नियात्रा : काम ड्राइवर त हो नि

~दुर्गा खनाल~Durga Khanal

म बिहान उठेर हात मुख धोएर निस्किए काममा, काम ड्राइवर त हो नि । बिहान घाम लागि सकेको थियो म कोठाबाट निस्कदा, गाडिको सबै टायर हेरे अनि मोबिल र तेल हेरे, टायरमा हावा कम्ती रहेछ । ढोका खोले र रुमाल निकालेर ऐना र सिसा पुछ्पाछ पछी अगरबत्ती बालेर आरती गरे । स्टार्ट गरेर लागे वर्कसप तिर हावा भर्न टायरमा । वर्कशपमा हावा भरे र गाडिको कन्डिसन चेक गराए । त्यसपछी कन्टेनर लगेर लोडगर्ने ठाउँमा राखिदिए र म लागे नास्ता गर्न । के खाने नास्ता उहि त हो सधै आलु परोटा चिया अनि अरु…… । आज मैले रोटी र सब्जी मागे अनि चियामा डबल लिप्टन मागे । सब्जी पनि मोसाकेल रहेछ, भिन्डी, करेला, कोभी, मटर खोइ के अरु पनि थियो तर गुलियो जस्तो । नास्ता पछी म लागे वेयरहाउस तर्फ जहाँ मैले मेरो कन्टेनर छोडेको थिएं । आजको यात्रा मेरो कस्सिम को रहेछ । ट्राफिक नियम अनुसार म बेलुका मात्र निस्कनु पर्ने छ । तेसैले मैले ट्रेलर लिएर पुनः कोठामा आएर एक्छिन सुतेको त भुसुकै निदाएछु ।

साँझमा म निस्किए कास्सिम तर्फ । बाटामा प्रसस्तै ट्राफिकजाम थियो । ४०-५० को स्पीडमा बल्ल तल्ल म निस्किए हाइवेमा । त्यतिबेला रातको ७ बजेको थियो र म ४ नम्बर खोब्री (फ्लाइ ओभर पुललाई अरबिक भाषामा खोब्री भनिन्छ) बाट अगाडी बढ्न थाले । केहिपर पेट्रोल पम्पमा टन्न तेल भरे, पानी भन्दा सस्तो छ यहाँ तेल । नजिकको दोकानबाट एक बोतल पानी ५ रियालमा किनेर गाडिमा राखे र तीन डब्बा चुरोट र केहि चिप्स पनि किने । बल्ल ट्रैलर सोझो पारे बाटो तर्फ । तीन लेन को बाटो तर मेरो लेन छेउमा छ तर पनि मैले स्पीड ४०,५० हुँदै ८० नघाएं । अलिक पर अर्को ट्रैलेर भेटे पछाडी लेखेको थियो “ म नेपाली हुं, राम्रो सँग जानुस है तपाईंको भरिया साथी” ओभरटेक गरेर नजिक पुगेको त झ्यालामा नेपाली झन्डा रहेछ । मैले हर्न बजाए उनले पनि हर्न बजाए । म लागे अगि उनी पछी परे । मेरो स्पीड ९० पुग्यो तर बाटामा ट्रैलर वजन गर्नु थियो म बाटो छोडेर लागे वजन जचाउंन । कती सजिलो छिटो भयो त्यहाँपनी । फेरी मैले ट्रैलेर हाइवेमा सिधा पारे र स्पीड बढाएं । केहिछिन मा चेक पइन्ट आयो, मैले स्पीड डाउन गरे ८०,६०,४०,२० हुँदै १० मा मैले चेक पोस्ट पार गरे ।

पुन मेरो स्पीड ८०,८५,९० भयो । बाटामा मैले म जस्तै धेरै गाडीहरु भेटे । बेला बेला साउदी सैतानहरुले यो ३ लाईनको बाटो सप्पै हाम्रो हो भन्दै गाडी चलाउंदा दिक्क लागेर आउथ्यो, के गर्ने यो मुलुकमा हाम्रो बोली बिक्दैन, हाम्रो रगत मात्र बिक्छ । रगतबग्छ पसिना बनेर । गर्मी छ बाटोमा गाडी चलाउदा ड्राइवर निदाउंछन – बाटोमा धेरै सुत्छन भनेर गाडी मा ए सि हाटाएको छ । के गर्ने घरको समस्याले गर्दा काम गर्नु परेको छ नत्र यो ५० डिग्री को तातो गर्मी मा किन काम गर्नु नि । धन्न मैले युएसविमा नेपाली गित भरेको छु र बजाउदै हिंड्न मिल्छ । गित बजिरहेको छ मेरो यत्रा चल्दै छ । तिरिरिरी मुरली बज्यो बनैमा मनैमा लौ माया नमारे — मलाई मेरो पुरानो गाउंघरको याद आयो छुटिको दिन बस्तु चराउंन जादा साथिहरुले जँगलमा यो भाकामा बांसुरी बजाउथे । आज यो मरुभुमिमा म यो गित एक्लै छु र सुन्दै छु । न म सँग खलासी छ न साथी । खलासी भनेको गाडीको ऐना हो जस्को सहारामा म पछाडी को दृस्य हेर्छु अनि मेरो बडेमानको गाडी उचित स्थानमा पार्किङ गर्छु । को सँग गफ गर्ने ६०,७० को स्पीडमा हिंड्नु छ । फेरी खोब्री आयो – खोब्रीको मुनी क्यामरा छ त्यसैले मैले मेरो गाडिको स्पीड कम गरे साथै अरु गाडीहरू पनि क्रमशः स्लो स्पीडमा हुन थाले । आजकल ट्राफिकले स्पीड नियन्त्रण गर्न बाटामा क्यामरा जडान गरेको छ । बाटामा नेपाली मिठा मिठा गित सुन्दै सुन्दै जानु छ । तर कती सुन्ने यि गित जती सुनेपनी सुनु सुनु लाग्ने । उडायो सपना सबै हुरिले —— आमा रुदै गाउबेसी मेलैमा छोरो रुदै साउदी को ट्रेलरमा—-घुम्दैजादा भारतमा नेपालीको गाथा भेटियो —– यो माटो भरी हाम्रै रगत पसिना लछ्याप्रै भिजेको छ, होटेलका कान्छा भाडाका सिपाइ यहिनै नाम हाम्रो छ —- ईलामे शाहर चियाबारी राम्रो त्यो पर घर हाम्रो—– सालको पात बजाउदै झर्यो ओराली — सारङी बजाउदै गाइने दाइ आयो गाउघरै रुवायो —– हे बरै बाबाले सोध्लाननी खोइ छोरा भन्लान्— आदी त्यादी सुन्दा सुन्दै म मज्मागाउ कटिसके छु । मध्यरात भयो यो देशमा । म र हामी दौडदै छौ गन्तब्य तर्फ बाटामा सबैजसो सुचना बोर्डमा अरबिमा लेखेका सुचना छन । समस्या नया ठाउँमा जानलाई । पहिला त जम्मै अरबिमा थिए तर आजकल कतै कतै अँङ्रेजिमा पनि छन । ट्राफिक संकेत अनुसार चलाउनु पर्ने गाडी नत्र यो अक्षर कसरी पढ्नु ( एक्जीट लेखेको एस्तो छ- مخرج ) लोकल ट्राफिक पुलिस लेखेको यस्तो छ (مرور محلي ) . बाटो मा पार्किङ गर्ने ठाउँभन्दा केहि किलोमिटर पहिला यस्ता बोर्ड पार्किङ स्थल् ( موقف سيارات) लेखेको भेटे र मैले मेरो गाडी पार्किङ गरे । पार्किङमा मस्जिद, ट्वाइलेट र चिया दोकान रहेछ । मैले दोकानमा रातो चिया मागे (सदिक जिब साइ, सुकर सोया रकेव डबल लिप्तोन )- ओके –भन्दै दोकानदार चिया बनाउन थाले । अनुहार बाट भन्न नमिल्ने कुन देशका हुन । मैले सोचेकी यि इन्डोनेसी या फिलिपिनका होलान, अर्का थिए भारतीय हुन या बाङ्गालि तर हाम्रो भाषा उहि अरबी नै चल्यो । मलाई चिया दिए, मैले दाम तिरे र चिया समाए । दोकानदारको मोबाईलमा फोनको घन्टी बज्यो – रातो र चन्द्र सुर्य जङी निशान हाम्रो — फोन उठाएर अरबिमा सामानको बारेमा कुरा गरे, अर्को ले भन्यो नेपाली मा – सामान सकिन लाग्यो छिटो गर्नु भन्नुस है । ल खा उनिहरु त दुबैजना नेपाली पो रहेछन । के गर्ने हाम्रो निधारमा नेपाल लेखेको छैन र हामिले हाम्रो काम गर्नु छ, अनुहार फरक फरक छन हाम्रा, धेरै देशका मान्छे सँग नेपालीहरुको अनुहार मिल्छ । भाषा जुनसुकै होस न आखिर हामी नेपाली हौं । मैले चिया पिए गाडिमा बसेर, बाटो सम्झें अब ३,४ घन्टामा पुग्छु । रातो चिया खाए पछी निन्द्रा लाग्दैन त्यसैले मैले पनि पिएको हो । म पुन अगाडी बडे र गाडी सिधा गरे, घडी हेरेको त नेपालमा बिहान भएछ । गित बजाए चिठी तिम्लाई लेखु भन्छु मनको कुरा मनमै रह्यो । फोनमा घन्टी बज्यो — हेरेको त घरबाट , किन होला यो राती फोन गरेको ? पुन मैले फोन गरे घरमा “ हेल्लो हैन यो राती किन हो ? के भयो र मिसकल गरेको ? निन्द्रा पुग्यो के ? ” उता बाट श्रीमती को आवाज ” के छ भनेर नि मिसकल गरेको । सन्चै हो ? कता हो नि सुतेको हो कि के गर्दै हो ?” – “ तिम्लाई काली यो देशमा २४सै घण्टा मान्छे काम गर्छन । म त ऐले बाटामा छु अगाडी ट्राफिक छ जस्तो छ, भन के छ त”- “सन्चै छु निन्द्रा लागेन अनि मिसकल गरेको नि । ” – “ल ल अब सुत म टेलर ठाउँमा पुर्याउछु अनि फोन गर्छु है अगाडी ट्राफिक छ बाइ ” । कता आइ लभ यु भन्न भ्याउनु कता किस खान भ्याउनु फोनमा । ठ्याक्कै अगाडी त चेकिङ पो रहेछ । मैले पनि बेल्ट बाधें र अकामा अगाडिको गोजिमा राखे । ट्राफिक – “ जिब अकfमा, रोक्सा” मैले सबै कागज देखाएपछी भन्यो ” एल्ल रो (जाउ भनेको) ” । म लागे अगाडी आफ्नु बाटो …..सरर ट्रेलर चलाउदै —–

यो देशमा नेपालीहरु कती थोरै तलबमा कार्यरत छन न यहाँ श्रमिक लाई उचित तलब र सुबिधा छ न कानुनी उपचार नै । भाषाले गर्दा हामी पछी परेका छौ । यो अरबी भाषा ले हामी अरबी नजान्ने प्रती थिचोमिचो गरेको छ । अरेबियनहरु ले पाउने तलब र नेपालीले पाउने तलब मा आकास पातालको फरक छ । काम नेपाली गर्छन तर सुविदाहरु भने मिस्री सुडानी ले लान्छन । यि मिस्री सुडानी यो देशमा आउँदानै सुपरभाइजर बनेर आउछन र काम सिक्छन अनि उपल्लो दर्जामा पुग्छन । उनिहरुको भाषाको कारण पदोन्नती हुन्छ तर कामका अधारमा होईन । कती सम्मन भने अग्रेजिमा तिम्रो नाम के भन्न नजान्नेहरु यो देशमा सुपरभाइजर हुन्छन । अरबी मा तिम्रो नाम के हो भन्न “ एस इस्मा इन्त ” भनिन्छ तर मैले अझै भोग्दै छु कि मेरो सुपरभाइजर एसो भन्छ – “माइ नेम एस (my name what)? ” अब एस्ताले के कामको मुल्यांकन गर्लान र !! हरी शरणम —

दोस्रो बाटोमा आउने गाडीहरुले आफ्नु हेड्लाईट (झ्याप झ्याप्) पिलिक पिलिक पार्दै आउन थाले एस्को अर्थ हो “अगाडी खतरा छ बिस्तारो जानुस्” । म लागाएत अरु गाडीको स्पीड कम भयो साथै इन्डिकेटर बल्न थाले । बिस्तारै जादा त बाटोको बिचमा चेकिङ पो रहेछ । पुनः गाडीका कागज चेक पछी म अगाडी बढें । अब म पुगे कस्सिम को बुरैदा शहरमा । हाइवे छोडे को ३ इसारा पछी को इसरामा म रोकिए । अर्कोपटीको रोड्मा पानीको छहरा बनाएको रहेछ कृत्रिम रुपमा । म त्यो बाटो हुँदै नजिक को मेरो गन्तब्यमा पुगे र आराम गर्न थाले । किन कि अब २ घण्टा पछी मात्र वेयरहाउस खुल्छ । अब मेरो मन नेपाल पुग्यो जहाँ प्रकृतिले छहरा बनाएको छ जहाँ प्रकृतिले हरियाली दिएको छ, सब थोक छ तर जांगर र प्रबिधी छैन, नियम र योजना छैन । हामी गरीब देशका धनी नेपाली हौं । किन कि १ घण्टा अगाडी मिस्कल गर्ने मेरी श्रीमती को फोनमा अब जती डाइल गरेपनी फोन लाग्दैन” तपाईले डाएल गर्नु भएको नम्बरमा ऐले सम्पर्क हुन सकेन कृपया केहि क्षणपछी पुनः प्रायस गर्नु होला” भन्ने आवाज मात्र आउछ । क्षमता भन्दा धेरै सिम बाडेर प्रसस्त नेट्वर्क पुर्याउन नसक्दाको यो एउटा प्रमाण मात्र हो । सोच्दा सोच्दै निदाएछु ।

बाध्यता नै हो कि क्याहो घर छोडेर बस्नु पर्ने, दैबलेनै लेखेछ क्यारे गाउ सम्झेर रुनु पर्ने, भाग्य कस्तो रहेछ हाम्रो फोटो हेरी बाच्नु पर्ने, आजै गर्नुपर्ने मायापिरतिका कुरा भोली पर्सी गर्नु पर्ने, कल्पनामा कल्पिएर हेर्छु गाउघरको हरियालीलाई, मनमनै मेल गर्छु बालसखा र सङीहरुलाई, याद आउछ फलफुलहरु ताजाताजा खाएको ताजै छ याद, जङल जादा बासुरीको सुरमा गाएको, खलेगरामा हिलो छ्यापाछ्याप खेलेको, धानको बिउ दिने निउमा हिलो छ्यापेको, हो हो माले हो हो, हो हो तारे हो हो गर्दै हिलोमा गोरुसँगै खेलेको, सांझपख हलोजुवा बोकेर घर फिरेको … क्या रमाइलो थियो थकित ज्यान खाटमा पल्टाएर रेडियो नेपालको रमाइलो कार्यक्रम झर्ना र झन्कार सुन्दा । रोदी, सुखद सुक्रबार अनि सिमानापारी कार्यक्रम सुन्दा ।

ब्युँझदा त अबेला भएछ । हतार हतार ट्रैलरको सामान ओराल्न लागाए । अनि म पुनः फर्के रियाद तर्फ । हिजो त राती को यात्रा थियो तर आज दिनको यात्रा छ । गर्मी को पारो बढ्दो छ । बाटाको वर पर भेडा बाख्रा चाराउनेहरु देखिन्छन । सुनेको हो नेपालमाहुँदा तर आज प्रत्यक्ष देखे – एउटा सानो गाडी छ सायद पानी बोक्ने गाडी होला । पाल टागेको छ वरिपरी भेडा, बाख्रा र उंट देखिन्छन । मरुभुमी छ के भेटेर खानु यो मरुभुमीको बालुवामा । कारीब ६, ७ झुन्ड मैले १०० किमी दुरी पार गर्दा देखे । गर्मी ले पसिना पसिना भयो । गाडी साइड गरेर बोतल को पानी पिए । यो बोतल पनि यदी बोरा बाधेर पानीले नभिजाउने हो भने चिसो हुँदैन । १५ नम्बर खोब्री को छेवैमा पाकिस्तानी होटेलमा भात खाएर म पुनः मेरो बाटो लागे । हामी भरिया हाम्रो बाटो अलग छ । हाम्रो बाटो थिचिएको छ खाल्डा खुल्डी छन किन कि हामी ट्रैलर कुदाउनेहरु को वजन धेरै हुन्छ र घामले रोड तातीन्छ अनि रोड भासिन्छ र खाल्डा पर्छन । चिल्लो बाटो छ भनेर अर्को ट्र्याकमा गयो भने जरिमाना तिर्नु पर्छ । बाटो बाटो मा क्यामरा राखेको छ । अरुबेला नपक्डेपनी अकामा बनाउदा या घर जादा एअरपोर्टमा पक्डिन्छ । यो तातो घाममा कामगरेर दुख सँग कमाएको रगतको मोल यही देशमा किन दिने बरु नियम अनुसार जाने । नियम मा चल्दात केहि हुँदैन नि ।

यो देशमा कमाउन जती कठिन छ जोगाउन उति नै कठिन छ । साथै नेपाल पठाउन पनि २,४ घण्टा लाईन मा बसेर मात्र पाठाउँन पाइन्छ कहिलेकाही त । यहाँ के छैन र ? सबै थोक छ । यत्रो कानुनी जटिलता हुँदाहुँदैपनी नेपाल मा पाउने सस्कृती पाउन सकिन्छ । खानेकुरा पाइन्छ । ऐस आराम पाइन्छ तर १ महिना को कमाइ १ घण्टा मा सकिन्छ । यहाँ नेपालिहरु ट्रैलेर मा नै ब्यवसाय चलाउछन । हो नि ड्राइभर का हरेक चोकमा श्रीमती हुन्छन रे त्यस्तै यहाँ पनि फोन मा श्रीमती बानाएका छन नेपाली,फिलिपिनि, इन्डोनेसी र अन्य मुलुककाहरु । यस्तै सोच्दा सोच्दै म रियाद आइपुगे । गाडी पार्किङ गरे र गाडी बाट ओर्लिए । ओर्लेको त म त खाट बाट पो लडेछु डङरङग । ब्युझदा त म मेरो कोठामा पो दिउसोको निन्द्रामा मज्झाले सपना देख्दै पो । कती बस्ने यस्ता दिवा सपना बोकेर । सँगैको जगबाट पानी पिए र म अघिको सपना सम्झदै हास्न र भाबुक मुद्रामा कान्तिपुर समाचार हेर्न थाले – शिर्षक थियो नेपालका ड्राइभरहरु —— खलासी नबनी लाईसन्स प्राप्त ड्राइभरहरु – जो म सँग ठ्याकै मेलखाने रहेछ ।

हालः रियाद, साउदी अरब

(स्रोत : NRNaksa)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.