~गोपालप्रसाद पौडेल~
खुइय खुइय सुस्केरा
बाँचेका मनमा मैला
बाँचेका अर्ध अंगमा
साँचेका खैलाबैला ।
के भनेर आएका हौँला
के दिएर जाऔँला
आफैँमा नष्ट भएर
के लिएर जाऔँला ।
यि हात के अर्थले भन्नु
औँलाहरुका विना
कसरि शरिर भनुँ
शिर पाइताला विना ।
देशलाई कसरि नापुँ
सिमा सर्दै गए
छिमेकि कसलाई मानुँ
छिन छिनमा मर्ने भए ।
आफँै अनुहार कोतरेर
अधिकार माग्दैछौँ
नदेखि छिँडिमा गाढधन
पल्लो घर चहार्दैछौँ ।
आफँैमाझ लुछाचुँडी
जनता सुकेका गफले
कसैका ठूला भूँडी ।
पुर्खाले दिएका सम्पत्ति
फ्याँकीएका नालीमा
आँगनमा बसेर आफ्नै
वारुद फ्याँक्दै पालीमा ।
पराल सुकेझैँ आमा
न रुप छ न रंग
विदेशी निन्द्राको मातमा
सन्तान सँधै नै दंग ।
छाना भित्ता र जगविना
घर कसरि बन्ला र
आँफै आफँैमा लड्दा
कसैले हामिलाई गन्ला त ।
सँधैका विदेशी भयौँ
फर्कने लक्षण छैन
सुस्केरा लम्बिँदैछ
रोकिने कदापि होइन ।
कपन १ काठमाण्डौ
हाल युटाहा अमेरिका