~धर्मेन्द्र विक्रम नेम्बाङ~
“The oral specifications that I will provide –when I say ‘with an e’ or ‘with an a’– will refer uncircumventably to a written text that keeps watch over my discourse, to a text that I am holding in front of me, that will read, and toward which I necessarily will attempt to direct your hands and your eyes. ”
– Jacques Derrida, DIFFERANCE
“Writing not only records languages, it also changes language– and consciousness. ”
– Charles Bernstein, THE ART OF IMMEMORABILITY
…..’जिवन’ खेलियो र ‘साहीत्य’ खेलियो । छायाँमा पर्यो जीवन र साहित्य । टाढोबाट कतैबाट नल्याइकिन यो उही जीवन र साहित्यको इकारलाई फेरबदल गरिएको थियो । जीवनको- ( ी ) र साहित्यको ( ि ) लाई अदलबदल गर्दा अघि दीर्घ ( ी ) भएकोमा ह्रस्व ( ि ), अघि ह्रस्व ( ि ) भएको दीर्घ ( ी ) इकार बन्नुपुग्यो । साटासाट गर्दा ( ि ) जीवनमा आयो, ( ी ) साहित्यमा गयो । बन्यो यस्तोमा अब ‘रस्व जिवन’ र ‘दीर्घ साहीत्य’ र ‘दीर्घ साहीत्य’ र ‘रस्व जिवन’ । नजिकको साइनो थपियो दुईको, मुल्य आदान-प्रदान भयो । उपहार, चिनो साटासाट भएकोजस्तो, अंशबण्डा गरेको जस्तो भयो । मित लगाइएको जस्तो भयो । यस्तोबाट बन्यो ‘जिवन र कला एकअर्काको लागि ।’
विचारको प्रुफ मिस्टेक, जति कुराहरु सतहमा छ त्यति सतहमा हुन्दा जति अनुपस्थिति छ, तिनीहरुलाई सतहमा हाजिरि गराउनु । उपस्थिति गराउनु । यसको अर्थ कसैलाई पनि अवैध, अमानक, अनुपस्थित हुनु नदिनु हो । भए सप्पै अलिलि अवैध, अलिलि अमानक, अलिलि अनुपस्थित, अलिलि मानक, अलिलि उपस्थित, अलिलि वैध ।
हामी सामान्य बहुरङ्गवादीहरूले सोही बोक्नु चलाउनु थाल्यौं ।
नयाँपना, भिन्नपना, अरुपना, फरकपना भेटिनु थालियो, थाम्नु नसक्ने गरी ( ि ) जीवनमा र बन्यो जि( ी )वन, परिवर्तनहरू गतिशिलताहरू पक्रेर हिँड्नुलाई । उही पनहरूले टुक्रियो साहि( ी )त्य र बन्यो साहीत्य थपिएर ‘सापेक्षतावाद, स्थानिकतावाद, बहुलतावाद’ । आधुनिकता नेपाली पार गरेको तेर्र्छो र उकालोमा पहाड कुदिरहेको । चुडिएर, टुक्रिन्दै, मिसिन्दै, गइरहेको पार गरेर कतै पर, टाढा, उता । बसेको, उभेको जमिनमा गणित बनाउनुपर्दा, प्रयोगवाद, एभाङ गार्ड, नेपाली उत्तरआधुनिकतावाद, बहुरङ्गवादको ।
सम्रचनाको पोलहरू, खाँबाहरू उभिएको छ क्षितिजको दुवैतिरको भीरमा । कुद्दै ‘वक्ररेखा’, झन्नै छुएर एउटा पोल या पोष्टमा झन्नै गोल लागेर फेरि अर्को पोलतिर चढ्छ । यस्तरी पार गर्दै दगुरेको छ गतिहरू, कोहीहरू । हेर्दा कोहीहरू फर्केको छ यस्तै लस्करमा ‘भीर’को भीड्मा । … तिनैहरू हुन्, नेपाली व्याकरण, उसभन्दा बाहिर जानु नदिने क, ख, ग, घ, ङ व्यन्जनवर्ण्, स्वरवर्ण, विभक्ति, विशेषण, शब्द, अक्षर, वाक्य । दिमागको रचनाहरू, व्याकरणहरू । डेरिडा, उत्तरसंरचनावादी, डिफरान्समा बोल्छ, It bears (on) each members of this sentence, being/speaks/always and everywhere/through out/language… I speak, therefore, of a letter.
नराम्रो-राम्रो दुरीको चक्र यस्तै छ । खालि यसमा समन्वय गर्नुछ । दन्ते स अक्षर प्रयोग गर्नुछ समन्वय, संयोजन, सहकार्य, सपअस्तित्व, सहभागी, सद्भावना, समावेशिता….. आदि इत्यादी । त्यो निर्माण ‘नयाँपना, भिन्नपना, अरूपना’ हुनुजान्छ । यस्तै राज्य निर्माण, ‘रस्व जिवन’ निर्माण, ‘दीर्घ साहीत्य’ निर्माण, राजनीति शास्त्र आदि इत्यादीमा पनि यो ‘दन्ते स’ नै उपयोग गर्नु यहाँ उपयुक्त देख्छु । जगदिश घिमिरेको अर्न्तर्मनको यात्रा आत्मालाप २०६४बाट केही टुक्रा संयोजन गर्नु उचित ठान्छु, धर्को शीर्षकमा उहाँ यस्तै वोल्नु हुन्छ, जीवन र्सर्धैं ज्ञेय-अज्ञेय, दृश्य-अदृश्य, योजनाहरूबीच पिङ् खेलिरहेको हुन्छ ।….. अपवाद्वाहेक सबै मान्छे उस्तैउस्तै हुन्छन्, तर दुरूस्तै उस्तै हँदैनन् । सबै मान्छे फरक हुन्छन्, तर पूरै फरक हँदैनन् । सबै अलिअलि सज्जन, अलिअलि उदार, अलिअलि अनुदार, अलिअलि कृतज्ञ, अलिअलि कृतघ्न, अलिअलि भद्र, अलिअलि क्षुद्र, अलिअलि लोभी, अलिअलि दानी, अलिअलि पापी, अलिअलि धर्माती, अलिअलि गुनी, अलिअलि बैगुनी, अलिअलि स्वार्थी, अलिअलि परार्थी, अलिअलि आसक्त, अलिअलि निरासक्त, अलिअलि अनुरक्त, अलिअलि विरक्त, अलिअलि सहज, अलिअलि असहज, बौलाहा र अलिअलि सहज सद्धे हन्छन् । अझ उहाँ बढ्नुहुन्छ, सद्धेपना र पागलपना मात्राभेद वा दृष्टिभेद मात्र हो ।( पृष्ठ ७)
शब्दले सम्बन्धन राख्छ समाजसँग, समाजको हरेक पक्ष, तहसँग । यस्तोमा जिवनमा परिवर्तन जरुरीका साथ केही भयो । नौलो केही जरुरीका साथ भयो । ‘परिवर्तन र गतिशीलता’को पक्ष र पाटाहरू पक्र्यो । गएर ‘डार्विनको उद्विकासवाद’सँग सम्बन्ध राख्यो र्।र् इश्वरीय सृष्टिलाई बेवास्ता गर्यो । क्रियाकारण सिद्धान्तमा विश्वास गर्यो । सानुतिनु स्थानिक विषयहरूमा विश्वास गर्यो । ठूलो, एकता, समग्रता, सम्पुर्णताबाट अलि टाढा उभियो । यसको चरित्र र विश्लेषणले रङ्गगत व्यवहार बढायो । बहुरङ्गिन नेपाली समाजको निर्माणमा उभिनु र उभ्याउनु चाहयो । समाज परिवर्तनको पक्षमा राख्यो । ‘परिवर्तन र गतिशीलता आत्मस्वायत्तता र स्वनिर्णयलाई अपनायो । ‘विकल्पवाद’, ‘व्यक्तिवाद’लाई साथी मान्यो । ‘व्यक्तिको जिम्मा, अभिभावकत्व आफैँ ग्रहण’ गर्यो । ‘स्वचालन र सञ्चालनको हर्ताकर्ता स्वयम्’ बन्यो । ‘व्यक्ति स्वायत्त’, ‘हरेक व्यक्ति, हरेक राज्य’को यस्तो ठूलो ‘बहुरङ्गवादीय’ समयको समाज निर्माणमा स्वभाविक बल पुर्यायो । ‘व्यक्ति आफैँ राज्य, राष्ट्र भएपछि व्यक्तिभन्दा कमजोर अरु सामूहिक ‘राज्यको अवधारणा’ जुन व्यक्तिभन्दा कमजोर छ को कामना भयो । ‘व्यक्तिको सर्वोपरिता’लाई बढाउँदा ‘सपअस्तित्ववाद, ओहोरदोहोर मापदण्डवाद’ चलाइयो । जसले ‘भर्टिकल’ यात्रामा फेरि ‘होराइजोन्टल’ आइलाग्यो । कसैको अस्तित्वलाई कमजोर नपार्नु, थप बढावामात्र दिनुलाई ‘salad bowel को सिद्धान्त’ आइलाग्यो । यो परिवर्तनको यात्रामा, गतिशिल दिनमा ‘रस्व जिवन’ले साथ दियो । ‘दिर्घ साहीत्य’ले साथी दियो ।
‘प्रुफ मिस्टेक’ले, दिमागको ‘प्रुफ मिस्टेक’ले साथ दियो । पुरानु संरचना भत्किनु, नयाँ संरचना बन्नुमा साथ दियो । यो भाँडाभित्र, यो बस्तुभित्र, व्यक्तिभित्र, रङ्गभित्र, चीजभित्र । ‘प्रुफ मिस्टेक’ बजारमा पुगेपछि धेरैजना क्षुग्ध, क्रुद्ध हुनुभो । व्याकरणविद्हरूलाई अप्ठ्यारो महसुस भयो । लेखक समालोचक उप्रिmनु थाल्यो । कविहरूले निधार खुम्च्याउनु थाल्यो । वार्ता, सम्वादको क्रममा विद्वानहरूबाट झपाराइ खानु थालियो । ‘रङ्गवादीय आन्दोलन’को सहयोगी समालोचक कुमारप्रसाद कोइरालाले भन्नुभयो, “यो इतिहासको अलापमात्र हुनुसक्छ ।” ( हेर्नु चन्द्रवीर तुम्वापोको भीरैभीर रङ्गैरङ्गमाथिको समालोचना) समालोचक कृष्ण गौतमले भन्नुभो “ग्रामरलाई मानकमा पुर्याउनुपर्छ ।” ( प्रकाश विमिलको भीर अथवा रङ्ग माथिको टिप्पणी) डा. लक्ष्मणप्रसाद गौतमले ‘डिकन्स्ट्रक्सनमा रिकन्स्ट्रक्सन गरौं’ भन्नुभो (विराटनगर टिप्पणी)’ । उत्तरआधुनिक विमर्शमा डा. गोविन्दराज भट्टराइज्यूले यसै सम्बन्धमा… ‘नेपाली काव्य सिर्जनाको एउटा कोसे ढुङ्गा ः माघे संक्रान्ति पारेर फोर्न खोज्दा’ मा प्रस्तुत गर्नुभएको पाठ हेरौं । वास्तवमा यो कविता सङ्ग्रह नभएर एउटा विचलन सङ्ग्रह हो । यी इच्छित हुन कि सांयोगिक थाहा छैन । सुरुमा पाण्डुलिपि पढ्दा यहाँ भित्रका कतिपय भाषिक पहिराहरू देख्ता यी अज्ञान्तावश घटेका होलान् कि भन्ने ठान्यौं र एकदिन धर्मेन्द्रलाई सम्झाउने निहुँमा श्री कुमार कोइराला र मैले भन्यौं, “भाइ, तपाईंको सम्पुर्ण उद्योग साहित्यको संरचनात्मक ढाँचाभित्रको व्यत्तिक्रम र उत्क्रमण हो । साहित्यभित्र त्यो ठीकै छ । त्यो कुरो व्यक्ति प्रयोगमा भर पर्छ, अझ व्यक्तिलाई अनेक प्रयोग गर्नु धेरै छुट छ । परन्तु भाषाको ता सबैले मिलेर बनाएको मानकविन्दू हुन्छ । हामी मानक कोषलाई अथवा व्याकरणका पुस्तकलाई मान्छौं । तिनमा ‘आम स्विकृति’ वा मान्यता हुन्छ । यर्सथ भाषाको सम्बन्धमा एउटा मान्य परम्पराको अनुशरण गर्नैपर्ला । हामीले ठान्छौं- यहाँ मानक भाषाको प्रयोग पनि छैन । पाना पल्टाउँदै जाँदा एकठाउँमा लेखेको रहेछन्- ‘टोक्ता-टोक्तै व्याकरण’ । अनि हामीलाई डर पनि लाग्यो यिनले व्याकरण सिध्याउने रहेछन् । अनि सोध्यौं- भाइ, जीवनलाई किन ह्रस्व ‘जिवन’ लेख्नुभो – साहित्यलाई किन दिर्घ साहीत्य लेख्नुभो ?
प्रश्न यही कमलमणि दिक्षितज्यूको पनि थियो, उहाँले भन्नुभो – I was intrigued by the way you have spelled the title with a dirgha E. Is it to look different ? हामीले उहाँलाई छोटोमा भन्यौ,- It is not just to look different, but we have a difference philosophical route of it.
दिर्घ जीवनको पुरानु रुट, मोडल, फ्रेम विघटन भयो, तोडियो, भंग भयो र ‘रस्व जिवन’को मान्यता बजारमा आयो । ‘रस्व जिवन’ले पुरानु सम्बन्धहरू विच्छेदन गर्यो । हामी आफ्नू मातहतमा थिएनौं, हामीलाई चलाउने कुनै दैविय अदृश्य शक्ति अलौकिक शक्ति छ भन्ने मूल्यमा परिवर्तन ल्यायो र ‘आफ्नू जिम्मा आफैँ लिनुछ’ भन्ने घोषणा आइपुग्यो । हुँदा-हुँदा यो राज्यको प्रारुपमा सम्म जोडिनुपुग्यो, ‘सामाजिक सम्झौताको सिद्धान्त’ -social contract theory_ ले दह्रो पारेको राज्य, सरकारमा केही बसेर सप्पैको प्रतिनिधित्व भएको छ भन्नुमा प्रतिनिधित्वको प्रणाली भन्दा आफू उभिने प्रणाली हरेक व्यक्ति पालो-पालोको आधारमा आवश्यक देखियो । यसलाई पनि ‘विघटन’ गर्नुपर्ने भयो । हरेक चीजको आयु आवश्यक देखियो । प्राचीनता, आधुनिकता, क्रस गर्नुपर्ने अवस्था आइपर्यो । केन्द्रीयतातिर फर्केको हिजोको जीवनलाई आज विकेन्द्रीयतातिर फर्काउनुपर्यो । धर्म, संस्कृति, जातिले व्यक्तिको जमिनमा खेल्ने नभई बहुधर्म, बहुजाति, बहुसंस्कृति, बहुभाषा, बहुराजनीतिको जमिनमा व्यक्तिहरूले खेल्नेभो । यो वातावरण र परिस्थिति बोक्नुको लागि चाहियो ‘रस्व जिवन, दिर्घ साहीत्य’ परिवर्तन र नवनिर्माण भो ‘दिर्घ साहीत्य र रस्व जिवन ।’ वर्तमान अवस्थाको नेपाल एउटा सही चित्र हो । इतिहासदेखिको श्रृङ्खला राजतन्त्रको, संविधानसभाको पहिलो वैठक जेठ १५, २०६५को घोषणाले उन्मुलन भएपछि, शक्तिशाली केन्द्रियताको अन्त भएको, कमसल विकेन्द्रीतताहरू छरिएकोमा ‘स अक्षर’को बोलवाला चल्दैछ, प्राचीन र आधुनिक एकताको प्रतीक, शासक सामन्तवादको प्रतीकको अन्त हुनुले जिवनहरू भाँडा-भाँडामा छरिएको छ ‘अनेकतामा, विभाजिततामा, विभिन्नतामा, बहुलतामा’ चल्दैछ । यसरी ठीक्क उल्टिएर ‘रस्व जिवन’ रचना आउँदैछ । यस्तो परिस्थिति, वातावरण, तापक्रम, पर्यावरणमा पुनर्संरचनामा नयाँ ‘रस्व जिवन’ चलाउनु उपयुक्त रहेको छ । त्यो ‘नयाँ परिस्थिति, नयाँ नेपाल, नयाँ दर्शन, नयाँ चिन्तन, नयाँ साहीत्य, नयाँ जिवन ।’ पुरानुहरूको विच्छेदनको । सप्पै प्रकारले नयाँ निर्माणमा लाग्नेहरूलाई हामी धन्यवाद दिन्छौं विशेष गरी राजनैतिक, सामाजिक, कार्यकर्ताहरूलाई । यो संयुक्त शान्तिपूण जनआन्दोलन २०६३/०६३ को आत्मस्वीकरण र नयाँ नेपालको शपथ ग्रहण पनि हो । नयाँ भन्नु नयाँ भैरहने विषयवस्तु नभई पुरानै भैरहने विषय हो । घटनालाई नयाँ निर्माणको सम्भावनामा हामी उभिनैपर्छ ।
माथिको यो नयाँ परिस्थिति, परिवर्तन, वातावरण अँट्न नयाँ भाँडा चाहियो । जसको काम ‘दिर्घ साहीत्य र रस्व जिवन’ले गर्यो । चिन्तन, दर्शन, विधा, सिद्धान्त यो बोकेको छ रस्व र दिर्घको खेलले, क्रियाकलापको चालचलनले, रङ्गको नीतिनिर्देशक सिद्धान्तले । दिर्घ साहीत्य बापत यो विचार कुराहरू पुर्याउँदै छौं हामी, विविधता, बहुलताको सौर्न्दर्यशास्त्र निर्माण गर्दैछौं । ‘बहुसांस्कृतिक अनेकनता, बहुधार्मिक अनेकनता, बहुजातिय अनेकनतामा, बुहभाषिक अनेकनतामा, बहुदलीय अनेकनतामा सपअस्तित्व’ सहित रमाउँदैछौं । ‘परिवर्तन र गतिशीलता’को लागि निरन्तर लागि परेको छौं । ‘रस्व जिवन’ले ‘दिर्घ साहीत्य’ले पक्रेको छ यही कुरो । साहीत्यमार्फत, जिवनमार्फत । उल्टो फर्केको ठीक्क यसरी हिजो एकतामा, आज अनेकनतामा, हिजो असहिष्णुतामा आज सद्भावना र सौहार्द्रतामा । ठीक यसरी उल्टो फर्केको छ हिजोको दिर्घ ( ी ) आज ह्रस्व ( ि ) मा, हिजको ह्रस्व ( ि ) आज दिर्घ ( ी ) मा । समयक्रम, घटनाक्रमले यस्तो पारेको छ । आवेग र आक्रोस छैन यो राज्यमा बहस, संवाद, छलफल र विमर्श छ । यो उत्तेजना र आक्रोसको कुरो होइन । हिजो एकल केन्द्रमा, आज बहुलकेन्द्रमा या ‘केन्द्रीय रहितता’मा, हिजो एक रङ्ग, एक अंक, आज असङ्ख्य, आज बहुल रङ्ग, मिश्रति रङ्गमा । हिज विकल्पहीनबाट आज ‘खुल्लावाद, विकल्पवाद’मा । यस्तो पर्लक्कै उल्टिएको छ हावापानी । यस्तो विचार, सिद्धान्त, दर्शनको व्याकरणमा ‘प्रुफ मिस्टेक’ भएको छ । छापामा, बजारमा आइसकेको छ ।
‘प्रुफ रिडर’लाई धन्यवाद उतिबेला सम्झाउने तागत थिएन हामीसँग, तपाईं पनि परिवर्तनकारी, गतिशीलतावादी, यो रस्व र दिर्घलाई नचलाइदिनु यसको जिम्मा हामी लिन्छौं भन्ने दम्भ देखाउनु बाहेक । हामी उनको जागिर र सामाजिक मर्यादाको ग्यारेन्टी लिनुसक्तैनथियौं । उसले पाउने हकारपकारको जिम्मा लिनु सक्तैनथियौं । बानी परेको ‘प्रुफ रिडर’ले कति त पुरानै रुटमा बनाइपठाउँछ । ‘कम्प्यूटरकवि’ डम्बर तुम्बापो ‘बुद्ध’कोमा पुग्थ्यौं ऊबेला, उनको बानीले, लतले, रुटले, परम्पराले बिगार पर्यो कि भनेर । किबोर्डमा Ctrl+H थिच्थ्यो र Find मा गएर जीवन टाइप गथ्र्यो, Replace मा गएर जिवन टाइप गथ्र्यो र Replace all मा क्लिक गथ्र्यो । साहीत्यको पनि उही । बडो आनन्द लाग्यो हामीलाई । जिवन साहीत्यमा प्रुफ मिस्टेक गर्नु सकेकोमा । प्रुफ मिस्टेक चिन्तन अगाडि बढाउनु पाएकोमा । ‘मानकता’ व्याकरणको हुँदै भत्काउनु पाएकोमा । व्याकरणमार्फ समाजको अन्य ‘मानकता’को ठेक्कापट्टा ‘विघटन अदलबदल’ गर्नु परेकोमा । यसरी ‘रङ्ग साहित्य फाँट’को व्यानरले संस्थागत गर्यो ‘प्रुफ मिस्टेक अवधारणा’ । अघिको ‘मानकता’ भत्कियो ।
राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, धार्मिक आदिमा केही ठेकेदार ‘प्रुफ रिडर’ले व्याकरण मानकताको शुरक्षा मुटि्ठभरको लागि गरिराखेको छ । अरुलाई छेऊ, पाखा लगाउछ । वाहिर, किनारा लगाउछ । तिनै ‘प्रुफ रिडर’को विपक्षमा यो ‘प्रुफ मिस्टेकको चिन्तन’ लक्षित छ । ‘प्रुफ रिडर’ले जुन कुरो ठिक मान्दैन र पाखा लगाउछ । त्यही विषय ठीक लागेको छ अरुलाई । त्यही ‘प्रुफ रिडर’लाई ठीक नलागेर पाखा लगाएको विचार, चिन्तन, विषय, शिद्धान्त, चीजको पक्षमा उभिन्छ ‘प्रुफ मिस्टेक चिन्तन’। ‘पु्रफ रिडर’को आँखामा ‘प्रुफ मिस्टेक’ देखिन्छ, ‘प्रुफ मिस्टेक’को आँखामा सही । उदाहरणको लागि २०६२..०६३को जनआन्दोलनलाई हर्ेदा तत्कालिन राजा ज्ञानेन्द्र ‘प्रुफ रिडर’को भूमिकामा आन्दोलनकारीहरू ‘प्रुफ मिस्टेक’को भूमिकाको खेलमा सहभागी थियो । संयुक्त जनआन्दोलनको सफलतापछि भूमिका परिवर्तन भयो मधेशीयन, लगायत जातिय आन्दोलनकारीहरू, विषय र मुद्धाले महिला, कर्ण्ााली, दलितको आवाजहरू ‘प्रुफ मिस्टेक’मा परे भने राज्यका हर्ताकर्ताहरू ‘प्रुफ रिडर’ । यसरी ‘प्रुफ मिस्टेक चिन्तन’को सम्वन्धन ‘वहुलतावाद’सँग, असंख्यतासँग छ । रङ्गवादको मर्म, प्राण, शर्त गतिशीलता भए जस्तै यसको मर्म गतिशीलतावाद नै हो । त्यसकारण यसको भूमिका परिस्थिति अन्सार परिवर्तित भईरहन्छ । यसरी ‘प्रुफ मिस्टेक’ सदा ‘प्रुफ मिस्टेक’ भइरहन्दैन, समयक्रममा यहि ‘प्रुफ मिस्टेक’को वाहक नै ‘प्रुफ रिडर’ वनिसकेको हुन्छ त्यो वेलामा अरु विषय, ब्यक्ति, चरित्र आइपुगेको हुन्छ ‘प्रुफ मिस्टेक’मा । यसरी हर्ेदा यो एउटा क्रमश पनि हो, समय पनि, संसोधन, द्धन्द, समन्वय । यो ‘मानकता’को विधटन त हुदै हो, सवार्ल्र्टनको आवाज त हुन्दै हो, एकप्रकारले भन्नु हो भने यो वर्तमानताप्रतिको प्रश्न चिन्ह पनि हो सामाजिक न्यायको मुद्धामा । वर्तमानताप्रति, मानकताप्रतिको प्रश्नचिन्हबाट सामान्य बहुरङ्गवाद अगाडि वढ्छ पनि भनुँ ।
भलाद्मी साथीहरू, अभियन्ता साथीहरू, बहुरङ्गवादी साथीहरू मज्जाले हाँस्थ्यौं । एस.एम.एस. आदानप्रदान गथ्यौं । फोन आदानप्रदान गथ्यौं । चिया आदानप्रदान गथ्यौं । अमरहरू, सीमाहरू, विमिलहरू, चन्द्रहरू, चन्द्रवीरहरू, समदर्शीहरू, स्वर्गीयहरू, धर्मेन्द्रहरू, अरूहरू । एउटा दिनमाथि कालो रङ्गको ढकनीले छोपेर हतार-हतार कतातिर लाग्छ । अरूले एकलाई, एकले अरूलाई हात हल्लाइराखेर छुटि्टको, सिङलाफाँटबाट, एयरपोर्ट, बसपार्क, ट्याक्सीपार्क, टेम्पोपार्क, बाइकपार्क आदि इत्यादिहरू । ह्रस्व जिवन र दिर्घ साहीत्यको भावकहरू, खेलाडीहरू, खेलकहरू, प्रयोगक्रेताहरू, उपयोगक्रेताहरू, उपभोगक्रेताहरू, कर्ताहरू, व्यवस्थापकहरू, वितरकहरू, चिन्तकहरू, दार्शनिकहरू, सिद्धान्तकारहरू, नेताहरू, कार्यकर्ताहरू, प्रचारकहरू, प्रवक्ताहरू, छापामारहरू, गुरिल्लाहरू, वक्ताहरू, अधिकारीहरू, डिजायनरहरू, उद्घोषकहरू, आन्दोलनकारीहरू, मान्छेहरू, व्यक्तिहरू, अभियन्ताहरु ।
शब्दले, परिभाषाले, व्याख्याले, जिम्मा लिएको छ यस्तो ‘रस्व जिवन र दिर्घ साहीत्य’को । ‘सिद्धान्त र व्यवहार’ दुवै बनेको छ । यस्तो साहीत्यको परिभाषा, नयाँ, जिवनको परिभाषा नयाँ बनेको छ । ‘बहुरङ्गिनता’को विचार, दर्शनसहित नयाँ जमिनमा उभेको छ । साहीत्य, जिवन, गतिशील, परिवर्तनशील परेको छ । धेरैजनाले प्रश्न गर्छ स्वर्गीय किन लेखेको ?
धेरैजनाले प्रश्न गर्छ ऊ बाँचेको छ र ? अरू-अरू ‘स्वर्गीय’ लेखकहरू थपिन्दै आएको पढिन्छ । माथिको सिद्धान्तभित्रको यो व्यवहारवाद हो । आफ्नू जिवनलाई आवधिक सम्भिmनु, ‘र्स्वर्ग र नर्कको विभाजन’ जो युगौंदेखिको महाआख्यानको अन्त गर्नु, जिवनलाई ‘क्रियाकलाप’ सम्भिmनु, वर्तमान ‘व्यक्तिलाई स्वायत्त’ पार्नु, घटनामा ‘क्रियाकारण’ले जिम्मा लिनु । दर्शन, चिन्तनलाई मूलभूत व्यक्तिको आसपासमा झार्नु, ‘भगवानको आत्महत्याको जग्गा’मा आफूलाई उभियाउनु आदि इत्यादि । यसै सिद्धान्तको ‘व्यवहारवाद, आचरणवाद, आदतवाद,’ ‘स्वर्गीय स्वप्नील स्मृति ।’ जिउँदो मान्छेको स्वर्गीयता । ‘असम्बद्ध सम्बन्ध’को भान या ‘विपरीतता’तिर फर्केर जिवन हेर्नु जस्तो ऐनामा, रङ्गमा, प्रकृतिमा केही । ‘स्वर्गीयता’ यो अलिकति ‘रस्व जिवन’, अलिकति ‘दिर्घ साहीत्य’, अलिक धेरै ‘लेखकको मृत्यु’, अलिक कम ‘पाठको मृत्यु,’ निकै धेरै ‘पाठकीय अन्वेषणको उदयको धार’ हो, ‘प्रतिसमालोचना सिद्धान्त’ हो । यसरी ‘रस्व जिवन र दिर्घ साहीत्य’ले भाग्यवाद, नियतिवादसँग सम्बन्ध विच्छेद गरेको छ ।
हाम्रो या ‘सामान्य बहुरङ्गवादीय आन्दोलन’को सुरुसुरुको अवधिमा ग्रामरको कारण पनि निकै आलोच्य खेप्नुपर्यो । दर्शन, चिन्तन, सिद्धान्त, लेखनमा नयाँकुरो प्रदान या उपलब्ध गर्नुपर्ने अवस्थामा व्याकरणले साथ नदिएको स्थिति रह्यो त्योबेला हामीले सम्झ्यौं व्याकरणले पनि केहीलाई सरकारलाई, शासकलाई, स्थापितलाई नै बोक्तोरहेछ, यस्तो पक्षपात भेट्टायौं । यसको विपरीत सिमान्तीकृत, किनारीकृत, कमजोर, असक्तलाई हेप्तोरहेछ । ठाउँ नदिँदोरहेछ । रोक्तो, खेद्दोरहेछ, यस्तो पायौं । त्यसकारण हाम्रो जिम्मा भो, छेलिएको सिमान्तीकृत, पाखा लगाइएको, कमजोर, निमुखा आदि स्पेशको लागि हामीले सप्पैप्रकारको ‘मानकता’ भत्काउने निधो गर्यौं । एकल वर्चश्व ध्वस्त गर्दै ‘मिश्रणवाद, बहुलतावाद, असमानतावाद, विपरीततावाद’को स्थापनाको लागि ‘साझा, बहुरङ्गिन’ पार्नु लाग्यौं । अरूको अस्तित्व विशेषगरी तिनै सिमान्तीकृतहरूलाई सधैं शासन गर्ने एक अंक मेटाउनु पृष्ठ संख्या उल्ट्यायौं । देशमा निर्वाचित संसद नभएको अवस्थामा संसदिय शैलीमा पुस्तक विमोचन गर्यौ ( हेर्नु, रङ्गै रङ्गको कविता, कान्तिपुर १७ जेठ २०६२) । यो नेपाली समाजदर्शनको क्षेत्रमा नेपाली मौलिकता र विशेषताको पक्षमा क्रिया भो । अहिले १ अंकको मुख्य नायक राजाको अन्त भइसकेको खुशियालीमा अब कसैको नयाँ राजावाद सधै हाम्रो असहमति विषय भइरहन्छ ।
डा. गोविन्दराज भट्टर्राई उत्तरआधुनिक विमर्शमा अरू बताउनुहुन्छ-
उन (धर्मेन्द्र)ले भने- ‘सर हाम्रो जिवन कति छोटो र क्षणभंगुर छ, यसलाई लामो सम्झेर दर्ीघ जीवन लेख्नु नै मलाई अनर्थ लाग्यो । तर साहीत्य त लामो र अमर छ त्यसैले हामीले साहीत्य लेखेका हौं ।’
हामीलाई उनको दृष्टि र दर्शन चित्त बुझयो, किनभने भाषाको नियम यादृच्छिक हुन्- हिन्दीमा पुलिसले कसरी स्त्रीलिङ्गी क्रिया लिन्छ र अंग्रेजीमा पानीजहाज भनेजस्तै ! यस्ता मनपरीहरू सम्झेर केही बोलेनौं । तर किताब हेर्दा लाग्छ, बर्ण- बिन्यास यादृच्छिक, व्यक्तिगत र धर्मेन्द्रताले भरिएको छ । हामीले फेरि सम्भिmयौं- मानिसलाई तेस्रो सोच लिएर आउनु देऊ डेरिडा भन्दछन्- उनलाई सुरुमै हातखुट्टा बाँधेर नलडाऊ । त्यसैले हामीले उनलाई त्यस्तै छाडिदियौं । अरूले गरेको र उनले गरेको कर्महरूको ग्यापबाट केही नयाँ अर्थ निस्केला । अबको समयले यस्तै नयाँ अर्थ खोजिरहेको छ । ( पृ. ४५९)
colour आदिहरू चलाउने बिटिस अंग्रजीवालाहरुको बीचबाट अमेरीकन अंग्रजीवालाहरूले color आदिहरू विकसीत गरेर चलाए जस्तै । यसतो भेदहरू थुप्रो छ ती दर्ुइमा आ आफ.नो निजित्व । नेपाली साहीत्यमा पनि कायम वन्यो यहाँसम्म आइर्पुग्दा । जिवन जीवन, साहित्य साहीत्य दुवै । बहुरङ्गवादको मौलिकता भयो जिवन र साहीत्य ।
colour लाई अमेरिकीहरुले color चलाए जस्तै स्पेलहरूको भेद ठूलो देखिन्छ । अंग्रेजीमा व्रिटिश र अमेरीकीहरुबीच पनि या अंग्रजी उपभोक्ताहरूबाीचमा । नेपालीमा वाङ्मयमा रस्व जिवन र दिर्घ साहीत्य बहुरङ्गवादको डकुमेन्ट भयो ।
-एतिबेला, we.rangabadi@gmail.com
(स्रोत : Dobato)