~मन थापा~
तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा छ
घर गाउँ देश सबै लथालिंग बेहाल भा छ
बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो
तिमीलाई सम्झि रुन्छन् आँसुको नै ताल भा छ
तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ
तिमी प्रदेश पसेको सम्झ कति साल भा’छ
नेताहरु दिनदिनै कुर्सी खेलमा मस्त भा छन्
रहन्नकी देशै अब यहाँ धेरै जाल भा छ
भ्रष्टचारले सिमा नाग्यो महंगीले आकाश छोयो
देश बचाउन फर्क अब गरीबी नै काल भा छ
(स्रोत : NRNaksa)