निबन्ध : गीतको सौन्दर्य

~जीवन शर्मा~Jeevan Sharma

सानै उमेरमा मैले एउटा गीत लेखेको थिए“ । त्यो गीत अझैसम्म कतै प्रकाशित भएको छैन । उमेर नपुग्दै लेखिएको हुनाले होला, त्यो त्यत्तिकै थिचिएर बसेको छ । सम्भवतः त्यो गीत मैले १६ वर्षको उमेरमा लेखेको थिए“ । मैले लेखेको पहिलो प्रगतिशील गीत त्यही नै थियो । त्यतिखेर मैले रेडियोबाट बज्ने गीत निकै सुन्थे“ । तर गीत के हो ? कस्तो गीतलाई राम्रो मानिन्छ ? आदि, इत्यादि केही थाहा थिएन । म

जस्ताले लेखेर पनि गीत बन्छ होला र भन्ने भित्रभित्रै एकप्रकारको उत्सुकतापूर्ण उत्कण्ठा मेरो कलिलो मनमा खेलिरहन्थ्यो । अविश्वासैअविश्वासको मनोदशा बीचैबीच पनि मैले थुप्रै गीतहरू लेख्दै गए“ । तर ती कुनै पनि गीतहरू मैले कसैलाई पनि देखाइन“, सुनाइन“ । तीन÷चार वर्षसम्म मैले कति गीतहरू लेखे“ ? अहिले पनि म आफैलाई थाहा छैन । एउटा सानोसानो डायरी गीत र कविताजस्ता केकेले हो भरिएको थियो । हरियो गातो भएको त्यो डायरी काठमाडौ“ पढ्न आउ“दा खोपीभित्रको बाकसमा राखेर आएको थिए“ । १ वर्षपछि फर्केर घर जा“दा त्यो हराएछ । त्यसमा भएका गीतमध्य एउटा गीतको थेगोमात्र अहिले मलाई सम्झना छ । २०३२ सालमा लेखिएको त्यो गीत यस्तो थियो ः

कति छन यहा“ छटपटाइरहेका निसालाई देखेर
चा“डै नै आओस् विहानी सुन्दर उषालाई चिरेर
पूर्वमा लाली चम्केको देख्न आत्तिने छन् कति
मानवको रगत पिएर दानव मात्तिने छन् कति

जानेजतिका अप्ठ्यारा शब्द प्रयोग गरेर मैले त्यो गीत तयार गर्न खोजेको थिए“, त्यतिखेर । ‘निसा’, ‘उषा’, ‘दानव’ आदि शब्दहरू त्यतिबेला मेरा लागि ‘उच्च’ प्रकारका शब्द थिए । यस्ता शब्दहरूको प्रयोगबाट गीत स्तरीय हुन्छ भन्ने मलाई लाग्दथ्यो । काठमाडौ“ आएपछि मैले अर्को एउटा गीत लेखे“ । त्यो गीत यस्तो थियो ः
अकण्टक जीवन सकण्टक भयो जालीको खेलले
दुखीको कुरा बुझ्दैन कहिल्यै कण्टकी झेलले

‘अकण्टक’ भन्ने शब्द मैले नेपाली शब्दकोशमा देखेको थिए“ । का“डा नभएको, कुनै बाधाविरोध वा डर नभएको भन्ने त्यसको अर्थ रहेछ । गीतमा यो शब्द पारेपछि त्यो गीत राम्रो भयो भन्ने लागेको थियो । साथै त्यसको अर्थ पनि थाहा पाइराख्नुप¥यो भन्ने लाग्यो । किनकि कसैले अर्थ सोधिहाल्यो भने त भन्नुप¥यो, नत्र आफैले लेखेका शब्दको अर्थ आफैले भन्न नसके झन् ठूलो आफ्नै बेइज्जत होला भनेर बेलाबेलामा त्यसको अर्थ मनमनै सम्झिरहन्थे“ । यस्ता अप्ठ्याराखालका शब्दले गीतको उचाइ उठ्छ भन्ने लाग्थ्यो र त्यस्तै शब्द खोजेर गीतमा राख्ने कोशिस गर्थें । पछि त्यो गीत मैले एक जना विद्वानलाई देखाए“ । ‘अकण्टक र सकण्टक शब्दका ठाउ“मा सजिला शब्द राख्न पाए अझै राम्रो हुन्थ्यो’ भनेर उनले मलाई सुझाव दिए । मलाई उनको सुझाव स्वीकार्न गाह««ो प¥यो । मैले आफ्नो पक्कर छाडिन“ । त्यो गीतका तिनै शब्दहरूमा भाका भरेर मैले सबैतिर सुनाउ“दै हिडे“ । गीतारको झन्कारस“ग गीत सुनाउ“दै हिड्दा प्रायजसोले राम्रै माने । ताली पनि बजाए । तर अलि बौद्धिकप्रकारका मानिसले भने ती शब्दहरूप्रति कतिपय अवस्थामा आपत्ति नै जनाए । पछि मैले बाध्य भएर ती शब्दहरूलाई हटाएर सरल शब्द राखेर गीत यस्तो बनाए“ ः

यो मेरो जीवन बर्बाद भयो जालीको खेलले
दुखीको कुरा बुझ्दैन कहिल्यै यो बन्द झेलले

यसपछि गीतको रौनक फेरियो । गीतको लोकप्रियता ह्वात्तै बढ्यो । यो घटनाले गीत लेखनसम्बन्धी मेरो पुरानो धारणामा ठूलो परिवर्तन ल्याइदियो । त्यसपछि मैले गीत लेख्दा सकेसम्म सजिला शब्दहरू प्रयोग गर्न थाले“ । तर समस्या के रहेछ भने सजिलैसजिला शब्दहरू राखेर गीत तयार गर्न सारै गाह«ो हु“दो रहेछ । त्यो ‘गीत’ भयो कि ‘कुरा’ भनेर छुट्याउन आफैलाई मुस्किल ¤ स्तरीयता र लोकप्रियताबीचको द्वन्द्वात्मक सम्बन्धलाई ठीकस“ग बुभ्mन नसक्दाको समस्या रहेछ यो । यो समस्या अझै पनि कायमै छ । तर पनि यसस“ग जुध्दै गीत÷सङ्गीतको सिर्जनामा लागिरहनु वाहेक अर्को विकल्प देखि“दैन ।

जीवन सानासाना घटनाहरूले भरिएको हुन्छ । साना कुराहरूलाई हेपेर ठूला कुराहरूको मात्र अपेक्षा गर्नु यथार्थबाट टाढा भाग्नु हो । यथार्थमा ससाना कुराहरूमा नै लोकप्रियता र महानता छिपेको हुन्छ । जीवनमा घटेका तिनै ससाना कुराहरूलाई टिपेर महान अभियानस“ग जोड्न सकेमात्र कुनै पनि चिज लोकप्रिय र स्तरीय हुन सक्छ । सङ्गीतमा स्तरीयताको जति ठूलो महत्व छ, लोकप्रियताको पनि उत्ति नै ठूलो महत्व हुन्छ । यी दुबै कुराका बीचमा उचित तालमेल भएपछि मात्र कुनै पनि गीत या रचना राम्रो बन्न जान्छ । लोकप्रिय भएन भने कुनै साङ्गीतिक शब्द या रचना गीत ह“ुदैन । किनकि गीत भनेको गाउनका लागि हो । जुन गीत लोकप्रिय बन्न सक्दैन, त्यो गीत गाइ“दैन । भाका हालेर सुनाउन सकिएला तर सुन्ने मान्छेले त्यसलाई अनेकौपटक गुनगुनाएनन् भने गीत गाउनुको औचित्य कमजोर हुन्छ । गीत सुनाउनकै लागि मात्र तयार गरि“दैन, त्यो त हजारौ“लाखौ“ मानिसले गुनगुनाउ“दै हिडून् भन्ने अभिप्रायले तयार गरिएको हुन्छ । त्यसैले गीत सरल, सहज र सुगम तरिकाले इन्द्रियग्राह्य हुनु जरुरी छ । सजिलैस“ग सर्वसाधारण मानिसको मुखमा झुण्डिनका लागि गीतका शब्दहरू सरल हुनु जरुरी हुन्छ । मैले सुरुमा लेखेजस्ता शब्दहरू प्रयोग गर्दा गीत क्लिष्ट हुन जान्छ । क्लिष्टता गीतलाई लोकप्रिय बन्न नदिने एउटा ठूलो अवरोधक तत्व हो । सरल शब्दहरूको प्रयोगले नै कुनै गीत लोकप्रिय बन्ने सम्भावना बोकेको हुन्छ । शब्दको सरलतामात्र हैन, सङ्गीतको सरलता पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । शब्दहरू सरल भएर पनि सङ्गीत जटिल भयो भने गीतको भाका सबैले टिप्न सक्दैनन् । त्यो अवस्थामा पनि त्यो गीत सामान्य मानिसको लागि सुग्राह्य हुन सक्दैन । यसरी सरल शब्द र सुगम संगीतले गीतलाई लोकप्रिय बनाउन मुख्य भूमिका खेलेको हुन्छ ।

राम्रा गीतको अर्को पाटो स्तरीयता हो । गीत लोकप्रिय भएर पनि स्तरीय भएन भने त्यसको लोकप्रियता अल्पायुको हुन्छ । गीतभित्रको सन्देश र तदनुरूपको सङ्गीत संयोजनले गीतलाई स्तरीय बनाउ“छ । सरल शब्दहरू, कर्णप्रिय सङ्गीत र सशक्त सन्देशको त्रिकोणात्मक सम्बन्धभित्रबाट गीतको सौन्दर्य प्रकट हुन्छ । गीतको सौन्दर्यताभित्र स्तरीयता र लोकप्रियताको सन्तुलन छिपेको हुन्छ । स्तरीयतामा सशक्त सन्देश अन्तरनिहित हुन्छ । गीतको सन्देश त्यतिबेला सशक्त बन्छ, जब त्यसले समकालीन युगको सबभन्दा शक्तिशाली र विकासशील वर्गको दृष्टिकोण बोक्दछ । यस अर्थमा वर्गीय पक्षधरता कुनै पनि सृजनालाई स्तरीय बनाउने पहिलो आधार हो ।

गीतले सम्प्रेषण गर्ने सन्देशले वर्गीय पक्षधरतालाई निर्धारित गर्दछ । वर्गीय समाजमा गीतको चरित्र वर्गीय नै हुन्छ । गीतमात्र हैन, सङ्गीतको चरित्रसमेत वर्गीय हुन्छ । तर सङ्गीत अत्यन्तै सुक्ष्म प्रकृतिको हुने हुनाले सङ्गीतको वर्गीय पक्षधरतालाई बुझ्न कठिन हुन्छ । हरेक कुरा एउटा वर्गका लागि लोकप्रिय र स्तरीय हुन्छ भने त्यो अर्को विरोधी वर्गका लागि ठीक उल्टो हुन्छ । गीत÷सङ्गीतको सन्दर्भमा पनि यही कुरा सत्य हो । गीतको लोकप्रियता र स्तरीयताको चर्चा गर्दा सर्वप्रथम त्यसको वर्गीय पक्षधरतालाई ख्याल गर्नु जरुरी हुन्छ । गीतको लोकप्रियता र स्तरीयता वर्गसापेक्ष हुने हुनाले पु“जीपति वगको लागि जुन गीत प्रिय हुन्छ, सर्वहारा वर्गका लागि त्यो घृणास्पद हुन जान्छ । क्रान्तिकारीहरूका लागि जुन गीतहरू मिठा लाग्छन्, ती गीत संशोधनवादी र प्रतिकृयावादीहरूका लागि वेस्वादका र तिता लाग्छन् । गीत कुन वर्गका लागि भन्ने कुरा प्रष्ट भएपछि मात्र कुनै पनि गीतको परिकल्पना, विम्ब प्रयोग, प्रतीक सृजना, अनि तदनुरूपका शब्द चयन, सङ्गीत संयोजन र रस निर्धाणको निम्ति बाटो खुला हुन्छ । यसर्थ वर्गीय सचेतता कुनै पनि गीत÷सङ्गीतको स्तरीयताका लागि प्राथमिक महत्वको कुरा हो ।

उच्च कलात्मक प्रतिभा, घनिभूत अध्ययन र दृढ वर्गीय प्रतिबद्धता राम्रा सृजना उम्रने र हुर्कने महत्वपूर्ण आधारभूमि हुन् । यस्तो आधारभूमि भएका स्रस्टा तथा कलाकारहरूबाट मात्र सुन्दर गीत÷सङ्गीतको सृजना सम्भव हुन्छ । कलात्मक प्रतिभाले कला सृजनाका निम्ति उच्चप्रकारको उडान भर्छ । अध्ययन, अनुसन्धानबाट त्यसको सम्प्रेषणका निम्ति सरल र विस्वस्त बाटो तथा तरिका पत्ता लाग्छ । त्यसैगरी वर्गीय प्रतिबद्धताले सृजना र कलाकारितालाई ठीक दिशामा अघि बढाउन सम्भव बनाउ“छ । यो तथ्य रचनाकार, सङ्गीतकार, गायक तथा कलाकार सबैका लागि समानरूपमा लागु हुन्छ । यसरी कलात्मक प्रतिभा, यथोचित अध्ययन र दृढ वर्गीय प्रतिबद्धताको समुचित सन्तुलनबाट नै राम्रा गीत÷सङ्गीतहरू बन्दछन् । यस्ता सुन्दर गीत तयार गर्न स्रष्टा तथा कलाकारको अनवरत साधना एवं प्रयत्न पनि उत्तिकै अपरिहार्य छ ।

(समाप्त)

(स्रोत : Raktim Pariwar’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.