~जेन तमू~
*मेरी प्रेमिकाको बिहे भा’को
तेह्रौ पुण्य तिथि हो आज
बाह्र दिनसम्म म नि:शब्द,स्तव्ध थिए
आज पनि शोकाकुल छु
रेटिनामा कोरेको थिए उनको रूप ,
म मेटाउनै सक्दिन
छातिमा लुकाएको थिए उनको माया ;
कदापि म लछार्न सक्दिन
सम्झनाको तरेलीमा तरङ्गाएको उनको याद ;
झन्कारिदिन्छ एकैनास भुल्न सक्दिन
यसैले त म बिचलित छु
स्मृतिको डसनामा
*लग्यो जार दैवले टपक्कै टिपेर
सिउँदोमा सिन्दुर छरेर
सेतो बस्त्रभूषण सजाएर उनीलाई
रातो चिर्घट ओडाएर
डोली चढाएर
कस्तो दुर्भाग्य मेरो( राम- राम )2
उनको डोली थेग्ने मलामी हुन पाएन
चिहान्सामा सबै मलामीहरू नाँच्योरे, गायोरे खुब!
म त छक्कै छु कुन धुनमा नाँच्यो होला ?
कुन गीतमा झुम्यो होला ?
मै पनि भए अजारबजार गरेर धुरूधुरू गाइदिन्थे
शङ्खधोज फुकेर ।
*आफ्नै आधा मुटु चुडेको छ आज
तार बिनाको सारङ्गीझै रेटिएकोछु
कस्तो जञ्जिरमा छाँद हालेर गईन्
म कसोरी भुलु मेरी परिमण्डलालाई ;
मलाई झस्काईदिन्छ उही अधरामृतले
त्यही कपट मायाले ,
उही न्यानो काँखले
े र त म प्यारको मर्मान्तिकमा छु ।
*यो उनको नैगियारमा
म अपस्नान गरूकी कि ¡
सबै कपाल खोईरिदिउ¡
कति छाँक बारू जुठो पनि
एक दिन होईन पुरै जिवनभर बार्न मन छ
उनकै यादले निद छैन, चयन छैन, भोजन छैन
यही क्षदविक्षेद मनले भन्छु तिमीलाई;
तिमी जुन घरमा भएपनि
तिम्रो आत्माले चिरशान्ति पाईयोस्
दैवले म भन्दा सुखी राखुन्
प्राथाना छ मेरो भगवान सँग ।
(स्रोत : kaflesantosh.wordpress.com )