~महेश जिज्ञासु~
तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ ।
घाममा ओईलाएको म साग जस्तै भएँ ।
तिम्ले मिठो रात मनायौ म नशा लिँदै,
मणि गुमाएको घाईते नाग जस्तै भएँ ।
तिमीलाई सम्झि सान्नाटामा हराउँदा,
कुहिएर सडेको म राग जस्तै भएँ ।
तिम्रो मेरो कुरा चल्दा प्रशंषा तिम्र्रै भो,
अपशकुन पंछी म काग जस्तै भएँ ।
तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ ।
घाममा ओईलाएको म साग जस्तै भएँ ।
(स्रोत : Mahesh’s Blog)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.