~राममाया अधिकारी~
एउटा छायाँ सधैँ मलाई तिम्रो मनमा बस्छु भन्छ
अजम्बरी एउटा गाँठो तिमीसँग कस्छु भन्छ ।
मेरो जीवन आजै दिएँ तिमीलाई उपहार
स्वीकार गर नत्र आजै पुलबाट खस्छु भन्छ ।
बोलीदेउ न मेरो बोली स्वरमा स्वर मिलाएर
नत्र भने सो मुटुमा सियो बनी पस्छु भन्छ ।
बगिजाला मेरो मन बाँध लगाऊ तिम्रो मनमा
मायाँ मैले पाइनँ भने सर्पले झैं डस्छु भन्छ ।
यो मनमा तिमी बस्ने ठूलो महल बनिसक्यो
तिमी बस्न आइनौ भने कुलतमा फँस्छु भन्छ ।
धादिङबेसी