कथा : वोध

~माया शर्मा~

गह्रौं मन र क्षतविक्षत मुटु लिएर चौरमा बसिरहेको थिएँ । एउटा फुच्चे पत्रिका हातमा लिएर कराउँदै आइपुग्छ “लौ आयो ताजा खबर लिउँ हजूर लिउँ । आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या, महिलाहरु नारा लगाउँदै अब सडकमा” । यस्तै के-के ! मेरा हातहरु अगाडि बढ्छन् । नभन्दै आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या भएको रहेछ यथेष्ट दाइजो ल्याउन नसक्नाले । यस्तै अर्को खबर थियो बिलासिताका सामान र प्रशस्त सम्पत्ति माइतीले

दाइजोको रुपमा आबश्यकता पूरा गरिदिन नसक्नाले उच्च घरानिया आधुनिक परिवारभित्रको अवस्था र श्रीमान-श्रीमतीको बीचका सम्बन्धबिच्छेद ।

यस्तै यस्तै थुप्रै समाचारहरु थिए । यिनीहरुले मेरो मनलाई नमि� ो गरी छुन पुग्छन् र सोच्न थाल्छु- हो मान्छेहरु धन-सम्पत्ति र दाइजोको लागि कति तल झर्न सक्छन् अनि बिर्सन्छन् नैतिकता भन्ने शब्दलाई नै । हाम्रो समाजमा पुरुषार्थ देखाउने लोग्नेमान्छेहरु ।
मेरो मानसपटलमा एकपटक फेरि सरलाको सम्झनाले आधिपत्य जमाउँछ । हो सरला र म सानैदेखि सँगै हुर्केका र स्कुल क्याम्पससम्म सँगै पढ्ने साथी । केटा र केटीलाई फरक दृष्टिले नहेर्नु उनको विशेषता भनौं । उनका आफ्ना केटी साथीहरुसँग भन्दा पनि बढी कुरा मिल्थ्यो हामी केटा साथीहरुसँग । उनलाई कसैलाई होच्याएको जिस्क्याएको र कुनै पनि अर्थमा केटीहरुप्रति कमजोरी सोचाइसम्म पनि पटक्कै मन पर्दैनथ्यो । यस्तै यस्तै कुरामा विचार मिल्ने भएर होला म अलिक बढी नै नजिक थिएँ उनीसँग ।

उनी स्वाभिमानी स्वाबलम्बी र आदर्शवान थिइन् । कहिले कुनै पनि कुरामा अरुको भर नपरी सम्पूर्ण स्वयम् नै गनै गर्थिन । म उनका यी सबै भावनाहरु राम्रोसँग बुझेकोले होला उनको विश्वासलाई जितेर सबैभन्दा नजिकको साथी हुन पाएकोमा गौरवान्वित थिएँ ।

एकदिन उनी मेरो घरमा आइन र भनिन् “समीर ! तिमीसँग म कुनै पनि कुरा लुकाउन चाहन्न । तिमी मेरो सबैभन्दा मिल्ने र नजिकको साथी अनि जसले मेरा सबै चाहना र भावनाहरुलाई राम्रोसँग बुझेका छौ । भोलि बिहान � ीक आ� बजे तिमी मेरो घरमा आऊ है ।” म आज्ञाकारी छात्रजस्तै समयमा नै उनको घरमा पुग्छु मनभरि प्रश्नै प्रश्न बोकेर । कुरो बुझें सरलाको बिहेको लागी कोही हेर्न आउँदै रहेछन । बिहेको बारेमा सरलाले आफू दाइजोको बिरोधमा रहेको र सामाजिक देखावटीका लागि ऋण खोजेरै भए पनि दाइजो दिनुपर्ने बाध्यताको घृणा गर्ने अनि दाइजोबिना नै बिबाह हुन सक्ने धारणा राखेकी थिइन् भने केटाको जवाफ थियो ‘बाबुको सम्पत्तिमा त मलाई कुनै आशा छैन भने दाइजो र ससुरालीले दिएको सम्पत्तिलाई हेर्ने त्योभन्दा अर्को तल्लो दर्जा नै छैन मसँग ।’ अनि यसरी अनावश्यक तडक-भडक नगर्ने गरी बिहेको टुङ्गो लाग्छ ।

मैले साचेको थिएँ सरला साँच्चिकै भाग्यवती केटी हुन् भनेर । आफ्नो विचारसँग मेल खाने जोडा पाइन् । उनको यो विचारले धेरै पटक यस्ता प्रस्तावहरु अगाडि नबढेको कुरा मलाई राम्रोसँग थाहा छ । धेरै पढा-लेखा आधुनिक र शिक्षित परिवार अनि उच्च ओहोदामा पुगेका पुरुषहरु भए पनि सोचाइ उही साँगुरै थियो तर आज बिपीनजीको विचारले म कति प्रभावित छु र आदर गर्न मन लाग्छ भित्रैदेखि आदर्शवान् पुरुष भनेर ।

उनको बिहेपछि हाम्रो भेटघाटको क्रम पातलो हुँदै जान्छ । उनी उनको नयाँ जीवनको कर्तव्य दायित्व र जिम्मेवारीमा व्यस्त हुन्छिन् भने म आफ्नै व्यस्ततामा । यस्तै एकदुई वर्षपछि अध्ययनको सिलसिलामा म पाँच वर्षको लागि विदेश जाने भएँ । उनी का� माडौंमा बस्ने हुँदा विमानस्थलसम्मै आएकी थिइन् मलाई विदाइ गर्न । “राम्रोसँग अध्ययन पूरा गरेर कुशल डाक्टर बनी तिमी स्वदेश फर्क । तिमीलाई मेरो शुभकामना । हुन त बिदेशको � ाउँ अनि एक्लो तिमी अवश्यै गाह्रो हुन्छ नै तर पनि तिम्रा एक असल मित्रको भावना अनि सफलताको कामना तिमीसँग रहने छ । उसको अध्ययनको बाटो टुङ्गिए पनि ।” भन्दै आँखाभरि आँशु पारेर बाहिरिएका थिइन् उनी । उनको आँखामा आँशु ? आफैंलाई प्रश्न गर्न पुग्छु । यो सामान्य थिएन मेरो लागि तर पनि म उड्छु अनुत्तरित प्रश्न बोकेर ।

स्वदेश फर्काइपछि मेरो बसाइ का� माडौमा नै हुनपुग्छ । केही समयपछि पुनः सरलासँग अचानक भेट हुन्छ । पहिलाभन्दा निकै गम्भीर अनि उनको आँखाभित्र कुनै पीडा लुकेको पाउँछु । सबै कुरा हुँदै जाँदा थाहा हुन्छ उनका दुईवटा बच्चाहरुसमेत भइसकेको रहेछन् । म बच्चाकै डाक्टर भएकै कारण हाम्रो भेटघाटको क्रम पुनः अलि बाक्लिन थाल्छ ।

एकदिन अलि चाँडै बिरामी जाँची सकी बाहिर निस्कँदै थिएँ । दुबै छोराहरुसहित उनी मेरो अगाडि नै पर्छिन् र भन्छिन्- “समीर ! तिमीलाई चाँडै फुर्सद भएजस्तो छ । राम्रै भयो । म तिमीलाई नै बोलाउन आएकी ।” म उनको पछि लाग्छु, घरमा पुगिन्छ । थाहा पाएँ सानो छोराको जन्मदिनको निम्तो पाएको रहेछु । एकैछिनमा सुरु हुन्छ केक काटेर छोराको जन्मदिन । केटाकेटीहरु खुसीले उफ्रँदै रमाइलो गर्छन् केक खाँदै । बच्चाहरुको चार-पाँच जना साथीहरु र तीन आमा-छोराबाहेक अरु कोही कसैको उपस्थिति देखिन मैले । बच्चाहरु खानपिन गरेर गइसकेपछि पनि मेरो आँखाले खोजेको कसैको उपस्थिति नपाएकोले म प्रश्न गर्न पुगेछु- “अनि खै त विपीन जी ?” एकाएक उनको अनुहारमा गम्भीरताको तुवाँलोले छोपिदिन्छ । अनि म आफैंलाई डर लाग्न थाल्छ कतै असमयमा कुनै नराम्रो प्रश्न त सोधिन ? एकछिन पछि मौनतालाई चिर्दै उनको लामो सुस्केरासँगै जवाफ दिइन्- “उहाँ यहाँ बस्नुहुन्न भनौं वा म उहाँसग बस्न सकिन । सरल भाषामा भन्दा हामीसँगै बस्न सकेनौं । त्यसैले म यहाँ एक्लै छु मात्रै बच्चाहरु लिएर ।”

म आश्चर्यचकित हुन्छु र आत्तिँदै प्रश्न गर्छु- “यो सब किन र कसरी भयो ? कतै तिमीले आवेशमा आएर कुनै गल्ती त गरिनौ ? विपीनजी त भद्र मानिस हो उहाँ त मेरो आदर्शको मन्दिर हो किन सरला के म सुन्न सक्छु ?”

उनी भन्छिन्- “हुन त समीर मैले कारण भन्नु र नभन्नुमा कुनै केही फरक छैन । हो यो पुरुषप्रधानसमाज जहाँ लोग्नेमान्छेको कहिले कुनै दोष नै देखिँदैन न त उसलाई कुनै प्रश्नका औंलाहरु नै उ� ाइन्छ । हो तिमीले भनेझैं यो सिंगो समाजले पनि मलाई नै दोषी � हर्याउँदै होला अनि भन्दै होलान्- गल्ती मैले नै गरको हो भनेर । अनि उ� ाइँदै होलान् हजारौं औंलाहरु मैमाथि नै विपीनजीको भद्रपनमाथिको विश्वासले ।”

“हो तिमी सुन्न चाहन्छौ भने तिमीलाई भन्छु सबै कुरा । कमसेकम तिमीले त मलाई राम्रोसँग बुझेका छौ । फेरि मलाई पनि केही बोझ हल्का होला सुनाएरै भए पनि बिसाउन पाउँदा ।”

“विपीनजीले मसँग बिहे गर्नु र दाइजो चाहिँदैन भन्नुको पछाडि यति धेरै षड्यन्त्रको नाटक र पर्दापछाडि धेरै कुराहरु लुकेका रहेछन् जसलाई आदर्शवान् महान् व्यक्ति � ान्यौं तर समीर तिमी कल्पना पनि गर्न सक्दैनौ मान्छेको स्तर त्यति तल पनि पुग्छ भनेर । यो स्तर र साँगुरो विचार अनि मनभित्र रहेको कालो भावना त्यतिबेला मात्र बुझें दाइजोको रुपमा भौतिक सामग्री होइन आफ्नो व्यवसाय स्थापना गर्नको लागि पैसा पो चाहिएको रे । हो त्यो त त्यतिबेला परेको पैसाको आवश्यकता पूरा गर्नको लागि मात्र खेलिएको नाटक रे । विपीनजीको आर्थिक समस्या समाधान गर्ने स्रोतको रुपमा मलाई हेरिएको थियो । हरेक दिन मेरो कार्यालयमा फोन गर्ने गथ्र्यो । फर्केर आउँदा आवश्यकअनुसारको रकम ल्याउन नसके फर्केर घरमा आउन नपर्ने खालका धम्कीले भरिएर । हो समीर मैले पैसालाई कहिल्यै महत्व दिइन घर-परिवार र खुसीको लागि म आफू बेचिन परे पनि आर्थिक समस्या टारिदिने वचन दिएँ अनि स्वीकारे चुनौतिलाई । आखिर मान्छेको मन त हो नि एकदिन अवश्य फर्किन्छ भनेर ।

आर्थिक सहयोगका साथै उहाँलाई व्यावसायिक सफलता मिल्दै गयो- अनि शब्दहरु ओकलिन थाले मलाई श्रीमती भनेर समाजमा चिनाउनु पर्दा उहाँको आत्मसम्मानमा � ेस पुग्छ रे । विपीनजी मसँगै हिँड्दा उहाँको बेइज्जत हुन्छ रे ! त्यतिबेला केबल आर्थिक समस्याको लागि सौन्दर्यतालाई महत्व नदिइएको रे । एउटा सफल व्यावसायीको श्रीमतीमा हुनुपर्ने सौन्दर्यता मसँग नभएकोले उहाँको जीवनबाट टाढा हुनुपर्ने र सँगै हिँड्न आशा जीवनमा कहिल्यै नल्याउनु भनी धम्क्याउन थालियो । उहाँको शारीरिक चाहना पूरा गर्ने साधन र आर्थिक समस्यासमाधानको स्रोतबाहेक अरु कुनै नाता थिएन विपीनजी र मेरोबीचमा । कागजी रुपमा समेत सामाजिक रुपमा रहेका हामीबीचको नातालाई टुटाउन धेरै प्रहारहरु नभएका होइनन् ममाथि ।

नबुझ्नेले घरपरिवार स्वास्नी र छोराछोरीप्रतिको कर्तव्य नबुझे पनि म आफ्नो कर्तव्यबाट कहिल्यै चुक्न चाहन्नथें । दुईवटा नाबालकको सुन्दर भविष्य घरपरिवार र समाजको लागि मैले मेरा व्यक्तिगत इच्छा चाहना उमंग र आकांक्षालाई तिलान्जली दिएरै गर्न सके जति गर्दै गएँ । धेरै समझदारी र सम्झौता गर्ने प्रयास गरें । मेरा समझदारी र सहनशीलताहरुले एक्लै बाँच्न नसकेर टाँसिएको समेत आरोप नपाएका होइनन् तर पनि परिवर्तन हुनसक्ने आशामा लामो समयदेखि बिबाहकै दिन विच्छ्याइएको षड्यन्त्रको जालमा नबुझेर भनौं वा बुझेरै पनि म यसरी फस्दै गएँ । न त उम्कन सक्थें न त बाँच्न नै । के तिमी सोच्न सक्छौं बिबाहजस्तो पवित्र सम्बन्धभित्र यस्तो षडयन्त्र यतिले मात्र नपुगेर अर्को षड्यन्त्र बुन्न थालियो शारिरीक र मानसिक यातनाले कमजोर बनाउन नसकेपछि चरित्रहीनका प्रमाण जुटाउन झु� ा आरोप र वेश्या शब्दहरुको प्रयोग गरेर । त्यतिले पनि नपुगेर आफ्नै घरपरिवार अनि आफ्नै भाइसँगको गलत सम्बन्धको आरोप र हरेक रातहरु आफ्नो ओछ्यानबाट उ� ाएर भाइसँग प� ाउने दुस्प्रयास सबै हुँदै आए ममाथि ।

यसरी लामो समयदेखि पीडाको आगोभित्र सल्किएर बाँचिरहँदा मैले म आफू र आफ्ना व्यक्तिगत चाहना र इच्छाहरुलाई त बिर्सेकै थिएँ सायद बिर्सेछुं क्यारे यसको घेराबाहिर अरु पनि केही अर्थ छ जीवनको भनेर अनि बिर्सेछुं अर्को कुनै संसार पनि छ बाँच्नका लागि भनेर । अनि सायद बिर्सेछुं मेरो कर्तव्य समाज र नाबालकको भविष्यप्रतिको । सायद त्यसैले होला मभित्रको मनले मलाई भन्न थाल्यो ‘तँ उम्किनुपर्छ यो जालबाट ।’

मेरो आत्मविश्वासले भन्न थाल्यो म त कमसेकम पढेलेखेकी आफ्नै खुट्टामा उभिएकी र आफैंले केही गरेर बाँच्न सक्ने अवस्थामा त मेरो स्थिति यस्तो छ भने अरु नारीहरुको अवस्था कस्तो होला । अनि नाच्न थाल्यो यो वृत्तचित्र मेरो मनभित्र र सोच्न थालें मैले केही गर्नुपर्छ यहाँ भनेर । मलाई भान हुन थाल्यो मसँग थुप्रै जिम्मेवारीहरु छन् यहाँ मैले गर्नुपर्ने । केही गर्ने उद्देश्य र जिम्मेवारीले गर्दा म क� ोर निर्णय गर्छु त्यो जालबाट उम्कने । जससँग भावनात्मक सम्बन्ध नै नरहेपछि देखावटी सम्बन्धको कुनै अर्थ नै रहेन मेरा लागि । त्यसैले मैले समाजमा केही गर्ने उद्देश्य र यी उम्रन लागेका हजारौं कलिला मुनाहरुको मस्तिष्कमा स्वच्छ र शान्त वातावरण दिने लक्ष बोकेर म यो सानो शान्त को� ामा कैद हुन चाहें जहाँ मेरा भावनाहरुको हत्या हुने छैन । मेरा इच्छा चाहना र आकांक्षाहरुलाई निमो� िने छैन ।

हो समीर अहिले म त्यही बाटोमा हिँडिरहेकी छु । जुन बाटोमा मलाई समय अनुभव र उद्देश्यले ल्याएको छ । यही मार्ग नै मेरो जीवनको लक्ष्य, उद्देश्य र गन्तव्य हो । त्यो हो- समाजमा बुझकीहरु नभएको होइन केवल चेतनाको खाँचो छ यसमा हामी जस्ता शिक्षित वर्गबाट पाइला उ� ाइनुपर्छ । हो यसैले म हरेक अभिभावकको घरमा पुग्ने गरेकी छु । बिन्ति गर्दै छोरा र छोरी दुवैलाई विद्यालय प� ाउन अनुरोध बोकेर भन्ने गरेकी छु नारीहरुलाई- ‘हामी कमजोर होइनौँ कुनै पनि पुरुषभन्दा, त्यो त हाम्रो शहनशीलता र धैर्यता हो’ भनेर । समाजमा यस्ता चेतनाहरु ल्याउनु, समाजमा महिलाप्रति हेरिने दृष्टिलाई बदल्नु र यस समाजभित्र लुकेर बसेका यस्ता दृव्यपिशाच नामर्दहरुलाई गलहत्याएर मिल्काउनु । यस्ता व्यक्तिहरुले गर्दा हजारौं नारीहरु पीडाको दनदनी बलेको आगोभित्र पोलिनु परेको छ भने कैयौं नारीहरुले काललाई विकल्पको रुपमा लिनु परेको छ । अर्कोतिर ती कलिला बालकबालिकाहरुको भविष्य बर्बाद भएको आमाको न्यानो माया गुमेको छ । हो समीर ! मसँग भएको क्षमता खुबी शिक्षा विवेक र लगनशीलतालाई त्यसमै लगाउँदै आइरहेकी छु र लगाइरहने पनि छु ।

आज मसँग हजारौं महिलाको साथ छ भने कतिपय विवेकशील पुरुषहरुको विवेकहीनता विवेकशीलतामा परिणत भएका उदाहरण थुप्रै छन भने कतिपय अचेतनाको कारणले जीर्ण अवस्थामा पुगेको घरपरिवार र सम्बन्धलाई जोगाउन हामी सफल पनि भएका छौं । यसरी समाजकोलागि आफूले केही गर्न सकेकोमा म सन्तुष्ट नै छु र निरन्तरता दिने छु यसकै लागि ।

यस कार्यका लागि हामीलाई थुप्रै विदेशी संघ-संस्थाहरु पनि साथ दिँदै आइरकेका छन् । हामी सँगै मिलेर काम गर्दै आइरहेका छौं । यसकै सिलसिलामा मलाई केही समयको लागि विदेशी संस्थाहरुले निम्तो दिएका छन । अँ समीर बाबुहरुलाई राम्रो विद्यालयमा राखेर म केही समयको लागि बाहिर जाँदैछु । उनीहरुले तिमीलाई राम्रोसँग चिनेका छन् कृपया भेट्दै गर्नु बेलाबेलामा । मैले तिम्रो नाम लेखिएकी छु अभिभावक भनेर ।”

म किंकर्तव्यविमूढ हुन्छु उनको कुरा सुनेर । यतिबेलासम्म् विपीनले उनलाई लेखका २-३ वटा चि� ्� ी पढ्ने अनुमति पाएकोले पढिसकेको थिएँ । एउटै कुरो दोहोरिएको थियो आर्थिक माग र पूरा नगरे हुन सक्ने गलत परिणाम र सजायँको धम्की । अनि म झसंग झस्किन्छु सुन्दर अनुहारभित्र लुकेको तल्लो स्तरको दर्जासँग ।

सरलाको सबै भनाइमा सत्यता पाएँ । म पनि का� माडौं बस्ने हुँदा विपीनजीलाई मैले धेरैपटक देखें तर कहिल्यै एक्लै होइन, अरु कसैसँग । विपीनजीले मलाई राम्रैसँग चिनेका थिए तर पनि उनी मसँग तर्केर नै हिँडिरहन्थे मैले देखुँला कि भनेर । एकपटक उनी भाग्न सफल भएनन मबाट र मैले सोधें सरलाको बारेमा । छोटो जवाफ दिए ” अँ � िक छ ।” अनि परिचय लिन चाहें साथमा रहेकी युवतीको । अन्कनाइएको जवाफ दियो ‘सहकर्मी’ भनेर ।

मेरो मानसपटलमा ति स्मरण घुम्न थाल्छन् कुनै चलचित्रको दृष्य झैं । सरलाले ा विहेका लागी आएका प्रस्तावहरु अस्वीकार गरेको, अनि विपीनजी प्रतिको सोच, स्वीकार र कारण । अनि सोच्न थाल्छु शिक्षित पढालेखा र आधुनिक परिवारभित्रभित्रै लागेको अदृष्य पीडाको डढेलो । हो यो महिलामाथि गरिने अन्याय, अत्याचार दमन र शोषणको आगो यसरी भित्रभित्रै दृष्य र अदृष्य रुपमा फैलेको छ । यसले समाजलाई ध्वस्त गर्न सक्छ । जबसम्म यसको अन्त्य हुँदैन तबसम्म कुनै पनि स्वास्नीमान्छेले शान्तिसँग बाँच्न पाउने छैनन् यहाँ । यो समाजमा परिवतर्नको खाँचो छ यसका लागि हामी पढेलेखेका व्यक्तिहरुबाट पहल गरिनुपर्छ । अनि म मनमनै सरलालाई पूर्णरुपमा सहयोग गर्ने वाचा गर्छु । उनको उद्देश्यका लागि म एक मात्र लोग्नेमान्छे हुँ जसलाई मैले राम्रोसँग चिनेको छु र श्रद्धा गर्छु उनलाई एक आदर्श नारी भनेर ।

यत्तिकैमा कुनै एक चिरपरिचित आवाज मेरो कानमा � ोक्किन्छ र फर्केर हेर्छु विपीनजी एकोहोरो कराइरहेका थिए । “समीरजी, मैले निकै दिनदेखि तपाईलाई नै खोजिरहेको थिएँ । तपाईंलाई मैले कहाँकहाँ मात्र खोजिन? समीरजी! मलाई मेरो सरुसँग भेट गराइदिनुहोस । कृपया ममाथि दया गर्नुहोस् । म लाचार छु । मैले उनीमाथि धेरै अन्याय र अत्याचार गरेको छु । उनको मन डढाएको छु । उनको भावनालाई पटकपटक रेटेको छु । मबाट धेरै अपराधहरु भएको छन् । म एक अपराधी हुँ । मैले नै उनलाई मबाट टाढा जान बाध्य बनाएको हुँ । मैले मेरो घरभित्रको बत्तिलाई समयमा चिन्न सकिन । उनको अनुपस्थितिको अन्धकारले मलाई उनको महत्व बुझाएको छ । उनी मेरो जीवन हुन् र मेरो जीवनलाई उनको खाँचो छ । उनी विनाको मेरो जीवन उजाड निरर्थक र अपुर्ण छ । म अपाङ्ग भइरहेको छु उनीबिना । उनी मेरो आधार हुन् । हुन त म उनीसँग माफी माग्न लायक पनि छैन तर मलाई थाह छ उनीसँग धैर्यता, शहनशीलता, कोमल मन र मायाको अथाह सागर छ । उनी धेरै महान छिन् । मलाई आशा छ उनले मलाई माफ गर्नेछिन् । मलाई मेरा बच्चाहरु र सरु चाहिएको छ । मेरो परिवार उजाडिएको छ । समीरजी कृपया मेरो उद्धार गर्नुहोस् ।”

मलाई भन्न मन लागेको थियो- ‘शारीरिक चाहना पुरा गर्ने साधन पाउनु भएन की व्यवसायको लागि पैसाको खाँचो पर्यो? ‘ तर आफूलाई संयमित गर्छु र उनको अनुहार नियाल्न खोज्छु कुनै कृत्रिम वनावटी खोल त ओढेको छैन? अनि सँधै मैले देख्ला भनेर तर्केर हिँड्ने विपीनको कतै अर्को षड्यन्त्र पो हो कि । तर आज विपीनको आँखामा बलेको पश्चातापको ज्वाला र मुखाकृतिलाई घेरेको आत्मग्लानीको रेखालाई प्रत्यक्ष देख्न सकिन्थ्यो । त्यसैले शब्दहतियारको प्रयोग गर्न चाहिन अनि बोल्नै खोजेका शब्दहरुलाई रोकी संयमित हुन्छु अनि भन्न थाल्छु- “विपीनजी धेरै ढिला गर्नुभयो । सरला त यहाँ छैनन् । उनी अहिलेकै उडानबाट विदेश जाँदैछिन् । म भर्खरै विमानस्थलबाट फर्किंदै छु उनलाई बिदा गरेर ।” घडी हेरें उडानको � ीक समय भएको रहेछ । विमानस्थलबाट एउटा जेटविमान � ूलो आवाज गर्दै आकाशमा उड्छ । विपीनजीलाई देखाइदिन्छु उनको विमान यही हो भनेर । मलाई विमानभित्रबाट सरलाले हात हल्लाए झैं भान हुन्छ । विपीनजी आँखाभरि आँशु पार्दै विमानतर्फ एकोहोरो हेर्दै हात हल्लाउँदै रहे हात हल्लाउँदै रहें ।

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.