जिन्दगी
जहर निले जस्तो यो जिन्दगी
सियोले खिले जस्तो यो जिन्दगी
चाहेर न अघी बढ्छ,न पछी सर्छ
कर्दले छिले जस्तो यो जिन्दगी।
मख्ख
आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे
आफन्तलाई जहाज मा राखेर मख्ख परे
ईतिहास ले खोल्नेछ यिनको पोल तर
जन चाहनाको बिरुवा भाचेर मख्ख परे।
लालच
मान्छेले न कैले अरुलाई मानेको छ
मान्छेले त हारलाई जीत ठानेको छ
यि सबै मिथ्या जानेर पनि सधैं
मान्छेलाई आफ्नै लालचले बाधेको छ।
बाचन
सक्छौ हत्या ,हिङ्साको मोचन गर
सक्तैनौ नहुने कुरा नगर
आन्तरिक कलहमा रोइ रहेछ मेरो देश
भनी हाले आँफै तिमी बाचन गर।
एकलाई बथान नगनियोस्
मूर्खलाई शिक्षित नभनियोस्
हुँदा हुँदा अब त अती भयो
तला छाप्न आगन नखनियोस ।
म सत्यलाई पापले गुनौला
सत्रु जति छन् तीनलाई चुनौला
अब ठीक पार्नु तिमिले डोरी
आफ्नो मृत्युको पासो आफै बुनौला।
आपसी कलहलाई आर्यघाटमा पोल्नुपर्छ
प्रगाढ सम्बन्धको नयाँ बाटो खोल्नुपर्छ
कोरा बिचारले मात्र चल्दैन अब
प्रत्येक ओठओठमा हामी नेपाली बोल्नुपर्छ।
यहा अहितको औंला गन्नेहरू छन्
यहां अरुको लागि राम्रो बन्नेहरू छन्
तैपनि हामीलाई छ चिन्ता यो देशको
यस्तो सोच्ने जति मरोस् भन्नेहरू छन्।
म शुखमा हुर्केको छैन
म दुखमा फुर्केको छैन
तैपनि चेक गर मेरो प्रेम
म कतै नी झुकेकेको छैन।
भगवान थेत्तरो छ सबै कुरा बुझ्दैन
भगवान बहिरो छ केहि पनि सुन्दैन
त्यहि भगवान गतिलो छ भन्छौ तिमी
त्यहि भगवान भगवानलाई पुज्दैन .
सद्देमान्छेलाई बाङ्गो पार्ने यो सिंहदरबार
जनताको आशुमात्र झार्ने यो सिंहदरबार
के नै गर्यो र असल काम यसले हजूर
निरोगी देशलाई रोग सार्ने यो सिंहदरबार .
जिबन आज हावाको पोको भयो
कैले भरीया त कैले डोको भयो
कठै मेरा कथा ,कबीता र गजल
छपाउछु भन्ने पनि यौटा धोको भयो .
मेरो माया आफैमा बाधी राख
मेरो अवगुण आफैमा तानी राख
कैले म तिम्रो मायामा तेथरो पनि भए हुँला
मलाई बहश गर्न बिचारको छडीले हानी राख .
तिमीलाई देखेर अब कति मान्नु हर्ष
तिमी आयौ भनेर मैले कति गर्नु खर्च
तिमीले प्रगतीको हुरी त कैले ल्याएनौ
केवल पात्रोमा मात्र पो छाएछौ नयाबर्ष ..!
समयबाट शिक्ने मान्छे नै ज्ञाता हो
कोशिश गरेमा सिकाउने बिधाता हो
परदेश लाग्दैमा माटो बिर्स्यो नठान्नु होला
प्रिय यो त सबैको आ – आफ्नै बाध्यता हो .
तिमी ढुंगा र म माटो
कुट्थ्यौ दुवै ढिकी जातो
तिमीले नी बिर्सेपछि
मलाइ मात्र के खाचो .
झुक्याएर माथि माथि गा छ
मेयर ,सभासद्,मंत्री पनि भा छ
आफ्नो लागी अकुत कमाए भइ हाल्यो
जनताको दुख उसलाई के था छ .
तिमी बाट आजभोली न्यानो ओत पाउछु
तिम्रो दुब्लो शरीर भए नि एईरावत पाउछु
दुनिया नराम्म्री भनेर दुत्कारे दुत्कारोस सधैभरी
यहि मुहारमा तिमीलाई म मल्लिका सेरावत पाउछु .
अस्तु:
बिबेक दुलाल छेत्री “दमक”
दमक,झापा
हाल:यु ए इे,अबुधाबी।
(स्रोत : sahityasangalo)