~नवराज पोखरेल~
कोलहल्को चिच्याहट भित्र उकुस मुकुस मनका भावनाहरू लिएर्,
खुला आकाशमा टोल्हाई रहेका आखालाई पल्ट्ने बाजी खेलाउदा,
अनि
मानिसको हुल भित्र पसेर आफैलाई हराउन खोज्दा,
मलाई एक्लोपनको महशुस हुन थालेछ ।
अतितको यादमा डुबुल्की मार्दा , झट्ट सम्झेछु ,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु ।
मलाई तिमि छहराको आवाजले बोलाउने गर्थौ,
खोलाको कल्कलाईले हसाउने गर्थौ,
तर, आज ~
मेरो नेपाल तिमी टाढा हुनाले
छहरा र खोलाको आवाज सुन्ने कानले
मोटर र जहाजका कानै फुटाउने आवाजहरु
र,
सल्लाघारीको सुसाइको बदलामा
रेडियो र टिभीका तरंगहरु सुन्नु परेको छ
त्यसैले होला ,
यिनै पटयार लाग्दा तरंगहरुले गर्दा
मेरा कान फाट्न लागी सके
अब त मलाई, किन हो कुन्नि डर लाग्न थालेको छ l
मेरो नेपाल ,
तिम्रो सुन्दर पाखा र पखेरीको स्पर्श नपाएर ,
आज म एकान्त ठाउमा पनि आफुलाई हराएको पाउछु l
मानिसको हूलमा मानिसलाई नै देख्न छाडेको छु ,
साच्ची , मेरो नेपाल तिमी बिना म शुन्य भएछु l
तिमी मलाई माया गर्थौ ,
प्यासमा पानी दिन्थौ, भोकमा खाना खुवाउथ्यौ
तिमीलाई आफ्नै आमा सम्झी म पनि
तिम्रै छातीमा लडिबुडी खेल्ने गर्थे
तर,
आज म तिमीबाट टाढा हुँदा
प्यास र भोकमा तिमीलाई नै सम्झन पुग्दछु,
मेरो नेपाल तिमी बिना म शुन्य भएछु l
मलाई बिश्वास गर ,
म जति टाढा भए पनि तिम्रै कोखको सन्तान हुँ
एक मुट्ठी रगत रहुन्जेलसम्म तिम्रै लागि लड्ने छु
विश्वमा तिमीलाई चिनाई छाड्ने प्रण पनि गरेको छु l
President, NRNA-NCC-Romania
(स्रोत : NRNaksa)