~जेठा बैरागी~
मजदूर रकिसान लाई धोका दिएर
दलित र जनजातीका पुरान घोकाएर
जातिय राज्य आन्दोलन गर्दै
रुआण्डा बन्दैछ
मेरो घर
जनतालाई भड्काएर
कट्टर साम्यवादीहरू
धोखा दिएर
कलंक मच्चाइरहेछन्
जातिय खादा ओडाएर
ठूला ठूला पूँजीपतिहरूझैँ
घर जग्गाका व्यापार गरिरहेछन्
विधान सभालाई कुल्चेर
युद्धको कैदी बनाउँदै
मानिसहरूको छातीमा परेड खेलीरहेछन्
सत्यतालाई आक्रमण गरेर
लाटा किसानहरूलाई
जातीयताको भुङ्ग्रोमा होम्दै
घेरो घर
सल्काइरहेछन्
धर्म विना राजनीति गरेर
मेरो घर अँध्यारो बनाउादैछन्
मेरो घरले उज्यालो पाउने छैन
अब
मेरो मन कामीरहेछ
मेरो निम्ति
यही अन्तिम हुँदै छ
किसान आफ्नो भवितव्यमा
बाँच्न हिँडेको छ
म एकोहोरो विचारमा दगुरिरहेँ
ऊ
मेरो घर भत्काउने योजनाहरू
बताउँदैन
मलाई शंका लाग्छ
राजनैतिक प्रश्नलाई
भावुकतापूर्ण दृष्टिले छामीरहेछु
म क्रुद्ध हुँदै
गडबड राजनीतीमा
मेरा भावनाहरू
आँधि भएर बगिरहेछ
शान्ति र भविष्ण्
पहिले जस्तो अन्धकार नहोस्भनेर
दलित वर्गकानिम्ति बलिदान हुँदैछु
मेरो धर्मले
कसैर्लाई
दलित भनेर प्रमाणित गरेको छैन
(स्रोत : kaflesantosh.wordpress.com )