यताको आवश्यकता किन – यही प्रश्न वित्थोल्दा क्षणभंगुर जीवनको र्सार्थकताका निमित्त पनि पूर्वीय चिन्तनको सैद्धान्तिक परम्परामा मौलिक लखेनगत सिद्धान्त प्रतिपादन हुनु पर्यो । अतः यी अवधारणाहरुको आशावादी चिन्तनभित्र पराभौतिक, अमुर्त र उत्तर संज्ञानका पक्षहरु मात्तै ल्याइनु भएन-कारण यस्बाट उपदेश रहितको युगबोधीय र समाज सापेक्ष लेखन धर्म फस्टाउन सक्दैन । त्तेसैले उत्तरवर्ती विचारमा जीवनको मूल्य र मान्यताका लागि आन्दोलित चिन्तनको प्रारम्भ भएको हुन सक्छ । तर यसबारे अरु वढि विचारविमर्श बढाउन अहिलेका हकमा हतार गरेको ठहरिन्छ । यस्का अतिरिक्त मानवीय सत्ता, सभ्यता, संस्कृतिको इतिहास प्रतेक क्षणहरुसंगै आफै निर्माण भएर आउने क्रममा भत्किनु र लोप हुनुको कारक तत्वहरु पनि संगसंगै आएका हुन्छन् । जहा” यौटा सभ्यता र संस्कृतिको अनिच्छापूर्बक विनास गरिन्छ, त्यहा” मौलिक टुसो उत्जीवितै रहेको हुन्छ । त्यो पुन : र पुनः टुसिन्छ, पल्हाउ”छ र झा”गिन्छ- तर स्वेच्छाले वर्जित बस्तु सदाका लागि लोप भएर जान्छ । त्तेसैले स्वतःस्फूर्त निर्मित ऐतिहासिक पृष्ठभूमिको मौलिक टुसोको पुनरावृतिका लागि तेस्को सम्यक् संरक्षण एवं परिपालनद्वारा स्व-अस्तित्वको मौलिक चिनारी उत्जीवित राख्न सत्ता शक्तिको कारक तत्वद्वारा निर्मित इतिहासलाई अस्वीकार गरिनु पनि स्वीकार्य पक्ष नै देखिन्छ । अत ः उपर्युक्त विचारविर्मशको मन्थनद्वारा उत्तरवर्ती विचारलाई केलाउ”दा हालसम्मका लागि दृष्टिकोणीय निष्कर्षे देखापर्छ भने –
क. उत्तरवर्ती विचार र्सव सत्तावादको विरुद्ध बहुल्ताको उद्घोषक ।
ख. कुण्ठाग्रस्त समग्रताको विरुद्ध स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको सम्वाहक ।
ग. नेपाली राष्ट्रिय साहित्यको निर्माणका पक्षधर र उत्तर आधुनिक नेपाली साहित्य लेखनमा पूर्वीय सैद्धान्तिक चिन्तनको अनुसन्धाता ।
घ. उत्तर आधुनिक साहित्य लेखनमा नया” अस्तित्वको सम्वाहक र स्वनिर्मित इतिहासको पक्षधर ।
ङ. स्थानिक र सामाजिक पर्रि्रेक्षमा स्व-पहिचानको आधार स्तम्भ ।
सालाखालामा अहिलेसम्म उत्तरवर्ती वैचारिक आन्दोलनमा आफ्नो दृष्टिकोणले आ”केको पक्ष त्तेती नै हो । अतः उत्तरवर्तीबारे जहा”-जोबाट जे दृष्टिकोण अथवा वैचारिक अभिव्यक्तिहरु आए-आइरहेका छन्, त, ती सबै वैचारिक अन्तर दृष्टिका अभिव्यक्ति भएकाले अझै विचारविमर्श भइरहनु आवश्यक देखिन्छ । यस्का अतिरिक्त विविध सांकेतिक प्रयोगहरु सहित बहुल्ताभित्र स्व-अस्तित्वको दावी उत्तरवर्ती लेखनमा प्रचुरमात्रामा आएको माथिनै जिकिर उठाइएकोले यहा” केही उत्तरवर्ती साधकहरु वा चिन्तकहरुको लेखन प्रकरणमा पाइने विचारान्तरका अंशहरु प्रयुक्तहुन स्वभाविक लाग्छ ।
क.युगौं दमित स्व-पहिचानको उद्घोष गर्दै भवानी तावा ले लेखेका छन् –
यतिका साल भैसक्यो
चोमेन्* नपाएका [*उपकार – पूजा श्र लिम्बू ]
यी सुकुम्बासी बन्न विवश पारिएका हातहरु
………………….
योद्धा भएर पौंठेजोरी खेल्न तयार छन्
……………
मेरो आन्द्रामा ताम्भुङजाको* काइलागेको छ । [*कन्दमूल- बनभोज > लिम्बू ]
मेरो अनुहार कुल्चने हिम्मत नगर
मेरो रगत भक्भक् उम्लको छ
मेरो इतिहास फेरि यो भूमिमा हा”स्दै छ।
(चिनारीबाट)
ख. स्व-स्वायत्तताको मोहमा डुबेर सगुन सुसारा ले लेखेका छन् –
चेब्जुले चलाको -राज्य
बाजेले चलाको – देश
बाउले चलाको – मुलुक
जा”डले मातेर कहिल्यै
कोङकुयुक्माको* आख”ा देख्नु परेन [*काकाकुल – चील > राइ वान्ताव ]
त्यसैर
म स्व-स्वायत्तताको – प्रतीक †
म स्व-स्वायत्तताको – अंश †
म स्व-स्वायत्तताको – भाग †
म स्व-स्वायत्तताको – तथ्य †
(वर्जित गैंडाहरु र माउवा चेप्पाको निस्सीमताबाट )
ग.समग्रताबादी र्सार्वभौमिक सत्यको दमितताबाट उन्मुक्तिको गर्वबोधका हकमा राज माङ्लाक ले लेखकाछन् –
कति न्यानो निलिबसेको समय यी दिनहरु
भत्भती हत्केलाहरुले छाती छेकेर मनमा
………………
युमा – को* स्वर – [*बजू – गृहदेवी > लिम्बू ]
“लाजे !¯ झयालखाना धुजाधुजा च्यात्नु ….।” [*सम्बोधनमा -नानी > लिम्बू ]
मैले सुनें
हजुरआमाको – चौतारमा / उभिएर
भन्छु ः त्यो क्षण मेरो मुक्ति,
यो क्षण मेरो व्रि्रोह,
तिहाँ क्षण मेरो गर्व,
(अस्तित्वको हिरासत तोडेर ः वर्तमानबाट )
बस † प्रस्तुत उद्धरणहरुबाट वैचारिक घोषणा र लेखन धर्मको तालमेल स्पष्ट हुने भएकोले बा”की उत्तरवर्ती विचारहरुलाई यहा” समावेश गरिएन । चुडान्तमा उत्तरवर्ती विचार र्सवसत्तावादको विरुद्ध स्व-अस्तित्वको उक्त चिन्तनका हकमा पान्थरेली युवाहरुबाट ल्याइएको मौलिक पक्षको आन्दोलन भएकोले यस्को निरन्तरता सम्मै विचारविमर्श भैरहनु पर्छ । अहिले नै किनारा लगाउन अर्समर्थ छु ।
०६४।११।१७
विर्तामोड, झापा
(स्रोत : Dobato)