~परिहास सुब्बा~
बषौं पछि जसो तसो जो कमिज फेरें मैले
जसको निम्ति सारा छाडी दरबार घेरें मैले
सुत्केरी ती स्वास्नी लाई एक्लै घर छोडी आफू
भोक तिर्खा क्यै नभनी शीरमा कात्रो बेरें मैले
खुसी भईन सासु मेरो छोपीएको आंग देखी
बच्चा नाचे आँगनमा दंग परी हेरें मैले
लोकतन्त्र नानी अब जे छ तिम्रै काँध माथी
तिम्रो लागी निरंकुश प्रजातन्त्र सेरें मैले
खबरदार तिमीले नि यस्तै गल्ती दोहोर्याए
थाहै होला जनता हुँ न त गोली टेरें मैले
(स्रोत : www.nepalikavita.com)