बेरोजगार रामेश्वरले
भर्खर थुकेको
दादाखैनीको छाप छैन मेटिएका ।
पहिरो पीडित दिलकुमारी सोताङ्गले
चिरा पारेका हरिया काँक्राका बियाँहरु
झर्न पाएका छैनन्-भुइँमा ।
हामीहरु
भर्खर टुकि्रएको तरबूजको
राता टुक्राजस्ता
राता झन्डाहरु हल्लाउँदै
फेरि आइपुग्यौँ
उही रत्नपार्क ।
कुनै महँगो बियरको कम्पनीले
प्रायोजन गरिदिएका
सस्ता
घोषणा-पत्रहरु
मोटो सिसा भएको चश्मा लगाउने
पुरानो नेताका
अपारदर्शी भाषणहरु ।
शान्तिको माग गर्दै
अशान्तिपूर्ण रुपले जम्मा गरिएका
सत्ताविराधी
दुई लाख अठहत्तर हजार सात सय पन्चानब्बे
हस्ताक्षरहरु
एकफन्को मारेर
फेरि हामीले नै शासन गर्ने
यी जीर्ण सडकहरु
एक इँट्टा हानेर
फेरि हामीले नै चिहाउने
ती िसंहदरबारका सिसाहरु
भर्खर मशाल जुलुस गरेर
हामीले नै फेरि कफ्र्यु लगाउने
ती अँध्यारा गल्लीहरु
आइपुगेका छौँ हामीहरु
उही रत्नपार्क
हल्लाउँदै राता झन्डाहरु फेरि ।
(स्रोत : हज्जारौं पृथ्वी हज्जारौं आकाश )