फेवातालमा सान्नानि घाम होकि छाया
सङिलएको मनभित्र बस्यो तिम्रो माया
सेती नदी भइ बग्यो तिमी मेरो मनमा
माछापुच्छे् भई हाँस्यो मेरो आँखैमा
हरियाली शुन्दरतामा प्रिती नयानया
सङिलएको मनभित्र बस्यो तिम्रो माया
सारङकोट अग्लिएर तिम्रै रुप हेर्छ
वाराहीले सङ्लिएको घनिष्टता खोज्छ
धौलागीरी हिमालचुली चुलिदैन छाया
सङिलएको मनभित्र बस्यो तिम्रो माया
२०६२ भाद्र १८ पोखरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार )