~नीरज लिम्बू~
काँडैकाँडा माझ पनि सुन्दर एक फूल हुन्छ
त्यही सुन्दर फू लभित्र सुगन्धको मूल हुन्छ ।
रंगीचंगी ढकमक्क बैंस यहाँ फुल्दा
चारैतिर रस चुस्न भ्रमरको हूल हुन्छ ।
हडबडाई नहिड्नु है जवानीले मात्तिएर
मौका मिले चस्स घोच्ने छेउमै तिखो शूल हुन्छ ।
जोवन बग्छ समयको तरेलीमा नदी बनी
खहरे झैं उर्लिएमा साहै ठूलो भूल हुन्छ ।
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.