~बिमल गौतम~
मलाई आज म आफै दुखें, मेरो पार्टी दुख्यो
पार्टिहरु पनि अरु सबै दुखे, किन कर्तब्य लुक्यो
इतिहास लुक्यो वीर गोर्खा संगै, इमान झुक्यो
नरोक्न सक्ने हत्या र हिंसा, सरकार चुक्यो
सम्राट गए कम्रेड आए, शान्तिको धोती फुस्क्यो
खाए अघाए आफु मोटाए, देश बिकास सुक्यो
म आफै ठुलो अनि मेरो पार्टी, भनी नेताले फुक्यो
यही घमन्डले आज यहाँ, मेरो संबिधान सुत्यो
कहाँ बाच्छौ नेता तिमी, द्वन्दमा देश परे पछी
जननी जन्म भुमिश्च, स्वर्गादपी गरियसी
९ अप्रिल २०१२
(स्रोत : NRNaksa)