~हरिमाया भेटवाल~
हिड्दा हिड्दै पत्तैबिना
हिडिरहेको बाटोसग पनि हुदोरहेछ प्रेम
बस्दा बस्दै थाहै बिना
बसिरहेको माटोसग पनि हुदोरहेछ प्रेम
पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम
हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम
फुलिरहेको फुलबाट किन आउछ प्रेमको सुबास ……?
झुल्किरहेको घामबाट किन आउछ घामको न्यानु ..?
किन जन्मदै गरेको सिसुलाई र बैसका ठिटाठिटीलाई देख्दा
उम्रन्छ एउटा सुन्दर दृश्य मन भित्र …
सानुछदा आमालाई सोदेथे- प्रेम के हो भनि ….?
भर्खर जन्मिएको बाछिलाई चाट्दै गरेकी गाईतिर देखाउदै
आमाले भन्नुभएको थियो
ऊ त्यही हो प्रेम …..
अलि ठुली भएपछि
कसैले प्रेम पत्र लेखेर दियो
साथीहरुले भने – त्यसले तलाई प्रेम गर्छ
तिमी सग माया झांगिएपछि
मैले तिम्रा लागि
समय दिए …..पसिना दिए
उमेर दिए …..बैस पनि दिए
सन्तान दिए…. र दिए बिस्वास पनि
दिदादिदै रित्तियेकी छु म यतिबेला
तिमीलाई दिने म सग अब अरु केहि बाकि छैन
मेरो प्रिया….
प्रेम त त्यो बेला पनि हुदोरहेछ
जुनबेला थुप्रै थुप्रै कुरा दिन सक्दो रहेछ मान्छे
अनि प्रेम त यो बेला पनि हुदो रहेछ
जुनबेला दिनलाई केहि हुदोरहेंनछ मान्छे सग
सिबाय प्रेम ……!!!!!
नोटः गरिमाबाट साभार गरिएको ।
(स्रोत : Pallawa)