~हरिमाया भेटवाल~
पारिजातको बोट .
रातभरी सेताम्मे फुल जन्माउछे
र
बिहान सन्न बिहिन हुन्छे
पारिजातको फुल रातभरिको जीवन जिउछे
र
बिहान बलेसीभरि पोखीन्छे
सुर्यको तापले छुनु अघि
पारिजातको बोट बेस्सरी रुन्छे
उ रोएर उसैले झारेको आसुले नै
उ पुन ; जीवित हुन्छे
उ जीवित रहेको प्रमाण रहुन्जेल
उ बाच्छे र जन्माई रहन्छे
कालो रातमा सेताम्मे फूलहरु …..!!!!!
(स्रोत : Nepal14hour)